२०८३ बैशाख १३

मन्त्री पुन भन्छन्: सिर्जनशिल टीम बनाउन व्यस्त छु, केहि दिन फोन नगर्नु

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफूलाई केहि दिन फोन नगर्न र म्यासेज नपठाउन आग्रह गरेका छन् ।

मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त रहेकाले केहि दिन फोन नगर्न र म्यासेज नगर्न आग्रह गरेका हुन् । उनले भनेका छन्- अस्तिदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आईरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु । त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला । 

शिक्षामन्त्रीको कार्यभार सम्हाले पछि मन्त्री पुनले मंगलबार तीन निर्णय गरेका छन् ।  

१- नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।

२- केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले बिश्वविद्यालय लाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमा मै परीक्षाफल ननिकाल्ने बिश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन् । 

३- त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने ।

Read More

ट्रम्पको टिप्पणी: रुस ‘कागजी बाघ’, युक्रेनले कारबाही गर्ने समय आयो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेका छन् । 

ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भन्दै पुटिन र रुस ठूलो आर्थिक समस्यामा रहेको र युक्रेनले कारबाही गर्ने समय आएको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले युरोप र नेटोको समर्थन र रुसको अर्थतन्त्रमा बढ्दो दबाबका साथ युक्रेनले यो युद्ध सुरु भएको ठाउँबाट आफ्नो मूल सिमाना फिर्ता प्राप्त गर्न सक्ने बताएका छन् ।

उनले युक्रेनले युद्धमा गुमाएको भूमि फिर्ता लिन सक्ने बताएका छन् । ट्रम्पको यो भनाइलाई रुस-युक्रेन द्वन्द्वमा उनको अडानमा ठूलो परिवर्तन मानिएको छ । ट्रम्पले युक्रेन र रुसको सैन्य र आर्थिक अवस्थालाई पूर्ण रूपमा बुझेपछि उनको विचार परिवर्तन भएको विश्लेषण गरिएको छ ।

ट्र,म्पको भनाइ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटपछि आएको हो, जुन ट्रम्पले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेपछि भएको थियो । ट्रम्पले बारम्बार युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगातार युक्रेनले आफ्नो भूभाग नछोड्ने कुरा कायम राख्दै आएका छन् ।

Read More

म्याक्रोनको गाडी न्युयोर्क प्रहरीले रोक्यो, सिधै ट्रम्पलाई फोन गरेर के भने ?

काठमाडौँ । न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकार्डले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कारलाई रोकेको रोचक घटना सार्बजनिक भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाषण दिएपछि म्याक्रोन आराम गर्न फ्रान्सेली दूतावासतर्फ जाँदै थिए ।

जब म्याक्रोनको मोटरकार्ड रोकियो, उनी ओर्ले र एक प्रहरी अधिकारीलाई अवस्थाको बारेमा सोधपुछ गरे । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि उनले ट्रम्पलाई सडकबाटै फोन गरेर बाटो खाली गर्न भने । उनले फोनमा ट्रम्पलाई भने- ‘छिटो बाटो खाली गर्नुहोस् ।’

प्रहरी अधिकारीले म्याक्रोनलाई भने- ‘श्रीमान् राष्ट्रपति, मलाई माफ गर्नुहोस् । अहिले सबै कुरा अवरुद्ध छ ।’ प्रहरीले ट्रम्पको मोटरकार्ड त्यहाँबाट गुज्रिरहेको कारणले बाटो अवरुद्ध भएको बताए । त्यसपछि म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरे र हाँस्दै भने- ‘तपाईंलाई कस्तो छ ? तपाईंलाई थाहा छ, म सडकमा अड्किएको छु किनभने तपाईंको लागि सबै कुरा बन्द छ । छिटो बाटो खाली गर्नुहोस् ।’

यो कुराकानी भइरहेको बेलासम्म, ट्रम्पको मोटरकार्ड गुज्रिसकेको थियो, र बाटो पैदल यात्रीहरूको लागि मात्र खुला थियो । यद्यपि, म्याक्रोन आफ्नो कारमा फर्किएनन् र ट्रम्पसँग कुरा गर्दै हिँडिरहे ।

म्याक्रोनले न्युयोर्कको सडकमा आधा घण्टा हिँडे, ट्रम्पसँग फोनमा कुरा गरे । यस क्रममा उनले बाटोमा मानिसहरूसँग फोटो पनि खिचाए । एक व्यक्तिले म्याक्रोनको निधारमा चुम्बन पनि गरे । यो शहरका बासिन्दाहरूका लागि अचम्मको घटना थियो, किनकि सामान्यतया कुनै पनि देशको राष्ट्रपतिसँगै कडा सुरक्षा हुन्छ । राष्ट्रपति म्याक्रोन संयुक्त राष्ट्र महासभाको बैठकमा भाग लिन न्यूयोर्क पुगेका थिए । उनले संयुक्त राष्ट्र महासभामा प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिए । यस क्रममा उनले फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिएको घोषणा गरेका थिए ।

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो १ बजेदेखि शुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

मंगलबारदेखि शुरु भएको बैठकमा अब १० केन्द्रीय सदस्य र पदाधिकारीले बोल्न बाँकी रहेको प्रवक्ता झाले बताए ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, आगामी २१ फागुनमा हुने निर्वाचन रणनीति र पार्टीको ऐतिहासिक महाधिवेशनका विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । बैठकमा समसामयिक अवस्थाबारे छलफल, प्रदेश सभापतिहरूबाट प्राप्त विवरण प्रस्तुति, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन र विभागसँग सम्बन्धित विषय, आगामी प्रतिनिधिसभा निर्वाचनको रणनीति, पार्टीको महाधिवेशन र विविध विषयमा चर्चा हुने जानकारी गराएका छन् ।

Read More

तुईन खोलाको पहिरो हटाउन शुरु

चितवन । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला नजिक खसेको पहिरो पन्छाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउन आज दिनभर लाग्ने जानकारी दिएको छ । अहिले मुग्लिन र नारायाणघाट तर्फबाट २-२ वटा मेशिनले पहिरो पन्छाउने काम गरिरहेका छन् ।

मंगलबार दिउसो ४:५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द भएको छ ।

डिभिजन कार्यालयले सडक सुचारु नहुन्जेल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

Read More

ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै एट्टा एयोंगले एक गोल गरेका थिए ।

यो ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित हो । यो जितपछि ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

Read More

अल नासर किङ कपको राउण्ड १६ मा

काठमाडौँ । अल नासर किङ कपको राउण्ड १६ मा पुगेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले जेहादलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, मोहमद सिमाकान र वेसलीले एक एक गोल गरेका थिए भने एक गोल फैसल बिन अबुले आत्मघाती गोल गरेका थिए ।

गएराती नै सम्पन्न खेलमा अल इत्तिहाद, अल हाजम, अल जुल्फी लगायतका टिम राउण्ड १६ मा पुगेका छन् ।

Read More

प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हो: ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् र वार्ता गर्ने पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै ट्रम्पले धेरै शक्तिशाली देशहरूले हालै प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै यो हमासको क्रूरताको लागि पुरस्कार हुने टिप्पणी गरेका छन् ।

ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउदै अब बन्धकहरूलाई रिहा गर्न हमासलाई आग्रह गरेका थिए । 

उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गर्दै युद्ध रोक्न वार्ताको क्रममा संयुक्त राष्ट्र संघ आफुहरुको साथमा नरहेको बताए । उनले संयुक्त राष्ट्र संघको उद्देश्य के हो ? भनेर प्रश्न पनि गरेका थिए ।

ट्रम्पले संयुक्त राष्ट्र महासभाको ८० औं सत्रको लागि भेला भएका विश्व नेताहरूलाई आफ्नो युद्ध रोक्ने दाबी दोहोर्‍याए । उनले भने- ‘केवल सात महिनामा, मैले सात कहिल्यै नसकिने युद्धहरू रोकें । यी मध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए । एउटा ३६ वर्षदेखि चलिरहेको थियो । एउटा २८ वर्षदेखि चलिरहेको थियो । यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल-इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया-अजरबैजान समावेश छन् ।’

ट्रम्पले राष्ट्र संघले आफ्नो क्षमतामा पुग्न नसकेको भन्दै आलोचना गरेका थिए ।

Read More

एशिया कप सुपर फोर: श्रीलंकामाथि पाकिस्तानको सहज जित

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पाकिस्तानको जितमा मोहमद नवाजले ३८ रन, हुसैन हरिसले ३२ र साहिबजादा फरहानले २४ रन बनाएका थिए ।

त्यस्तै श्रीलंकाका वानिन्दु हसरंगा र महीश तिक्क्षनाले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३३ रन बनाएको थियो । श्रीलंकाका लागि कमिन्दु मेन्डिसले ५० रन बनाएका थिए भने चरिथ असलंकाले २० रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट र हरिस राउफ र हुसैन तलातले २-२ विकेट लिएका थिए । यो जितपछि पाकिस्तानको सुपर फोरमा २ खेलमा २ अंक भएको छ भने श्रीलंकाले सुपर फोरमा लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

अब एशिया कपको सुपर फोर अन्तर्गत आज बंगलादेश र भारत खेल्दैछन् ।

Read More

अमेरिकी क्रिकेट संघ निलम्बन

काठमाडौँ । आइसीसीले अमेरिकन क्रिकेट एसोसियसनलाई निलम्बन गरेको छ ।

आइसीसीले अमेरिकी क्रिकेट संघले लगातार नियमको उलंघन गरेको भन्दै विहिबार बसेको भर्चुअल बैठकले निलम्बन गर्ने निर्णय गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ ।

यस निलम्बनले अमेरिकाको विश्वकपको सहभागिता र अन्य प्रतियोगितामा कुनै असर नगर्ने आइसीसीले जनाएको छ ।

आइसीसीको जुलाईमा भएको आफ्नो वार्षिक साधारण सभाले अमेरिकी संघलाई ‘स्वतन्त्र र निष्पक्ष चुनाव’ गर्न र संघमा सुधार गर्न तीन महिनाको समय दिएको दुई महिनाभन्दा बढी समय नबित्दै यो निलम्बन आएको हो ।

Read More