२०८३ बैशाख १३

विद्युत खपत बढाउन माग पक्ष सुधार उच्च प्राथमिकतामा- मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे । उनले भने- ‘अहिले मुख्य रुपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारत तथा बंगलादेशतर्फ निर्यात त गरिरहेका छौं तर हाम्रो प्राथमिकता विद्युत देशभित्रै खपत बढाउने हो, यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्याँसलाई विद्युतीय चुलोले प्रतिस्थापना लगायतका काम गरी विद्युत् माग बृद्धि गर्न सकिन्छ । ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएका छौं ।’

वायु उर्जामा नीजि लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री घिसिङले सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको बताए ।

वैकल्पिक ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा रुपान्तरणमा विभिन्न दातृ निकायहरुले गरेको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्य क्षेत्र विस्तार गरिने बताए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले स्वच्छ ऊर्जा र  दुर्गम क्षेत्रमा विद्युतीकरणमा केन्द्रको ठूलो योगदान रहेको उल्लेख गरे ।

नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपालमा दिगो ऊर्जाको विकास, जीविकोपार्जन सुधार, न्यून कार्वन उत्सर्न ऊर्जा रुपान्तरणलगायतका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए । जर्मनीले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग गर्दै आएको छ ।

Read More

काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दी खोलिएको छ ।

आइतबार ४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको थियो । ताला लगाएका युवाहरुले आजको केन्द्रिय समितिको बैठक बस्नुअघि ताला खोलेका हुन् ।

ताला खोल्नु अघि उनीहरुले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर आफ्ना माग बारे जानकारी गराएको र खड्काले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलेका थिए । 

यस अघि आइबार उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेर पार्टी कार्यालय अगाडी नाराबाजी गर्नुका साथै कार्यालय प्रवेश गर्ने मूल ढोकामै ताला लगाइदिएका थिए । 

महाधिवेशन बारे विवाद हुदा कांग्रेसको शुक्रबार र आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएर आज बस्न लागेको छ । 

Read More

राष्ट्र बैंकमा एकै पटक ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ ।  बुधबारदेखि लागु हुने गरि ११ कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।

जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने भुक्तानी प्रणाली विभागमा रहेका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा लागिएको छ ।  त्यस्तै वित्तीय संस्था सुपरिभिजन विभागमा रहेका सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा लगिएको छ । त्यसैगरी  मानव संशाधन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिभिजन विभागमा पठाइएको छ ।

त्यस्तै हाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी हाल मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको छ । यसैगरी, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लागिएको छ भने हाल गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा लागिएको छ ।

त्यस्तै हाल मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ भने हाल बैकिङ विभागमा रहेका डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ । त्यसैगरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशनकुमार सिग्देललाई बैकिङ विभागकोजिम्मेवारी दिइएको छ । 

१७ जना कार्यकारी निर्देशक रहेको नेपाल राष्ट्र बैंकमा एकैदिन ११ जनाको सरुवा गरिएको छ भने ६ जनालाई यथावत राखिएको छ ।

Read More

कात्तिक २७ गते गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले यही कात्तिक २७ गते वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्ररनियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू बैंकको उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभा होटल पोखरा ग्राण्डमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

Read More

असोज महिनामा २ हजार ७५७ दुर्घटना, २४७ जनाको मृत्यु

काठमाडौं । गत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् । 

ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै  दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् ।  दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् । 

सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् ।

त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार २२६ कारवाही गरेको छ भने ३ करोड १३ लाख ७३ हजार ५०९ राजश्व उठाएको छ ।

Read More

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्दै, काउन्टर दिने तयारीमा संस्थापन

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन गर्ने विषयमा बढेको विवाद जारी रहेको समयमा आज केन्द्रीय समितिको बैठक बस्दैछ ।

विवादकै बीचमा आज दिउँसो १ बजेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् । महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेपछि संस्थापन पक्षले पनि उनलाई काउन्टर दिने गरि कार्यतालिका पेश गर्ने बताइएको छ ।  

महाधिवेशन गर्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच विवाद हुदा यसअघि शुक्रबार र आइतबार बैठक नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो ।

यसबीचमा भएका विभिन्न छलफलमा संस्थापन पक्षले फागुन २१ को निर्वाचन पछि महाधिवेशन गर्ने अडान लिएका छन् भने महामन्त्रीद्वयसहित इतर पक्षले सकेसम्म छिटो महाधिवेशन गर्नुपर्ने बताउदै आएको छ ।

कांग्रेसको अहिलेको केन्द्रीय समितिको पदावधि मङ्सिर महिना भित्र सकिदैछ ।

Read More

पाकिस्तानको चेतावनी- अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने छ

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानले घुसपैठ गरेमा युद्धविराम समाप्त भएको मानिने चेतावनी दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अहमद शरीफले अफगानिस्तानबाट पाकिस्तानमा घुसपैठ भयो भने, युद्धविराम समाप्त भएको मानिनेछ र त्यस्तो कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताएका हुन् ।

पाकिस्तान र अफगानिस्तान बीचको द्वन्द्वमा २०६ अफगान तालिबान लडाकु र अतिवादी समूह तहरीक-ए-तालिबान पाकिस्तानका ११० लडाकु मारिएका थिए । विभिन्न सरकारहरूको कार्यकालमा अफगानिस्तानको आधिकारिक भ्रमणको विवरण साझा गर्दै उनले कुनै पनि अतिवादी समूहसँग वार्ता नगर्ने बताए ।

अहमद शरीफले पाकिस्तानलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको र कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ जवाफ दिइने बताए । सैन्य प्रवक्ताका अनुसार, अफगान तालिबानले कतार र टर्कीलाई मध्यस्थकर्ताको भूमिका खेल्न अनुरोध गरेको थियो । उनले यी वार्ताहरूको क्रममा पाकिस्तानले अफगान भूमिबाट पाकिस्तानमा आक्रमण र अतिवादी गतिविधिहरूको बारेमा अकाट्य प्रमाणहरू प्रस्तुत गरेको थियो ।

उनले अफगानिस्तानलाई आतंककारीहरू विरुद्ध कारबाही गर्न वा पाकिस्तानलाई सुम्पन आग्रह गरेको बताए ।

Read More

बाबुराम भन्छन्- भोट हाल्ने १६ बर्ष र उम्मेदवार बन्ने उमेर २१ बर्ष गर्न आवश्यक छ

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुने धारणा राख्दै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुने र निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक रहेको बताएका हुन् । 

उनले भनेका छन्:  
यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेन-जी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ। 

यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेन-जी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको विहा उसैलाई नजिक नल्या’  भन्ने लोकोक्ति जस्तो हुनेछ।

Read More

एनआईसी एशियामा नयाँ नेतृत्व: सुजित शाक्य सीईओ नियुक्त, बैंकको प्रगतिमा नयाँ उचाइको अपेक्षा

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

शाक्य बैंकिंग क्षेत्रमा अनुभवी र दूरदर्शी व्यक्तित्वको रुपमा चिनिन्छन । कात्तिक १७ गते बसेको एनआईसीको सञ्चालक समितिको निर्णयले शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेसंगै बैंकको भविष्यलाई अझ ऊर्जाशील र परिणाममुखी बनाउने संकेत गरेको छ ।

तीन दशकभन्दा बढी लामो बैंकिङ यात्रामा शाक्यले सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई र नवील बैंकजस्ता प्रतिष्ठित संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उत्कृष्ट नेतृत्व कौशल प्रदर्शन गरिसकेका छन्।

नवील बैंकका वरिष्ठ डेपुटी सीईओका रूपमा कार्यरत शाक्यले बैंकको कार्यकारी प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन् । अब उनले एनआईसी एशिया बैंकलाई नयाँ उचाइमा पुर्‍याउने दृढ संकल्पका साथ जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

शाक्यको नियुक्तिबाट एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहक दुवैमा नयाँ उत्साह जागेको छ। उनी बैंकभित्र पारदर्शिता, नवीनता र ग्राहकमुखी सेवामा जोड दिने नेतृत्वको रूपमा परिचित छन् । एनआईसी एशिया बैंकलाई नेपालको डिजिटल बैंकिङको अग्रणी संस्थाका रूपमा अझ मजबुत बनाउने शाक्यको दृष्टि आगामी वर्षहरूमा बैंकको विकास यात्रामा ऐतिहासिक मोड ल्याउने अपेक्षा गरिएको छ ।

शाक्यको समृद्ध अनुभव, दृढ नेतृत्व र रणनीतिक सोचले एनआईसी एशिया बैंकलाई अझ प्रतिस्पर्धी, ग्राहकमैत्री र नवीनतम प्रविधिमुखी संस्थाका रूपमा रूपान्तरण गर्ने विश्वास गरिएको छ। बैंकका निकट स्रोतका अनुसार, शाक्यको आगमनले संस्थागत स्थायित्व र प्रगतिमा नयाँ उर्जा भर्नेछ।

सन् २०१० तिर तत्कालीन एशिया बैंकबाट स्वेच्छिक अवकाश लिएर केही समय बैंकिङ क्षेत्रबाट टाढा रहेका शाक्य पुनः आफ्नो अनुभव र दृष्टिकोणका साथ त्यही बैंक परिवारमा शीर्ष नेतृत्वका रूपमा फर्कन सफल भएका छन् ।

एनआईसी एशिया बैंक सञ्चालक समितिले चार वर्षका लागि शाक्यलाई सीईओमा नियुक्त गर्दै ३० दिनभित्र औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारी थालिएको जनाएको छ।

यसअघि तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कार्यवाहक सीईओ सन्तोषकुमार राठीको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो।

Read More

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिटको पेसी न्यायाधीश नृपध्वज निरौलाको इजलासमा तोकिएको छ ।

सोमबार सर्वोच्च आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको हो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

जेनजी आन्दोलनपछि घिसिङ सरकारमा उर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

Read More