२०८३ बैशाख १३

सागर ढकालको टिप्पणी: प्रधानमन्त्रीज्यू तपाईलाई जेनजीले चाहिने भन्दा बढी विश्वास गरे, सम्झौता नगर्नु ठुलो भुल भयो

काठमाडौँ । सागर ढकालले प्रधानमन्त्री सुशिला कार्कीप्रति जेनजीले चाहिने भन्दा बढी विश्वास गरेको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सागरले टिप्पणी गरेका हुन् । सागरले ऐतिहासिक क्रान्तिको बलिदान मध्यावधिको लागि मात्रै हो त ? भन्दै प्रधानमन्त्री कार्कीलाई प्रश्न गरेका छन् ।

सागरले कार्कीलाई आन्दोलनले होइन राष्ट्रपतिले प्रधानमन्त्री बनाएको बुझिएको भन्दै जेनजीले कार्कीलाई चाहिने भन्दा बढी विश्वास गरेर आन्दोलनको सम्झौता नगरि फर्किनु ठुलो भुल भएको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्:  
प्रधानमन्त्रीज्यु, जेनजीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठुलो बलिदानी गरेका थिएनौं । आन्दोलनकारिको माग नै पुरा नगरि कसरि अगाडि जान सक्छ । यत्रो विश्वकै एतिहासिक क्रान्तिको बलिदान मध्यावधिको लागि मात्रै हो त ? भने पछि हजुरलाई आन्दोलनले होइन राष्ट्रपतिले प्रधानमन्त्री बनाउनु भएको हो भन्ने बुझिन्छ। जेन्जीले हजुरलाई चाहिने भन्दा बढि विश्वास गरेर आन्दोलनको सम्झौता नगरि फर्किनु ठुलो भुल भएको छ। मैले पनि तारान्तार फोन गरेर जेनजी साथीहरुलाई सम्झौता नगरि नफर्किनुस भनेको हो, काँग्रेसको राष्ट्रपतिले अल्झाउने काम गर्नुभयो, जेनजी पनि अल्झिनु भयो । अझै केही बिग्रिएको छैन, हामी आशावादि छौ सुनलाई पित्तलको भाउमा बेच्नु हुनेछैन ।

Read More

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालय अन्तर्गत सार्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरेको छ ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरको हो । यस अघि पनि अर्थमन्त्रालय अन्तर्गत रहेका यी विभागलाई केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए ।

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको अन्तर्गत लैजाने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु भइ पहिचान खुलेका मृतक नेपाली नागरिक (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी बाहेक) का परिवारलाई प्रति परिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

त्यस्तै सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्न सकिने व्यवस्था गरेको छ भने सरकारको प्रवक्तामा खरेललाई तोक्ने निर्णय गरेको छ ।

Read More

रमेश लेखकलाई मातृशोक

काठमाडौँ । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

लेखककी ८९ वर्षीया आमा शारदादेवी लेखकको बिहीबार अपराह्न निधन भएको छ । उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार निकटले जानकारी दिएका छन् । उनका लेखक एक्ला छोरा हुन् भने चार छोरी रहेका छन् ।

Read More

फ्लड लाइट जडान गरेर राति पनि तुईन खोलाको पहिरो हटाइदै

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य फ्लड लाइट जडान गरेर जारी रहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइटको व्यवस्था गरेर राति पनि तुइन खोलाको पहिरो पन्छाउने कार्य गरिरहेको बताएको छ ।

पहिरो पन्छाउने कार्य हाल अन्तिम चरणमा रहेको र थप पहिरो नआएमा आजै राति सडक सुचारु हुने सम्भावना रहेको छ ।

मंगलबार दिउसो ठुलो पहिरो खसेर अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक हालसम्म अवरुद्ध रहेको छ ।    

Read More

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै गर्ने सरकारको निर्णय

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ । 

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको निर्णय उल्ताउदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका छन् ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।

Read More

पाकिस्तानलाई हराउदै बंगालदेश साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ ।  बंगालदेश जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै बंगालादेश फाइनलमा प्रवेश गरेको हो ।  

बंगालदेशको जितमा नाज्मुल हुडा फैसल र मोहम्मद ओपु रहमानले एक एक गोल गरेका थिए ।  

बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्ने छ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल आजै राति ७:४५ बजेदेखि हुने तालिका रहेको छ । 

Read More

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीले गद्दाफीसँग मिलेर भ्रष्टाचार गरेको ठहर

काठमाडौँ । पूर्व फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीलाई षड्यन्त्रको आरोपमा दोषी ठहराइएको छ । उनी र उनका सहयोगीहरूलाई २००७ को फ्रान्सेली राष्ट्रपति चुनाव अभियानलाई आर्थिक सहयोग गर्न दिवंगत लिबियाका तानाशाह मुअम्मर गद्दाफीको शासनसँग भ्रष्टाचार सम्झौता गरेको आरोप लगाइएको थियो ।

यद्यपि, भ्रष्टाचार र अवैध कोषसँग सम्बन्धित अन्य तीन मुद्दामा उनलाई सफाइ दिइएको थियो । सजायको निर्णय अझै भएको छैन । सार्कोजीले सबै आरोप अस्वीकार गरेका छन् र फैसलामाथि पुनरावेदन गर्ने योजना बनाएका छन् ।

अभियोजकहरूले २००५ मा सार्कोजी र उनका सहयोगीहरूले २००७ को चुनावको लागि गैरकानूनी रूपमा पैसा प्राप्त गर्न गद्दाफीसँग मिलेर काम गरेको बताएका छन् । गद्दाफीले यसको बदलामा सार्कोजीबाट कूटनीतिक र व्यावसायिक सहयोग खोजेका थिए ।

गद्दाफीको शासन मानव अधिकार उल्लङ्घन र आतंकवादको लागि कुख्यात मानिन्छ । २००७ मा राष्ट्रपति बनेपछि, सार्कोजीले गद्दाफीलाई राज्य भ्रमणको लागि पेरिस निम्तो दिएका थिए । यद्यपि, २०११ मा, सार्कोजीले नेटो हवाई आक्रमण मार्फत गद्दाफीको शासनलाई उल्टाउन मद्दत गरे, जसपछि विद्रोहीहरूले गद्दाफीको हत्या गरेका थिए ।

सार्कोजीले २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपतिको रूपमा काम गरेका थिए । उनी पहिले दुई मुद्दामा दोषी ठहर भइसकेका छन् । पहिलो मुद्दामा, उनीमाथि न्यायाधीशको पक्षमा बोल्ने प्रयास गरेको आरोप लगाइएको थियो, जसको लागि उनले एक वर्षको जेल सजाय पाए ।

दोस्रो मुद्दामा, उनलाई २०१२ को चुनावमा अवैध खर्च लुकाएको आरोपमा दोषी ठहराइएको थियो । सार्कोजीले दुवै फैसलाविरुद्ध अपील गरेका छन् ।

Read More

प्रधानमन्त्री कार्कीको सम्बोधन: निर्वाचन तोकिएको समयमै गर्ने र भ्रष्टचारीलाई कारवाहीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचनमा भाग लिन सबै देशबासीलाई आव्हान गरेकी छन् ।

विहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल समेत गरेकी छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ६ महिनाको कार्यादेश पाएको सरकारले आन्दोलनको मर्म अनुसारका सबै काम गर्न सम्भव नभएको भन्दै  सकेसम्मका काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले सेवाग्राहीसँग  पैसा माग्ने, नराम्रो व्यबहार गर्ने गरेको पाइएमा तिनै तहका सरकारमा उजुरीको लागि हटलाइनको व्यवस्था गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा कतिपय संबिधानमा रहेका व्यवस्था बाहिरका विषयलाई निर्वाचनमा भाग लिएर नयाँ संसदबाट संबिधान संसोधन गरेर पुरा गर्न आग्रह गरेकी छन् । साथै प्रधानमन्त्री कार्कीले आन्दोलनको क्रममा भएका सरकारी संरचनाको पुनर्निमाण गर्न सरकारले खडा गरेको कोषमा सहयोग गर्न देश र विदेशमा रहेका सबै नेपाली नागरिकलाई आव्हान गरेकी छन् ।

उनले आन्दोलनका क्रममा भएका लुटपाट, तोडफोड, आगजनी, दमनको छानबिन गर्न आयोग गठन गरेको, आन्दोलनका क्रममा नेताहरुको घरमा भेटिएका रकमको बारेमा छानबिन शुरु भएको र विगतमा भएका भ्रष्टाचारका प्रकरण बारे पनि सरकारले छोटो सहयोगमा जानकारी हासिल गरेको र यसमा सरकारले कारवाही थाल्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको  भावना अनुसार सबै राष्ट्र सेवक  कर्मचारीलाई आफुलाई परिवर्तन गरेर सेवा दिन आग्रह गरेकी छन् । 

Read More

उपचारको लागि देउवा दम्पति विदेश जाने गाईगुईं, पासपोर्ट रोक्काको तयारीमा सरकार

काठमाडौं । वर्तमान सरकारले शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको पासपोर्ट रोक्काको तयारी गरेको छ। जेन–जी आन्दोलनको क्रममा गम्भीर आक्रामणमा परी घाईते भएर उपचारमा रहेका देउवा दम्पत्तिले नयाँ राहदानी लिएको खुलेपछि सरकारले उच्च सतर्कता अपनाएको छ ।

गृहमन्त्रालयनिकट उच्चस्रोतकाअनुसार सरकारले देउवा दम्पत्तिको पासपोर्ट नै रोक्काको तयारी गरेको छ । त्यसको लागि अहिले सम्पत्ति शुद्धीकरण विभागले सक्रियता देखाएको छ।

विभागले देउवा दम्पत्तिको घरबाट जलेको नोट ल्याएर अनुसन्धानसमेत थालेको छ । अहिले देउवा दम्पत्ति थप उपचारको लागि विदेश जाने तयारीमा रहेको गाईगुईं चलेको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहि बेरअघि बैठक शुरु भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले असोज ६ गते सोमबार मन्त्रिपरिषदको दोस्रोपटक विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो ।

बैठकका एजेण्डा सार्बजनिक नगरिएको भएपनि आज साँझ प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा गर्ने सम्बोधनका विषयमा छलफल हुने बुझिएको छ ।

Read More