२०८३ बैशाख १३

सुनकोशी मरिन र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिंदैन: मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का टोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए ।

दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाई भएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेका थिए । तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व बृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे ।

उनले भने- ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौ रुपैयाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाव गर्ने हो भने अर्बौं हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ? दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई÷मधेमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं ।’

भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।

Read More

मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु, तुइन खोलामा अवरुद्ध

धादिङ । सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु भएको छ ।  अवरुद्ध सडकको पहिरो हटाएर केहि बेरअघि दुईतर्फी सुचारु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।  

गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको थियो । 

त्यसैगरी मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक भने ढुंगा खस्ने क्रम नरोकिएपछि दिउसो १ बजेदेखि नै सडक बन्द रहेको छ ।  प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।

Read More

नेप्से ५८.६३ अंकले बढ्यो, ५ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज प्रभु स्मार्ट फन्डको सबैभन्दा बढी ४.३० प्रतिशतले गिरावट आएको छ । 

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३८ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

Read More

बारबरा र समता फाउन्डेसनको तालमा नाच्ने सरकार जेन–जीको होइन यो विदेशी एजेन्टको हो: दुर्गा प्रसाईँ

काठमाडौं । दुर्गा प्रसाईँले जेन–जी आन्दोलनलाई बारबरा र समता फाउन्डेसनका सुकिला–मुकिलाहरुले हाइज्याक गरेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले अहिले बनेको सरकार जेन–जीको सरकार नरहेको बताए । ‘जेन–जीलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’– उनले भने ।

उनले जेन–जी आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको पनि बताए । जेन–जी आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको पनि उनको दाबी छ । उनले वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लगायतमाथि पनि जेन–जी आन्दोलनको प्रसँगमा प्रश्न उठाए ।

उनले प्रधानमन्त्री कार्कीलाई मेडिकल कलेज खोल्न हुँदैन भनेर विरोध गर्ने गोविन्द केसीको पछि लागेको आरोप लगाएका छन् । उनले देशलाई यो ठाउँमा पुर्याउन हात कनकमणि दीक्षित, कल्याण श्रेष्ठ, सुशीला कार्कीको हात रहेको समेत बताए ।

‘गोविन्द केसीलाई लास्ट टाइम इलाममा लिन को गएको थियो भन्दा सुशीला कार्की र केदारभक्त माथेमा गएका होइनन् ? अहिलेका प्रधानमन्त्री सुशीला कार्कीलाई म के भन्छु भने–तपाईले पार पाउन हुँदैन । तपाईँ त यो देशमा मेडिकल कजेल, नर्सिङ कलेज हुन हुँदैन भन्ने मान्छे हो । गोविन्द केसी बोक्ने मान्छे तपाईँ हो,’– उनले भने ।

साथै, ऊर्जामन्त्री घिसिङ एमसीसी परियोजना छनोट गर्ने टिममा संलग्न र एमसीए प्रस्ताव गर्ने मुख्य पात्र रहेको उनको आरोप छ । त्यस्तै, गृहमन्त्री अर्यालमाथि उनले डा.गोविन्द केसीको वकिलदेखि बालेन्द्र शाहको कानूनी सल्लाहकारसमेत रहेको काम गरेको आरोप लगाए ।

दसैं, तिहार र छठपछि नेपालमा वैद्धिक सनातन हिन्दु राष्ट्र कायम नगरी अबको आन्दोलन नरोकिने उनको चेतावनी छ । त्यो आन्दोलनको नेतृत्व आफूले गर्ने पनि उनले उद्घोष गरे ।

Read More

दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालनमा रोक

बनेपा । दशैँ अवधिभर काभ्रे जिल्लामा टिपर संचालन गर्न रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असोफ ६ गतेदेखि २२ गतेसम्म जिल्ला भर टिपर संचालनमा रोक लगाइएको हो । यस अवधिमा टिपर संचालन गरेमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारवाही गरिने बताइएको छ ।

Read More

एन्फाले सार्बजनिक गर्यो २०८२ को संशोधित खेल क्यालेन्डर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८२ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ । जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने उल्लेख गरिएको छ । 

मिति तोकिए पनि हालसम्म प्रतियोगिताको भेन्यु भने तोकिएको छैन । ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको परिमार्जित क्यालेन्डरमा राखिएको छैन । 

यसअघि सार्वजनिक भएको एन्फाको क्यालेन्डरमा एनएसएलको लागि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको समय तोकिएको थियो । तर, परिमार्जित क्यालेन्डरमा एनएसएल राखिएको छैन । 

नेपाली राष्ट्रिय टिमले भियतनामसँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ । जसका लागि प्रशिक्षक म्याट रोसले प्रारम्भिक टोली पनि सार्वजनिक गरिसकेका छन्। त्यस्तै कार्तिककमा नेपाली महिला टिमले भारतसँग ५ दिन लामो मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । 

एन्फा प्रेसिडेन्ट लिग २०२५, एन्फा यू १६ युथ लिग कात्तिक १७ देखि मंसिर २ सम्म एन्फा कम्प्लेक्समा रहेको छ ।  नेपाली सिनियर पुरुष टोलीले मलेसियासँग एएफसी एसियन कप खेल्ने अन्तर्राष्ट्रिय तालिका छ । 

त्यसैगरी सी डिभिजन लिग मंसिर ४ देखि २८ गतेसम्म हुने तालिका छ ।  ३ देश सम्मेलित मैत्रीपूर्ण सिरिज महिलाको मंसिर ८ देखि १६ गतेसम्म इण्डोनेसियामा हुनेछ।साफ वुमन्स क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुष ५ सम्म दशरथ रंगशालामा हुनेछ ।

Read More

संसद् पुनर्स्थापनाको रटान बन्द गरौं, अब चुनावमै भिडौं: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले अब संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन् ।

पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब निर्वाचनमा जानुपर्ने बताएका हुन् । नेता शर्माले राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिलार्य सम्हालेर निर्वाचनको मिति घोषणा गरेको पनि स्मरण गरे । संसद् विघटनलाई लिएर पार्टीभित्र अब दुईमत हुन नहुने र पार्टी निर्वाचनमा होमिनुपर्ने उनले बताए ।

‘निर्वाचनको मिति घोषणा भइसकेको छ। अफ्ठेरोको बीचमा राष्ट्रपतिले सेनालाई विश्वासमा राखेर नयाँ सरकार बनाएर निर्वाचनमा जान दलहरूलाई भनिरहेको बेलामा अब संसद् पुनर्स्थापनको माग राख्न हुँदैन,’– उनले भने ।

यसबारेमा कांग्रेसले केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउनुपर्ने उनले आवश्यकता औंल्याए । महामन्त्री शर्माले जेन–जी पुस्ताले उठाएको मागप्रति पनि आफूहरुको समर्थन रहेको बताए । उनले जेन–जीको कारण बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जी पुस्ताकै सहभागिता नरहेको भन्दै आपत्ति जनाए ।

उनले बलिदानी गर्ने, परिवर्तनका लागि लड्ने र सरकार बनाउन पहल गर्ने जेन–जी भए पनि उनीहरुको प्रतिनिधित्वविना सरकार बनाउनुलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताए । अहिलेको सरकारमा एक सय एक मान्छे आएको भए पनि जेन–जीको प्रतिनिधित्व आवश्यक रहेको उनको भनाइ छ ।

Read More

अफगानी बालकको आश्चर्यलाग्दो यात्रा: विमानको ल्यान्डिङ गियरमा लुकेर काबुलबाट पुगे दिल्ली

काठमाडौँ । एउटा आश्चर्यजनक र अत्यन्तै खतरनाक काम गर्दै, अफगानिस्तानबाट आएका १३ वर्षीय बालक आइतबार विमानको माथिल्लो ल्यान्डिङ गियरमा लुकेर दिल्ली आइपुगेको पाइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोधपुछ गरेपछि, उनलाई सोही उडानमा अफगानिस्तान फिर्ता पठाइएको थियो । रिपोर्टका अनुसार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा काम एयरलाइन्सको उडान (उडान नम्बर आरक्यू-४४०१) का चालक दलले विमानको नजिकै एक केटा हिंडिरहेको देखेका थिए ।

उनीहरूले तुरुन्तै विमानस्थलमा तैनाथ सिआईए एफ सुरक्षाकर्मीहरूलाई सचेत गराएपछि सुरक्षाकर्मीहरूले उनलाई सोधपुछको लागि टर्मिनल ३ मा लगेका थिए । सोधपुछको क्रममा, त्यो बालक अफगानिस्तानको कुन्दुज प्रान्तको बासिन्दा भएको खुलासा भयो ।

बालकले अनुसन्धानकर्ताहरूलाई आफु काबुल विमानस्थलमा लुकेर कुनै न कुनै रूपमा विमानको पछाडिको केन्द्रीय ल्यान्डिङ डिब्बामा पुगेको बताए । अनुसन्धानको क्रममा, काबुल एयरलाइन्सका सुरक्षा अधिकारीहरूले ल्यान्डिङ गियर डिब्बामा एउटा सानो रातो स्पिकर फेला पारे । यो सम्भवतः उनैले ल्याएको हुन सक्ने बताइएको छ । अनुसन्धान पछि, विमान सुरक्षित घोषित गरियो र त्यहाँ कुनै तोडफोडको षड्यन्त्र नभएको निश्चित भयो । ति बालक पूर्ण पहिचान र नाम अझै खुलाइएको छैन ।

अफगानिस्तानको तालिबान सरकारले अहिलेसम्म समाचारमा आधिकारिक रूपमा टिप्पणी गरेको छैन, तर तालिबान सरकारका सीमा प्रहरी प्रवक्ता अब्दुल्लाह फारुकीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । विमानमा बालकको पहुँचले काबुल विमानस्थलमा सुरक्षा उपायहरूमाथि प्रश्न उठाएको छ । यो पहिलो पटक होइन जब कोही विमानमा लुकेर आफ्नो गन्तव्यमा पुगेको छ । तर यो सम्भवतः विमानको यस भागमा लुकेको पहिलो घटना हो ।

अक्सिजनको अभाव र अत्यधिक चिसोका कारण यति उच्च उचाइमा बाँच्न लगभग असम्भव भए पनि यस घटनालाई चमत्कारको रुपमा हेरिएको छ ।

Read More

सरकारले गृहसचिव दुवाडीलाई हटायो

काठमाडौँ । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दवाडीलाई गृहबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरूवा गरेको हो ।

त्यस्तै गृहसचिवमा यस अघि रक्षासचिव रहेका रामेश्वर दंगाललाई ल्याइएको छ । जेनजी आन्दोलन दबाएको आरोप लागेका सचिव दवाडीलाई सरकारले अहिले आएर हटाएको छ ।

त्यस्तै योजना आयोगमा सदस्य सचिव रहेका सुमनराज अर्याललाई रक्षा सचिव बनाइएको छ ।

Read More

कारगार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । कारगारबाट भागेका टोपबहादुर रायमाझीले कारागार फर्किएका छन् ।

रायमाझी सोमबार कारागारमा फर्किएको कारागार  प्रशासनले जानकारी दिएको छ ।  भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए र उनले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै कारागारमा फर्किन तयार रहेको बताएका थिए ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् । 

यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए । उनी यसअघि नै कारागारमा फर्किएका छन् । 

रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।

Read More