२०८३ बैशाख १३

माधव नेपाललाई रामकुमारी झाँक्रीको कडा प्रहार: लोकले के भन्ला भन्ने पनि लागेन?

काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई सम्बोधन गर्दै आफुलाई गरेको कारवाही प्रति कटाक्ष गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरेको अर्थहीन कारवाहीप्रति कटाक्ष गरेकी हुन् । उनले यस्तो कारवाही गर्दा लोकले के भन्ला भन्ने पनि लागेन भन्दै यस्तो कारवाहीको केहि अर्थ नभएको बताएकी छन् ।

उनले नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिदै आफुले सधै अभिभावकको रुपमा सम्झिने उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्:
प्रिय कमरेड माधव नेपाल
अभिवादन ! आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र? तपाई सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने ज़िम्मेदारीमा बसेर काम गर्नु भयो। यो अन्तिम घटनाले तपाईको ईतिहासलाई फेरी बल्झायो । विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए । जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको ब्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पशलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि । बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र शुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधै सम्झने छु ।

Read More

विप्लव निवासमा राजनीतिक चहलपहल: जनार्दन र घनश्याम नयाँ समीकरणको खोजीमा

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई भेट्न तत्कालिन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र तत्कालिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल हरिसिद्दीस्थित निवास पुगेका छन् ।

शुक्रबार बिहान जनार्दन र घनश्याम विप्लवसँग नयाँ राजनीतिक बाटोका लागि छलफल गर्न जुटेका हुन् । माओवादी केन्द्र एकीकृत समाजवादीसहितका १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टीमा नगएका दुवै जना हाल पार्टी विहिन अवस्थामा छन् । यद्यपी जनार्दन शर्माले प्रगतिशील अभियानको घोषणा गरेका छन् भने घनश्यामले पार्टी पुनर्गठन गर्ने भन्दै मङ्सिरको पहिलो साता भेला गर्ने बताएका छन् ।

त्यस्तै विप्लव नेतृत्वको एक हिस्सा पनि फुटेर नेपाली कम्युनिष्ट पार्टीमा मिस्सिएको छ ।

Read More

हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । ‘हङकङ क्रिकेट सिक्सेस’ अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए । 

अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

Read More

हात्तीवनमा दुई लाल नेताको गोप्य बैठक: प्रचण्ड-खनालबीच के भयो समझदारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् ।

प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल चलिरहेको स्रोतले बतायो । उनीहरूबिच विकसित घटनाक्रम र पार्टी गतिविधिबारे छलफल भइरहेको बताइएको छ ।

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै आएका खनाल अन्तिम समयमा आएर नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा मिसिएका थिए । पार्टीमा उनले प्रचण्ड र माधव नेपालपछिको तेस्रो वरीयता पाउने निश्चित भएको बताइएको छ ।

Read More

एमालेको आन्दोलन मोड: संसद् पुनःस्थापनाका लागि हस्ताक्षर संकलन सुरु, सडकमा जाने तयारी

काठमाडौं । नेकपा (एमाले) प्रतिनिधिसभा पूनःस्थापना गर्नको लागि सडक संघर्षमा उत्रिने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पदाधिकारीका अधिकांश नेताले संसद् विघटन असंवैधानिक भन्दै पूनःस्थापनाको लागि सडकमा उत्रिन नेता तथा कार्यकर्तालाई तयार पारेका छन् । सरकार २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावको तयारीमा जुटेको छ ।

तर, एमाले नेतृत्वले भने नजर अदालततर्फ डुलाएको छ । आजबाट एमालेले विघटिन प्रतिनिधिसभाका आफ्ना सांसदहरुको हस्ताक्षर संकलन थालेको छ । यसको अगुवाई महेश बर्तौला र सुनिता बरालले गरेको चर्चा छ। अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पनि अहिले संसद् पूनःस्थापनाको लागि निर्णायक आन्दोलन गरिने भन्दै त्यसमा कार्यकर्ताको असली परीक्षा हुने बताएका छन् ।

माओवादी केन्द्रसहितका अन्य दल चुनावी तयारीका साथ होमिएको बेलामा एमाले भने प्रतिनिधिसभा पूनःस्थापनाको लागि मुद्दा लिएर अदालत जानेगरि जुटेको छ । ओलीले यसअघि सभामुख देवराज घिमिरेलाई नै यो मुद्दा लिएर अदालत जान दबाव दिएको चर्चा छ । योबीचमा सभामुख घिमिरेले पनि दलका नेताहरुसँग छलफल गरेका थिए ।

तर, अहिलेसम्म उनी संसद् पूनःस्थापनाको लागि जानेगरि अघि बढेको बुझिएको छैन । एमाले नेतृत्वले नेपाली कांग्रेसपनि संसद् पूनःस्थापनाको पक्षमा उभिनेमा ढुक्क छ । कांग्रेस सभापति शेरबहादुर देउवा यतिवेला पत्नी आरजु राणासहित उपचारको लागि सिंगापुरमा छन् ।

यता, नेपालि कांग्रेसको केन्द्रीय समितिको बैठक भने १५औं महाधिवेशन २१ फागुनअघि कि पछि भन्नेमा अल्झिएको छ ।

Read More

हङकङ क्रिकेट सिक्सेस: अफगानिस्तानले नेपाललाई दियो ११३ रनको लक्ष्य

काठमाडौँ । ‘हङकङ क्रिकेट सिक्सेस’ अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको हो ।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए ।

यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए ।

Read More

ममदानीको जितपछि न्यूयोर्कका अर्बपतिहरु तनावमा, कति शक्तिशाली हुन्छ मेयर ?

काठमाडौँ । न्यूयोर्कको मेयरको चुनावमा ३४ बर्षिय युवा जोहरान ममदानीको विजयले शहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ । जेएल पार्टनर्सले गरेको सर्वेक्षण अनुसार, ९ प्रतिशत न्यूयोर्कवासी, वा लगभग ७ लाख ६५ हजार मानिसहरूले शहर छोड्न सक्ने नतिजा देखाएको छ ।

यो मुख्यतया धनीहरूमा थप कर लगाउने ममदानीको नीतिको कारणले हो । उनले चुनाव अघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब डलर उठाउने बाचा गरेका छन् ।

यसैबीच, टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबटले चुनाव अघि ममदानीको विजय पछि न्यूयोर्कका मानिसहरू टेक्सास सरेमा उनीहरूमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।

मेयरको चुनावमा जोहरान ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गरेपछि अमेरिकामा नयाँ राजनीतिक व्यक्तिको उदय भएको विश्लेषण गरिएको छ । ममदानी पछिल्लो १०० वर्षमा न्यूयोर्कका सबैभन्दा कान्छा, पहिलो भारतीय-अमेरिकी र पहिलो मुस्लिम मेयर हुनेछन् ।

सर्वेक्षणले ममदानीको विजय पछि लगभग २५ प्रतिशत वा लगभग २१ लाख मानिसहरूले शहर छोड्ने विचार गर्न सक्ने देखाएको छ । यदि यो तथ्याङ्क सत्य साबित भयो भने, यो अमेरिकी इतिहासको सबैभन्दा ठूलो शहरी बसाइँसराइ हुनेछ । न्यूयोर्कको कुल जनसंख्या लगभग ८४ लाख छ । 

न्युयोर्कमा सबैभन्दा ठूलो पलायन स्टेटन आइल्याण्डबाट हुनेछ, जहाँ २१ प्रतिशत बासिन्दाहरू तुरुन्तै छोड्न तयार रहेको अध्ययनमा देखिएको छ । 

अर्कोतर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु योर्कवासीहरूले ममदानीलाई चुनेमा शहरलाई दिइने कोष कटौती गर्ने धम्की पनि दिएका थिए । उनले ममदानीलाई  ‘कम्युनिस्ट’ बताउदै आएका छन् । ममदानीको विजयपछि ट्रम्पले उनी आफूप्रति निकै कडा रुपमा प्रस्तुत भएको र आफुले न्युयोर्कको विषयमा के गर्ने भनेर विचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।     

त्यस्तै ममदानीले आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ भन्छन्, जसको अर्थ उनी निगमहरू भन्दा साधारण मानिसहरूलाई फाइदा पुर्‍याउने नीतिहरूको पक्षमा छन् । ममदानी डेमोक्र्याटिक पार्टीको वामपन्थी गुटका हुन् । यो गुटले ठूला निगमहरू, अर्बपतिहरू र डेमोक्र्याटिक पार्टीको परम्परागत नीतिहरूको विरोध गर्दछ ।

न्यूयोर्क शहरलाई अमेरिकाको मुटुको रूपमा चिनिन्छ। यहाँ मेयर हुनु भनेको केवल शहरको नेतृत्व गर्नु मात्र होइन, तर अमेरिकाको सबैभन्दा प्रभावशाली राजनीतिक पदहरू मध्ये एक ओगट्नु पनि हो । यसैकारण चुनावलाई नजिकबाट हेरिएको थियो।

न्यूयोर्कको वार्षिक जीडीपी लगभग २.३ ट्रिलियन डलर छ । यसको अर्थ न्यूयोर्क शहरले मात्र भारतको जीडीपीको आधा भन्दा बढी ओगटेको छ । न्यू योर्कका मेयरले शहरको प्रशासन, प्रहरी, यातायात, आवास, शिक्षा र स्वास्थ्य प्रणाली नियन्त्रण गर्छन् । न्यूयोर्क शहरको आफ्नै बजेट १०० बिलियन डलर भन्दा बढी र नियम र नियमहरू छन् । करको पैसा कहाँ खर्च गर्ने, कुन नीतिहरू लागू गर्ने र शहर कुन दिशामा सर्ने भन्ने निर्णय मेयरले गर्छन् । यो मूलतः एक मिनी-प्रधानमन्त्रीको जस्तै भूमिका हो ।

न्यूयोर्क शहर संयुक्त राज्य अमेरिकाको वित्तीय राजधानीको रूपमा चिनिन्छ । यो वाल स्ट्रिट, विश्वका मिडिया कम्पनीहरू र संयुक्त राष्ट्र संघको मुख्यालय भएको शहर हो । त्यसकारण, मेयरको निर्णयले शहरलाई मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि प्रभाव पार्छ ।

Read More

गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली

काठमाडौँ । हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् । यो क्षेत्र हाल बारम्बार रूसी ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । खेरसन पुगेर जोलीले बाल अस्पताल र प्रसूति वार्डमा बिरामीहरूलाई भेटेकी छन् ।

सोक्रममा एन्जेलिना जोलीले युक्रेनी बुलेटप्रुफ भेस्ट र हेलमेट लगाएर अस्पतालमा बिरामीहरू र स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गरिरहेको सार्बजनिक तस्बीरमा देखिएको छ । एउटा तस्बिरमा, उनी एक युक्रेनी सिपाहीसँग पनि देखिएकी थिइन्, जसको पहिचान सुरक्षा कारणले गोप्य राखिएको थियो ।

युक्रेनी मिडिया रिपोर्टहरूका अनुसार, जोली स्थानीय अंगरक्षकहरूसँग थिइन् । उनको एक अंगरक्षकलाई युक्रेनी सेनाले जबरजस्ती भर्ती गरेको दाबी गरिएको छ, त्यसपछि जोली व्यक्तिगत रूपमा भर्ती कार्यालय गइन् र उनको रिहाइ सुनिश्चित गरेकी थिइन् ।

खेरसनलाई २०२२ मा रूसले छोटो समयको लागि कब्जा गरेको थियो । शहर अझै पनि दैनिक गोलाबारी र ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । यद्यपि, एन्जेलिना जोली वा युक्रेनी सरकारले आधिकारिक रूपमा यो भ्रमणको पुष्टि गरेको छैन ।

जोलीले २०१२ देखि २०२२ सम्म संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको विशेष दूतको रूपमा काम गरेकी थिइन् । रुस-युक्रेन युद्ध सुरु भएको केही महिनापछि उनले ल्भिभमा शरणार्थीहरूसँग पनि भेट गरेकी थिइन् ।

Read More

जापानमा भालु मार्न सेना परिचालन

काठमाडौँ । जापानमा भालुहरूलाई पक्राउ गर्न धेरै क्षेत्रहरूमा आत्मरक्षा बल (एसडीएफ) सेना तैनाथ गरेको छ । भालु विभागका अधिकारीहरूले पहाडी क्षेत्रहरूमा भालुहरू बढ्दो रूपमा खतरनाक हुँदै गइरहेको बताएका छन् ।

अप्रिलदेखि, देशभर अहिलेसम्म १०० भन्दा बढी भालु आक्रमण भएका छन्, जसको परिणामस्वरूप १२ जनाको मृत्यु भएको छ । धेरैजसो मृत्यु अकिता प्रिफेक्चर र छिमेकी शहर इवातेमा भएको छ । यस वर्ष अकितामा भालु देखिने संख्या छ गुणा बढेर ८ हजारभन्दा बढी पुगेको बताइएको छ ।

परिस्थिति बढ्दै जाँदा, प्रिफेक्चरल गभर्नरले सैन्य सहयोगको लागि अनुरोध गरेका छन् । बुधबार, एसडीएफ सेनाहरू काजुनो शहरमा आइपुगे, जहाँ उनीहरूले भालुहरूलाई पासोमा पार्न स्टील पासोहरू स्थापना गर्न स्थानीय अधिकारीहरूलाई सहयोग गरिरहेका छन् ।

प्रशिक्षित भालु शिकारीहरूलाई भालुहरू मार्न खटाइएको छ । भालुहरूलाई नजिक आउनबाट रोक्न, अधिकारीहरूले बासिन्दाहरूलाई ठूलो आवाजबाट बचाउन घरबाहिर घण्टी झुण्ड्याउन सल्लाह दिएका छन् । भालुको आक्रमणको डरले धेरै विद्यालयहरू समेत बन्द छन् । काजुनो शहरका ३० हजार बासिन्दाहरूलाई जंगलबाट टाढा रहन, रातमा घरबाट बाहिर ननिस्कन र ठूलो आवाजमा भालुहरूलाई तर्साउन घण्टी बजाउन सल्लाह दिइँदैछ । स्थानीय बासिन्दाहरूले मिडियामा भनेका छन्-  ‘पहिले भालुहरू शहरहरूमा आउनबाट जोगिन्थे, तर अब तिनीहरू मानिसहरूतिर आउँछन् । तिनीहरू धेरै डरलाग्दा भएका छन् । तिनीहरू डरलाग्दा छन् ।’

मेयर शिन्जी सासामोतोले डरका कारण मानिसहरू बाहिर निस्कन छोडेका छन् र धेरै कार्यक्रमहरू स्थगित गरिएको बताएका छन् । सेनाले नोभेम्बरको अन्त्यसम्म काजुनो, साथै ओडाटे र किताकिता शहरहरूमा सहयोग प्रदान गर्ने बताएको छ । भालुले सुपरमार्केटदेखि नजिकैका रिसोर्टहरू, बस स्टपहरू र स्कूल क्याम्पसहरू सम्म आक्रमण गरेका छन् । केही विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

वातावरण मन्त्रालयका अनुसार, जलवायु परिवर्तनका कारण वन क्षेत्र घट्दै गएको छ । भालुहरूले बाँकी जंगलहरूमा पनि पर्याप्त खाना पाउन सकेका छैनन्, त्यसैले तिनीहरू खानाको खोजीमा बढ्दो रूपमा जनसंख्या भएका क्षेत्रहरूमा सर्दैछन् । अक्टोबर र नोभेम्बरमा आक्रमणहरू सामान्यतया बढ्छन्, जब भालुहरूले शीतनिद्रा अघि सबैभन्दा बढी खाना बटुल्छन् । प्रतिक्रियामा, भालु मार्ने नियमहरू खुकुलो पारिएको छ ।  जापान दुई भालु प्रजातिहरूको घर हो । एसियाली कालो भालु र होक्काइडो भालु । कालो भालुको तौल १३० किलोग्रामसम्म हुन्छ र होक्काइडो भालुको तौल ४०० किलोग्रामसम्म हुन्छ ।

जापानले जंगली जनावरहरूलाई नियन्त्रण गर्न सैनिकहरू तैनाथ गरेको यो पहिलो पटक होइन । पहिले, मृग र सिलहरू नियन्त्रण गर्न सेना प्रयोग गरिएको थियो । लगभग एक दशक अघि, सेनाले जंगली मृगको शिकार रोक्न हवाई निगरानी गरेको थियो र १९६० को दशकमा, माछा मार्ने उद्देश्यका लागि समुद्री सिंहहरू मारिएका थिए ।

Read More

शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

शंकर पोखरेल
१६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें।

पढाइकै क्रममा घर फर्किएको बेला अनेरास्ववियुले नेपालको इतिहास मै पहिलोपटक नेपाल बन्दको आयोजना गरेको थियो। त्यसमा सहभागी हुँदा घोराहीमा गिरफ्तार भएँ। पहिलोपटक प्रहरीको बलप्रयोग र यातनाको सामना गर्नुपर्‍यो — सो क्रममा मेरो बाँया हात भाँचियो। उपचारको अवसर समेत नपाई तुल्सीपुर कारागारमा पठाइएँ। करिब पाँच महिना जेल जीवन बिताउँदा विज्ञान अध्ययन रोकियो। त्यसपछि प्राइवेट परीक्षार्थीका रूपमा आईकम परीक्षा दिएँ र पास गरेँ। वि.कम अध्ययन भने बनारसको बि.एच.यु अन्तर्गत क्याम्पसमा नियमित विद्यार्थी भएर पूरा गरें।

पाँच वर्षको बनारस बसाइपछि उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएँ। एम.बि.ए विद्यार्थीका रूपमा पढाइ र राजनीतिको नयाँ अध्याय सुरु भयो। कक्षा १० देखि नै राजनीति र अध्ययनलाई सँगसँगै अघि बढाउँदै आएँ। राजनीतिक सकृयता हुँदाहुँदै पनि पढाईमा अवरोध आएन । जसको कारणले उक्त समयमा कम उमेरमै उच्च शिक्षा हासिल गर्ने सौभाग्य प्राप्त भयो । २०३७ सालमा शिक्षाका लागि सुरु भएको डेरावास २०६० सालसम्म निरन्तर रह्यो । डेराको बसाइ र घरबेटीसँगका सम्बन्धका मीठा–तीता अनुभव मैले पनि अरू डेरावालहरुले झैं गरेको छु । आज ती सन्दर्भको संझना गर्दा रमाईलो अनुभूती हुन्छ ।

अमेरिकामा डि.भि. परेर जानुभएकी सुजिताकी दिदीले किन्नुभएको चार आनाको घडेरी बैनीलाई दिनुभयो। पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाउनुभएको रकमले त्यहीँ घर बनायौं । जेन्जी आन्दोलनसम्म काठमाण्डौको आफ्नै घरमा बसिरहेका थियौं । दाङको विजौरीस्थित पैतृक सम्पत्तिको अंशवण्डापछि प्राप्त नगद र जग्गा बिक्रीबाट आएको रकमले त्यहाँ पनि घर बनाएका थियौं । त्यो घर नयाँ प्रविधि आधारित इको प्यानलको थियो । तराई क्षेत्रका लागि लु र सितलहरमा उपयोगी हुने प्रविधिलाई प्रयोग गरी उक्त घर बनाएका थियौं । तर २४ गतेको लुटपाट र आगजनीमा दुबै घर पूर्ण रूपमा क्षतिग्रस्त भए । हामी दुबैजना (सुजिता र मेरो) ५०- ५५ वर्षको शैक्षिक, राजनीतिक र सामाजिक जीवनसँग जोडिएका सम्पूर्ण कागजात, सामग्री र सम्झनाहरू खरानी बने । दुई छोरीहरुले प्रयोग गरेका लत्ताकपडा सहितका अध्ययन सामग्रीहरु जलेर नष्ट भए । २४ गतेको विध्वंसात्मक घटनामा, घरविहीन भएपछि झण्डै अढाई महिनासम्म साथीहरूको आतिथ्यतामा बसियो । हिजोदेखि एउटा फ्ल्याटमा भाडाको बसाई सुरु भएको छ । यसबीचमा न्यानो साथ र सहयोग दिनुहुने सम्पूर्ण मित्रहरू र वहाँहरुका परिवारजनप्रति हामी सधैं कृतज्ञ र आभारी रहनेछौं ।

यतिबेला यो प्रसंग कोट्याउनुको अर्थ हामी घरबाट डेरामा बसाई सर्नुपरेको पीडा पोख्न होइन । हाम्रो घरमा भएको आगजनी र लुटपाटलाई “भ्रष्टाचारविरोधी अभियान” सँग जोडिन पुगेका कारणले केही कुरा स्पष्ट पार्न आवश्यक ठानेको छु । म जन्मिएको परिवार एक समय दाङकै सम्पन्न परिवारमध्ये पर्थ्यो । तर हामी हुर्किएको परिवेश भने ग्रामिण क्षेत्रको मध्यमवर्गीय परिवेश हो । हाम्रो परिवारको सामाजिक प्रतिष्ठा विगत देखि नै निकै राम्रो मानिन्थ्यो । मेरो ठुलो दाजु देवी पोखरेल जसको गएको वर्ष असामयिक निधन भयो । उहाँको जीवनशैली प्रगतिशिल आचरण, सामाजिक जागरण र अन्य  व्यवहारिक आदर्शलाई सम्झनेहरु अहिले पनि  निकै धेरै छन् । अहिलेको संस्कृत विश्वविद्यालयसहितका हजारौँ बिघा जग्गाको सबैभन्दा ठूलो दाता मेरो हजुरआमा (बजै) र बुबा हुनुहुन्थ्यो। हाम्रो परिवारले मात्र शिक्षा र समाजसेवाका लागि करिब ३०० विघा जग्गा दान गरेको थियो । त्यही दानवीर हजुरआमाको संरक्षणमा हुर्किएको परिवार हो हाम्रो । हामी सबै दाजुभाई दिदीवहिनीहरुको जीवनमा त्यसको निकै गहिरो प्रभाव छ ।

दाजु देवी पोखरेल, म र मेरी बहिनी मेनका राजनीतिमा सकृय हुँदा पनि हाम्रो परिवारसँग करिब ४० विघा जमिन बाँकी थियो। तर त्यही जग्गाको विक्रिबाट नै हाम्रो शैक्षिक र सामाजिक कामको जोहो हुने गर्थ्यो । आमाको देहावसानपछि हाम्रो परिवारको संयुक्त स्वामित्वमा करिव १५ विघा जति जमिन बाँकी थियो । जबकी त्यतिबेलासम्म म सांसद र मन्त्री समेत भइसकेको थिएँ । तीन दाजुभाई बीचको अंशवण्डापछि अहिले हाम्रो नाममा करिब ४ विघा पैतृक जग्गा छ, जसमा काठमाडौँ र दाङमा दुईवटा घर रहेका थिए । ती घर मात्र थिएनन्  भावनात्मक मूल्य सहितको असीमित गौरवको विषय थिए । अहिले ती दुबै घर बस्न अयोग्य खण्डहरको अवस्थामा छन् । कति लुटिए र कति जले भनेर छुट्याउन सकिने अवस्था पनि छैन । जलेको  खरानी मात्र बचेको कारणले ती सबै जलेको ठानेका छौं । लुटेर लगेकाहरुले सुदपयोग गरेकै होलान् । अव त्यसको खोजी गर्नु पनि छैन । अपराध नियन्त्रण राज्यको कर्तव्य हो । त्यसले आवश्यक ठाने केही गर्ला नै । तोडफोड, लुटपाट र आजगनी सामान्य विषय होइन । यो त राष्ट्र, राज्य र लोकतन्त्रलाई कमजोर बनाउने भू-राजनीतिक चाल थियो । तर हाम्रा सामाजिक संजालमा लत बसेका नवयुवाहरु ती षडयन्त्रलाई बुझ्न नसकी वन्द गरिएको नाममा आक्रोस पोख्न उतारु भए । त्यसमा देशभित्रका अनेक स्वार्थी तत्वहरु र अपराधिक समुह मिसिए । आज सबैलाई त्यो अनुभूती भइरहेको छ । अझै पनि अनुभूती नभएकाहरुलाई भविष्यमा हुनेनै छ । 

तर जेन्जीका नाममा सुरु भएको आन्दोलनका सुरुका माग भने नाजायज थिएनन् । हाम्रो पार्टी र सरकार ती नवयुवाहरुको माग र भावनाको पक्षमा रहदै आएको छ । तर उनीहरुका माग न सरकार समक्ष प्रस्तुत गरिएको थियो । नत त्यसको प्रत्यक्ष र स्विकार्य नेतृत्व नै अघि आएको थियो । तर हाम्रा नवयुवाहरुको भावना र आकांक्षामा खेल्ने योजनाका साथ स्वार्थी तत्व सुरुदेखिनै सकृय रह्यो । त्यसले दुई दिनको छोटो समयमै सिंगो मुलुक गौरव र सामर्थ्यलाई असाधरण रुपमा क्षति पुर्याउने काम गरे । मुलुकलाई राज्यविहीनताको काहाली लाग्दो अवस्थामा पुर्याए । त्यही क्रममा केही स्वार्थी  र कुण्ठाग्रस्त व्यक्तिहरू र अपराधिक चरित्रका व्यक्तिहरुको उक्साहट र सहभागितामा हाम्रो घर समेत जलाइयो र लुटपाट गरियो । त्यहाँ आउनेहरु केही योजनावद्ध थियो केही भावनामा बहकिएर आएका थिए होलान् । म यस क्षतिलाई पनि म राजनीतिक संघर्ष कै एउटा पाटोका रूपमा बुझ्दछु ।

सुशासनको पक्षमा र भ्रष्टाचार विरोधमा म र मेरो परिवार सधैं पारदर्शिता र उत्तरदायित्वका पक्षमा उभिँदै आएका छौं । पहिलो पटक प्रतिनिधिसभा सदस्य हुँदा, ‘प्राडो–पजेरो संस्कृतिको’ गलत परम्परा शुरु भएको थियो। त्यतिबेला म ती सुविधाविरुद्ध खुलेर उभिएको थिए । प्रायः सबैले लाखौँ मूल्यको गाडी सुविधा लिँदा मैले त्यसलाई अस्वीकार गरेंको थिए । सांसदका रूपमा धेरैले उपचार खर्चमा राज्यको लाखौँ रुपैयाँ लिँदा पनि मैले गम्भीर बिरामी हुँदा समेत कुनै सुविधा लिईँन। मुख्यमन्त्री हुँदा तीन वर्षभन्दा बढी समयसम्म भ्रमणमा प्रायः सरकारी गेस्टहाउस मै बसेँ, विशेष सुविधा वा भत्ता लिइनँ । मेरो कार्यकालमा लुम्बिनी प्रदेशको पूँजीगत खर्च तेस्रो वर्षमा १०० प्रतिशत रह्यो। मैले सम्हालेको मुख्यमन्त्री कार्यालय र अर्थ मन्त्रालयको बेरुजु म रहदासम्म शून्य थियो ।

 मैले अहिलेसम्म हरेक काममा आफुलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ । तर भ्रस्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो । यसका वावजुत म जेन्जीका नाममा सकृय नवयुवाहरुको भावनालाई सम्मान नै गर्दछु । त्यसको आवरणमा भएको अपराधको भने चरम घृणा गर्दछु । म“जेन्जी” अभियानका नाममा सुशासन र भ्रष्टाचारविरोधी आन्दोलन चलाइरहनु भएका नव युवाहरूलाई भन्न चाहन्छु- तपाईंहरूको आदर्शको मापदण्डमा कोही छन् भने म  आफैंलाई तीसंग परिक्षणमा लैजान तयार छु ।

Read More