२०८३ बैशाख १३

बिक्री हुदै आइपिएल फ्रान्चाइजी आरसिबि, शुरु भयो प्रक्रिया

काठमाडौँ । बहुराष्ट्रिय अल्कोहलयुक्त पेय पदार्थ कम्पनी र आईपीएल र डब्लुपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) को मालिक डियाजियोले फ्रान्चाइजीमा आफ्नो हिस्सेदारी बेच्ने दिशामा पहिलो कदम चालेको छ ।

बुधबार भारतको बजार नियामक, सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) सँगको फाइलिङमा, डियाजियोले पुरुष र महिला टोलीहरूको स्वामित्व राख्ने अभिभावक कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड (आरसीएसपीएल) मार्फत आरसीबीमा आफ्नो लगानीको ‘रणनीतिक समीक्षा’ गरिरहेको बताएको छ ।

समीक्षा मार्च ३१, २०२६ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ, जुन भारतको आर्थिक वर्षको अन्त्य हो । (आरसीएसपीएल युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो जुन डायजियोको स्वामित्वमा छ) ।

युनाइटेड स्पिरिट्सका प्रबन्ध निर्देशक र सीईओ प्रवीण सोमेश्वरले सेबी फाइलिङमा भनेका छन् – ‘आरसीएसपीएल युएसएलको लागि एक मूल्यवान र रणनीतिक सम्पत्ति भएको छ, यद्यपि, यो हाम्रो अल्कोहल (मदिरा र पेय पदार्थ) व्यवसायको लागि गैर-मुख्य हो । यो कदमले आरसीएसपीएलको सर्वोत्तम हितलाई ध्यानमा राख्दै, सरोकारवालाहरूको लागि दिगो दीर्घकालीन मूल्य सुनिश्चित गर्न हाम्रो भारत पोर्टफोलियो समीक्षा गर्ने युएसएल र डियाजियोको प्रतिबद्धतालाई बलियो बनाएको छ  ।’

हालैका वर्षहरूमा उल्लेखनीय दबाबमा रहेको डियाजियोको मुख्य विश्वव्यापी व्यवसायमा संघर्षको बीचमा यो कदम आएको हो । यस वर्ष जुनमा सेबी फाइलिङमा, कम्पनीले आरसिबीको बिक्रीको रिपोर्टलाई अस्वीकार गरेको थियो ।

यद्यपि, डियाजियोले अब विश्वव्यापी रूपमा अवरोधहरूको सामना गरेपछि आफ्नो पुर्व अडानमा परिवर्तन भएको देखिएको छ ।

आरसिबीले आफ्नो पहिलो आइपिएल उपाधि जितेको एक दिन पछि जुनमा बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम बाहिर भएको घातक भागदौड पछि सम्भावित विनिवेशको बारेमा अनुमानहरू तीव्र भएका थिए । सबैभन्दा लोकप्रिय आईपीएल टोलीहरू मध्ये, २००८ मा प्रतियोगिता सुरु हुँदा आरसीबी दोस्रो सबैभन्दा महँगो फ्रान्चाइजी थियो । युएसएलका तत्कालीन अध्यक्ष विजय माल्याले २००७ मा १११.६ मिलियन अमेरिकी डलरमा फ्रान्चाइजी किनेका थिए, २०१६ मा निर्देशकको पद त्याग्नुअघि, डियाजियो कम्पनीको एकमात्र मालिक बनेको थियो ।

यद्यपि, यो विकसित घटनाक्रमले खेलाडीको अक्सनसहित आगामी आईपीएल र डब्लुपीएल सिजनहरूको लागि आरसीबीको योजनामा ​​कुनै प्रभाव नपार्ने स्पष्ट गरिएको छ । कुनै पनि नयाँ मालिकले आईपीएलबाट पनि अनुमति लिनुपर्नेछ र यो प्रक्रिया २०२६ को आईपीएल सिजनभन्दा पहिला सकिने बताइएको छ ।

डब्लुपीएल २०२६ जनवरीमा सुरु हुने तालिका छ, जबकि आईपीएल मार्चमा सुरु भएर मे महिनासम्म चल्ने अपेक्षा गरिएको छ ।

Read More

जेनजीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं- सुदन गुरुङ

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले जेनजीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् । 

साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट ‘हत्यारालाई कारबाही गर’ ‘भ्रष्टाचारीलाई कारबाही’  गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’  गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् ।

सुदन गुरुङले भनेका छन्: 
‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️ तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”  गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही”  गर   सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई । 

अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या  समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ ।

हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि । हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं । अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

त्यसैले चेतना होस् । चुनाबको नाटक नचलोस् । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.जनता जागिसके। युवा जागिसके।

Read More

आफ्नो फिल्मलाई कम शो दिएको भन्दै टंक बुढाथोकीले भने- ‘म हार्दैछु’

काठमाडौँ । फिल्म ‘मन बिनाको धन’ का निर्देशक टंक बुढाथोकीले आफु हार्दै गरेको टिप्पणी गरेका छन् ।

बुढाथोकीले शुक्रबारदेखि रिलिज हुने फिल्म ‘मन बिनाको धन’ लाई सिनेमा हलले कम शो दिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भनेका छन्-  म हार्दैछु , मलाइ हराउन धेरै लागे , सधै लागे ….ठीकै छ… सिनेमाघर सञ्चालकहरूले ‘लाइ नपत्याए पनि, हामीलाई हजुरहरुले पत्याउनु भएको छ । भोली बाट प्रदर्शन हुने हाम्रो चलचित्र ‘मन बिनाको धन” को शो एक्दमै कम दिने , कति पय ठाउमा नदिने निर्णयले दुःख लागेको छ, म हार्दैछु म सङ्गै अशोक ले पनि हार्दैछ्न । न्याय तपाईंहरूकै हातमा छ ।

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।

कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।

Read More

नबिल बैंकको खुद नाफा २ अर्ब माथि, निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि

काठमाडौं । नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ५ करोड रुपैयाँ नाफाभन्दा १४.५७ प्रतिशतले कम हो।

बैंकको नाफा घट्नुमा ब्याज आम्दानीमा आएको कमी र कर्जा ह्रास खर्चमा भएको वृद्धिको मुख्य भूमिका रहेको देखिन्छ।

बैंकको खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घट्दै ३९ अर्ब १ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्ष सोही अवधिमा ४१ अर्ब ४० करोड रुपैयाँ थियो। सञ्चालन नाफा पनि १०.८४ प्रतिशतले घट्दै २५ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कर्जा ह्रास खर्च ४१.४० प्रतिशतले बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च ३.४१ प्रतिशतले बढ्दै १४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

नाफामा गिरावट आउँदा पनि बैंकको निक्षेप र कर्जा प्रवाहमा वृद्धि भएको छ। असोज मसान्तसम्ममा बैंकको निक्षेप ६.१० प्रतिशतले बढ्दै ५ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १.९९ प्रतिशतले बढ्दै ४ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको जगेडा कोष १.६६ प्रतिशतले बढ्दै ३२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने सञ्चित नाफा १८.०६ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १२.६७ प्रतिशतमा पुगेको छ, जुन गत वर्षको १२.६४ प्रतिशतभन्दा केही सुधारिएको हो। फन्डको लागत २२.२२ प्रतिशतले घट्दै ४.१३ प्रतिशतमा सीमित भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) घटेर २५.९७ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ३०.४० रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १००.१४ रुपैयाँमा स्थिर छ। नियामक समायोजनपछि वितरणयोग्य नाफा १३.१३ प्रतिशतले बढ्दै ५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।

त्रैमासिक अन्त्यमा बैंकको सेयर मूल्य ५०९ रुपैयाँमा कारोबार भएको छ भने प्राइस–टू–अर्निङ अनुपात (P/E Ratio) १९.६ गुणा रहेको छ।

Read More

नयाँ वैकल्पिक शक्ति बनाउन बाबुरामको पहल: जनार्दनसहित रास्वपा र विवेकशील साझासँग छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्तिहरूबिच ध्रुवीकरणको प्रयासबारे छलफल भएको छ ।

विहिबार बिहान काठमाडौंको एक होटलमा जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन गर्न नयाँ वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताबीच गम्भीर छलफल जारी रहेको भट्टराईको सचिवालयले जनाएको छ ।

छलफलमा डा. भट्टराईसहित नेपाली कम्युनिष्ट पार्टीमा नगएका जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका कार्यावाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी दुर्गा सोब, मानुषी भट्टराई, विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालगायत उपस्थित रहेका छन् ।

Read More

एन्फाविरुद्ध सडकमा आए खेलाडी

काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ ।

विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।

उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् । धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए । 

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

Read More

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँग चेम्बर भवनमा भएको भेटवार्ताका क्रममा अध्यक्ष अग्रवालले नेपालले बंगलादेशबाट वार्षिक करिब ३० दशमलव ८८ मिलियन अमेरिकी डलरको सामान आयात गर्ने तर ३ दशमलव ३३ मिलियन अमेरिकी डलर मात्र निर्यात गर्ने अवस्थाले ठूलो व्यापार असन्तुलन देखाएको बताए ।

अध्यक्ष अग्रवालका अनुसार सिधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गको निर्भरताले गर्दा ढुवानी लागत बढ्नुका साथै व्यापारमा ढिलाइ र जटिलता आउने गरेको छ । उनले नेपाल र बंगलादेशबीच सिधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै पक्षले प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

अध्यक्ष अग्रवालले थपे-  ‘नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरू बंगलादेशमा राम्रो बजार पाउन सक्छन्, तर ती अवसर अझै पूर्ण रूपमा प्रयोग गर्न सकिएको छैन ।’ उनले (बीबीआईएन) बंगलादेश, भूटान, भारत र नेपालबीचको क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रुपमा उपयोग गर्न सकिने बताए । अध्यक्ष अग्रवालले दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य, व्यापारिक प्रदर्शनी, लगानी सम्मेलन र नीतिगत सहजीकरणमार्फत आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आग्रह गरे ।

चेम्बर पदाधिकारीहरुसंगको भेटवार्ताका क्रममा राजदूत रहमानले नेपालको निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको राजदूत रहमानले बताए । दुईदेशबीच सांस्कृति तथा शैक्षिक सम्वन्ध नागरिकको तहसम्मै उच्चस्तरीय रहेको रहमानले उल्लेख गरे ।

Read More

खेलाडीबाट एन्फा कार्यालय घेराउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका छन् ।

विहिबार नेपाल खेलाडी संघको आव्हानमा राष्ट्रिय फुटबल टिमका खेलाडीले एन्फाको सातदोबाटोस्थित कार्यालय घेराउ गरेका छन् ।

खेलाडीले गेटमा धर्ना दिएपछि एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडीलाई वार्ताको लागि बोलाएका छन् । तर प्रवक्ता शाहलाई खेलाडीहरुले एन्फाका पदाधिकारीलाई बोलाउन आग्रह गरेपछि अहिले पनि खेलाडीहरु एन्फाको गेटमा धर्ना जारी राखेका छन् ।

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

Read More

दिपक खड्काको खड्काल्यान्डलाई स्काउटको जग्गाको बहाल बक्यौता रकम तिर्न सात दिनको अल्टिमेटम

काठमाडौं ।  नेपाल स्काउटको लैनचौरस्थित जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । विहिबार सूचना जारी गदै नेपाल स्काउटले  खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको जनाएको छ । 

खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनि हो । खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा भएको सम्झौता सकिए पनि अदालतमा मुद्दा रहेका कारण खड्का ल्यान्डले सो जग्गा भोगचलन गरिरहेको छ ।  

सूचनामा भनिएको छ: 
काठमाडौँ महानगरपालिका साबिक वडा नं. २९ (हाल का.म.न.पा. वडा नं. २६) लैनचौरस्थित कित्ता नं. १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा यस नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.का बीचमा मिति २०६५ सालमा सम्झौता भई १० वर्षका लागि जग्गा भाडामा लिई उक्त कम्पनीले भोग चलन गर्दै आएको सन्दर्भमा मिति २०७५ सालदेखि सम्झौताको अवधि समाप्त भएको थियो । तर अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भई उजुरी परी सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०७६/०३/१८ को फैसलाको आधारमा उक्त जग्गा, खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएकोमा नेपाल स्काउटले जिल्ला अदालतको फैसला उपर पुनरावेदन गरी मिति २०७९ असार १३ गते श्री उच्च अदालत पाटनबाट फिराद खारेज हुनेगरी पुनरावेदक प्रतिवादीको नाममा जारी भएको मिति -२०७६ असार १८ गतेको सुरु काठमाडौँ जिल्ला अदालतको आदेश नमिलेकाले बदर भई प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्छ भनी अन्तिम फैसला भई सो उपर विपक्षीको पुनरावेदन नलाग्ने ठहर भएको थियो । समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्यान्ड डेभलपमेन्ट प्रा. लि. बीच भएको सम्झौताको बुँदा नं. ४ वमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९ ६२० (४) २६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको  समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो । नेपाल स्काउट ऐन, २०५० अनुसार स्थापना भएको नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । २०७५ सालमा सम्झौता सकिएपनि खड्काल्याण्डले अहिलेसम्म भोगचलन गरिरहेको छ ।

Read More

रवि लामिछाने र छविलाल जोशीको मुद्धाको सुनुवाईको आज

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्धाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सुनुवाइका लागि तुलसीपुर उच्च अदालत बुटवल इजलासमा न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासमा पेसी चढेको छ ।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले जोशीसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले उनीसँगै जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

Read More