२०८३ बैशाख १३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३०१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार बुधबार चाँदी लाको २९९० मा कारोबार भएको थियो ।

Read More

सुदन गुरुङको गृहमन्त्रीलाई प्रश्न- तपाइँ ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई ओली सरकारकै पारामा ढल्किएको आरोप लागाएका छन् । सामाजिक सञ्जालमा लेख्दै सुदनले निकोलस भुसाललाई पक्राउ गरेको विषयमा गृहमन्त्री अर्याललाई यस्तो आरोप लगाएका हुन् ।   

सुदनले निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? भन्दै निकोलस मात्र किन पक्राउ परे ? भन्ने प्रश्न गरेका छन् ।

उनले भनेका छन्: 
निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने  ओली सरकारकै पारामा ढल्किनु भएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ ।

Read More

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौँमा जनप्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज  काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने भएको नेपाल कम्युनिस्ट पार्टीले जानकारी दिएको छ ।

आज सुन्धाराबाट मध्याह्न १२ बजे प्रदर्शन सुरु गरेर भृकुटीमण्डपमा पुगी जनसभामा परिणत हुने पार्टीले जनाएको छ । जनसभालाई पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

Read More

असोज महिनामा मापसे गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु

काठमाडौँ । असोज महिनामा मादकपदार्थ सेवन गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार असोज महिनामा मादकपदार्थ सेवन गरेर कुल २०७ दुर्घटना भएको र त्यसमा १६ जनाको मृत्यु तथा ३५२ जना घाइते भएका छन् ।

जसमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १०८ दुर्घटना भएका छन् भने ६ जनाको मृत्यु र १९९ घाइते भएका छन् । त्यस्तै मादकपदार्थ सेवन गरेर त्यसपछि गण्डकीमा ६ दुर्घटना भएका छन् र ५ जनाको मृत्यु भएको छ । त्यस्तै सुदूरपश्चिममा ५ दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने उपत्यका, कोशी प्रदेश र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

Read More

दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको परिषदको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।

Read More

ईन्डोनसियामा मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक महिला फुटबल टिमको घोषणा

काठमाडौँ । ईन्डोनसियामा हुने ट्राईनेसन महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक १७ जनाको टिम घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा २७ खेलाडी बोलाएका हुन् ।

नेपाली महिला फुटबल टिममा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, हिरा कुमारी भुजेल, सजनी थोकर, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, पुर्णिमा राई,  प्रीति राई, सरु लिम्बु, दीपा शाही सबिता राना मगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा भण्डारी, बिर्सना चौधरी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, नेहा कुमारी चौधरी, लिला जोशी, सरस्वती हमाल, मन माया दमाई र अनिता लाम्जल रहेका छन् ।

नेपाली महिला फुटबल टिमले नोभेम्बर २६ मा इन्डोनेसियामा ट्राइनेसन मैत्रीपूर्ण खेल खेल्दैछ ।

Read More

भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी

काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज सुरु भएको छ । १८ जिल्लाका १२१ विधानसभा सिटका लागि बिहान ७ बजे मतदान सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

यस चरणमा १,१९२ पुरुष र १२२ महिलासहित कुल १,३१४ उम्मेदवारहरू चुनावमा उत्रिएका छन् । पहिलो चरणमा १०२ सिट सामान्य वर्गका लागि आरक्षित छन् भने १९ सिट अनुसूचित जातिका लागि आरक्षित छन् । यस चरणमा कुल ३ करोड ७५ लाख १३ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । यसमा १ करोड ९८ लाख ३५ हजार ३२५ पुरुष, १ करोड ७६ ​​लाख ७७ हजार २१९ महिला र ७५८ तेस्रो-लिङ्गी मतदाता समावेश छन् । 

बिहार बिधान सभामा २४३ सिट रहेका छन् ।  जसमा दोस्रो चरणमा १२२ सिटको निर्वाचन नोभेम्बर ११ मा हुने तालिका रहेको छ र नोभेम्बर १४ मा मतगणनाको तालिका रहेको छ । 

यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो ।

Read More

गुगलको छलाङ: अन्तरिक्षमा एआई डाटा सेन्टर निर्माणको योजना

काठमाडौँ । गुगलले विश्वका सबै प्राविधिक कम्पनीहरूलाई चकित पार्न सक्ने एउटा ठूलो परियोजना सुरु गर्न लागेको छ । गुगलले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डाटा सेन्टर बनाउने योजना बनाएको विषय बाहिर आएको छ ।

यी डाटा सेन्टरहरू पृथ्वीको तल्लो कक्षामा उपग्रहको रूपमा उड्नेछन् । यी उपग्रहहरू गुगलको एआई चिप्सले सुसज्जित हुनेछन् । यो परियोजनालाई ‘प्रोजेक्ट सनक्याचर’ नाम दिइएको छ, जसको अर्थ ‘सूर्यको प्रकाश कब्जा गर्ने’ हो । गुगल अन्तरिक्षमा उपग्रहहरूको एक तारामण्डल निर्माण गर्न चाहन्छ । यी उपग्रहहरूले सूर्यको प्रकाशबाट बिजुली उत्पादन गर्नेछन् । तिनीहरू गुगलको टेन्सर प्रशोधन एकाइहरूले सुसज्जित हुनेछन्, जसले एआईको लागि काम गर्नेछ । उपग्रहहरू आपसमा जोडिनेछन् र आवश्यक परेमा, पृथ्वीमा पनि जडान गर्न सक्षम हुनेछन् । यसले अन्तरिक्षमा एक प्रकारको एआई डाटा सेन्टर सिर्जना गर्नेछ ।

द भर्जको रिपोर्ट अनुसार, गुगलले उपग्रह निर्माता प्लानेट ल्याब्स नामक कम्पनीसँग सहकार्य गरिरहेको छ । सँगै, उनीहरूले २०२७ को सुरुमा अन्तरिक्षमा दुई प्रोटोटाइप उपग्रहहरू पठाउनेछन् । यिनीहरूले हार्डवेयर परीक्षण गर्नेछन् र अन्तरिक्षमा कसरी काम गर्छन् भनेर अवलोकन गर्नेछन् । अन्तरिक्षमा सूर्यको प्रकाश बलियो हुन्छ । सही कक्षामा, सौर्य प्यानलहरूले पृथ्वीको भन्दा आठ गुणा बढी बिजुली उत्पादन गर्न सक्छन् । सूर्य लगभग निरन्तर चम्किन्छ, जसले ब्याट्रीको आवश्यकतालाई कम गर्छ । पृथ्वीमा, रात पर्छ र बादल देखा पर्छ । अन्तरिक्षमा, यो मामला हुदैन; बिजुली निरन्तर उपलब्ध हुन्छ ।

पृथ्वीमा, एआईको लागि कम्प्युटिङ पावरको आवश्यकता द्रुत गतिमा बढ्दैछ । आगामी पाँच वर्षमा, एआई डाटा सेन्टरहरूको क्षमता पाँच गुणा बढाउनु पर्नेछ । मानिसहरूले एआईको प्रयोग बढाउँदैछन् । च्याटबटहरू, छवि सिर्जना उपकरणहरू र भिडियो सम्पादनलाई एआई चाहिन्छ । यसले डेटा सेन्टरहरूको आवश्यकता बढाएको छ ।

एआई डाटा सेन्टरहरूले धेरै पावर खपत गर्छन् । सर्भरहरूले डेटा प्रशोधन गर्छन् र तिनीहरूको ६० प्रतिशत पावर खपत गर्छन् । भण्डारण प्रणालीहरूले ब्याकअपको लागि ५ प्रतिशत प्रयोग गर्छन् । स्विच र राउटरहरू जस्ता नेटवर्किङ उपकरणहरूले पनि तिनीहरूको ५ प्रतिशत पावर खपत गर्छन् । शीतलन प्रणालीहरूले शीतलन कायम राख्न तिनीहरूको ७ देखि ३० प्रतिशत पावर खपत गर्छन् । यो ध्यान दिन लायक छ कि एआईको आगमनले बिजुली खपत बढाउनेछ भन्ने कुरामा निरन्तर छलफल भइरहेको छ, जुन एक प्रमुख समस्या बन्न सक्छ । तर गुगलको यो योजनाले पृथ्वीका बासिन्दाहरूलाई बिजुलीको अभावबाट बचाउन सक्ने विश्लेषण गरिएको छ ।

पृथ्वीमा बिजुलीको अभाव हुँदै गइरहेको छ। डाटा सेन्टर बनाउन ठाउँ, पानी र बिजुली चाहिन्छ। ठाउँ सूर्यको प्रकाशले भरिपूर्ण छ। गुगलले सूर्य सौर्यमण्डलको सबैभन्दा ठूलो ऊर्जा स्रोत हो भनी बताउँछ, जसले मानिसले प्रयोग गर्ने कुल बिजुलीभन्दा १०० ट्रिलियन गुणा बढी बिजुली उत्पादन गर्छ ।

Read More

को हुन् ट्रम्पलाई चुनौती दिने ममदानी ?

काठमाडौँ । ३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेर नयाँ इतिहास बनाएका छन् ।

ममदानीले भेट्रान राजनीतिज्ञ एवं पुर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेका छन् । डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेर कुओमो स्वतन्त्र उम्मेदवारको रूपमा उत्रिएका थिए । कुओमोलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन प्राप्त थियो ।  

त्यस्तै कर्टिस स्लिवा रिपब्लिकन उम्मेदवार थिए, जो यस निर्वाचनमा तेस्रो भए । अब उनले जनवरी १ मा शपथ लिएर आफ्नो कार्यकाल शुरु गर्ने छन् ।  

आफ्नो विजयी भाषणमा उनले न्युयोर्क शहरलाई आफ्नो नयाँ भिजनले अगाडी बढाउने र चुनावी अभियानमा बाचा गरे अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो भाषणमा उनले राष्ट्रपति ट्रम्पलाई पनि निशाना बनाए । उनले राष्ट्रपति ट्रम्पको राजनीतिलाई अस्वीकार गर्दै ‘परिवर्तनको पुस्ताको सुरुवात’ गर्ने वाचा गरे । चुनावको क्रममा ममदानीले गरेका नि:शुल्क बस सेवा, विश्वव्यापी बाल हेरचाह र बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने लगायत आफ्ना सबै अभियान प्रतिज्ञाहरू पूरा गर्ने वाचा जितपछि दोहोराएका छन् ।    

ममदानीले कुनै तानाशाहलाई डराउने कुनै तरिका छ भने, त्यो उसलाई शक्ति जम्मा गर्न अनुमति दिने अवस्थालाई भत्काएर हो भन्दै ट्रम्पको आलोचना गरेका थिए । उनले ट्रम्पको आप्रवासन नीतिको आलोचना गर्दै अब न्यूयोर्क अप्रवासीले चलाउने घोषणा गरे । उनले आफु मुसलमान भएको र सोसल डेमोक्रेट भएको भन्दै ममदानीले ट्रम्पलाई आफूसम्म पुग्न अब सबैलाई पार गरेर आउनुपर्ने बताए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावअघि मतदाताहरूलाई जोहरान ममदानीलाई मतदान नगर्न अपील गरेका थिए । ट्रम्पले यदि ममदानी मेयर बने भने, उनलाई न्यूयोर्कलाई कोष दिन रोक्ने चेतावनी समेत दिएका थिए । 

को हुन् ममदानी ?

जोहरान क्वामे ममदानीको जन्म १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो । ममदानीका बुबाले उनलाई बीचको नाम क्वामे दिएका थिए, जुन क्वामे क्रान्तिकारी र घानाका पहिलो प्रधानमन्त्री क्वामे नक्रुमाहको नामबाट राखिएको थियो । ममदानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन् । उनले आफ्नो प्रारम्भिक वर्षहरू कम्पालामा बिताए र त्यसपछि पाँच वर्षको उमेरमा दक्षिण अफ्रिका सरे । ममदानीका भारतीय मूलका बुबा, महमूद ममदानी, केप टाउन विश्वविद्यालयमा प्राध्यापक थिए । उनले आफ्नो प्रारम्भिक शिक्षा दक्षिण अफ्रिकाको सबैभन्दा पुरानो विद्यालय सेन्ट जर्जको व्याकरण स्कूलबाट प्राप्त गरे, जुन १८४८ मा केप टाउनमा स्थापित भएको थियो । उनी सात वर्षको उमेरमा न्यूयोर्क सरे । उनले ब्रोंक्स हाई स्कूल अफ साइन्समा पढे । २०१४ मा, उनले बोडेन कलेजबाट अफ्रिकी अध्ययनमा कलामा स्नातक गरे । केही वर्ष पछि, २०१८ मा, ममदानी अमेरिकी नागरिक बने ।

सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि जोहरान ममदानीले सामाजिक कार्यकर्ताको रूपमा काम गरे । राजनीतिमा प्रवेश गर्नुअघि, जोहरान ममदानीले न्यूयोर्कको क्वीन्समा फोरक्लोजर सल्लाहकारको रूपमा काम गरे । ममदानीले आर्थिक कठिनाइका कारण घर गुमाउने अवस्थामा पुगेका कम आय भएका परिवारहरूलाई सहयोग गरे । यो कामको क्रममा, उनले सहयोग गरिरहेका परिवारहरूको समस्या आर्थिक मात्र नभई नीतिसँग सम्बन्धित पनि रहेको महसुस गरे । यो अनुभवले उनलाई सामान्य मानिसहरूलाई असर गर्ने नीतिहरू परिवर्तन गर्न सक्रिय राजनीतिज्ञ बन्न प्रेरित गर्‍यो ।

त्यसपछि उनले २०२० मा आफ्नो पहिलो चुनावमा भाग लिए । उनले डेमोक्रेटिक सोसलिस्ट पार्टीको टिकटमा न्यूयोर्क एसेम्बलीको ३६औं जिल्ला (एस्टोरिया, क्वीन्स) को लागि भाग लिए । जोहरान ममदानीले आफ्नो पहिलो प्रयास जिते, न्यूयोर्क राज्य सभामा पहिलो दक्षिण एसियाली र पहिलो समाजवादी प्रतिनिधि बने । अब, डेमोक्र्याट ममदानीले न्यूयोर्क मेयरल प्राइमरीमा पूर्व गभर्नरलाई पराजित गरेर सबैलाई चकित पारेका थिए । पूर्व गभर्नर कुओमो, ६७, यौन उत्पीडन काण्डको बीचमा २०२१ मा पदबाट राजीनामा दिएपछि राजनीतिक पुनरागमनको प्रयास गरिरहेका थिए ।प्राइमरीमा जितपछि ममदानीले भनेका थिए- ‘आज राती हामीले इतिहास रच्यौं। नेल्सन मण्डेलाले भनेझैं, यो पूरा नभएसम्म यो सधैं असम्भव देखिन्छ। मेरा साथीहरू, हामीले यो गर्यौं । म डेमोक्र्याटिक उम्मेदवारको रूपमा न्यूयोर्क शहरको मेयर हुनेछु ।’

न्यूयोर्कमा ममदानीको उदयलाई अमेरिकामा युवा डेमोक्रेटको उदय भएको रुपमा हेरिएको छ ।

Read More

बजेट पारित नहुदा अमेरिकामा अस्तव्यस्त, जीडीपीमा गिरावट आउने प्रक्षेपण

काठमाडौँ । अक्टोबर १ मा सुरु भएको अमेरिकी सरकारी बन्दको आज ३७औं दिन भएको छ । यो अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द हो । यसअघि २०१८ मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा ३५ दिनसम्म सरकारी काम रोकिएको थियो ।

बन्दले ४ करोड २० लाख अमेरिकीहरूको लागि फूड स्ट्याम्प सहायता रोकेको छ । अमेरिकी कृषि विभागसँग यस कार्यक्रमको लागि केवल ५ अर्ब डलरको आरक्षित कोष छ, जबकि नोभेम्बरसम्म फूड स्ट्याम्पहरू जारी राख्न ९.२ अर्ब डलर आवश्यक पर्ने बताइएको छ ।

वाशिंगटनस्थित द्विपक्षीय नीति केन्द्रका अनुसार, अहिलेसम्म ६ लाख ७० हजार सरकारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जबकि ७ लाख ३० हजार जना तलब बिना काम गरिरहेका छन् । फलस्वरूप, लगभग १४ लाख मानिसहरू ऋणमा बाँचिरहेका छन् । स्वास्थ्य सेवा कार्यक्रम अनुदान बढाउन ट्रम्पको अनिच्छाले अमेरिकी संसदको माथिल्लो सदन

सिनेटमा कोष विधेयक पारित हुनबाट रोकिरहेको छ । यस विधेयकमा अहिलेसम्म १४ पटक मतदान भइसकेको छ, तर प्रत्येक पटक बहुमतको लागि आवश्यक ६० मत पाउन असफल भएको छ ।

खाद्य आपूर्ति कार्यक्रम निलम्बन गरेपछि, न्यूयोर्क, क्यालिफोर्निया र म्यासाचुसेट्स सहित २५ राज्यहरूले यस निर्णयलाई लिएर ट्रम्प प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन् । यी राज्यहरूले लाखौंलाई खाद्य आपूर्ति कटौती गर्नु गैरकानूनी भएको तर्क गर्छन् ।

यसैबीच, बन्दले अर्थतन्त्रमा उल्लेखनीय क्षति पुर्‍याइरहेको छ । कंग्रेसनल बजेट अफिसका अनुसार, पहिले नै ११ अर्ब डलरको घाटा भइसकेको छ । यदि बन्द चाँडै समाप्त भएन भने, चौथो त्रैमासिकमा देशको जीडीपी एक देखि २ सम्म घट्न सक्ने बताइएको छ । बजेट अफिसका अनुसार, बिदामा रहेका कर्मचारीहरूले हरेक दिन लगभग ४०० मिलियन डलर तलब गुमाइरहेका छन् । बजेट अफिसका निर्देशक फिलिप स्वागेलले बन्दले सरकारी खर्चमा ढिलाइ गरिरहेको छ र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ र यो प्रभाव केही हदसम्म कम हुनेछ, तर पूर्ण रूपमा भने हुदैन ।

अमेरिकामा सरकारी बन्दले हवाई यातायातमा गम्भीर असर परेको छ। देशभरका धेरै विमानस्थलहरूमा उडानहरू ढिलाइ वा रद्द भइरहेका छन् । यातायात विभागले ११ हजार हवाई ट्राफिक नियन्त्रकहरूले आफ्नो तलब नपाएको र यदि यो अवस्था जारी रह्यो भने हवाई ट्राफिकमा गम्भीर असर पर्ने चेतावनी दिएको छ । संघीय उड्डयन प्रशासनका अनुसार, हवाई ट्राफिक नियन्त्रकहरू उल्लेखनीय तनाव र थकानबाट ग्रस्त छन्, जसले गर्दा धेरै संख्यामा कर्मचारीहरू ड्युटीमा रिपोर्टिङ गरिरहेका छैनन् । रिपोर्ट अनुसार, अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म, संयुक्त राज्य अमेरिकामा १६ हजार ७०० भन्दा बढी उडानहरू ढिलाइ भए र २ हजार २८२ उडानहरू रद्द भएका छन् ।

त्यस्तै देशका ३० प्रमुख विमानस्थलहरू मध्ये आधाले गम्भीर कर्मचारी अभावको सामना गरिरहेका छन् । न्यूयोर्क-क्षेत्रका विमानस्थलहरू ८० प्रतिशतमा झरेका छन् । हवाई ट्राफिक नियन्त्रकहरूलाई आपतकालीन सेवाहरूको रूपमा सूचीबद्ध गरिएको छ, त्यसैले तिनीहरू काममा रिपोर्ट गरिरहेका छन्, तर तिनीहरूले अक्टोबर १ देखि आफ्नो तलब पाएका छैनन् ।

अमेरिकाका दुई प्रमुख दलहरू, डेमोक्र्याट र रिपब्लिकनहरू, ओबामा स्वास्थ्य सेवा अनुदान कार्यक्रममा असहमत छन्। डेमोक्र्याटहरू स्वास्थ्य सेवा अनुदान बढाउन चाहन्छन् । रिपब्लिकनहरूलाई अनुदान बढाउँदा सरकारी खर्चको लागि थप पैसा चाहिन्छ, जसले अन्य सरकारी कार्यहरूमा असर गर्ने बताएका छन् ।

अमेरिकी कांग्रेसमा फिलिबस्टर हाल लागू छ । यसले सांसदहरूलाई जानाजानी विधेयकमा बहस लम्ब्याउन, मतदान ढिलाइ गर्न वा रोक्न अनुमति दिन्छ । अमेरिकी सिनेटमा, कुनै पनि प्रस्तावमा बहस समाप्त गर्न र मतदान गर्न बाध्य पार्न क्लोचर भनिने प्रक्रिया प्रयोग गरिन्छ । यसका लागि १०० मध्ये कम्तिमा ६० सिनेटरहरूको समर्थन आवश्यक पर्दछ । यही कारणले ट्रम्पको कोष विधेयक रोकिएको छ । जतिसुकै महत्त्वपूर्ण मुद्दा भए पनि, विपक्षीहरूले कानून पारित हुनबाट रोक्न यो नियम प्रयोग गर्छन् ।

Read More