२०८३ बैशाख १३

स्वतन्त्र प्यालेस्टाइन राज्यलाई पोर्चुगलको पनि मान्यता

काठमाडौँ । क्यानडा, अष्ट्रेलिया र संयुक्त अधिराज्य पछि, पोर्चुगलले पनि स्वतन्त्र प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिने घोषणा गरेको छ । आइतबार, पोर्चुगलका विदेशमन्त्री पाउलो रङ्गेलले घोषणा गरेका थिए । उनले पोर्चुगलले अब आधिकारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ । 

वार्षिक संयुक्त राष्ट्र महासभा अघि न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, रङ्गेलले प्यालेस्टाइन राज्यलाई मान्यता दिनुले आधारभूत, सुसंगत र व्यापक रूपमा सहमत नीति पूरा गर्दछ । उनले पोर्चुगलले दुई-राज्य समाधानलाई न्यायपूर्ण र दिगो शान्तिको एक मात्र बाटो मान्ने र इजरायल र प्यालेस्टाइन बीच सहअस्तित्व र शान्तिपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्ने बताए ।

यसअघि, संयुक्त राज्य अमेरिका र इजरायलको विरोधको बाबजुद, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएर ऐतिहासिक कदम चालेको थियो । क्यानडा र अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेका छन् । 

बेलायती प्रधानमन्त्री केयर स्टारमरले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्- ‘आज, प्यालेस्टिनी र इजरायलीहरूका लागि शान्ति र दुई-राज्य समाधानको आशा पुनर्जीवित गर्न, बेलायतले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ ।’

यससँगै, बेलायत प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० देशहरूमा सामेल भएको छ ।

Read More

स्वास्थ्यमन्त्रीमा डा. मिश्राको सिफारिस विवादमा, नियुक्ति नहुने सम्भावना

काठमाडौँ । स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा नियुक्ति नपाउदै विवादमा परेकी छन् ।

प्रधानमन्त्री सुशिला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको विषय बाहिर आएपछि उनको नियुक्तिको सम्भावना टरेको बुझिएको छ ।

प्रधानमन्त्री कार्कीले मिश्रको नियुक्ति गर्न रोकेको बुझिएको छ । उनले अब स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्रमाथि लागेका आरोपको विषयमा थप बुझेर निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री कार्कीले आइतबार डा. मिश्रसहित  पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् । 

Read More

तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।

गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी  संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ ।

डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।

Read More

च्याटजिपिटीको सुझावबाट अमेरिकी महिलाले जितिन् डेढ लाख डलरको लोटरी

काठमाडौँ । अमेरिकाको भर्जिनियाकी क्यारी एडवर्ड्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर लोटरीमा एक लाख ५० हजार डलर जितेकी छन् ।

उनले सेप्टेम्बर ८ मा भर्जिनिया पावरबल लटरीमा सही तरिकाले निकालिएका लटरी नम्बरहरू छनौट गर्न च्याटजिपिटीलाई आग्रह गरेकी थिइन् । 

क्यारीले च्याटजिपिटीको सुझाव अनुसार निकालेको मुख्य नम्बरहरू र पावर बल नम्बर मिलेपछि उनले एक लाख ५० हजार डलर जितेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्यारीले आफ्नो फोनमा जितको सन्देश प्राप्त गरिन्, उनले यसलाई विश्वास नगरेको बताएकी छन् । जितपछि क्यारीले सबै पैसा तीन परोपकारी संस्थाहरूलाई दान गर्ने निर्णय गरेको बताएकी छन् ।    

Read More

सास्सुओलोमाथि इन्टर मिलानको जित

काठमाडौँ । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत सास्सुओलोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले सास्सुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को र सास्सुओलोका तारिक मुहारेमोभिकले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै सास्सुओलोका लागि वालिद चेडीराले एक गोल गरेका थिए ।

यो यस सिजनमा इन्टर मिलानको दोस्रो जित हो । यो जितपछि इन्टर मिलानको ४ खेलमा २ जित र २ हारसहित ६ अंक भएको छ र लिगमा दशौँ स्थानमा छ । त्यस्तै सास्सुओलोको ४ खेलमा ३ अंक रहेको छ र १४औं स्थानमा रहेको छ ।

Read More

टिकटक बारे अमेरिका र चीनबीच छिट्टै सम्झौता हुदै

काठमाडौँ । अमेरिका र चीनबीच टिकटक संचालन बारे सम्झौता भएको बताइएको छ । 

ह्वाइट हाउसले टिकटक सम्झौताको बारेमा विज्ञप्ति जारी गर्दै अपडेट दिएको छ । सम्झौतामा अमेरिकी कम्पनीको टिकटकको एल्गोरिदममा पूर्ण नियन्त्रण रहने  भनिएको छ । यसबाहेक, यसको गभर्निङ बोर्डमा अमेरिकाको बहुमत रहने पनि भनिएको छ । ह्वाइट हाउसका प्रेस सचिवले ओरेकलले डेटा र सुरक्षाको जिम्मेवारी लिने बताएका छन् । यसबाहेक, अमेरिकामा टिकटक व्यवस्थापन गर्न नयाँ बोर्ड गठन हुने रिपोर्ट गरिएको छ, जसमा सात मध्ये छ सिट अमेरिकी नागरिकले राख्ने बताइएको छ ।

अमेरिका र चीन बीचको सम्झौताको बारेमा लामो समयदेखि छलफल चलिरहेको छ । कांग्रेसले पहिले नै टिकटकमाथि प्रतिबन्ध लगाउने कानून पारित गरिसकेको छ, जुन जनवरीमा लागू हुने तय गरिएको थियो । यसको बावजुद, डोनाल्ड ट्रम्पले टिकटकलाई अस्थायी राहत दिने धेरै आदेशहरू जारी गरिसकेका छन् । टिकटकको मूल कम्पनी, बाइटेन्सलाई यसको अमेरिकी व्यवसाय बेच्न मनाउन प्रयासहरू जारी छन् । हालैको विज्ञप्तिमा, प्रेस सचिवले भने- ‘हामी विश्वस्त छौं कि सम्झौता सम्पन्न भएको छ । यसमा हस्ताक्षर गर्न मात्र बाँकी छ। राष्ट्रपतिको टोलीले यसलाई अन्तिम रूप दिन चिनियाँ अधिकारीहरूसँग काम गरिरहेको छ ।’

रिपोर्टका अनुसार, शुक्रबार डोनाल्ड ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग लामो फोन वार्ता गरेका थिए । यसपछि ट्रम्पले अमेरिकी लगानीकर्ताहरू टिकटक सम्झौताको लागि तयार रहेको र सी जिनपिङले राम्रो सहयोग गरिरहेको बताए । यद्यपि, चीनले एल्गोरिथ्ममाथि नियन्त्रण सम्बन्धी सर्तहरू स्वीकार गरिएको छ कि छैन भनेर स्पष्ट पारेको छैन ।

अमेरिकी सांसद र अधिकारीहरूले चिनियाँ सरकारको डेटा पहुँच र प्रचारको लागि टिकटकको प्रयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । विज्ञहरू विश्वास गर्छन्, हालैका घटनाक्रमहरूलाई ध्यानमा राख्दै, सम्झौता आगामी ३०-४५ दिन भित्र अन्तिम रूप पाउने सम्भावना छ । रिपोर्टका अनुसार, नयाँ सम्झौता पछि, टिकटकको ८० प्रतिशत व्यवसाय नयाँ लगानीकर्ताहरूको स्वामित्वमा हुनेछ । यो सम्झौता अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारको पहुँचबाट टाढा राख्नको लागि गरिएको हो । ह्वाइट हाउस यस विषयमा सम्झौता चाँडै पूरा हुने बताइएको छ ।

Read More

मलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्नुहोला, मन्त्री नै भन्न मन लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नुहोला: महावीर पुन

काठमाडौँ । मन्त्रीमा सिफारिस भएपछि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गरेका छन् ।

पुनले आग्रहका साथ् सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गरका छन् । पहिलो घोषणा भन्दै आफ्नो सामाजिक सञ्जालमा पुनले लेखेका छन्: “कसैलाई पनि फोनमा ‘बधाई छ’ नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गर्दछु”।

उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’

पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगरिदिन पनि आग्रह गरेका छन् । यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न अनुरोध गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।

Read More

धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध

धादिङ । धादिङको बादरेमोडस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ ।

सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्वी लोकमार्गमा माथिबाट सुख्खा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । प्रहरीले पहिरो पन्छाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

Read More

म्यानचेस्टर सिटीसँग हारबाट जोगियो आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

१-० गोलले पछि परेको आर्सनलले ९० मिनेट पछिको इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै म्यानचेस्टर सिटीको जित खोसेका थिए । यस अघि खेलको नवौं मिनेटमा इर्लिंग हालाण्डको गोलमा म्यानचेस्टर सिटीले शुरुवाती अग्रता लिएको थियो ।

यो बराबरीपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको ५ खेलमा ७ अंक भएको छ र हाल नवौं स्थानमा रहेको छ ।

Read More

गेटाफेविरुद्ध बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा गेटाफेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

यस सिजनमा बार्सिलोनाको यो चौथो जित हो । ५ खेलमा ४ जित र एक बराबरी खेलेको बार्सिलोनाको १३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको यो यस सिजनमा दोस्रो हार हो । ५ खेलमा ३ जित र २ हार बेहोरेको गेटाफे ९ अंकसहित आठौ स्थानमा रहेको छ ।

Read More