२०८३ बैशाख १३

माइतीघरमा भेला भएका १६ जेनजीहरुलाई छानी छानी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको माइतीघर मण्डलामा भेला भएका जेनजीहरुलाई छानी छानी पक्राउ गरेको छ ।

डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो । उनीहरुले कोषसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको छ ।

Read More

कोल्ड्रिफ कफ सिरप उत्पादन गर्ने कम्पनिका मालिक पक्राउ

काठमाडौँ । भारतको मध्यप्रदेश प्रहरीले चेन्नईस्थित श्रीसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ । कम्पनीमाथि कोल्ड्रिफ नामक दूषित कफ सिरप उत्पादन गरेको आरोप छ, जसले राज्यमा कम्तिमा २० बालबालिकाको मृत्यु भएको थियो ।

श्रीसन फार्माका मालिक एस. रंगनाथनलाई पक्राउ गरिएको र उनको चेन्नईमा मेडिकल जाँच र थप प्रक्रियाहरू गरेर उनलाई छिन्दवाडा ल्याइने मध्यप्रदेश ल्याइने बताइएको छ ।

छिन्दवाडामा कफ सिरप सेवन गरेपछि र त्यसपछि मिर्गौला फेल भएपछि भएका बालबालिकाको मृत्युको अनुसन्धान गर्न अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो ।

सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको मृत्यु भइरहेको थियो । छ बालबालिकाको मृत्युपछि प्रशासनले कारबाही शुरु गरेको थियो र सेप्टेम्बर २३ मा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानले खोकी सिरप सेवन गरेपछि बालबालिकाको मृगौला फेल भएर मृत्यु भइरहेको पत्ता लगाएको छ । यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको श्रीसन फार्मास्युटिकल्सद्वारा उत्पादन गरिएको थियो । यो छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो ।

तमिलनाडु औषधि नियन्त्रण विभागको एक रिपोर्टले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल फेला पारेको छ । यो त्यही ‘विषाक्त’ रसायन हो जसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बालबालिकाको मृत्यु गराएको छ । यो रिपोर्ट पछि, मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, खोकीको सिरप बनाउने कम्पनी श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य विरुद्ध पनि एफआईआर दर्ता गरेको छ ।

Read More

माइतीघरबाट निकोलस भुसाल नियन्त्रणमा

काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले डा. निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । 

प्रदर्शनका लागि बिहीबार माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउने अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट केहि युवकलाई पक्राउ गरेको थियो ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस अघि आज गर्ने भनिएको जेनजीको एक समुहको प्रदर्शन भने अन्तिम समयमा बुधबार स्थगित गरिएको थियो । स्थगित गरिएको भनिए पनि केहि युवाहरु प्रदर्शन गर्न माइतीघर पुगिरहेका छन् ।  

Read More

दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा अलपत्र परेका चार पर्यटकको उद्वार

दोलखा ।  दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्वार गरिएको छ ।

उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए ।

उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । उनीहरुलाई असोज २३ गते बिहान करीव १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको छ ।

Read More

राष्ट्र संघका महासचिव गुटेरेसको गाजामा युद्धविरामको स्वागत, सर्तहरू पूर्ण पालना गर्न आग्रह

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक मुक्ति सम्झौताको घोषणाको स्वागत गरेका छन् ।

एन्टोनियो गुटेरेसले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् । महासचिव  गुटेरेसले भनेका छन्- ‘सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ । स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ। लडाइँ एक पटक र सधैंको लागि समाप्त हुनुपर्छ ।’

उनले गाजामा तत्काल मानवीय सहायताको लागि अपील गरेका छन् र राष्ट्र संघले यो सम्झौताको कार्यान्वयनलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेसँगै गाजामा दुई बर्षदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

Read More

नेप्सेमा ४ प्रतिशतको वृद्धि, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेप्सेको आजको कारोबार शुरू भएको ३ मिनेटमै १०२ अंकले बढेपछि कारोबार बन्द भएको छ । बजारमा ४ प्रतिशतको वृद्धि भएपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो ।

बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएपछि लगातार घटिरहेको नेप्से आज बढेको छ । साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेको छ ।

Read More

आजपनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ३०२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९५५ मा कारोबार भएको थियो ।

Read More

ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । 

एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली प्रमुख अतिथि रहने र सम्बोधन गर्ने एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् ।

ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सम्बोधन गर्ने बताइएको छ । 

प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए भने निवासबाटै पार्टीका बैठक र अन्य गतिबिधि शुरु गरेका छन् ।

Read More

मन्त्री घिसिङले गरे चौकीडाँडा क्षेत्रको अनुगमन, अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिदै

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक बाढीपहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् ।

बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गर्न लागिएको हो । संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न उहाँले सडक विभाग र निर्माण व्यवसायीलाई अग्रह गरेका छन् ।

गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे—नेपालथोक खण्ड क्षति पुर्याएको थियो । उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा पुनः यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्ण रुपमा बगाएको छ । गत वर्षको बाढीले क्षति पुर्याएको सडक स्थायी रुपमा निर्माण गर्नका लागि केही खण्डको ठेक्का लगाइसकेको छ । कही खण्डको ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको छ ।

Read More

नेपाल र भियतनाम आज भिड्दै, कस्तो छ हेड टु हेड ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।

भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।

आज हुने नेपालको अवे खेल हो । यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका दुई खेलमा दुवैमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।

Read More