२०८३ बैशाख १३

शाहरुख खानले राष्ट्रपतिबाट लिए राष्ट्रिय अवार्ड

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । शाहरुखको यो पहिलो राष्ट्रिय अवार्ड हो । 

मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुले शाहरुखलाई यो पुरस्कार प्रदान गरेकी छन् ।

शाहरुखसँगै विक्रान्त मेस्सीले पनि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । मेस्सीले १२ फेलका लागि राष्ट्रिय अवार्ड पाएका हुन् ।

७१औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत महिना, अगस्टमा गरिएको थियो र पुरस्कार समारोह मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा आयोजना गरिएको थियो । यी पुरस्कारहरू २०२३ मा रिलिज भएका चलचित्रहरूका लागि दिइएको हो । त्यस्तै सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड रानी मुखर्जीलाई दिइएको छ ।

Read More

सिंहदरबार जलाउँछु भन्नेहरूले नै आगो लगाए भन्दै हरेस नखाइकन अगाडि बढ्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेहरूले सिंहदरवार नजलाएको बताएका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिंहदरवार जलाउँछु भन्नेहरूले नै जलाएको आरोप लगाए।

‘सिंहदरवार जलाइयो। कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरवार जलायो होला र? पक्कै जलाएनन्। अरु नै कुनै घुसपैठिया तत्त्वहरूले, जो पहिलेदेखि नै भन्दैथिए त सिंहदरवार जलाउँछु भनेर। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतिर हमला गरेको थोरैपल्ट त भएन नि? धैरैपटक भइसक्यो,’ उनले भने।

अध्यक्ष ओली योजनाबद्ध तरिकाले सिंहदरवारलगायत सरकारी संरचनाहरूमा आगजनी गरएको बताए। उनले साँझ परेपछि उज्यालो हुने भन्दै नेता-कार्यकर्तालाई संयमता अनाउन आग्रह गरे। ‘बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन। साँझ पर्‍यो भन्दैमा भोलि विहान हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। उज्यालो नहुने कुरा हुँदैन, उज्यालो हुन्छ,’ उनले भने।

जेनजी आन्दोनमा भएको घटनापछि देश बदनाम भएको उनले बताए। भिसा नदिने, काम नदिनेजस्तो अवस्थामा देश पुगेको भन्दै उनले नेपाल इमान्दार मानिसहरूको देश भएको चिनाउनुपर्ने बताए।

‘अहिले भिसा नदिने, काम नदिने अवस्था आइसक्यो। नेपाल एउटा बदनाम अवस्थामा पुगिसक्यो। त्यसबाट हामी जोगाउनुपर्छ। नेपाल इमन्दार र कर्मठ मानिसहरूको देश हो। अत्यन्त जिम्मेवार मानिसहरुको देश हो। सभ्य मानिसहरूको देश हो। सभ्यताको लामो इतिहास बोकेको देश हो। त्यो सभ्यतालाई अगाडि लैजा नयाँ पिँढी तम्तयार भएको देश हो भनेर अगाडी बढ्नुपर्छ,’ उनले भने।

देशमा ठूलो क्षति भएकाले यस्ता घटना हुन नदिन संगठित भएर जानुपर्ने उनको भनाइ छ। अध्यक्ष ओलीले नेता-कार्यकर्तालाई हिम्मत र हरेस नखाइकन अगाडि बढ्न निर्देशन दिए।

Read More

स्रोत नखुलेको रकमसहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको  मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौँको उज्यालो महानगर योजना फेरी शुरु, १० करोडको लागतमा ६२ लाइट जोडिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिगत ३ बर्ष देखि विविध कारणबस  रोकिएको उज्यालो महानगर योजना फेरी शुरु भएको छ ।

काठमाडौ महानगरको लगानीमा करिब १० करोडको लागतमा ६२ वटा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् ।

बालेनले हालसम्म १२ वटा लाइट जडान भइसकेको जानकारी दिदै बाँकी सबै लाइट प्रज्वलन गर्ने तयारी भइरहेको बताएका छन् । अघिल्लो कार्यकालमा राखिएका तर बत्ति नबलेका दुइ हजार भन्दा बढी सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा बिस्थापित गरि हाल बलिरहेको उल्लेख गरेका छन् । 

साथै करिब ८५ करोडको स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणको तयारी भइरहेको बताउदै बालेनले यसको सम्पन्नतापछि यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षा गरेको बताएका छन् ।

Read More

साउन र भदौमा आयात १६ र निर्यात ८८ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६.२३ प्रतिशतले बढेको छ ।

मंगलबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार पहिलो दुई महिनामा आयात १६.२३ प्रतिशत बढेको छ भने निर्यात ८८.५७ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार दुई महिनमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात भएको थियो ।   

यस्तै यस आर्थिक बर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २५ अर्ब ९ करोड ३१ लाख १० हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको दुई महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा ८.५९ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५७ अर्ब ८३ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रहेको थियो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड पुगेको छ । त्यसैगरी दुई महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.४६ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४५ गुणामा झरेको छ ।

Read More

प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूले फागुन २१ गते सम्पन्‍न हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ ।

छलफलमा सम्माननीय प्रधानमन्त्रीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्‍न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै निर्वाचन सम्पन्‍न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने  कुरा राख्दै निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरे ।

सो छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्‍न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको र मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनीतिक दल लगायत सरोकारवालाहरूसँग समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकारका तर्फबाट भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन अनुरोध गर्दै निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्‍चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्‍त हुने विश्‍वास व्यक्त गरेको आयोगले जनाएको छ ।

छलफलमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल लगायत सम्बन्धित अधिकारीहरू र आयोगको तर्फबाट निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ लगायतको उपस्थिति रहेको थियो ।

Read More

रास्वपाको स्पष्टीकरण: जेनजी आन्दोलनको नेतृत्व हामीले गरेका होइनौं, कारागारले दिएको पत्र छानबिन होस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको नेतृत्व आफुहरुले नगरेको स्पष्ट गरेको छ ।

केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलन गरेर प्रवक्ता मनिष झाले जेनजी आन्दोलनको आफुहरुले नेतृत्व नगरेको स्पष्ट गर्दै आफुहरुले आन्दोलनमा घुसपैठ नहोस भनेर खबरदारी र सचेत गराएको बनाएका छन् ।

प्रवक्ता झाले नख्खु कारागारको प्रशासनले पटक पटक बोलाएपछि आफुहरु गएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो तीन सेकेन्डको भिडियोलाई अतिरन्जित गरेर सामाजिक सञ्जालमा आक्रमण गरिएको आरोप लगाए । उनले आफुले यस्तो गर्ने होइन भनेर भिडियो भनेपनि अन्य घटना जोडेर अतिरन्जित गरिएको बताए ।

त्यस्तै रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले कारागार प्रशासनले आफुहरुलाई दिएको पत्र बुझेको स्पष्ट गर्दै कारागार प्रशासनले पटक पटक फोन गरेर सुरक्षा थ्रेट भएको भन्दै फोन आएपछि सम्भव भएसम्मका कार्यकर्ता नख्खु जेल पुगेको बताएकी छन् । साथै उनले पत्रको विषयमा राज्यले छानबिन गरोस भन्दै यो विषय पार्टी भित्र पनि उठेको बताएकी छन् ।

भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने आफ्ना समर्थकसहित नख्खु कारागारबाट बाहिर अयेपाची देशभरका १५ हजारभन्दा बढी कैदीबन्दी बाहिर निस्केका थिए । अहिलेपनि ८ हजार भन्दा बढी कैदीबन्दी सम्पर्कमा नाराहेको बताइएको छ ।

Read More

तुइन खोला पुल नजिकै ठुलो पहाड खस्यो, सडक अनिश्चितकालका लागि बन्द

चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

मुग्लिन-नारायणघाट सडकको तुइन खोला पुल नजिकै मंगलबार साँझ ठुलो पहाड खसेपछि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालयले सडक बन्द भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

Read More

अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत महामहिम चेङ्ग सोङ्गले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । 

भारतीय राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसंगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याए । 

उक्त भेटको अवसरमा भारतीय राजदुतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको उल्लेख गरे । उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा संचालन भएका विकास आयोजना र कार्यक्रमहरुमा तिब्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्र समेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गरे । उक्त अवसरमा नेपाल भारत बीचको व्यापार सहजीकरणका लागि दुबै पक्षबीच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो । 

त्यसैगरी चीनका राजदूतसंगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे । भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्दै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए  साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुतलाई अनुरोध गरे । 

उक्त भेटको अवसरमा महामहिम राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो।साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा समेत जानकारी दिए ।

Read More

काठमाडौं महानगरले शुरु गर्यो विभिन्न गाउँपालिकालाई एम्बुलेन्स वितरण

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ । मंगलबार आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो ।

यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो । बोलपत्र प्रक्रियामार्फत अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।

आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेटमा ८ करोड १० लाख रकम छुट्याइएको छ ।

महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो ।

Read More