२०८३ बैशाख १३

मोडल माहिकाको प्रेममा हार्दिक पाण्डेय

काठमाडौँ । अभिनेत्री नताशा स्टान्कोभिकसँगको सम्बन्ध विच्छेद र गायिका जस्मिन वालियासँगको ब्रेकअपपछि, भारतका अलराउन्डर क्रिकेटर हार्दिक पाण्ड्याको नाम मोडेल तथा अभिनेत्री माहिका शर्मासँग जोडिएको छ । सामाजिक सञ्जालमा उनीहरूको नयाँ सम्बन्धको बारेमा चर्चा चलिरहेको छ ।

हार्दिक पाण्ड्या र माहिका शर्माबीचको सम्बन्धको हल्ला त्यति बेला सुरु भयो, जब एक रेडिट थ्रेडले माहिकाको सेल्फीको पृष्ठभूमिमा एक पुरुषलाई देखियो र ति व्यक्ति हार्दिक भएको अनुमान हुन शुरु भयो । यसबाहेक, माहिकाले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेकी छिन्, जसमा उनको हातमा ३३ नम्बर लेखिएको स्पष्ट रूपमा देखाइएको छ । फ्यानहरूले यसलाई हार्दिक पाण्ड्याको जर्सी नम्बरसँग जोडेका छन् । 

हार्दिक र माहिकाले पनि इन्स्टाग्राममा एकअर्कालाई फलो गर्छन् । यी साना विवरणहरूले उनीहरूको सम्बन्धको बारेमा अनुमानलाई बढावा दिएका छन् । हार्दिक पाण्ड्या हाल २०२५ को एसिया कपको लागि दुबईमा छन्, र माहिका पनि दुबईमा रहेको बताइएको छ । यद्यपि, दुवैले आफ्नो सम्बन्धको बारेमा कुनै आधिकारिक बयान दिएका छैनन्।

दिल्लीकी २४ वर्षीया माहिका शर्मा एक योग प्रशिक्षक र मोडेल हुन् । धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोहरूमा आफ्नो मोडेलिङ सीप प्रदर्शन गरिसकेकी उनले मनिष मल्होत्रा ​​र तरुण ताहिलियानी जस्ता लोकप्रिय फेसन डिजाइनरहरूको लागि र्‍याम्पमा पनि हिँडेकी छिन् ।

माहिका शर्माले आफ्नो मोडेलिङ करियरमा उल्लेखनीय सफलता हासिल गरेकी छिन्, जसको प्रमाण गत वर्ष इन्डियन फेसन अवार्डमा उनलाई मोडेल अफ द इयर घोषित गरिएको थियो । यसबाहेक, एले पत्रिकाले माहिकालाई इन्डियन मोडेल अफ द इयर पनि घोषित गरेको थियो । मोडलिङसँगै, माहिका शर्माले अभिनयमा पनि हात पारेकी छिन्। उनी धेरै म्युजिक भिडियोहरूमा देखा परेकी छन् र विवेक ओबेरोय अभिनित फिल्म पीएम नरेन्द्र मोदीमा पनि काम गरिसकेकी छिन् ।

हार्दिक पाण्ड्याको बारेमा कुरा गर्दा, उनले मे २०२० मा नताशा स्ट्यानकोभिकसँग विवाह गरे र फेब्रुअरी २०२३ मा हिन्दू र ईसाई रीतिरिवाज अनुसार पुनर्विवाह गरेका थिए । यद्यपि, जुलाई २०२४ मा, जोडीले आफ्नो सम्बन्ध विच्छेद गरे । त्यसपछि हार्दिकको नाम ब्रिटिस मोडल जस्मिन वालियासँग जोडिएको थियो तर हाल उनीहरुको ब्रेकअप भइसकेको बताइएको छ । अब, हार्दिकको जीवनमा फेरि एक पटक प्रेम प्रवेश गरेको चर्चा छ । 

Read More

चार्ली कर्कलाई गोली हान्ने रोबिन्सनले कोठामा छोडेका थिए यस्तो नोट

काठमाडौँ । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई गोली हानेर हत्या गरेको आरोप लागेका व्यक्तिले आफ्नो कोठामा नोट छोडेको खुलेको छ ।

अभियोजकहरूले कर्कमाथि गोली चलाएका टेलर रोबिन्सनले उनलाई गोली हान्नु अघि आफ्नो कोठाको कम्पुटरको किबोर्ड मुनी एक नोट छोडेको खुलासा गरेका छन् ।

अभियोजकहरूले उक्त व्यक्तिले आफ्नो कोठा साथीलाई दिएको गोप्य सन्देशमा अपराध स्वीकार गरेको बताएका छन् । २२ वर्षीय टायलर रोबिन्सनमाथि कर्कको हत्या गरेको आरोप छ । युटाका वकिल जेफ्री ग्रेले उक्त व्यक्तिले कम्प्युटर किबोर्ड मुनि आफ्नो कोठा साथीको लागि एउटा नोट छोडेका थिए । सो नोटमा उनले भनेका थिए- ‘मसँग चार्ली कर्कलाई मार्ने मौका छ, र म यो गर्नेछु ।’

अभियोजकहरूले दुई कोठा साथीहरू बीचको टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । चार्ली कर्क अमेरिकाको सबैभन्दा उच्च-प्रोफाइल रूढिवादी कार्यकर्ता र मिडिया व्यक्तित्वहरू मध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र सहयोगी थिए । उनलाई गत बुधबार युटाको एक कलेजमा गोली हानी हत्या गरिएको थियो।

Read More

बालेनविरुद्ध लेख्न रोकिएनन् हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहमाथि लगातार आरोप लगाइरहेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनविरुद्ध लगातार लेख्दै जेनजी आन्दोलनमा युवाहरुलाई उचालेर आफु लुकेको आरोप लगाउदै आएका छन् ।

जेनजी आन्दोलनपछि हर्कले प्रधानमन्त्रीमा दाबि गरेको तर बालेनले सुशिला कार्कीलाई समर्थन गरेपछि दुवैवीचको सम्बन्ध बिग्रिएको छ । यद्यपी बालेनले सामाजिक सञ्जालमा आफुलाई हर्कले जति गालि गरेपनि आफुले माया गरिरहने बताएपनि हर्क रोकिएका छैनन् ।

बुधबार बिहान पनि हर्कले बालेनलाई लुकेर बसेर स्टाटस लेख्दै अरुलाई उचालेको, आगो लागेपछि निभाउन नजान्ने आफ्नो मौलिक भिजन नभएको जस्ता आरोप लगाएका छन् ।

उनले भनेका छन्-        
लुकेर फेस्बुकमा स्टेटस लेख्दै अरुलाई उचाल्ने ! आगो लागे पछि निभाउन नजान्ने, नसक्ने, नचाहने, विदेशी इशारालाई आफ्नो मार्ग दर्शन ठान्ने, आफ्नै मौलिक भिजन नभएको, प्रभुशक्तिको आडमा आफुलाई शक्तिशाली ठान्नेहरुले म सङ्ग नजर जुधाउन सक्दैनन् ! म यही माटोमा उमृएको मान्छे हुँ ! इम्पोर्टेड वा इन्जेक्टेड होइन !

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख १७ हजार एक सयमा कारोबार भएको थियो, जुन सुनको अहिलेसम्मको उच्च मुल्य थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर २५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २५९५ मा कारोबार भएको थियो ।

Read More

मोदीले ७५औं जन्मदिन मनाउदै, फोन गरेर ट्रम्पले दिए पहिलो शुभकामना

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ७५औं जन्मदिन आज मनाउदैछन् ।  मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भारतको गुजराती परिवारमा भएको थियो ।  

मोदीको जन्मदिनको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो जन्मदिनको शुभकामना दिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा मोदीसँग कुराकानी गरेको बताए ।

ट्रम्पले लेखे- ‘भर्खरै मेरो साथी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग अद्भुत फोन वार्ता भयो । मैले उनलाई जन्मदिनको धेरै धेरै शुभकामना दिएँ । उनले अद्भुत काम गरिरहेका छन् । नरेन्द्र, रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको समर्थनको लागि धन्यवाद ।’

ट्रम्पको पोष्टमा जवाफ दिदै मोदीले लेखे- ‘मेरो साथी, राष्ट्रपति ट्रम्प, तपाईंको फोन कलको लागि धन्यवाद । तपाईं जस्तै, म पनि भारत र संयुक्त राज्य अमेरिका बीचको व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फ तपाईंको पहललाई समर्थन गर्छौं ।’

अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएपछि मोदी र ट्रम्पबीचको यो पहिलो कुराकानी हो । ट्रम्पसँग मोदीको अन्तिम फोन वार्ता जुन १७ मा लगभग ३५ मिनेट चलेको थियो । अगस्ट २७ मा, जर्मन अखबार फ्र्याङ्कफर्टर अल्जेमाइन जेइटुङ (एफएजेड) ले मोदीले यस बीचमा ट्रम्पसँग फोनमा कुरा गर्न चार पटक अस्वीकार गरेको दाबि गरेको थियो ।

Read More

देशभरका यी सडकहरु हाल अवरुद्ध

काठमाडौँ । मनसुन फेरी सक्रिय भएपछि देशका विभिन्न सडक अवरुद्ध भएका छन् । बुधबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार हाल देशभरका १८ सडक अवरुद्ध रहेका छन् ।

गत साउनदेखि नै विपी राजमार्ग, नेपाल चीन जोड्ने मितेरी पुल, कान्ति लोकपथ जाजरकोट-डोल्पा सडक, संखुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग लामो समयदेखि अवरुद्ध रहेको छ । त्यस्तै मंगलबारदेखि परेको वर्षाका कारण देशका ११ भन्दा बढी सडक अवरुद्ध भएका छन् । 

हाल अवरुद्ध भएका सडकहरु:
१- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहेको छ । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि मिति २०८२/०५/०१ गते देखि अर्को सुचना नआ‍‍‍एसम्म (प्रत्येक दिन बेलुका १७ देखि विहान ५ बजे सम्म १२ घण्टा) रातिको समयमा वि.पि. राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरेको छ ।

२- रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । मिति २०८२।०३।२४ गते ३ बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको छ ।

३- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ बन्द रहने छ । मिति २०८२।०३।१० गते देखि अर्को सुचना नआएसम्मको लागि  बेलुका १९ बजेदेखि बिहान ६ बजे सम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध ।

४- रुकुम पश्‍चिम आठबिसकोट न.पा. ६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुद्ध रहेको छ । मिति २०८२/०३/०९ गते १०:२० बजेको समयबाट आठबिसकोट न.पा. ६ रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको (मनसुन अवधिभर सञ्चालन नहुने) छ  ।

५- संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध रहेको छ । मिति २०८२।०२।०६ गते संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा  खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग  पूर्ण रुपमा अवरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने भएको छ ।

६- सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रुपमा अवरोध रहेको छ । मिति २०८२।०५।०९ गते १६ बजेको समयमा जि.सि.पा.भोटेकोशी गा.पा.वडा नं. २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५/६ मिटर सडक अं.२ फिट गहिरोभाँसि बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

७- जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ । मिति २०८२।०५।१५ गते संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

८- म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर , बेनी –दरवाङ सडक अबरोध भएको छ । मिति २०८२।०५।३१ गते ५: ३०  बजेको समयमा जि. म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

९- जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित नेपाल-भारत जोड्ने पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ । मिति २०८२।०५।३१ गते १३: ५५ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव १,३२,६४७ क्युसेक पुग्न गएको कारण ऐ. स्थित महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।

१०- नुवाकोट मध्य पहाडी लोक मार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ३ बजे शिवपुरी गा.पा.८ खहरे स्थित छहरेबाट शेराबगर जाने मध्य पहाडी लोक मार्गमा बर्षादको कारणले माथिबाट पहिरो खसी पुर्ण रुपमा अवरोध भएको छ ।

११- कालिकोट कर्णाली राजमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते अ. ६: २० बजे शुभकालिका गा.पा.१ स्थित गगने खोलामा सडक माथिबाट पहिरो आई कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

१२- म्याग्दी बेनी –जोमसोम सडक खण्ड पुर्ण रुपमा अबरोध छ ।  मिति २०८२।०६।०१ गते ६: ३० बजेको समयमा जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ३ सुकेबगर स्थित बेनी –जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

१३- गुल्मी कालीगण्डकी करिडोर सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४० बजेको समयमा जि.गुल्मी कालिगण्डकी गा.पा. २ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथि बाट लेदो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१४- लमजुङ मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति-२०८२।०६।०१ गते ७ बजेको समयमा जिल्ला लमजुङ मध्यनेपाल न.पा. १० बिमिरेभन्ज्याङ ( मध्य पहाडी लोकमार्ग) स्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१५- गुल्मी रिडी तम्घास सडकखण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ४० बजे  गुल्मी रुरु गा.पा.३ सल्लेरी स्थित रिडी तम्घास सडकखण्डमा अबिरल वर्षाको कारण पहिरो खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१६- गुल्मी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४५ बजे  गुल्मी सत्यवती गा.पा.६ उर्लिखोला स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

१७- रसुवा पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ५५ बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ स्याउँ पार्किङ स्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट लेदो माटो र ढुङगा सहितको पहिरो आई पुर्ण रुपमा अवरोध भएको छ ।

१८- जिल्ला सुर्खेत बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध छ । बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्गमा अविरल वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध छ ।

१९-  बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ । हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ । 

Read More

बेलायतको औपचारिक भ्रमणका क्रममा लण्डन पुगे ट्रम्प दम्पति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प लन्डन पुगेका छन् । ट्रम्प बेलायतको औपचारिक भ्रमणका क्रममा लण्डन पुगेका हुन् ।   

स्ट्यान्स्टेड विमानस्थलमा ट्रम्प दम्पतीलाई बेलायतका लागि अमेरिकी राजदूत वारेन स्टीफन्स र राजा चार्ल्स तृतीयका प्रतिनिधि भिस्काउन्ट हेनरी हुडले स्वागत गरेका थिए । ट्रम्पको भ्रमण सेप्टेम्बर १९ सम्म बेलायतमा हुनेछन् । यो ट्रम्पको बेलायतको दोस्रो राजकीय भ्रमण हो र दुई पटक बेलायतको राजकीय भ्रमण गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बानाका छन् ।

भ्रमणको क्रममा, ट्रम्प दम्पतीलाई दक्षिण-पूर्वी इङ्गल्याण्डको बर्कशायरस्थित विन्डसर फिल्डमा वेल्सका राजकुमार र राजकुमारी विलियम र केटले औपचारिक रूपमा स्वागत गर्नेछन् । यसपछि, उनीहरूले सामूहिक रूपमा राजा चार्ल्स र रानी क्यामिलालाई भेट्नेछन् । बकिङ्घम दरबारले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी दिएको छ । ट्रम्प दम्पतिलाई राजा र रानीले औपचारिक रूपमा स्वागत गर्ने र विन्डसर महलको पूर्वी लन र लन्डनको टावरबाट शाही सलामी दिने बताएको छ ।

राजा चार्ल्स र रानी क्यामिला, र वेल्सका राजकुमार र राजकुमारीसँगै ट्रम्प दम्पती त्यसपछि विन्डसर इस्टेट हुँदै महलसम्म जाने परम्परागत सुनले ढाकिएको गाडी जुलुसमा सामेल हुनेछन् । घरेलु घोडचढी माउन्टेड रेजिमेन्टले जुलुसको लागि एक सार्वभौम एस्कर्ट प्रदान गर्नेछ, जसमा ब्रिटिश सशस्त्र सेनाका सदस्यहरू र रोयल मरीन, सेना र रोयल एयर फोर्स का तीन सैन्य ब्यान्डहरू मार्गमा हुनेछन् ।

आफ्नो भ्रमणको क्रममा, ट्रम्पले प्रधानमन्त्री केयर स्टारमरसँग द्विपक्षीय वार्ता गर्नेछन् । दुवै नेताहरूले पहिले नै सहमति भएको व्यापार सम्झौतालाई अझ सुधार गर्ने बारेमा छलफल गर्नेछन् ।

अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिलाई बेलायतको दोस्रो राजकीय भ्रमणको लागि आमन्त्रित गरिएको थिएन । ट्रम्पले यसअघि २०१९ मा आफ्नो पहिलो कार्यकालमा बेलायतको राजकीय भ्रमण गरेका थिए र त्यतिबेला बेलायतकी दिवंगत महारानी एलिजाबेथले उनलाई स्वागत गरेकी थिइन् । अब उनी सेप्टेम्बरमा दोस्रो पटक बेलायतको भ्रमण गर्न लागेका छन् । राजा चार्ल्सको तर्फबाट बेलायती प्रधानमन्त्री केयर स्टारमरले ट्रम्पलाई बेलायत भ्रमणको लागि आमन्त्रित गरेका थिए । यो निमन्त्रणा गत फेब्रुअरीमा केयर स्टारमरले ह्वाइट हाउसको भ्रमण गर्दा दिइएको थियो ।

Read More

च्याम्पियन्स लिगमा टोटनह्याम र आर्सनल विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्याम र आर्सनल विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले ला लिगा क्लब भिल्ला रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा भिल्ला रियलका लुइज जुनियरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा आर्सनलले ला लिगा क्लब एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  आर्सनलको जितमा गाब्रियल मार्टिनेली र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।      

Read More

अफगानिस्तानको बल्ख प्रान्तमा फाइबर इन्टरनेटमा पूर्ण प्रतिबन्ध

काठमाडौँ । तालिबानले अफगानिस्तानको बल्ख प्रान्तमा फाइबर अप्टिक इन्टरनेट पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । तालिबान प्रवक्ता हाजी अताउल्लाह जैदले यो आदेश सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले दिएको बताएका छन् ।

तालिबानले अनैतिकता रोक्न यो कदम चालिएको बताएको छ । अगस्ट २०२१ मा सत्ता प्राप्त गरेपछि तालिबानले इन्टरनेटमा प्रतिबन्ध लगाएको यो पहिलो पटक हो ।

यस प्रतिबन्धका कारण, बल्ख प्रान्तमा सरकारी कार्यालय, निजी क्षेत्र, सार्वजनिक संस्था र घरहरूमा वाइफाइ इन्टरनेट सुविधा बन्द गरिएको छ । यद्यपि, मोबाइल इन्टरनेट भने चल्ने बताइएको छ ।

प्रवक्ताले आवश्यकताको लागि देश भित्र वैकल्पिक व्यवस्था गरिने बताए, तर उनले बल्ख किन रोजियो वा यो प्रतिबन्ध अन्य प्रान्तहरूमा पनि लागू हुने या हुदैन भन्ने स्पष्ट गरेका छैनन् ।

अफगान अधिकारीहरूले पहिले सुरक्षा कारणहरूले गर्दा, विशेष गरी धार्मिक चाडपर्वहरूमा, विस्फोटक उपकरणहरू सक्रिय हुनबाट रोक्नको लागि मोबाइल नेटवर्कहरू अस्थायी रूपमा बन्द गरेका छन् ।

Read More

मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु

चितवन । अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी सुचारु भएको छ ।

गएराती तुईन खोला नजिकै पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको सडक बुधबार बिहान सवा ८ बजेदेखि सुचारु भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

पानी परिरहेको र ढुंगा- पहिरो झर्ने जोखिम कायमै रहिरहेकोले सावधानीकपूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

Read More