२०८३ बैशाख १३

ट्रम्पको इजरायलमा भव्य स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल पुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई तेलअभिभस्थित बेन गुरीओन एयरपोर्टमा ट्रम्पलाई इजरायली सरकारले सर्वोच्च सम्मान समेत दिएको छ । उनलाई इजरायली राष्ट्रपति इसाक हेरजोग, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्वागत गरेका छन् । हमाससँग युद्ध विराम गर्न भूमिका खेलेको र दुई बर्षदेखि जारी युद्ध रोकेको भन्दै इजरायलमा भव्य स्वागत गरिएको छ ।

हमाससँगको सहमति अनुसार बन्धकहरु छुट्ने क्रमपनि केहि बेरअघिदेखि शुरु भएको छ । 

ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने बताइएको छ । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

Read More

नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारको सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ ।

देशका सबै मेडिकल कलेज र अस्पताललाई निर्देशन दिदै मन्त्रालयको गुणस्तर मापने सभी नियमन महाशाखाले सो निर्देशन दिएको हो 

साथै महाशाखाले गुणस्तर मापने सभी नियमन महाशाखा मन्त्रालयबाट मिति २०६१ मङ्सिर २७ को निर्णयानुसार नर्सिङ्ग एवं स्वास्थ्यकर्मीहरुको सुविधा सम्बन्धमा बुँदा कार्यान्वयनका लागि पत्राचार भएकोमा सोको कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयन अवस्था बारे मन्त्रालयमा प्रतिवेदन गर्न निर्देशन दिएको छ ।

महाशाखाले स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्नुपर्ने, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक प्रमाणपत्रहरु कार्यालयले राख्न नपाईने, अनुभवको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ्ग लगायत अन्य स्वास्थ्यकमीहरुको पारिश्रमिक बैकिङ्ग प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

Read More

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।

Read More

विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो: राजदुत पण्डित

काठमाडौं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ ।

इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।

राजदुत पण्डितले इजरायली सेनाले विपिनको बारेमा जानकारी दिदै हमासले दिएको जीवित बन्धकको सूचीमा उनको नाम नरहेको जानकारी दिएको बताए । साथै सेनाले केहि जानकारी आएमा फेरी जानकारी गराउने बताएको उनले बताए ।   

राजदुत पण्डितले विविसीसँग भनेका छन्- ‘हमासले छोड्ने सूची इजरायल सरकारलाई दिएको, विपिन जीवित नरहेको हमासले आफुहरुलाई जानकारी दिए भनेका छन् । भिडियो कन्फेरेन्स मार्फत विपिनको बहिनिसहित मलाई जानकारी दिएको हो ।  हामि केहि नयाँ कुरा आयो भने फेरी जानकारी गराउछौं भनेका छन् । विपिन जीवित नभएको जानकारी गरायौं भने । बन्धकको हस्तान्तरण पछि केहि जानकारी आएमा गराउछौं भनेका छन् ।’

हमासले आफुसँग रहेका बन्धकको रिहाइ प्रक्रिया शुरु गरेको छ । अहिलेसम्म ७ जना बन्धकको रिहाइ भएको छ भने बाँकीको रिहाइ हुदैछ ।

Read More

सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् ।

महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।

आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो । 

Read More

गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण

काठमाडौँ । हमासले पहिलो चरणमा ७ बन्धक रेडक्रसलाई बुझाएको छ । उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो ।  

पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ । रेडक्रसले आफुलाई हस्तान्तरण गरिएका बन्धकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ । 

Read More

एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्याउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउन दशौ बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले असोज २४ र २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले एकता सम्बन्धि वार्ता प्रक्रियालाई यथासिघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यस्तै बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र सम्विधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र सम्विधान पक्षधर शक्ति र पार्टीहरुबिच सम्वाद र सहकार्य अघि बढाउने निर्णय गरेको छ । 

साथै प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउदै निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि भएको ज्वालाले जानकारी दिए  । 

त्यसैगरी बैठकले पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय गरेको छ । 

निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रियरुपमा लाग्न पार्टी र जन वर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देश गर्ने निर्णय गरेको ज्वालाले जानकारी दिएका छन् ।

Read More

प्रचण्डको सचिवालयबाट देबेन्द्र सुवेदीबिरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको छ ।

सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेको बताउदै साइबर ब्युरोमा उजुरी गरेको जानकारी दिएको छ । 

सचिवालयले झुठ्ठा सामग्री प्रबाह गरि भ्रम   सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको बताएको छ । 

संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।

Read More

गाजामा हमास र दागमास लडाकुबीच भएको झडपमा २७ जनाको मृत्यु

काठमाडौँ । गाजा शहरमा हमास र दागमास लडाकुहरूबीच भएको भीषण झडपमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । इजरायली सैन्य कारबाही समाप्त भएपछि यी झडपहरू भएका हुन् ।

स्थानीय मिडिया रिपोर्टका अनुसार, गाजा शहरको जोर्डन अस्पताल नजिकै नकाबधारी हमास बन्दुकधारीहरू र दागमास लडाकुहरू बीच गोली हानाहान भएको थियो ।

हमासद्वारा सञ्चालित गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलले दागमास लडाकुहरूलाई घेरेर उनीहरूलाई पक्रन गोली हानाहान गरेको बताए । गृह मन्त्रालयले सशस्त्र मिलिशियाको आक्रमणमा आठ हमास सदस्य मारिएको बताएको छ ।

शनिबार सुरु भएको झडपमा १९ दागमास सदस्य र आठ हमास लडाकुहरू मारिएका छन् ।

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजा शहरको तेल अल-हावा क्षेत्रमा ३०० भन्दा बढी हमास लडाकुहरूको फौज दागमास बन्दुकधारीहरू लुकेको भवनमा प्रवेश गर्दा झडप सुरु भएको बताएका छन् ।

Read More

हर्क साम्पाङको प्रश्न- निर्दोष युवाको रगत, एमसीसी र भ्रष्टाचार लागेका हातसँग कसरी मिल्ने ?

काठमाडौँ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सबैले आफुलाई मिल्न आग्रह गरेपनि निर्दोष युवाको रगत लागेका, एमसीसी र भ्रष्टाचार लागेका हातसँग कसरी मिल्ने भन्दै प्रश्न गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको भन्दै आफ्नो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात कसरी मिलाउने भन्दै टिप्पणी गरेका छन् । 

उनले भनेका छन्- मिल्नु मिल्नु मिल्नु भन्छन् ! कसैको हातमा निर्दोष युवाको रगत लागेको छ, कसैकोमा एमसीसी र भ्रष्टाचारको ! कसरी मिलाउनु यो मेरो श्रमदान गर्ने पानीफोकै पानीफोकाले चिरिएको माटोमा लुट्पुटिएको गरीब हात ??? पारा मिल्दैन…

Read More