२०८३ बैशाख १३

यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार

दोलखा । दोलखाको रोल्वालिङ हिमश्रृंखला अन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका ४ घाईतेको उद्दार गरिएको छ । 

उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ ।

यलुङ रि हिमाल आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता भएको बताइएको छ । यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो । 

Read More

आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन- चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीको महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने तर्क गरेका छन् । कांग्रेसमा महाधिवेशन बारे विवाद भएको बेला नेता भण्डारीले नेकपा एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेसले महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै भण्डारीले कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाएको उल्लेख गर्दै काँग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने बताएका हुन् । 

उनले भनेका छन्:
यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो । यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। 

काग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन । एकातिर— काँग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षर सहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइ सकेको छ । जवकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै पार्टीको जीवन्तता । अर्कोतर्फ — तत्कालिन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ । तसर्थ, कांग्रेसले राष्ट्यि मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिदैन भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर विक्दैन – सकिदैन भन्ने मात्र तर्क ।

Read More

अनन्त तामाङ भन्छन्- हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालका भेट्रान डिफेन्डर अनन्त तामाङले एन्फाको निर्णयप्रति असन्तुष्टि जनाउदै खेलाडीलाई जिउदै नमार्न आग्रह गरेका छन् ।

अनन्तले खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गरेको उल्लेख गर्दै आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि भएको र आज साविक विजेता त्याग भारी भएको बताएका छन् ।

अनन्तले भनेका छन्: 
हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्द रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन । लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् ।

सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरेपछि यसको आलोचना भइरहेको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ७ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६० मा कारोबार भएको थियो ।

Read More