२०८३ बैशाख १३

नवनियुक्त मन्त्रीहरूको २ बजे भनिएको शपथ एक घण्टा सर्यो, संगीता मिश्राको शपथ अन्योलमा

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे हुने भएको छ । यसअघि आज दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर सारिएको हो ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले २ बजे तय भएको शपथ प्रधानमन्त्री कार्यालयकै अनुरोधका आधारमा १ घण्टा पर सारिएको बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् । तर, विवाद भएपछि संगीताको भने शपथ रोकिन सक्ने बताइएको छ ।

Read More

फिल्म ‘परिवर्तन’ को फष्टलुक्स पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘परिवर्तन’को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले घटस्थापनाको दिनको अवसर पारेर सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा देखिए अनुसार फिल्ममा मुख्य पात्र एक्सन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । 

फिल्ममा एक्सन निर्देशन श्री श्रेष्ठ हुन् । विजय केरुङको निर्देशन रहेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई शिवम अधिकारीले लेखेका हुन । फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ । निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ ।  

Read More

महिनौंको झगडापछि पहिलो पटकसँगै देखिए ट्रम्प र मस्क

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलन मस्क महिनौंको झगडापछि पहिलो पटकसँगै देखिएका थिए । दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गर्न आयोजना गरिएको एरिजोनाको ग्लेन्डेलको कार्यक्रममा ट्रम्प र मस्कबीच भेट भएको हो ।

सो कार्यक्रममा हजारौं मानिसहरूले दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस भेटले दुई बीचको मेलमिलापको संकेत गरेको छ ।

मस्कले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा २४ करोड डलरभन्दा बढी दान गरेपछि उनको सल्लाहकार बनेका थिए । ट्रम्पको दोस्रो कार्यकालमा, मस्कले सरकारी दक्षता विभागको नेतृत्व गरेर ठूलो संख्यामा सरकारी खर्च कटौती अभियान संचालन गरेका थिए ।

यद्यपि, पछि उनीहरूको सम्बन्ध बिग्रियो र मस्कले सरकारी दक्षता विभागको नेतृत्व छोडेर ट्रम्पसँग दूरी बनाएका थिए ।

Read More

मुग्लिन नारायणगढ सडक आज दिउसो दुई घण्टा बन्द गरिने

चितवन । मुग्लिन नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द गरिने भएको छ । 

तुईन खोला पुल नजिकैको सडक दुई तर्फी खुलाउन आज जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार दिउसो १ बजेदेखि ३ बजेसम्म सवारी साधन रोकेर पहिरो हटाउने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

यसअघि शुक्रबार साँझदेखि पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार अपराहन्न एकतर्फी संचालन भएको थियो ।

Read More

स्पाइडर म्यान फेम अभिनेता टम हल्याण्ड शुटिंगको क्रममा घाइते

काठमाडौँ । हलिउड स्टार टम हल्याण्ड, जसलाई विश्वभर स्पाइडर म्यानको नामले चिनिन्छ, हालै आफ्नो नयाँ प्रोजेक्ट ‘स्पाइडर-म्यान: ब्रान्ड न्यू डे’ को छायांकन गर्ने क्रममा चोट लागेको छ ।

दुर्घटनाले फिल्मको छायांकन रोक्न बाध्य पारेको मात्र होइन, उनका फ्यानहरूका लागि पनि ठूलो चिन्ताको विषय बनेको छ । यद्यपि, उनको चोट गम्भीर नभएको र डाक्टरहरूले उनलाई आराम गर्न सल्लाह दिएको बताइएको छ ।

ग्लासगोमा छायांकन गर्दा टम हल्याण्डलाई सामान्य चोट लागेको थियो । प्रारम्भिक परीक्षणहरूले हल्का कन्कसन, टाउकोमा चोट लागेको पत्ता लगाएको छ । डाक्टरहरूले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । फिल्म युनिटले सुरक्षालाई प्राथमिकता दिँदै छायांकन पनि रोकेको छ । निर्माताहरूले अवरोध लामो समयसम्म नहुने र अभिनेता केही दिनभित्रै सेटमा फर्कने बताएका छन् ।

फिल्म निर्माण पक्षले यो चोटले निर्माण तालिकामा उल्लेखनीय असर नपार्ने बताएको छ । त्यसैले, फिल्मको जुलाई २४, २०२६ को निर्धारित रिलिज मिति परिवर्तन गरिने छैन । युनिटले टम हल्याण्डको स्वास्थ्य पूर्ण रूपमा स्थिर रहेको र उनी चाँडै क्यामेरामा फर्कने कुरा पनि स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमा टम हल्याण्डको चोट लागेको खबर फैलिने बित्तिकै उनका फ्यानहरू भावुक भएका थिए । फ्यानहरूले उनको शीघ्र स्वास्थ्यलाभको लागि निरन्तर प्रार्थना गरिरहेका थिए । उनको स्वास्थ्यको बारेमा चिन्तित, टमका फ्यानहरूले उनको शीघ्र स्वास्थ्यलाभको लागि निरन्तर प्रार्थना गरिरहेका थिए ।

टम हल्याण्डको करियर एक्सन र स्टन्टहरूले भरिएको छ । उनी आफ्नै दृश्यहरू प्रदर्शन गर्नका लागि परिचित छन्, जसले गर्दा विगतमा चोटपटक लागेको छ । उनले आफ्नो अघिल्लो फिल्म ‘अनचार्टेड’ को छायांकनको क्रममा धेरै कठिन परिस्थितिहरूको सामना गरेका थिए । ‘स्पाइडर-म्यान: ब्रान्ड न्यू डे’ स्कटल्याण्डमा छायांकन भइरहेको छ । अघिल्लो फिल्म, ‘स्पाइडर-म्यान: नो वे होम’ (२०२१), पूर्ण रूपमा साउन्डस्टेजमा छायांकन गरिएको थियो ।

Read More

नो भोट: जनताको भोट ‘बाध्यता’ होइन ‘विकल्प’ हुनुपर्छ

दिपक पौडेल

काठमाडौँ । यदी कुनै मतदाताले सबै उम्मेदवारलाई अस्वीकार गर्न चाहन्छन् भने अहिलेको प्रणालीमा त्यसको कुनै विकल्प नै छैन । त्यसैले अबको उपाय हुन सक्छ ‘NOTA’, अर्थात जनताको मौन असन्तुष्टिलाई मतपत्रमा बदल्ने लोकतान्त्रिक अस्त्र ।

भोट हाल्न जाँदा मन नलाग्ने अनुहार मात्र देखिए भने के गर्ने ? लोकतन्त्रमा जनताको असन्तुष्टि पनि दर्ज हुने अधिकार हुनुपर्छ । र त्यही अधिकारको नाम हो NOTA , जसले जनताको मौन चिच्याइलाई कानुनी आवाज दिने सम्भावना बोकेको हुन्छ ।

तपाई एउटा सचेत मतदाता हो । मानौँ कि तपाईको निर्वाचन क्षेत्रबाट दुईजना उम्मेदवार चुनावमा उठे तर तपाईको नजरमा ती दुवै जना खराब व्यक्ति हुन् भने तपाई के गर्नुहुन्छ ? मतदानको दिन घरै बस्नुहुन्छ, भोट हाल्नै जानुहुन्न ? कि, मन नलागी नलागी भोट हाल्न जानु हुन्छ र दुई मध्येको एउटा खराब लाई छान्नुहुन्छ ? कि, भोट हाल्न त जानुहुन्छ तर छाप नलगाई वा केरमेट गरेर मतपत्र खसाल्नुहुन्छ ? तपाई के गर्नुहुन्छ ??

तपाईलाई दुवैजना उम्मेदवार मन परेको छैन तर तपाईले मत मार्फत यो कुरा अभिव्यक्त गर्न पाईरहनु भएको छैन । यो भनेको संविधानले दिएको अमूल्य अधिकारको उपयोग तपाईले स्वतन्त्र रूपमा गर्न नपाएकै हो । खाए खा नखाए घिच भन्ने नेपाली उखान चरितार्थ भएकै हो । त्यो आक्रोश मनमा दवाएर राखिएकै हो । र यहि आक्रोशको ज्वाला भर्खरै मात्र विस्फोट भएको जगजाहेरै छ । यस्तो आक्रोशलाई भौतिक आक्रमणको स्वरुपमा होईन कि लोकान्त्रिक पद्धतिबाट मतपत्र मार्फत व्यक्त गर्ने र खराब नेतृत्वलाई तह लगाउने उपयुक्त माध्यम हो No Vote वा ‘NOTA’

‘NOTA’ के हो ?
यो ‘None Of The Above’ को सर्टकट रूप हो । यसलाई विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । कुनै देशमा यसलाई No Vote भनिन्छ, कतै White Vote भनिन्छ, कतै Blank Vote भनिन्छ कतै Against All भनिन्छ भने भारतमा यसलाई None Of The Above (NOTA) भनिन्छ । नेपालमा पनि बेला बेला यसको चर्चा चल्दा ‘NOTA’ भनेरै बुझ्ने भएकोले ‘नोटा’ शब्द प्रयोग गरिएको छ । नाम जे भएपनि यसको मर्म भनेको चुनावमा जति जना उम्मेदवार भए पनि मतपत्रको अन्तिमम कोठामा ‘NOTA’ (चिन्ह वा अक्षरमा) उल्लेख भएको हुनुपर्छ । माथि भएका चुनाव चिन्ह मध्ये मलाई कुनै पनि उम्मेदवार मन परेन भने मतपत्रमा रहेका सबै चिन्हलाई छोडेर ‘NOTA’ मा छाप लगाएर भोट खसाल्न पाउनुपर्छ भन्ने नै हो । यसरी ‘NOTA’ मा खसेको भोटको संख्याले निर्वाचनमा उठेका ती सबै उम्मेदवारहरु प्रति जनता कति रुष्ठ छन् भन्ने छर्लङ्गै हुन्छ, कसैले भाषण गरेर स्पष्टिकरण दिईराख्नु पर्दैन ।

अब प्रश्न उठ्छ चुनावमा उठेका सबै उम्मेदवारको चुनाव चिन्हमा भन्दा ‘NOTA’ मा धेरै मत खस्यो भने के गर्ने ? विभिन्न देशमा विभिन्न तरिकाले यसलाई प्रयोग गरेको पाईन्छ ।

भारतमा नोटाले असन्तुष्टि व्यक्त गर्न पाउने जनताको हक संरक्षण त गरेको छ तर यसले निर्वाचन परिणामलाई भने फरक पार्दैन । यसलाई असन्तुष्टिको स्तर मापन गर्ने टुल्सको रूपमा मात्र प्रयोग गरिएको छ । यदी मतगणना गर्दा नोटामा धेरै भोट आयो भने पनि नोटा पछि दोस्रो धेरै मत पाउने उम्मेदवार नै निर्वाचित हुन्छ । तर पनि मतपरिणामले उम्मेदवारी छनोटमा गल्ति भयो भन्ने सन्देश चांही दिन्छ । यसले दल/उम्मेदवारलाई नैतिक दवाव पर्छ । हामी कसैलाई पनि जनताले चाहेका रहेनछन भनेर सचेत गराउँछ । उम्मेदवार/दलहरुलाई सच्चिन प्रेरित गर्छ ।

तर विगतमा रसिया (तत्कालिन USSR), पोल्याण्ड जस्ता देशमा अलि कडा तरिकाले नोटालाई अवलम्वन गरेको गरेको पाईन्छ, त्यहाँ नोटाले धेरै मत पाएको ठाउँमा पुन: निर्वाचन गराईएको थियो । अहिले नेपाल सरकारले निर्वाचन आयोगसंग No Vote वा ‘NOTA’ का विषयमा छलफल गरेको सुन्दा खुशी लाग्यो ।तर नोटाको प्रयोग भारतमा जस्तो गर्ने कि विगतमा रसियामा भएको जस्तो गर्ने खुला छलफल हुनुपर्छ ।

यदी पुन: निर्वाचनमा विधिमा गईयो भने यसरी कार्यान्वयन गर्नुपर्छ होला ?? … सबै उम्मेदवारले भन्दा ‘NOTA’ ले धेरै मत ल्याएको अवस्थामा ‘NOTA’ संग हारेका कुनै पनि उम्मेदवारले उम्मेदवारी दिन नपाउने गरी तत्काल पुन: निर्वाचन घोषणा गर्ने । लोकतान्त्रिक व्यवस्थामा कसैलाई पनि निर्वाचनमा निषेध गर्न नहुने तथ्यलाई आत्मसाथ गर्दै यसरी गरिने पुन: निर्वाचन छुट्टै निर्वाचन नभएर अघिल्लो निर्वाचनकै पुरक निर्वाचन वा निर्वाचनको अर्को राउण्ड हो, पहिलो राउण्डमा सबै उम्मेदवार अयोग्य भएको कारणले दोस्रो राउण्डमा नयाँ उम्मेदवारहरुको प्रतिस्पर्धा गराउनु परेको हो भन्ने बुझाईमा सबै सहमत भई कानुन संशोधन गर्नु पर्दछ । किनकि लोकतान्त्रिक व्यवस्थामा कुनै पनि दल वा उम्मेदवारलाई अग्रिम रूपमा निषेध गरेर, अवरोध गरेर निर्वाचन हुन सक्दैन । त्यसकारण कुनै एक निर्वाचनमा नोटासंग हारेका उम्मेदवारहरु सोही निर्वाचनको दोस्रो राउण्डको लागि मात्र अयोग्य भएका हुन् तर भविष्यमा हुने कुनै पनि निर्वाचनमा उनीहरुले पुन: प्रतिस्पर्धा गर्न पाउने लोकतान्त्रिक हकको संरक्षण हुनेछ भन्ने ग्यारेन्टि हुनुपर्छ ।

हो दल र नेताहरूको पुरातनवादी शैलीबाट जनता आजित भएरै अहिलेको यो अवस्था आएको हो । भर्खरै भएको जनविद्रोहले त्यो सन्देश दिईसक्यो । जनताहरु अहिले पनि क्रोधित छन् । फलानो दललाई फलानो नेतालाई चुनावमा उठ्न दिन हुन्न भन्ने आक्रोश छ । तर आवेगमा आएर लोकतन्त्रका आधारभुत पक्षलाई नजरअन्दाज गरेर अगाडि बढियो भने अर्को विद्रोहको बिजारोपण हुन्छ । लोकतन्त्र मजबुत भएमा मात्र दिगो शान्ति हुन्छ । दिगो शान्ति विना विकास संभव हुँदैन । सँधै विद्रोह मात्र भईराख्ने हो भने देशको अर्थतन्त्र थला पर्छ, देशले धान्न सक्दैन । त्यसकारण भावना बगेर र आवेगमा आएर होईन कि विवेक पुर्याएर लोकतान्त्रिक विधि र पद्धतिलाई अवलम्वन गरेरै राजनीतिको फोहोरलाई मिल्काउनु पर्छ । यसको लागि नोटा उत्तम विकल्प हो । यो लोकतान्त्रिक विधि पनि हो । लोकतान्त्रिक बाटोबाट जनताले आफ्नो आवाज उठाउन पाउने प्रणाली हो नोटा । यदी देशमा नोटाको व्यवस्था पहिले नै हुन्थ्यो भने भर्खरै घटेको यो कहालि लाग्दो र विभत्स घटना घट्ने थिएन, खर्बौँको सम्पत्ति खरानी हुने थिएन । जनताले मतकै माध्यमबाट विद्रोह गर्न पाउँथे सरकारलाई आफ्नो आवाज सुनाउन रणभूमिमा उत्रिनु पर्दैन थियो ।

नोटाका सकारात्मक पक्षका बारेमा चर्चा गर्दै गर्दा, यसलाई अपनाउँदा भविष्यमा आईपर्ने जटिलतालाई पनि नजरअन्दाज गर्न मिल्दैन । कतिपय देशले विगतमा नोटा प्रयोग गरेर पछि छोडेको पनि पाईन्छ । कानूनी, प्रकृयागत, प्रशासनिक र प्रविधिक जटिलता त दृढ ईच्छा शक्ति भए समाधान भई हाल्छ । तर पुन:निर्वाचन गर्नुपर्दा कति पटक गर्ने ? यसको लागि लाग्ने समय, थप आर्थिक बोझ र राजनीतिक अस्थिरता लाई कसरी व्यवस्थापन गर्ने त्यो पनि सोच्नु पर्ने हुन्छ । नोटाको व्यवस्था हुनै पर्छ, तर यसलाई कसरी अवलम्वन गर्ने ? भारतको जस्तो गर्ने कि, पुनः निर्वाचन पद्धति मै जाने वा अन्य कुनै मध्यमार्गि विकल्प अपनाउने भन्ने विषयमा सबै पक्षको बृहत छलफल र सल्लाह सुझाव पश्चात मात्र निर्णय लिनु उपयुक्त हुन्छ ।

समग्रमा भन्नुपर्दा ‘NOTA’ ले …

  • भविष्यमा हिंसात्मक विद्रोह हुने संभावनालाई न्यून गर्छ,
  • दल/उम्मेदवारलाई सच्चिन नैतिक दवाव पर्छ,
  • कुनै पनि दलले खराब चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउँदैनन,
  • दलहरुलाई पारदर्शि हुन प्रेरित गर्छ,
  • राजनीतिको आवरणमा हुने अपराधलाई घटाउँछ,
  • जनतामा लोकतन्त्र प्रतिको विश्वास बढ्छ,
  • जनतालाई वास्तविक लोतन्त्रको अनुभूति गराउँदछ,
  • देशले सक्षम नेतृत्व प्राप्त गर्छ,
  • निर्वाचनमा मतदाताको सहभागिता बढ्छ,
  • मतको ताकत महसुस गराउँछ, मतको महत्व बढाउँछ,
  • मत खेर जाँदैन, बदर मतको अनुपात न्यून हुन्छ

Read More

हनुमानढोकाको दशैँ घरमा शुभ साइतमा राखियो जमरा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । सोमबार बिहान ९: १३ बजेको शुभ साइतमै जमरा राखिएको हो ।

सोमबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि सोमबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै  बन्दुक पड्काएर बढाई पनि गरिएको छ ।

नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।

दशैंको टीका साइत

बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २६२० मा कारोबार भएको थियो ।

Read More

नयाँ मन्त्रीको शपथ २ बजे गर्ने तयारी

काठमाडौँ । मन्त्रीमा सिफारिस भएका चार जनाको शपथ आज हुने भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले अपराहन्न २ बजे शपथ गराउने गरि तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, डा. संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।

तर डा. मिश्राको विषयमा प्रश्न उठेपछि उनको शपथ भने रोकिएको छ । अहिलेसम्म प्रधानमन्त्री कार्कीले मिश्रको विकल्पमा अर्को नाम नदिएको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् ।

यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको समेत जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Read More

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने निर्वाचन रणनीति र पार्टीको ऐतिहासिक महाधिवेशनका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक अवस्थाबारे छलफल, प्रदेश सभापतिहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषय, आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीति, पार्टीको महाधिवेशन र विविध विषयमा चर्चा हुने जानकारी गराएका छन् ।

Read More