२०८३ बैशाख १३

धनकुटामा ट्रक दुर्घटना, दुई जना गम्भीर घाइते

धनकुटा । गएराती धनकुटामा भएको ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका  छन् ।

धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र. ३–०१–०० ३ क ६९०६ नम्बरको  मिनि ट्रक अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की  गम्भिर घाईते भएका हुन् ।

राती करीव २ बजे भएको दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश मुलघाट र प्रहरी चौकी  मुलघाटले उद्धार गरी उपचारको बिहान ४: ३० बजे एम्बुलेन्समा मार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

Read More

वेस्ट इन्डिजका पुर्व खेलाडी चन्द्रपाल बने जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाल क्रिकेट लिग (एनपीएपल) को च्याम्पियन टिम जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पुर्व खेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

मंसिर १ गते देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण अगाडि बोल्ट्सले चन्द्रपाललाई मुख्य प्रशिक्षक बनाएको हो ।

एनपीएलको पहिलो सिजनमा पुबुदु दासानायकेले जनकपुर बोल्ट्सलाई उपाधि दिलाएका थिए ।  ५१ वर्षे चन्द्रपाल वेस्ट इण्डिजका महान क्रिकेटर मध्ये एक हुन् । उनी आईसीसी हल अफ फेममा समावेश भइसकेका क्रिकेटर समेत हुन् । 

चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाएका छन् ।

२०२२ मा चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक बनेका थिए भने सोही वर्ष उनी अमेरिका महिला राष्ट्रिय क्रिकेट टोलीको पनि प्रशिक्षक बनेका थिए । 

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्समा अनिलकुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंशाकर र तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव र विकास आग्री लगायतका खेलाडी रहेका छन् ।

Read More

धवल समुहको अल्टिमेटमप्रति लिङदेनको टिप्पणी: काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर

काठमाडौँ । राप्रपामा फेरी विवाद बढेको छ ।

महामन्त्री डा. धवलशमशेर राणासहितका नेताहरुले महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएपछि अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिक्रिया दिदै यसलाई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको संज्ञा दिएका छन् । 

राणा पक्षका नेताहरुले आइतबार भेला गर्दै अध्यक्ष लिङदेनले मङ्सिर १८ अघि महाधिवेशनको मिति घोषणा नगरे विशेष महाधिवेशनको माग गर्ने तयारीमा लाग्ने निष्कर्ष निकालेको थियो । 

त्यसको जवाफमा अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै देश भूराजनीतिको गम्भीर चक्रव्यूहमा फस्दै गरेको,संकट गहिरिँदै गएको बेला पार्टी चलाउँछु, परिआए देश चलाउँछु भनेर धक्कु लाएर उमेर बिताएका मानिसहरू पेटी इन्ट्रेस्ट ‘पिटी इन्टरेस्ट’ मा दौडेको देख्दा दया लागेर आउछ ।

Read More

हमासले सबै बन्धक रिहा गर्दै, विपिन जोशी सकुशल फर्किने आशा

काठमाडौँ । हमासले दुई बर्षदेखि बन्धक बनाएका सबैलाई आज रिहा गर्दैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको पहिलो चरणमा सहमति जनाउदै हमासले सबै बन्धक आज रिहा गर्न लागेको हो ।

हमासले आजै केहीबेरपछि बन्धक रिहा गर्ने प्रक्रिया शुरु गर्ने बताएको छ । हाल २० जीवित रहेका भनिएका बन्धक आज रिहा हुने छन् भने उनीहरूको रिहाइपछि हमासले बाँकी २८ मृत बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ । त्यस्तै हमासको बन्धकमा रहेका नेपालका विपिन जोशीको समेत रिहाईको आशा गरिएको छ । तर विपिनको अवस्था बारे अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । केहि रिपोर्टहरुले विपिनको नाम हमासको जीवित बन्धकको सुचिमा रहेको बताएकाले उनी सकुशल रिहा हुने आशा गरिएको छ ।

युद्धविराम सम्झौता अन्तर्गत सबै ४८ बन्धकहरूलाई रिहा गर्न हमासलाई दिइएको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे (दिउँसो ३:४५ नेपाली समय) सम्म रहेको छ । इजरायलले २० बन्धकको सट्टा करिब दुई हजार प्यालेस्टिनी बन्दी रिहा गर्नेछ । 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि जवाफी कारबाही गरेको इजरायलले गाजामा ६७ हजारभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी हुदैछ बन्धकको हस्तान्तरण: 
इजरायली अधिकारीले बन्धकहरूको स्थानान्तरण यस वर्षको सुरुमा गरिएको अपरेशन जस्तै प्रक्रिया अपनाइने बताएका छन् ।

– रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा बन्धकहरूलाई विशेष इजरायल रक्षा बल टोलीमा स्थानान्तरण गरिने ।

– त्यो टोलीले त्यसपछि उनीहरूलाई दक्षिणी इजरायलको रेइम सैन्य अड्डामा ल्याउनेछ ।

– परिवारका सदस्यहरू स्वागत बिन्दुहरूमा बन्धकहरूको प्रतीक्षामा हुनेछन् ।

– तिनीहरू त्यसपछि हेलिकप्टरबाट अस्पतालहरूमा उनीहरूसँग यात्रा गर्नेछन् जहाँ उनीहरूले थप उपचार पाउनेछन् ।

त्यस्तै आकस्मिक चिकित्सा आवश्यकताको अवस्थामा, रिसेप्शन कम्पाउन्डमा नरोकी रिहा भएका बन्धकहरुलाई सिधै अस्पतालमा लगिनेछ ।

Read More

इजरायल जानेक्रममा ट्रम्पले भने: गाजा युद्ध सकियो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध सकिएको बताएका छन् ।

हमासले बन्धक रिहा गर्ने दिन उनी इजरायल जानेक्रममा ट्रम्पले गाजामा युद्ध समाप्त भएको बताएका हुन् । उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई युद्धविराम जारी रहने र गाजाको लागि शान्ति बोर्ड चाँडै स्थापना हुने बताए ।

हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न सोमबार दिउँसो १२ बजे (स्थानीय समय) सम्मको समय छ । इजरायल आइपुगेपछि, राष्ट्रपति ट्रम्प सोमबार इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाको बारेमा छलफल गर्नेछन् । ट्रम्पले भनेका छन्- ;हामी सबैलाई खुसी राख्नेछौं… चाहे तिनीहरू यहूदी, मुस्लिम, वा अरब देशहरू हुन्… इजरायल पछि, हामी इजिप्ट जाँदैछौं। त्यहाँ, हामी धेरै शक्तिशाली, ठूला र धनी देशहरूका नेताहरूसँग भेट्नेछौं ।’

बेलायती प्रधानमन्त्री केयर स्टारमर इजिप्ट पुगिसकेका छन् भने विश्वका कैयौं नेताहरुले यस छलफलमा भाग लिने भएका छन् ।

ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने बताइएको छ । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।   

Read More

घाना फिफा विश्वकपमा छनौट

काठमाडौँ । घाना फिफा विश्वकप फुटबलमा छनौट भएको छ ।

घाना अफ्रीका क्षेत्रबाट २०२६ को फिफा विश्वकपमा छनौट भएको हो । समुह आइ अन्तर्गतको खेलमा गएराती कोमोरोसविरुद्ध १-० को जित निकालेसँगै घानाको समुहमा १० खेलमा २६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । 

योसँगै घाना पाँचौं पटक विश्वकपमा छनौट भएको छ । योसँगै अफ्रिका क्षेत्रबाट घानासहित अल्जेरिया, इजिप्ट, मोरक्को र ट्युनिसिया विश्वकपमा छनौट भएका छन् ।

यस पटकको विश्वकपमा अफ्रिकाबाट ९ देश छनौट हुने छन् भने एक देशले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्न पाउने छ ।

Read More

महिला क्रिकेट विश्वकप: भारतमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौँ । अस्ट्रेलियाले जारी विश्वकपमा भारतमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको ३३१ रनको बिशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन् ।

यस अघि पहिला ब्याटिंग गरेको भारतले ४८.५ ओभरमा अल आउट हुदै ३३० रन बनाएको थियो । भारतका लागि स्मृति मन्दानाले ८० र प्रतिका रावलले ७५ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलिया ४ खेलमा ७ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने यो ४ खेलमा दोस्रो हार हो । भारतको ४ खेलमा ४ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

Read More

जेन-जीको आक्रोश नेताहरूको बेइमानीको परिणाम होः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन् ।

अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो,’ अध्यक्ष केसीले भने, ‘नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।’

Read More

विश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल आज कतारविरुद्ध खेल्दैछ । नेपाल र कतारविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै सुपर सिक्सको अर्को खेलमा आज युएई र ओमानबीच पनि खेल हुदैछ । यो खेल दिउसो ४: १५ बजेदेखि हुदैछ । 

नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । 

नेपालले यो खेलपछि बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।

विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Read More

आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदै

काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइदैछ । 

हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रूपमा मनाउने गर्दछ । 

यस बर्षको अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको नारा  ‘विपद्पछि मात्र खर्च गर्नुको सट्टा, रोकथाम र तयारीमा लगानी गरौं’ भन्ने रहेको छ । 

पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै विभिन्न प्राकृतिक प्रकोपहरूको सम्भाव्य जोखिममा रहेको छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ ।

नेपाल छोटा-छोटा दूरीमा फरक भू-बनोट, हावा-पानी कालागि नेपालले पनि पछिल्ला समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गरिरहेको छ । समय-समयमा आउने भूकम्प होस् या  भीषण बाढी पहिरो, भौगोलिक रूपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको छ ।

Read More