२०८३ बैशाख १३

बालेनप्रति हर्क साम्पाङको कटाक्ष: जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसके

काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् । पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।

उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै ‘विदेशी दलाल’ को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् ।

उनले भनेका छन्-  ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

Read More

इरानबाट साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौताको स्वागत

काठमाडौँ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले साउदी अरेबिया र पाकिस्तान बीचको रक्षा सम्झौतालाई स्वागत गरेका छन्।

इरानी राष्ट्रपति पेजेश्कियानले यो कदम यस क्षेत्रमा व्यापक सुरक्षा प्रणाली र मुस्लिम देशहरू बीच राजनीतिक, सुरक्षा र रक्षा क्षेत्रमा सहयोगको सुरुवात भएको बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दा, इरानी राष्ट्रपतिले कतारको राजधानी दोहामा भएको इजरायली आक्रमणको पनि निन्दा गरेका छन् ।

उनले भने- ‘बल प्रयोग गरेर सुरक्षा सुनिश्चित गर्न सकिँदैन, यसका लागि विश्वास पुनर्स्थापित गर्न, क्षेत्रीय सम्पर्क बढाउन र बहुपक्षीय ऐक्यबद्धता आवश्यक छ ।’

पेजेश्कियानले भने- ‘इरानले कहिल्यै आणविक हतियार प्राप्त गर्न खोजेको छैन र कहिल्यै गर्नेछैन ।’

Read More

शारजाहमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अभ्यास

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई पुगेर अभ्यास शुरु गरेको छ ।

भिसा समस्याका कारण चार दिन ढिलो गरि युएई पुगेको टिमले युएईको शारजहा क्रिकेट स्टेडियममा अभ्यास शुरु गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीन खेलको युनिटी टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

वेस्ट इन्डिजविरुद्ध क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम चयन गरको छ । जसमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

Read More

काठमाडौँ महानरबाट सडकमा ट्राफिक कोन र रिट्र्याक्टेबल बार राख्न सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ । यी सामाग्रीहरु नेपालमा नै उत्पादन भएका हुन् ।  आर्थिक वर्ष २०८०/८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने याेजना भएतापनि विभिन्न प्रक्रृयागत चुनाैतीका कारण २०८१-८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा  महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए । यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने समेत निधिले बताए ।

उनले भने- ‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन् । यी सामग्रीहरू काठमाडौंका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ ।’

ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो । सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू तीन स्थान सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडमा प्रयोग गरिएको छ । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरित दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्वाध रूपमा प्रयोग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो । 

सडक प्रयोगकर्ता देखि व्यवस्थापन गर्ने निकायहरु हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य नै यसको आधार हो। ट्राफिक व्यवस्थापन गर्न ‘डेटा-आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको निधिले बताए ।

Read More

सानिमा बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २६८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २७०० मा कारोबार भएको थियो । 

Read More

एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति

काठमाडौँ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ । 

नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् ।

आन्दोलनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए ।

महासचिव पोखरेलले जानकारी दिदै भनेका छन्- ‘प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ । त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ । अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ । आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन् । राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्तैछ ।

आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।

Read More

तुईन खोलाको पहिरो हटाउने कार्य जारी

काठमाडौँ । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोलाको पुल नजिकै पहिरो हटाउने कार्य विहानदेखि शुरु भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार गएराति ठुलो बर्षा भएपछि रोकिएको पहिरो पन्छाउने काम विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको छ । हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनले जनाएको छ । लिमिट स्पेसको कारणले धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको जानकारी दिएको छ ।

सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज साँझसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।

Read More

गाजामा इजरायलको लगातार आक्रमण, पछिल्लो हमलामा ८० भन्दा बढीको मृत्यु

काठमाडौँ । गाजा पट्टीमा इजरायलको पछिल्लो आक्रमणमा धेरै जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालहरूले इजरायली गोलीबारीबाट ८० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको बताएका छन्।

आपतकालीन कामदारहरूका अनुसार गाजा शहरको दराज क्षेत्रको फिरास बजार नजिकै घरबारविहीन परिवारहरूको लागि बनाइएको भवन र पालहरूमा रातभर गरिएको आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा २० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले दुई हमास लडाकुहरूलाई निशाना बनाएको बताएको छ । सेनाले मृत्यु हुनेको संख्या आफ्नो जानकारीसँग मेल नखाने पनि बताएको छ ।

यसैबीच, इजरायली ट्याङ्क र सेनाहरू शहरको भित्री भागमा अगाडि बढ्न जारी राखे, जुन इजरायलले हमासको अन्तिम गढ भएको दाबी गरेको छ ।

इजरायली सेनाले जमिनको कारबाही हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने र प्यालेस्टिनी सशस्त्र समूहको निर्णायक पराजय सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ ।

Read More

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रजातान्त्रिक विधिबाट चुनिएको केपी शर्मा ओलीको सरकार जेनजी आन्दोलनबाट अपदस्थ भएपछि गत भदौ २७ मा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले बेलुकी ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो। भदौ २३ र २४ को जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ मा निर्वाचनको घोषणा गरेको छ।हालसम्म कार्कीले तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् भने अझै धेरै मन्त्रालयमा मन्त्री पद रिक्त छन्।

Read More