२०८३ बैशाख १३

त्रिवेणी सिन्थेटिकले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ ।

पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । 

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

Read More

हङकङ सिक्सेसमा आज नेपाल अफगानिस्तानविरुद्ध खेल्दै

काठमाडौं । ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगिता आजदेखि शुरु हुदै छ । आज नेपालले पहिलो खेलमा अफगानिस्तानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ चाइनामा आयोजना हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगितामा सहभागी हुने शरद भेस्वाकरको कप्तानीमा ७ सदस्यीय टिम त्यसतर्फ पठाएको छ ।

नेपाली टिममा शरद भेस्वाकर (कप्तान), सन्दीप जोरा, मोहमद आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह रहेका छन् ।

क्यानले यस प्रतियोगितापछि शरद भेस्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएको छ ।

‘हङकङ क्रिकेट सिक्सेस मा नेपालसहित अफगानिस्तान, दक्षिण अफ्रीका, अस्ट्रेलिया युएई, इङल्याण्ड, बह्र्ट, कुवेत, पाकिस्तान, बंगलादेश, हङकङ र श्रीलंका खेल्दैछन् । 

‘हङकङ क्रिकेट सिक्सेसमा नेपाल समुह ए मा अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् । नेपालको अर्को खेल नोभेम्बर ८ मा दक्षिण अफ्रीकासँग खेल्ने तालिका रहेको छ ।

Read More

अमेरिकी डेमोक्रेटिक नेतृ पेलोसीले गरिन् अवकाशको घोषणा

काठमाडौँ । अमेरिकी कांग्रेसमा दशकौं बिताइसकेपछि न्यान्सी पेलोसीले अवकाशको घोषणा गरेकी छिन् ।

न्यान्सी पेलोसीले कांग्रेसबाट अवकाशको घोषणा गरेकी हुन् । यसले क्यालिफोर्नियाकी डेमोक्र्याटलाई अमेरिकी राजनीतिमा सबैभन्दा शक्तिशाली व्यक्तित्वहरू मध्ये एक बनाएको दशकौं लामो करियरको अन्त्य गरेको छ ।

बिहीबार एक भिडियो सन्देशमा, पेलोसीले जनवरी २०२७ मा आफ्नो कार्यकालको अन्त्यसँगै उनी कांग्रेसमा पुन: चुनाव नलड्ने बताएकी छन् ।

यो एक ऐतिहासिक राजनीतिक करियरको अन्त्य भएको छ । ८५ वर्षीया पेलोसी सदनको सभामुखको रूपमा सेवा गर्ने पहिलो महिला हुन् र २००३ देखि २०२३ सम्म कांग्रेसको तल्लो सदनमा आफ्नो पार्टीको नेतृत्व गर्ने नेतृत बनेकी छन् ।

पेलोसी पहिलो पटक १९८७ मा ४७ वर्षको उमेरमा सान फ्रान्सिस्कोको प्रतिनिधित्व गर्न कांग्रेसमा निर्वाचित भएकी थिइन् ।

उनलाई उनको पार्टीले २००७ मा सदनको सभामुखको रूपमा निर्वाचित गर्‍यो, त्यो भूमिकामा सेवा गर्ने पहिलो महिला बनिन् । उनले २०११ सम्म सेवा गरिन्, जब डेमोक्र्याटहरूले तल्लो सदनको नियन्त्रण गुमाए, २०१९ देखि २०२३ सम्म सभामुख बनिन् । सदनको सभामुख अमेरिकी संविधानमा विस्तृत रूपमा उल्लेख गरिएको एक मात्र कांग्रेसको काम हो । उपराष्ट्रपति पछि, यो राष्ट्रपति पदको अर्को लाइनमा रहेको छ । त्यो भूमिकामा, पेलोसीले क्यापिटल हिलमा आफ्नो लामो करियरको क्रममा धेरै राष्ट्रपतिहरूको एजेन्डालाई अगाडि बढाउन वा विफल पार्न महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

Read More

भारतीय पुर्व क्रिकेटर रैना र धवनको करोडौंको सम्पत्ति जफत 

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको समस्या बढेको छ । बिहीबार, प्रवर्तन निर्देशनालय (इडी) ले बेटिंग एप मुद्दाको सम्बन्धमा दुवैको ११.१४ करोड भारुको सम्पत्ति जफत गरेको छ ।

भारतीय मिडियाहरुका अनुसार धवनको अचल सम्पत्ति र रैनाको म्युचुअल फन्डमा लगानी गरेको ६.६४ करोड भारु जफत गर्न मनी लान्ड्रिंग रोकथाम ऐन अन्तर्गत अस्थायी आदेश जारी गरिएको छ ।

पूर्व क्रिकेटर सुरेश रैना र शिखर धवनलाई हालै प्रवर्तन निर्देशनालय (इडी) ले सोधपुछ गरेको थियो । उनीहरूको बयान रेकर्ड गरिएको थियो । इडीले हाल अवैध बेटिंग एपहरूसँग सम्बन्धित धेरै मुद्दाहरूको अनुसन्धान गरिरहेको छ । एजेन्सीले यस्ता बेटिंग एपहरू गैरकानूनी मात्र होइनन् तर ठूलो मात्रामा मनी लान्ड्रिंगलाई पनि सहज बनाउने विश्वास छ । यी एपहरूमा लाखौं व्यक्ति र लगानीकर्ताहरूलाई करोडौं रुपैयाँ ठगी गरेको वा पर्याप्त कर छली छल्ने आरोप छ । इडीले यस मामिलामा आफ्नो कारबाही तीव्र बनाउदै कैयौं फिल्म स्टार र क्रिकेटरहरू देखाइएका विज्ञापनहरू बारे अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा, क्रिकेटर र फिल्म उद्योगका सेलिब्रेटीको भूमिकाको अनुसन्धानलाई पनि अगाडि बढाइएको बताइएको छ ।

ईडीको अनुसन्धानले रैना र धवनले जानाजानी बेटिंग एप र यसका प्रतिनिधिहरूलाई प्रवर्द्धन गर्न विदेशी संस्थाहरूसँग समर्थन सम्झौता गरेको देखिएपछि सम्पत्ति जफत गर्ने कदम चालेको उल्लेख छ । यी दुई बाहेक, ईडीले यस अनुसन्धानको एक भागको रूपमा युवराज सिंह र रोबिन उथप्पा, अभिनेता सोनु सूद, उर्वशी रौतेला, मिमी चक्रवर्ती र अंकुश हाजरा (बंगाली अभिनेता) लगायतसँग पनि सोधपुछ गरेको थियो ।

Read More

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक आज र भोली चितवनमा हुदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।

सौराहास्थित सभा हलमा बिहान ८ बजेदेखि शुरु हुने बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।

२१ र २२ कात्तिकसम्म सञ्चालन हुने विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्ने नेताहरुले बताएका छन् । त्यसैले पनि यस बैठकलाई राजनीतिक वृतमा निकै महत्वका साथ हेरिएको छ ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहाकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधीसभा निर्वाचन क्षेत्रिय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी हुनेछन् ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाका बारेमा धारणा राख्ने बताइएको छ ।

रास्वपाको विस्तारित बैठकमा सहभागी प्रतिनिधिहरूलाई खानाको व्यवस्थापन गरिएको छ भने, आवासको व्यवस्थापन आफैंले गर्न भनिएको छ । दुई दिनको खाना र खाजा पार्टीले नै व्यवस्थापन गर्ने बताइएको छ । विस्तारित बैठकका लागि हरेक प्रतिनिधिबाट १०५० उठाइएको छ, जुन रकम खान र खाजामा खर्च गरिने बताइएको छ । 

प्रतिनिधिहरूलाई आवासको लागि सौराहाको होटलमा साधारण कोठाको एक हजार मध्यम कोठाको २ हजार र सुविधा भएको कोठाको तीन हजार रकम दिने सहमति भएको जानकारी दिइएको छ । विस्तारित बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति गठन गरिएको छ भने विभिन्न ७ उपसमिति गठन गरिएको छ ।

Read More

काँग्रेस केन्द्रीय समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा आज बिहान साढे ११ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

गत असोज २८ मा शुरु भएको बैठकमा महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।  बैठकमा बिहिबार केन्द्रीय सदस्यहरू अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, प्रदिपकुमार सुनुवार, नैनसिंह महर, विनोदकुमार चौधरी, ई. मोहन आचार्य, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, नागिना यादव, उर्मिला नेपाल के.सी., रुपा वि.क., धना खतिवडा, कल्याणी रिजाल, अनिलकुमार रुँगटा र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिकाका पेश गरेपछि अहिले कार्यतालिकामा फोकस भएर नेताहरुले धारणा राखिरहेका छन् । हाल प्रस्तावमाथिको छलफल जारी रहेको छ ।

Read More

यस्तो छ आजको मौसम पुरानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको जनाएको छ ।

बिभागले आज दिउसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिएको छ । 

त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

Read More

२०८२ कार्तिक २१ गते शुक्रबार: आजको राशिफल

आज कार्तिक २१ गते शुक्रबार ई.सं. २०२५ नोभेम्बर ७ नेपाल सम्बत ११४६ कछलाथ्व द्वितीय, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, मङ्सिर शुक्ल पक्ष द्वितीय, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, परिघ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६: १९ बजे र सूर्यास्त साँझ ५ बजेर १७ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५४ मिनेटदेखि ०८ बजेर ४४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । मन भोगविलास र रमझमप्रति आकर्षित बन्नसक्छ, घरपरिवारमा सम्पर्क हुने र पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा भलाकुसारी हुने वा निकटता बढ्ने समय हो । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । एकअर्काका भावना बुझेर चल्नुपर्ने दिन हो, सहकर्मी वा सहपाठीका बीचमा प्रेम सम्बन्ध रहेको छ भने आजको दिन विशेष दिन बन्नसक्छ । सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूणर् हुनेछन् । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । साथीभाइसँगको मनुमुटावका कारण मन उदासीन बन्ने दिन हो, गुप्त र रहस्यमय सुख प्राप्त गर्ने महत्त्वाकाङ्क्षामा अङ्कुश लगाउनु बेस हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितिमा केही उतारचढाव देखिनाले अथवा कुनै विवाद वा झैझगडामा रुमल्लिनाले चिन्ता बढ्न सक्छ । थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा दिलचस्पी जाग्न सक्छ, आन्तरिक प्रतिभाको प्रदर्शन गरी प्रशंसा बटुल्न सकिने छ । नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । ताजगी र स्फूर्ति बढ्नेछ, नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध÷सम्पर्क गर्ने दिन हो ।

Read More