२०८३ बैशाख १३

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ ।  

बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले १६ बर्ष उमेर पुरा भएर नागरिकताको प्रमाण पत्र लिएका नपाली नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा दर्ता गर्न सकिने जानकारी दिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेश रहेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश ल्याएर सो व्यवस्था संशोधन गरेर जेनजी युवाहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

Read More

अध्यक्ष छोड्न दबाबमा प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पद छोड्न दबाब परेको छ ।

विहिबारदेखि काठमाडौँकोप प्रज्ञा भवनमा शुरु भएको केन्द्रीय समितिको बैठकमा वरिष्ठ उपाध्याक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पद छोड्न दबाब दिएका हुन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुलाई कार्यवाहक अध्यक्ष दिन प्रचण्डसँग माग गरेका हुन् ।  प्रचण्डले हालको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति भंग गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेपनि श्रेष्ठले मङ्सिरमा विशेष महाधिवेशन सम्भव नभएको भन्दै बदलिएको अवस्थामा प्रचण्डले अहिलेनै नेतृत्व छोड्नुपर्ने बताएका हुन् । श्रेष्ठले अहिलेनै नेतृत्व छोडेर आफुलाई कार्यवाहक दिन आग्रह गरेका छन् ।

त्यस्तै उपमहासचिव जनार्दन शर्माले पनि जनताले सुन्ने गरि नयाँ अनुहारले पार्टीको नेतृत्व गर्नुपर्ने भन्दै प्रचण्डलाई नेतृत्व छोड्न दबाब दिएका हुन् ।

एक केन्द्रीय सदस्यका अनुसार शर्माले अहिले प्रचण्डले गरेको अपिल जनताले सुन्ने अवस्था नरहेको भन्दै कमीकमजोरी स्वीकार गरेर नेतृत्व नयाँ पुस्तालाई सुम्पिन सुझाव दिएका थिए । साथै शर्माले बैठकमा सबै पदाधिकारीले सामुहिक राजीनामा दिएर आगामी महाधिवेशनमा चुनावमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका थिए । उनले अहिलेकै नेतृत्व दोहोरिने महाधिवेशन स्वीकार्य नहुने स्पष्ट गरेका थिए ।

प्रचण्डले नयाँ परिस्थितिमा विशेष महाधिवेसन गर्न तयार भएपनि अध्यक्ष छोड्न भने तयार नदेखिएको बताइएको छ । करिब ३६ बर्षदेखि नेतृत्वमा रहेका प्रचण्ड आफ्नो राजनीतिक जीवनमा पार्टीमा अहिले जेनजी आन्दोलनपछि सबै भन्दा बढी दबाबमा रहेको विश्लेषण उनका समर्थकबीच हुन लागेको छ ।

Read More

राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त गरेको छ । विहिबार एन्फाले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

त्यस्तै एन्फाले नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त गरेको छ भने वृन्दा देवानलाई टिम व्यवस्थापक, शिला गिरी र विकास गुरुङले क्रमशः फिजियोथेरापिस्ट र किट व्यवस्थापकको जिम्मेवारी दिइएको छ । 

न्यौपानेले यसअघि पुरुष टिमको यु-२३ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आगामी महिना भारतको सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ भने त्यसपछि इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म इन्डोनेसिया र चाइनिज ताइपेइसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ ।

Read More

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ ।

आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधीले श्रीलङकाको आर्थिक पुर्नउत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ । 

दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरले जानकारी दिएको छ । श्रीलङकाका लागि नेपाली राजदूत डा. पुर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल एवं श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितीमा भएको सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुन प्रसाद शर्मा र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर रेका छन् । 

दुबै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न, र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । 

सम्झौताअनुसार, दुबै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजारसम्बन्धी तथ्यांक, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित रुपमा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ । 

Read More

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर ३ अर्ब २६  करोड ४ लाख ४० हजार ६०४ मा कारोबार भएको थियो । आज बैंकिङ,  लगानी,  म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज हिमस्टार उर्जाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिटी होटल्सको सबैभन्दा बढी ४.५५ प्रतिशतले गिरावट आएको छ । 

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ९ लाख र  युनियन हाइड्रोको शेयर १८ करोड ३४ लाख बराबरको कारोबार भएको छ । 

Read More

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छाइयो, थप अवरोध नभए आजराती सम्म सकिने

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला नजिकै झरेको ६० प्रतिशत पहिरो पन्छाएर सकिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले हाल नारायणगढ तर्फबाट एक एक्साभेटर र एक लोडर तथा मुग्लिन तर्फबाट २ लोडर र  एक एक्साभेटर उपकरणहरु प्रयोग गरि निरन्तर रुपमा कार्य भैरहेको जानकारी दिएको छ । यसको अलावा दुवैतर्फ एक एक वटा लोडर तैनाथ अवस्थामा रहेका छन् साथै काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ । 

पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको कार्यालयले बताएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने,  ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगती हुन नसकिएकोले हेभि इक्प्यूमेन्ट डिभिजन हेटौंडा र डुम्रे बाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज रातीसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन संचालनमा ल्याउने आँकलन गरिएको जानकारी दिएको छ ।

Read More

नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्छौं- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान नेतृत्वको सम्मानसहित पार्टी पुनर्गठन गर्ने बताएका छन् ।

विहिबार भिडियो सन्देश जारी गर्दै सचिव भट्टराईले नयाँ अवस्थामा पार्टी र आन्दोलनको पुनर्गठन गरिरहदा इतिहासको वेवस्ता र अपमान कदापी गर्न नहुने भन्दै वर्तमान नेतृत्वको सम्मान सहित पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।

उनले इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार भएको भन्दै पुनर्गठन र रुपान्तरणको आवाजलाई नेताहरुमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्बथा गलत हुने बताएका छन् । 

उनले भनेका छन्
आदरणीय जनसमुदाय
प्रिय कमरेडहरु,

‘जेनजी’ प्रर्दशनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 

भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी विस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं । तर यसले छोडेको असर भने युगौंसम्म रहनेछ । भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधरण बदलाब ल्याएको छ । 

भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुंग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरु छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरुमा घाउचोट लागेको छ । मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङ्गतिर लैजाने चिन्ताहरु पनि उत्तिकै छ । मलाई लाग्छ, ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो । 

भदौ २३ मा सामाजिक सञ्जाल बन्दको बिरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेन–जीमाथि तीव्र दमन भयो । यो दमनको न्यायिक छानविन हुनुपर्छ । एकातिर आफ्नो माग र भावनाहरुप्रतिको अपमान/ वेवस्ता गरिएको निकष्र्ष अर्कातिर आफ्ना निहत्था साथीहरुमाथि भएको बर्बर दमनप्रतिको आक्रोश । त्यही मौका छोपेर फरकफरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेन–जी आन्दोलन दूरुपयोग भयो । आन्दोलनमा श्रृखलाबद्ध र संगठित घुसपैठ गरियो । अपराधिक गतिविधि भयो । हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरुमा आगो झोसियो । निजी तथा व्यावसायिक संरचनामामाथि आगजनी र तोडफोड गरियो । हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरु खण्ड भए । आफ्नो समयमा परिर्वतन र रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु भएका हाम्रा नेताहरुमाथि आक्रमण भयो, घर जलाइयो । यसले भदौ २३ गते जेन–जीहरुले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो । विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेन–जीहरुको भावना र आर्दश विरुद्धमा थियो । यसको सत्यतथ्य छानविन हुनुपर्छ । 

नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तराष्ट्रीय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ । आज म त्यतातिर धेरै चर्चा गर्न चहान्न । भोलीका दिनमा सबै कुरा उद्घाटित हुदै जानेछन् । एउटा भनाई छ, ‘अर्कालाई दोष लगाउनु पूर्व आफ्नौ थैली बलियो गरी कस्नु ।’ छिमेकी मित्र राष्ट्रहरु तथा अन्य मित्र राष्ट्रहरुलाई म भन्न चहान्छु, ‘तपाईंहरुले नेपालको लोकतन्त्रिक प्रक्रिया र नेपालीहरुको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुनेछैन भन्ने मेरो गहिरो विश्वास छ । संबिधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुर्नजीवनको लागि तपाईंहरुको सकरात्मक सद्भाव भने अपेक्षित छ ।’

कमरेडहरु,
हो, हाम्रा सामु एकातिर पीडाहरु छन्, हतासा छ, निराशाहरु छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरु पनि छन् ।  सबैभन्दा बढी प्रश्नहरु छन् । तपाईहरुले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ, ‘अब तिमिहरुले हिंड्ने बाटो कुन हो ?’ बदलिन्छौं की उस्तै बस्छौं ? 

मैले  सामाजिक सञ्जाल हेरीरहेको छु, सञ्चार माध्यमहरु पढिरहेको छु । तपाईंहरुले हामीलाई सोधिरहनु भएको छ, ‘तिमिहरुसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरुप्रति माफी माग्दैनौं ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ । हो, असल प्रयास र प्रयत्नहरु जारी थिए । अनेक सीमा, अबरोध र अप्ठ्याराहरुको विचमा पनि प्रयासहरु प्रयत्नहरु जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टी २३ भदौले गरीसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आबश्यकता र अपेक्षाहरु पुरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौं ।’

यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरु पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयहरुले व्यवस्थामाथिको प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसको लागि संबिधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरु नै यसको समाधान हुन् । नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संबिधानलाई ‘ट्रयाक’मा ल्याउनु हाम्रो पहिलो काम हो । केही परिमार्जन आबश्यक रहेछ भने पनि संबिधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर, आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’  हामीप्रति आशाले हेरिरहनु भएका अधिकांस बुद्धीजीवि, नेत तथा कार्यकर्ता, शुभेच्छकहरुको भनाई छ, ‘अब पुनर्गठन विना सम्भव छैन । मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्‍याउँछ । अवस्था अभूतपूर्व रुपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौं । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’ 

कमरेडहरु, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरीरहदा हामीले इतिहासको वेवस्ता र अपमान कदापी गर्नु हुन्न । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु, ‘उहाँहरुको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरीरहदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईहरुलाई भन्न चहान्छु, ‘कमरेडहरु, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरुको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, माक्र्सका शालिकहरु ढालिएका इतिहास तपाई हामीले पढेका छौं । हाम्रो नेताहरुको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रुपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरुमाथिको प्रश्न अथवा अपमानको रुपमा अर्थ लगाउनु सर्बथा गलत हो । बस्तुत ः यो व्याख्या गर्नेहरु नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् । 

हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिष्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो । स्वभाविक रुपमा चेतनाहरु पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र नेपाली कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको हो । २०६१ माघ १९ मा तात्कालिन राजा ज्ञानेन्द्रले संबिधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कु’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै संन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुर्नगठनको बहस चलायो । अन्ततः नेकपा (एमाले)को नवौं महाधिवेशनले पार्टी पुर्नगठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुन स्मरण गरौं । 

त्यसैले कमरेडहरु, अहिले हामीले संबिधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ । त्यसको लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुछ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन वस्तुगत अवस्थालाई स्वीकार गर्ने सहास गर्नुपर्छ ।

हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरु, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरु, जसले हामीलाई आशाका नजरले हेरीरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु, ‘गल्ती र कमजोरीहरुबाट हामी सिक्नेछौं । र पार्टी र आन्दोलनलाई पुर्नगठन गर्नेछौं ।’ माक्र्सले भन्नु भएको छ, ‘इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ ।’ यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुल्ठुला संकट र आँधीवेहरी पार गरेरै यहाँसम्म आएका हौं । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुर्नगठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोत्ती सहितको अभियानको लागि अपिल समेत गर्दछु । आत्मभत्र्सना बन्द गरौं, आत्मसमिक्षा ढटेर गरौं । भनिन्छ नी कमजोरी स्वीकार कमजोरहरुले गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ, ‘क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो ।’ हामी एक्ला एक्लै होइन सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौं, खुला खुलस्त हौं । सबैको अस्तीत्व र भूमिकालाई स्वीकार गरौं । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न की लेनिनले भने जस्तै अरु कसैको । 

Read More

ऊर्जामन्त्री घिसिङ र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन् ।

भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रुपमा सहयोग गर्न सकिने क्षेत्रहरु, स्विस लगानी, द्धिपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो । स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिंदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा  आशा जगाउने रहेको उल्लेख गरेका थिए ।

उनले विद्युतीय सवारी साधन प्रवद्र्धन, घरयासी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्याण्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्धन, साना उद्योग स्थापनामार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेका थिए । हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सीप विकास तालिमलगायतका कार्यक्रम सञ्चालित छन् ।

राजदूत मेउलीले नेपाल ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सँधै तयार रहेको बताएकी थिइन् ।

Read More

पार्टी भन्दा माथि उठेर योगदान गर्छु, वैकल्पिक राजनीति छोडेको छैन: डा. बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुले युवालाई अवसर दिन नेतृत्व छोड्ने प्रस्ताव राखेको भन्दै वैकल्पिक राजनीति नछोडेको स्पष्ट गरेका छन् ।

विहिबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी आन्दोलनपछिको परिस्थिति विश्लेषण गर्दै आफुले युवालाई अगाडी बढाउन नेतृत्व छोड्ने प्रस्ताव गरेको बताएका हुन् ।

उनले पद त्याग गरेर पार्टी भन्दा माथि उठेर योगदान गर्ने बताउदै देशमा आएको नयाँ उत्साहलाई सहि दिशामा लैजानु पर्ने बताए । जेनजी आन्दोलन विदेशीले गरेको भन्ने भाष्य सिर्जना गर्न खोजिएको  भन्दै डा.भट्टराईले यो आन्दोलन नेपाली जेनजी युवाहरुको मौलिक आन्दोलन भएको टिप्पणी गरेका छन् ।

तीन नेताहरुले पालै पालो सत्ताको खेल खेलेका कारण युवाहरुले निराश भएर आन्दोलन गरेको भन्दै यसलाई विदेशी शक्तिले गरेको भन्दै अवमुल्यन नगर्न सबैमा आग्रह गरेका छन् । डा. भट्टराईले सधै युवाहरुको मागप्रति आफ्नो ऐक्यवद्धता व्यक्त गरेका छन् । उनले जेनजी आन्दोलनकर्ता युवाहरुलाई सरकारसँग वार्ता गरेर चुनाव अघि आफ्ना माग बारे ठोस सहमति गर्न पनि अपिल गरेका छन् । उनले भ्रष्टाचारका घटनाको छानबिन गरेर कारवाही गर्न र अध्यादेशबाट संबिधान संशोधन गरेर युवाहरुका माग अनुसार प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्न पनि सल्लाह दिएका छन् ।

उनले कांग्रेस, एमाले र माओवादीको नेतृत्वमा रहेका नेताहरु अझै पनि नसुध्रिने दाबी गर्दै आफुले भने नेतृत्व छोडेर अभिभावकको भूमिका निभाउने बताए ।

Read More

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ ।

विहिबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव पेश गरेका छन् । काठमाडौंस्थित प्रज्ञा भवनमा भोलीसम्म चल्ने बैठकमा विशेष महाधिवेशन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनमा माओवादी केन्द्रमा नेतृत्व परिवर्तनको माग जोडदाररुपमा उठिरहेका बेला शुरु भएको केन्द्रीय समितिले ठोस निर्णय गर्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डले अहिलेको नेतृत्व परिवर्तन नगरी विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्मालगायतले अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखेका छन् ।  

Read More