२०८३ बैशाख १३

अफगान तालिबान र पाकिस्तानबीच दोहामा आज वार्ता हुदै

काठमाडौँ । अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबीच जारी द्वन्द्वको बारेमा आज कतारको राजधानी दोहामा वार्ता हुने भएको छ ।

तालिबानले रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगानिस्तानको इस्लामिक इमिरेट्सको प्रतिनिधिमण्डल र धेरै पाकिस्तानी गुप्तचर तथा सुरक्षा अधिकारीहरूले आज दोहामा वार्ता गर्ने भएका छन् । यद्यपि, पाकिस्तानले यस विषयमा कुनै विवरण सार्बजनिक गरेको छैन ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै कतारले यो प्रस्ताव गरेको बताएका छन् । दक्षिणी अफगानिस्तानको कान्दहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी सेना र तालिबान सरकारी सेनाबीच झडप भएपछि दुवै देशबीच तनाव बढेको छ ।

पछिल्ला केही दिनदेखि सीमा क्षेत्रमा भइरहेको झडपमा दुवै पक्षका धेरै व्यक्ति मारिएका र घाइते भएका छन् । कति संख्यामा हताहत भए भन्ने फरक फरक आँकडा दुवै पक्षबाट आएका छन् । दुवै देशले बुधबार ४८ घण्टाका लागि युद्धविरामको घोषणा गरेका थिए ।

Read More

पेरुमा चर्कियो जेनजी आन्दोलन, एकको मृत्यु सयभन्दा बढी घाइते

काठमाडौँ । पेरुका नयाँ राष्ट्रपति जोसे जार्रीले राजीनामा दिन अस्वीकार गरेका छन्, यद्यपि उनको विरुद्धमा भएको हिंसात्मक प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएको छ र लगभग १०० जना घाइते भएका छन् । विरोध प्रदर्शनहरू मुख्यतया जेन-जेड युवाहरूले नेतृत्व गरेका थिए, जसले राष्ट्रपतिलाई पद त्याग्न माग गरेका थिए ।

अधिकारीहरूका अनुसार, घाइतेहरूमा ८० प्रहरी अधिकारी र १० पत्रकारहरू छन् । अनुसन्धान एजेन्सीहरूले एक प्रदर्शनकारीको मृत्यु भएको गोलीबारीको अनुसन्धान गरिरहेका छन् । संसदको भ्रमण गरेपछि, राष्ट्रपति जार्रीले आफ्नो जिम्मेवारी देशको स्थिरता कायम राख्नु भएको बताएका छन् ।

लगभग एक महिना अघि सुरु भएको विरोध प्रदर्शन युवाहरूका लागि राम्रो पेन्सन र रोजगारीका अवसरहरूको मागबाट सुरु भयो । बिस्तारै, तिनीहरू भ्रष्टाचार, अपराध र सरकारी असफलताहरू विरुद्ध एक विशाल जनआन्दोलनमा परिणत भए । १० वर्षमा पेरुका सातौं राष्ट्रपति जेरीले अक्टोबर १० मा शपथ लिएका थिए । उनको शपथग्रहण लगत्तै विरोध प्रदर्शन तीव्र भयो  ।

३२ वर्षीय हिप-हप गायक एडुआर्डो रुइजको विरोध प्रदर्शनका क्रममा गोली हानी हत्या गरिएको थियो । अभियोजकहरूले रिपोर्ट गरे कि उनको टाउकोमा गोली लागेको थियो। सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा रुइज लिमाको सडकमा ढलेको देखाइएको छ । प्रत्यक्षदर्शीहरूले भनेका छन् कि गोली हान्ने व्यक्ति प्रदर्शनकारीहरूबाट भाग्न खोजिरहेका थिए किनभने उनले उनीहरूलाई सादा पोशाकका प्रहरी अधिकारी भएको शंका गरेका थिए ।

राष्ट्रिय लोकपालको कार्यालयका अनुसार, हिंसात्मक झडपमा २४ प्रदर्शनकारी र ८० प्रहरी अधिकारी घाइते भएका थिए। पत्रकारहरूमाथि पनि आक्रमण गरिएको थियो, जसमध्ये छ जनालाई गोली लागेको थियो र चार जनालाई प्रहरीले गोली हानेको थियो ।

जोस जेरीले हालै अपदस्थ राष्ट्रपति दिना बोलुआर्टेको स्थान लिएका छन्, जो विरोध प्रदर्शन दबाउन र अपराध नियन्त्रण गर्न असफल भएको कारण अत्यन्तै अलोकप्रिय थिइन् । ३८ वर्षीया जेरीले पहिले संसदको सभामुखको रूपमा काम गरिसकेका छन् । उनका प्रधानमन्त्री अर्नेस्टो अल्भारेज एक अति दक्षिणपन्थी पूर्व न्यायाधीश हुन् जसले पहिले जेन-जेड आन्दोलनलाई अराजकता फैलाउने गिरोहको रूपमा वर्णन गरेका थिए।

जेरीले पहिले पनि विवादको सामना गरिसकेका छन्, एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए, यद्यपि मुद्दा अगस्टमा खारेज गरिएको थियो। प्रदर्शनकारीहरूले सडकमा “बलात्कारी जेरी हो” जस्ता नारा लगाउँदै यो मुद्दा पनि उठाए ।

विज्ञहरू भन्छन्, पेरुमा लामो समयदेखि जनताको क्रोध बढ्दै गएको छ। निरन्तर परिवर्तनशील सरकारहरू, भ्रष्टाचार काण्डहरू र अपराधले जनताको धैर्य समाप्त पारेको छ। समाजशास्त्री ओमर कोरोनेल भन्छन् कि युवाहरूमा असुरक्षा र भ्रष्टाचार विरुद्धको आक्रोश दशकौंको असफलताको परिणाम हो । प्रदर्शनकारीहरूले ‘विरोध गर्नु अधिकार हो, हत्या अपराध हो’ भन्ने ब्यानरहरू बोकेका थिए । 

Read More

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ ।

सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् । 

ठेक्का सम्झौता टोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । 

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७÷६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।  

ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ । 

विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ । 

सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । 

उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

Read More

करपछि अमेरिकामा हुने भारतको निर्यातमा ठुलो गिरावट

काठमाडौँ । अमेरिकाले भारतीय सामानमा ५० प्रतिहत कर लगाएपछि, भारतको निर्यातमा गिरावट देखिन शुरु भएको छ ।

भारतबाट अमेरिकामा हुने निर्यात अब महँगो हुँदै गइरहेको छ । यसले गर्दा पछिल्ला चार महिनामा अमेरिकामा हुने निर्यातमा ३७.५ प्रतिशतको ठूलो गिरावट आएको छ ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभको रिपोर्ट अनुसार, यो यस वर्षको सबैभन्दा ठूलो गिरावट हो । भारतको अमेरिकामा हुने निर्यात, जुन मे २०२५ मा ८.८ अर्ब डलर थियो, सेप्टेम्बर २०२५ सम्ममा यो घटेर ५.५ अर्ब डलरमा झरेको छ । यसको अर्थ केवल चार महिनामा, भारतको निर्यात ३.३ अर्ब डलरभन्दा बढीले घटेको छ ।

सेप्टेम्बर पहिलो महिना थियो जब भारतीय सामानहरूमा पूर्ण ५० प्रतिशत शुल्क लगाइएको थियो । यस महिनामा निर्यातमा सबैभन्दा ठूलो मासिक गिरावट पनि देखिएको थियो, २०.३ प्रतिशत । यद्यपि, यो गिरावट जुन महिनाबाट सुरु भएको थियो । जुनमा ५.७ प्रतिशत, जुलाईमा ३.६ प्रतिशत र अगस्टमा १३.८ प्रतिशतले गिरावट आएको थियो ।

अमेरिकी करबाट प्रतिवेदनका अनुसार, कपडा, रत्न तथा आभूषण, इन्जिनियरिङ सामान र रसायन जस्ता प्रमुख उद्योगहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यी उद्योगहरूबाट हुने ढुवानीमा उल्लेखनीय गिरावट आएको छ, जुन निर्यात गिरावटको सबैभन्दा ठूलो कारण बनेको रिपोर्टमा उल्लेख छ ।

Read More

अस्ट्रेलिया जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टोलीले बिहीबार राति विशाखापट्टनममा सम्पन्न खेलमा बंगलादेशलाई १० विकेटले पराजित गरेसँगै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बंगलादेशले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १९८ रन बनायो भने जवाफमा अस्ट्रेलियाले २४.५ ओभरमा विकेट नगुमाई लक्ष्य हासिल गरेको थियो ।

यो जितपछि डिफेन्डिङ र ७ पटकको च्याम्पियन अष्ट्रेलिया फेरि एक पटक सेमिफाइनलमा प्रवेश गरेको छ । यो प्रतियोगितामा ५ खेलमा टोलीको चौथो जित थियो, श्रीलंकाविरुद्धको खेल अनिर्णीत रहेको थियो । अर्कोतर्फ, बंगलादेशले ५ मध्ये ४ खेल हारेको छ, यदि बंगलादेशले अर्को एउटा खेल हारेमा, नकआउट पुग्ने आशा लगभग समाप्त हुनेछ ।

Read More

कांग्रेसको केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । मंगलबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार विहिबार केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेको छ भने केन्द्रीय समितिको बैठक आज विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेमा पुनः बस्दैछ ।

विहिबारको बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

Read More

एमालेको केन्द्रीय समिति बैठक आजपनि बस्दै

काठमाडौं ।  नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन आज पनि बस्दैछ ।

बुधबारदेखि शुरु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठक बिहान ८ बजेदेखि शुरु हुदैछ । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ भने अहिलेसम्म दुई दिनमा ३६० मध्ये १८४ केन्द्रीय सदस्यले धारणा राखेको गौतमले जानकारी दिएका छन् । गौतमले पहिलो दिन ५० र दोस्रो दिन १३४ केन्द्रीय सदस्यहरुले धारणा राखेको जानकारी दिए ।

धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले संबिधानको रक्षा र जनाधिकारको रक्षका लागि प्रतिनिधि सभाको पुनर्स्थापना गरेर जानु पर्दछ भन्ने धारणा राखेको गौतमले बताए । साथै लोकतान्त्रिक शक्तिलाई एक ठाउमा ल्याएर निर्णायक तहमा पुर्याउनुपर्ने धारणा केन्द्रीय सदस्यहरुले राखेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुले नेतृत्वको टुंगो महाधिवेशनबाट लगाउनुपर्ने र पुर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नहुने विचार पनि राखेका थिए ।  

बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेट भन्दा बढी समय आफ्नो धारणा राख्नुपर्ने भएमा लिखित रुपमा पेश गर्न भनिएको छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने गरि प्रस्ताव गरिएको छ । एमालेको यो बैठक आज सकिदैछ ।

Read More

सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा आज सामाओविरुद्ध खेल्दैछ । यो खेल आज दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ । 

यसअघि आजै बिहान ११: ४५ बजेदेखि सुपर सिक्सको खेलमा जापान र ओमान खेल्दैछन् ।

नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।

त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Read More

स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशनः आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्नु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा.विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी नले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी हुन् । देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताईन् ।

स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७ सय ३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।

Read More

भारतबाहेकका अरु देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले भारतबाहेकका अन्य देशका नेपाली राजदूतहरु फिर्ता बोलाउने निर्णय गरेको छ । दलहरुको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने सरकारको निर्णय भएको हो ।

यसरी फिर्ता हुने राजदूतहरुमा जापान, चीन, बेलायत, अमेरिका, जर्मनी, साउदी अरेबिया, स्पेन,जापानलगायतका रहेका छन् । उनीहरुलाई आगामी कार्तिक २० गतेभित्र फर्किसक्ने भनिएको छ ।

तर, भारतका लागि राजदूत डा. शंकर शर्मालाई भने यथावत राखिएको छ । उनलाई तत्कालिन परराष्ट्रमन्त्री डा. आरजु राणाको सिफारिशमा राजदूत बनाईएको हो ।

Read More