२०८३ बैशाख १३

नेप्से २२.५९ अंकले बढ्यो, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ ।

कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट कारोबार रोकिएको नेप्से त्यसपछि भने घटेको थियो । राष्ट्रबैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाउने र बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।

आज ३१३ कम्पनिका एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर ५ अर्ब २७  करोड ३२ लाख २१ हजार ४७९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर बढेको छ ।  

आज बिन्धाबासिनी हाइड्रोको सेयर सबैभन्दा बढी ८.२१ प्रतिशतले बढ्यो भने एशियन हाइड्रोको शेयर ५.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.०९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २७ करोड ३४ लाख र युनियन हाइड्रोको २७ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

Read More

कुलमानले गरे टियु क्रिकेट मैदानको अनुगमन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन पुगेका छन् ।

विहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए ।

अनुगमनका क्रममा घिसीङले अहिले १०-१२ हजार दर्शक बस्ने स्थान निर्माण सम्पन्न भएको र फ्लड लाइट एक महिनामा सकिने जानकारी दिदै यस रंगशालाको अन्य निर्माणका काम पनि एकै पटक अगाडी बढाउने बताए । यो रंगशाला देशकै प्रतिष्ठाको विषय भएको भन्दै बजेट सुनिस्चित गरेर यसको बाँकी निर्माण पनि छिटो गर्ने बताएका छन् ।

Read More

अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री मुत्ताकी भारत भ्रमणमा

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकी भारत आइपुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताको भारत भ्रमण बारे जानकारी दिएका छन्।

रणधीर जयसवालले भनेका छन्- ‘अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीलाई नयाँ दिल्लीमा स्वागत छ । हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौं ।’

२०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यो तालिबान सरकारका कुनैपनि मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले संयुक्त राष्ट्र सुरक्षा परिषद् समितिले मुत्ताकीलाई भारत भ्रमण गर्न अनुमति दिएपछि भारत आएको बताएका छन् ।

Read More

कांग्रेस पदाधिकारी बैठक सानेपामा शुरु, देउवा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक केहि बेरअघि शुरु भएको हो । 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।  

बैठकमा असोज २६ गते बस्ने पार्टी केन्द्रीय केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित घटनाक्रमबारे छलफल हुने बताइएको छ । भदौ २३ र २४ को आन्दोलनपश्चात कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक बसेको हो ।

Read More

संसद पुनर्स्थापना गरेर अगाडी बढ्नुको विकल्प छैन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने बताएका छन् ।

एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसद पुनर्स्थापना गरेर जाने मात्र सहि विकल्प भएको र यसमा नेपाली कांग्रेस र एमाले यसै अनुसार अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूसँग छलफल हुदा संबिधान नमास्ने र संसद विघटन नगर्ने भन्ने सहमति भएको तर पछि संबिधान मिचेर सरकार बनाइएको र संसद विघटन गरिएको आरोप लगाए ।

ओलीले आफुले सामाजिक सञ्जाल कम्पनिले नेपालको नियम अनुसार कर तिर्नुपर्ने अडान लिएको बताउदै देशमा साग बेच्नेले कर तिर्नुपर्ने तर सामाजिक सञ्जाल चलाएर कमाउनेले तिर्नुनपर्ने भन्दै प्रश्न गरेका छन् ।

ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि देशलाई ध्वस्त बनाउने अपराध क्षम्य नहुने बताएका छन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए । 

ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।

ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए । ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।

Read More

नक्कली जाँचबुझ आयोग एमालेलाई मान्य छैन- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको भदौं २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोग नमान्ने बताएका हुन् ।

एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आयोगलाई नक्कली भन्दै आयोगलाई एमालेलाई मान्य नरहेको बताएका हुन् । उनले यसअघि नै ओलीलाई कारवाही गर्नुपर्छ र जेल हाल्नुपर्छ भन्ने व्यक्तिलाई नै अध्यक्ष बनाएर आयोग बनाएको र सोहि आयोगको प्रतिवेदन अनुसार अगाडी बढ्छौं भनेको भन्दै यो आयोग नमान्ने बताएका छन् । 

ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि यो अपराध क्षम्य नहुने बताएका हुन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए । ओलीले माओवादी केन्द्र, रास्वपा र राप्रपाले पर्दा पछाडी बसेर पेट्रोल हानेको आग्रह गर्दै जेनजीले कहिल्लै पेट्रोल नहान्ने दाबी गरे ।

ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।

ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए । ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।

सरकारले नेताहरुलाई जेल हालेर चुनाव जित्ने सपना देखिएको भन्दै एमालेले त्यस्ता सपना देख्नेहरुका टाउकोमा चिसो पानी खनाइदिने बताएका छन् । राजनीतिक दललाई बाइपास गरेर दमन गरेर चुनाव नहुने बताउदै ओलीले गृहमन्त्रीले उजुरी हाल्न नगएर नेताहरुलाई कारवाही गर्न खोजेको आरोप लगाए ।

Read More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई खरिदमा भ्रष्टाचार, १३ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ ।

अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ ।

प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ ।

मुद्धा दायर गरिएकाहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।

Read More

सार्पसुटरमार्फत जेनजीहरुको हत्या गरियो, मुख्यपात्र बालेन शाह र सुदन: महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका सार्पसुटर प्रयोग गरिएको दाबी गरेका छन् । आज (बिहीबार) गुण्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशीका खेताला र गोठालाहरुले सार्पसुटर ल्याएर कलिला भाइ–बहिनीहरुको हत्या गरिएको बताएका हुन् । हत्याको मुख्य पात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ रहेको उनको आरोप छ ।

‘गत २३ गते १९ जना युवाहरुको हत्या भयो । कुनै नेपालको कानूनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको छ भने प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौं । होइन भने विदेशीका खेताला, गोठाला भएर सार्पसुटर ल्याएर हाम्रा कलिला भाइ–बहिनीहरुको हत्या गरिएको छ । त्यसको छानविन होस् । हत्याको मुख्यपात्र विदेशी दलाल बालेन शाह हो, सुदन गुरुङ हो । छानविन त्यहाँबाट सुरु हुनुपर्छ,’– उनले भने ।

बालेन र सुदनविरुद्ध एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी हालिसकेको पनि उनले बताए ।

Read More

शिक्षामन्त्री पुनले नास्ट र पाठयक्रम विकास केन्द्रमा दिए यस्तो निर्देशन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),   शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रको अवलोकन गर्दै विभिन्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले नास्टले ३७ करोड बजेटमा २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको भन्दै नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव दिन निर्देशन दिएको बताएका छन् ।

उनले भनेका छन्- 
१- नास्टमा २ घण्टासम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन निर्देशन दिएको छु । भवन र ल्यावहरु उच्च कोटीका छन् । भवन र ल्याव अनुसारको उच्चकोटीको काम  हुनु पर्ने कुरामा जोड दिए ।

२- शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो । शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भर लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने ।

३- पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो । सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु । आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको छु ।

Read More

ओलीलाई पक्राउ गरेमा देशभर आगो बल्छ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले केपी ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । 

एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले ओलीलाई पक्राउ गरे देशभर आगो बाल्ने चेतावनी दिएका हुन् । 

नेता बस्नेतले विदेशीका खेताला बनेर, शार्प सुटर ल्याएर कलिला बालबालिकाको हत्या गरिएको र यसका मुख्य्मात्र बालेन शाह र सुदन गुरुङ भएको भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने बताए । 

साथै बस्नेतले असोज २५ गते काठमाडौँको तीनकुनेमा युवासंघले मोटरसाइकल र्याली गर्न लागेको जानकारी दिदै एमाले के हो भन्ने तागत देखाउने बताए ।

नेता बस्नेतले बालेन शाह पक्षका सामाजिक सञ्जाल पेजहरुले केपी ओली र महेश बस्नेतलाई पक्राउ गर्न अभियान चलाएको आरोप लगाउदै आफुहरु पंचायतसँग लागेको पंक्ति भएकोले आफुहरु नडराउने बताए ।

Read More