२०८३ बैशाख १३

सेभियासँग बार्सिलोनाको लज्जास्पद हार

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियासँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा सेभियाले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सेभियाको जितमा एलेक्सिस सान्चेज, इसाक रोमेरो, जोसे एंगेल कार्मोना र अकोर एडम्सले एक एक गोल गरेका थिए ।

त्यस्तै बार्सिलोनाका लागि मार्क राशफोर्डले एक गोल गरेका थिए । यस खेलमा बार्सिलोनाले पाएको पेनाल्टी रोबेर्ट लेवानडोस्कीले मिस गरेका थिए ।

यो जितपछि सेभियाको ८ खेलमा १३ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै बार्सिलोनाले भने यस सिजनमा पहिलो हार बेहोरेको छ । ८ खेलमा १९ अंक रहेको बार्सिलोना लिगमा दोस्रो स्थानमा रहेको छ ।

Read More

क्रिस्टल प्यालेसमाथि एभर्टनको रोमाञ्चक जित

काठमाडौँ । एभर्टनले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको एभर्टनले खेलको अन्तिम समयमा दुवै गोल गरेर खेलमा रोमाञ्चक जित हासिल गरेको थियो । खेलको ७६औ मिनेटमा लिमान एनडियायेले पेनाल्टीबाट गोल गर्दै बराबरी गरेको एभर्टनले ९० मिनेटपछिको इन्जुरी समयमा ज्याक ग्रीलिसको गोलमा जित हासिल गरेको थियो ।

यसअघि खेलको ३७औं मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले शुरुवाती अग्रता लिएको थियो ।

यो जितपछि एभर्टनको ७ खेलमा ११ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहको छ । त्यस्तै क्रिस्टल प्यालेसको ७ खेलमा १२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ ।

Read More

महिला विश्वकप: पाकिस्तानमाथि भारतको शानदार जित

काठमाडौं । जारी महिला क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको हो ।

भारतले दिएको २४८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३ ओभरमा अल आउट हुदै १५९ रन मात्र बनाएको थियो । यसअघि भारतले पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २४७ रन बनाएको थियो ।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यो जितपछि भारतको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र दक्षिण अफ्रीका खेल्ने तालिका रहको छ ।

Read More

यस वर्षको दशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आज चतुर्दशी र पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो । 

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज  दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । 

यस वर्ष आज अखिलबलिपूर्ति र कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।

Read More

कोशी सहित यी प्रदेशमा आज मध्यम वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू-भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आशिंक बदली रहेको छ भने कोशी प्रदेशका, मधेश प्रदेशका थोरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ भने कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा मधेश प्रदेश लगायत कोशी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज २० गते सोमबार: आजको राशिफल

आज असोज २० गते सोमबार ई.सं. २०२५ अक्टोबर ६ नेपाल सम्बत ११४५ कौलाथ्व चतुर्दशी/पुर्णिमा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्दशी/पुर्णिमा, चन्द्रमा मीन राशिमा, पूर्वभाद्रपदा नक्षत्र, वृद्धि योग, वणिज करण ।

आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । 

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ३२ मिनेट देखि ७ बजेर ४८ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज यस बर्षको दशैंको कोजाग्रत पूर्णिमा परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । हाँके÷ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।  इच्छानुसार कार्य सम्पन्न हुँदै जाँदा प्रसन्नतामा बृद्धि हुने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता नगर्नु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । सरकारी निकाय वा प्रशासनिक कुनै कामले चिन्ता बढाउन सक्छ । बाहिर निस्कँदा कागजपत्र बोकेर हिंड्नु होला, नत्र झमेला आउने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्ने छ ।

Read More