२०८३ बैशाख १३

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्छ, यिनी विध्वंस मच्चाउने चौबिस क्यारेटका स्टेकहोल्डर हुन्: बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बर्तौलाले प्रहरीबाट लुटिएका हतियारहरू कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शत प्रतिशत रहेको दाबी गर्दै भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने,  हिंसा भड्काउने र विध्वंस मच्चाउने काममा अर्याल चौबिसै क्यारेटका स्टेकहोल्डर भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्- 
राज्य बिरुद्धको अपराधमा  अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ 

प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र को  सँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरु सहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने,  हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन । हाम्रो इतिहास , सम्पदा  र दस्तावेज हरु छानी छानी नष्ट गर्ने,  ब्यक्तिका घरहरु,  ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन ।सिंहदरवार, संसद भवन,  सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन  नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन  यिनी ।

शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन कि शान्तिपुर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले  थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद  सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भिर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बरखास्त गरि राज्यबिरुद्धको अपराधमा  तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु ।

Read More

नेपाल र भियतनाम आज भिड्दै, कस्तो छ हेड टु हेड ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।

भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो ।  नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।

आज हुने नेपालको अवे खेल हो । यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका दुई खेलमा दुवैमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।

Read More

जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न अमेरिकी अदालतको आदेश

काठमाडौँ । अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमाबाट मृत्यु भएकी एक महिलाको परिवारलाई जोनसन एण्ड जोनसनलाई ९६६ मिलियन डलर तिर्न आदेश दिएको छ ।

अदालतले यो जरिवाना लगाउँदै कम्पनीलाई महिलाको मृत्युको लागि जिम्मेवार ठहराएको छ । परिवारले महिलाले जीवनभर कम्पनीको बेबी पाउडर प्रयोग गरेको दाबी गरेको छ, जसले गर्दा उनको क्यान्सर भएको थियो ।

निर्णायक मण्डलले मे मूरको क्यान्सरको लागि जोनसन एण्ड जोनसन जिम्मेवार रहेको निष्कर्ष निकालेको छ, जुन एस्बेस्टोससँग जोडिएको थियो । निर्णायक मण्डलले १६ मिलियन डलरको क्षतिपूर्ति र ९५० मिलियन डलर जरिवाना परिवारलाई तोकेको छ । मूरको मृत्यु २०२१ मा ८८ वर्षको उमेरमा भएको थियो । परिवारले कम्पनीले पाउडरको क्यान्सर जोखिम खुलासा नगरी उनीहरूलाई धोका दिएको आरोप लगाएको छ । मूरले बेबी पाउडर, शावर-टु-शावर पाउडरसँगै, लगभग ८० वर्षसम्म प्रयोग गरेका थिए । 

कम्पनीले २०१२ मा भ्यालेन्ट फार्मालाई शावर-टू-शावर १५ करोड डलरमा बेचेको थियो । जोनसन एण्ड जोनसनका विश्वव्यापी कानुनी सल्लाहकार एरिक हासले यो गम्भीर निर्णयमा तुरुन्तै अपील गर्ने र यो निर्णय कम्पनीले जितेका धेरैजसो बेबी पाउडर मुद्दाहरूको पूर्ण विपरीत भएको बताएका छन् ।

कम्पनीले आफ्नो बेबी पाउडरमा एस्बेस्टोस रहेको आरोप लगाउँदै मुद्दा लड्न ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । तैपनि, कम्पनीविरुद्ध विश्वभर ७० हजार भन्दा बढी मुद्दा विचाराधीन रहेका छन्, जसमा मेसोथेलियोमा र पाठेघरको क्यान्सर निम्त्याउने आरोप लगाइएको छ । कम्पनीले २०२३ मा विश्वव्यापी बजारबाट पाउडर फिर्ता लिएको थियो । यी दावीहरू समाधान गर्न यसले दिवालियापन अदालतहरूमा सम्पर्क गरेको छ, तर यसको प्रयास तीन पटक असफल भएको छ ।

Read More

किन बढ्दैछ सुनको मुल्य ?

काठमाडौँ । पछिल्ला दिनमा सुनको मुल्य आकासिएको छ । असोज महिनामा मात्र तोलामा २२ हजारले सुनको मुल्य बढेको छ । बुधबार सुन तोलाको २ लाख ३८ हजार पुगेको छ । नेपाल मात्र होइन भारतसहित विश्वभर सुनको मुल्य बढिरहेको छ । अहिले सुनको मुल्य बढ्नुका पछाडी धेरै कारणहरु रहेका छन्  ।

गोल्डम्यान स्याक्सले एक अनुसन्धान परियोजनामा २०२६ को मध्यसम्ममा सुनको मूल्यमा थप वृद्धि हुन सक्ने बताएको छ । अहिले सुनको मुल्य बढ्नुको सबैभन्दा आधारभूत कारण भनेको विश्वभर चलिरहेको सैन्य द्वन्द्व र आर्थिक उथलपुथलको बीचमा, मानिसहरूले सुनलाई सुरक्षित लगानी मान्नु रहेको छ । विगतका प्रवृत्तिहरूलाई हेर्दा, सुनमा लगानी कहिल्यै पनि घाटामा गएको छैन ।

इकोनोमिक टाइम्सका अनुसार, विगत २० वर्षमा, सुनको मूल्यमा गिरावट आएको चार क्यालेन्डर वर्ष मात्र भएको छ, जसले गर्दा लगानीकर्ताहरूलाई केही घाटा भएको छ । यद्यपि, यी घाटाहरू एकल अंकमा सीमित थिए । उदाहरणका लागि, २०१३ मा सुनको मूल्य ४.५० प्रतिशत, २०१४ मा ७.९ प्रतिशत, २०१५ मा ६.६५ प्रतिशत र २०२१ मा ४.२१ प्रतिशतले घटेको थियो ।

त्यसैले, जब विश्वव्यापी शेयर बजार अशान्तिमा छ र ट्यारिफ अनिश्चितता चरम सीमामा छ, सुनको लगानी बढाउनु अपरिहार्य छ । धेरै लगानीकर्ताहरूले सुनलाई हेजिङ रणनीति अर्थात् जोखिम बचाउने रणनीतिको रूपमा प्रयोग गरिरहेको विश्लेषकहरुले बताएका छन् । उनीहरूलाई शेयर बजारमा नोक्सानी हुने डर छ, त्यसैले उनीहरू सुनमा लगानी गर्ने विकल्प खोजिरहेका छन् ।

अहिले विश्व बजारमा अनिश्चितताको एउटा कारण डोनाल्ड ट्रम्प भएको पनि विश्लेषकहरुले बताउएक छन् भने अर्को कारण रुस र युक्रेन र इजरायल र हमासबीच चलिरहेको युद्ध हो । यस्तो अवस्थामा, विश्वव्यापी द्वन्द्वले पनि सुनको मूल्यलाई असर गरेको छ ।

सुनको मूल्यमा वृद्धि हुनुको अर्को प्रमुख कारण विश्वभरका केन्द्रीय बैंकहरूले सुनको खरिदमा वृद्धि गर्नु हो । ट्रम्पको कार्यकालमा शुल्क वरिपरि बढ्दो अनिश्चितता र विश्वव्यापी बजारमा चलिरहेको उथलपुथलका कारण, विश्वभरका केन्द्रीय बैंकहरूले बढीभन्दा बढी सुन खरिद गरिरहेका छन् ।

इकोनोमिक टाइम्सको एक रिपोर्ट अनुसार, सुनको मूल्य बढ्दै गए पनि, विश्वभरका केन्द्रीय बैंकहरूले आफ्नो विदेशी मुद्रा भण्डारलाई विविधीकरण गर्न र अमेरिकी डलरमा आफ्नो निर्भरता कम गर्न सुन खरिद गरिरहेका छन् । विश्व सुन परिषद्को तथ्याङ्क अनुसार, अगस्टमा विश्वभरका केन्द्रीय बैंकहरूले आफ्नो भण्डारमा खुद १५ टन सुन थपेका छन् ।

गोल्डम्यान स्याक्सको प्रतिवेदन अनुसार, यदि अमेरिकी संघीय रिजर्भले ब्याजदर घटायो भने, लगानीकर्ताहरू सुनतिर लाग्छन्, र जब धेरै मानिसहरूले सुनमा लगानी गर्न थाल्छन्, सुनको मूल्य पनि बढ्छ । विज्ञहरू जब कुनै देश डलरबाट टाढा जान्छ, यसलाई डि-डलराइजेसन भनिने बताउछन् ।

देशहरूले प्रायः आफ्नो विदेशी मुद्रा भण्डारमा डलर वा अमेरिकी बन्ड राख्छन् र तिनीहरूलाई निरन्तर बढाउँछन् । यो किनभने तिनीहरूले कच्चा तेल र अन्य सामानहरू आयात गर्न डलरमा तिर्नुपर्छ । यद्यपि, हालैका वर्षहरूमा, अमेरिकी नीतिहरूले धेरै देशहरूमा डलरको बारेमा चिन्ता बढाएको छ । २०१५ र २०१६ देखि, अमेरिकाले रूसमाथि विभिन्न प्रतिबन्धहरू लगाएको छ । त्यसबेलादेखि, केही देशहरू डलरबाट सावधान छन् ।

विश्वभरका विभिन्न देशका मानिसहरूले औसतमा आफ्नो आम्दानीको २ देखि ३ प्रतिशत सुनमा लगानी गर्ने आँकडा रहेको छ । विश्वमा चीन पछि, भारत सुनको विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हो ।

Read More

सुर्य थापाको टिप्पणी- असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्

काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले  प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव नगराउने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले चुनाव गराउने भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् भन्दै  लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य नभएको टिप्पणी गरेका हुन् ।

उनले चारवटा सुरक्षा प्रमुखहरूले गलत आदेश खारेज गरिसकेको बताउदै गैरकानुनी आदेशको न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन् ।

उनले भनेका छन्-  
अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन् । यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया । चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् ।

लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन । चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके । गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ) ले हेक्का राख्न जरूरी छ । 

एक एक ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् । राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ ।

Read More

महिला क्रिकेट विश्वकप: पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २२२ रनको लक्ष्य पछाएको पाकिस्तानले ३६.३ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएपछि खेल १०७ रनले हारेको हो ।

यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो । ११५ रन बनाउदा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि नवौं विकेटका लागि बेथ मूनी र अलाना किंगले १०६ रनको कीर्तिमानी साझेदारी गर्दै अस्ट्रेलियालाई सम्मानजनक रुपमा पुर्याएका थिए ।

यो जितपछि अस्ट्रेलियाको ३ खेलमा ५ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार तेस्रो हार बेहोरेको छ ।

Read More

इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् ।

ट्रम्पले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गर्दै यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिने  र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउने बताएका छन् । 

उनले भनेका छन्- ‘यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ । यो अरब र मुस्लिम संसारको लागि, इजरायलको लागि, यसका सबै छिमेकीहरूको लागि र संयुक्त राज्य अमेरिकाको लागि एक महत्त्वपूर्ण र ऐतिहासिक दिन हो ।’

ट्रम्पले यस विषयमा मध्यस्थताको लागि कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

Read More

बेलायती प्रधानमन्त्री स्टारमर मुम्बईमा, आज मोदीसँग भेट्दै

काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले भारत भ्रमणका क्रममा मुम्बई पुगेका छन् । बुधबार मुम्बई पुगेका स्टारमरले बलिउड अभिनेत्री रानी मुखर्जीसँग फिल्म हेरे भने उनले यशराज स्टुडियोको भ्रमण गरेका छन् ।

२०२४ मा प्रधानमन्त्री बनेपछिको यो स्टारमरको पहिलो भारत भ्रमण हो । उनीसँगै व्यापार, संस्कृति र अन्य क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको प्रतिनिधिमण्डल पनि भारत आएको छ, जसमा आईटी र अटोमोबाइल लगायत विभिन्न क्षेत्रका व्यापारिक नेताहरू पनि रहेका छन् ।

स्टारमरले बुधबार नै कूपरेज ग्राउन्डमा भएको फुटबल कार्यक्रममा भाग लिएक छन् भने केहि फुटबल फ्यानहरुसँग भेट गरेका छन् ।

स्टारमरसँगको भेटवार्तापछि यशराज फिल्म्सले  (वाईआरएफ) २०२६ देखि युनाइटेड किंगडम (युके) मा आफ्ना तीन प्रमुख फिल्महरू छायांकन गर्ने जानकारी दिएको छ । बेलायती प्रधानमन्त्रीले यो कदमले बेलायतमा ३,००० भन्दा बढी रोजगारी सिर्जना गर्ने बताएका छन् ।

प्रधानमन्त्री स्टारमरले भने- ‘बेलायतमा बलिउड पुनरागमन गर्दैछ। यो साझेदारीले भारत-बेलायत व्यापार सम्झौताको वास्तविक उद्देश्य पूरा गर्दछ ।’

स्टामर र प्रधानमन्त्री मोदी आज मुम्बईमा एक कार्यक्रममा भेट हुने छ र ‘भिजन २०३०’ अन्तर्गत साझेदारीको विकासको बारेमा छलफल गर्नेछन् ।

भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता यस वर्ष जुलाईमा हस्ताक्षर गरिएको थियो । यस सम्झौताको उद्देश्य २०३० सम्ममा पारस्परिक व्यापारलाई दोब्बर गरी १२० अर्ब डलर पुर्‍याउनु हो ।

एफटीएले कपडा, छाला र कृषि उत्पादनहरू जस्ता भारतीय उत्पादनहरूलाई बेलायतमा बेच्न सजिलो बनाउनेछ । अब स्टारमरको भ्रमण दुई देशबीचको व्यावसायिक सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण मानिएको छ ।

Read More

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले आज दिउँसो एक बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थान नखुलाइएको भएपनि ललितपुरमा बस्ने बताइएको छ । 

बैठकले कांग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने  बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

Read More

आज विश्व दृष्टि दिवस मनाइदै

काठमाडौं । आज विश्व दृष्टि दिवस मनाइदै छ । आफ्नो आँखालाई माया गरौँ भन्ने नाराका साथ यस बर्षको विश्व दृष्टि दिवस मनाइदैछ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न प्रत्येक वर्ष दिवस मनाउन नेतृत्वदायी भूमिका निभाउदै आएका छन्।

नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो ।

विश्वभर करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित रहेको आँकडा रहेको छ  ।विश्वभर नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्ने गरेका छन् ।

विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा रहेको बताइएको छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यिनै विषयमा जनजागरण फैलाउन, नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले हरेक बर्ष दृष्टि दिवस मनाइने गरिएको छ ।

Read More