२०८३ बैशाख १३

नेपालका कम्युनिष्ट निरर्थक शब्दजालमा फसेको बाबुरामको टिप्पणी

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट पार्टी बारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले आफुहरुको उमेर ‘श’ मशाल र ‘स’ मसाल को बारेमा विवाद गर्दा वितेको उल्लेख गर्दै अहिले फेरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टी राम्रो भन्ने बहस शुरु भएको टिप्पणी गरेका हुन् । 

बाबुरामले नयाँ पुस्तालाई यथार्थपरक वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गर्दै वामपन्थी दलहरूबीचको नाम र प्रतीकका विवादलाई निरर्थक शब्दजालको रूपमा चित्रित गर्दै यस्तो विवादले देशका वास्तविक समस्या बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्र समाधान गर्न नसक्ने उल्लेख अग्रेका छन् । 

उनले भनेका छन्:

हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरु अझै नेतृत्वमै हुनुहुन्छ । अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा  ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो!

लाखौं वेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम -निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्र चाहिं तोडिने भन्दा कस्सिने क्रम यथावत् छ! तिनले यो बहसलाई ‘वे’ कार नभनून् !

अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु /अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्दात्मक भौतिकवादी चिन्तनपद्धति र पछिल्लो ज्ञानविज्ञानमा  उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति ( डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, ए आइ आदि) -ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय बर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चमत्कारिक जेन-जी विद्रोह लगायतको गहन विश्लेषण गर्ने र देश-काल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने हैन र ?

कणहरूको जो मर्जी!

Read More

अमेरिकी बन्द खोल्ने प्रस्ताव सिनेटबाट पारित

काठमाडौँ । अमेरिकी सिनेटरहरूले देशको इतिहासमा सबैभन्दा लामो सरकारी बन्द अन्त्य गर्न सक्ने सम्झौतालाई अनुमोदन गरेका छन् । डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको छ । 

सिनेटमा भएको मतदानमा ६०-४० को मतदानमा प्रस्ताव अनुमोदन भएको छ ।  डेमोक्रेटक आठ सिनेटरको समुहले रिपब्लिकनसँग सहमति गरेपछि बन्द खुल्ने सम्भावना बढेको हो । 

४० दिनको गतिरोध पछि बन्द अन्त्य गर्ने दिशामा यो प्रगतिको पहिलो संकेत मानिएको छ । यो सम्झौताले सरकारी सेवाहरू पुन: सुरु गर्ने बाटो खोल्न सक्ने बताइएको छ ।

तर यो सम्झौता अझै पनि अमेरिकी कांग्रेसले पारित गर्न आवश्यक छ, र सिनेटमा यसको विरोध गर्ने डेमोक्र्याटहरूले प्रक्रियालाई ढिलो गर्न सक्ने बताइएको छ ।

विगत केही हप्ताहरूमा, बन्दले लाखौं सरकारी कर्मचारीहरूलाई तलब बिना काम गर्न बाध्य पारेको छ र अमेरिकाभरि सेवाहरू अवरुद्ध गरेको छ ।

Read More

शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार हो- मन्त्री पुन

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति गर्ने र चलखेल गर्ने काम भ्रष्टाचार भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफुले आइतबार जारी गरेको सुचना संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने भन्दै राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्न पाइदैन भन्दै सुचना जारी गरेको प्रष्ट गरेका छन् ।

उनले भनेका छन्- 

मैले हिजो जारी गरेको सूचनाको बारेमा – संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन । तर राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर सुचना गरेको हो । सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो । त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो । सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला । अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ । “नविराउनु नडराउनु” भन्ने नेपाली उखान छ नि त ।

Read More

सुन तोलाको २९ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

Read More

मधेशमा अ-राजनीति भयो, संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय- महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अ-राजनीति भएको टिप्पणी गरेका छन् ।

मधेश प्रदेशमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री बनाएर सिन्धुलीको होटलमा शपथ गराएपछि महामन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन् । 

उनले नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको बताएका छन् । उनले भने- ‘मधेस प्रदेशमा भएको `अ-राजनीति´ दु:खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ । १६८(२) को सरकार बन्ने सम्भावना छँदै, मंचन भएको `प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।’

Read More

फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाट नयाँ संसद आउने कुरामा कांग्रेस प्रष्ट रहेको बताएका छन् ।

प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने नेकपा एमालेको मागमा काँग्रेस पनि सामेल भएको भन्ने आशयका समाचार प्रकाशित भएपछि महामन्त्री थापाले यस बारेमा प्रष्ट पारेका हुन् । उनले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो भएको भन्दै यसमा कुनै अलमल नरहेको प्रष्ट पारेका छन् ।

महामन्त्री थापाले काँग्रेसमा देखिएको अहिलेको अलमल महाधिवेशनको विषयमा मात्र भएको बताउदै कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको स्पष्ट रूपमा प्रस्तुत गरेको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय भएको बताएका छन् ।

उनले भनेका छन्: 

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ ।

निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो । अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ ।

Read More

विश्वव्यापी अन्न उत्पादन रेकर्ड स्तरमा वृद्धि हुने अपेक्षा

काठमाडौँ । संकटसँग जुधिरहेको विश्वमा किसानहरूले चुपचाप काम गरिरहेका छन् । फलस्वरूप, यस वर्ष विश्वव्यापी अन्न उत्पादन रेकर्ड स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।

कुल उत्पादन ४.४ प्रतिशतले बढेर २.९९ अर्ब टन पुग्ने अनुमान गरिएको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो । यो वृद्धि यस्तो समयमा भइरहेको छ, जब विश्वका धेरै भागहरू खाद्य मुद्रास्फीति, जलवायु संकट र आपूर्ति अवरोधहरूसँग जुधिरहेका छन् ।

विज्ञहरू विश्वास गर्छन्, राम्रो मौसम, उन्नत कृषि प्रविधि र निर्यात प्रतिबन्धहरू सहज बनाउनाले यो सकारात्मक प्रवृत्ति सम्भव भएको छ । 

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को पछिल्लो प्रतिवेदन अनुसार, तीनै प्रमुख अन्न: मकै, गहुँ र चामलको उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । मकैमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, जबकि चामल, वृद्धि दर अपेक्षाकृत कम हुनेछ, इतिहासको उच्चतम स्तरमा पुग्ने अपेक्षा गरिएको छ । जौ जस्ता अन्य अन्नहरूको उत्पादन पनि बढ्ने अपेक्षा गरिएको छ ।

२०२५ को अन्त्यसम्ममा विश्वव्यापी अन्न भण्डार ५.७ प्रतिशतले बढेर ९१ करोड ६० लाख टन रेकर्ड स्तरमा पुग्ने अनुमान गरिएको छ । यो २०१७-१८ पछिको उच्चतम स्तर हुनेछ । यसको अर्थ २०२५-२६ मा, विश्वसँग उपभोगको लागि आवश्यक पर्ने लगभग ३१.१ प्रतिशत अन्न भण्डार पहिले नै हुनेछ । यो अनुपात जति उच्च हुन्छ, खडेरी, बाढी, युद्ध, वा निर्यात प्रतिबन्ध जस्ता अचानक विपत्तिको अवस्थामा पनि खाद्य संकट हुने सम्भावना त्यति नै कम हुन्छ ।

२०२५ मा चरम मौसमी घटनाहरूको बावजुद, धेरै देशहरूले जलवायु-लचिलो कृषि प्रविधि र सुधारिएको बीउको व्यापक प्रयोग सुरु गरेको कारणले रेकर्ड विश्वव्यापी अन्न उत्पादन सम्भव भएको बताइएको छ । युद्धको बावजुद रूसले आफ्नो दक्षिणी क्षेत्रहरूमा स्थिर उत्पादन कायम राख्न सफल भएको छ । यसले आधुनिक सिँचाइ प्रणाली र उपग्रह-आधारित बाली अनुगमन प्रविधि मार्फत उत्पादन बढाइरहेको छ । संयुक्त राज्य अमेरिकामा, कृत्रिम बुद्धिमत्ता-आधारित कृषि पूर्वानुमान प्रणाली र जलवायु-सहनशील बालीहरूको प्रयोगले स्थिर उत्पादन कायम राख्न मद्दत गर्‍यो ।

संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था एएमआईएसको नयाँ बजार मनिटर प्रतिवेदनले विश्वका धेरै प्रमुख अन्न उत्पादक देशहरूले अब निर्यात प्रतिबन्धहरू खुकुलो पार्दै गएको बताएको छ । अर्जेन्टिना, भारत र रूस, जसले २०२४ र २०२५ बीच कडा खाद्य निर्यात प्रतिबन्धहरू लगाएका थिए, बिस्तारै यी प्रतिबन्धहरू खुकुलो पार्दैछन् । यसले विश्वव्यापी आपूर्ति शृङ्खलामा राहत प्रदान गर्ने र खाद्य मूल्यहरू स्थिर बनाउने अपेक्षा गरिएको छ । आर्थिक र मानवीय दुवै दृष्टिकोणबाट, २०२५ लाई खाद्य स्थिरताको वर्ष भन्न सकिन्छ । राम्रो बाली, पूर्ण भण्डार र कम व्यापार अवरोधहरूले किसानहरूको लागि राम्रो मूल्य सुनिश्चित गर्नेछ ।

Read More

रामकुमारीसहितका नेताहरु आज एमालेमा फर्किदै

काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई आज ‘घर फर्किने’ कार्यक्रम गरेर भित्र्याउदैछ ।

आज दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर एमालेले एकीकृत समाजवादीका नेताहरुलाई फर्काउन लागेको हो ।

एकीकृत समाजवादी माओवादी केन्द्रसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि यसका नेताहरु छिन्न्न भिन्न भएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेताहरु आज एमालेमा फर्किदैछन् ।

त्यस्तै महासचिव घनश्याम भुसालसहितका नेताहरुले भने नयाँ दल दर्ता गरेका छन् ।

Read More

ट्रम्पको भाषण सम्पादन विवादमा बिबिसीका दुई उच्च अधिकारीको राजीनामा

काठमाडौँ । बिबिसीका दुई अधिकारीले राजीनामा दिएका छन् । बिबिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण एडिट गरेर गलत तरिकाले प्रस्तुत गरेको खुलासा भएपछि बीबीसीका महानिर्देशक टिम डेभी र समाचारका प्रमुख कार्यकारी अधिकृत डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

बीबीसी पानोरामा वृत्तचित्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सम्पादन गरेर दर्शकहरूलाई भ्रमित गरेको भन्दै आलोचना भएपछि उनीहरुको राजीनामा आएको हो । राजीनामा दिदै टिम डेभीले भने- ‘केही गल्तीहरू भएका थिए र महानिर्देशकको रूपमा, म त्यसको पूर्ण जिम्मेवारी लिनुपर्छ ।’

पाँच वर्षदेखि काम गर्दै आएका डेभीले सार्वजनिक प्रसारकलाई विवादमा पार्ने श्रृंखलाबद्ध विवाद र पूर्वाग्रहको आरोपका कारण बढ्दो दबाबको सामना गर्नुपरेको थियो ।

टेलिग्राफले सोमबार लीक भएको आन्तरिक बीबीसी मेमोको विवरण प्रकाशित गरेको थियो, जसमा पानोरामा कार्यक्रमले अमेरिकी राष्ट्रपतिको भाषणको दुई भागलाई एकसाथ सम्पादन गरेको सुझाव दिइएको थियो ताकि उनी जनवरी २०२१ को क्यापिटल हिल दंगालाई स्पष्ट रूपमा प्रोत्साहन गरेको देखियोस् ।

बेलायतका राजनीतिक नेताहरूले राजीनामाले परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन् भने ट्रम्पले राजीनामाको निर्णयलाई स्वागत गरेका छन् ।

आइतबार साँझ यो कदमको घोषणा गर्दै डेभीले सबै सार्वजनिक संस्थाहरू जस्तै, बीबीसीमा पनि गल्ति हुन्छ र हामी सधैं खुला, पारदर्शी र जवाफदेही हुनुपर्ने बताए । उनले समग्रमा बीबीसीले राम्रो काम गरिरहेको छ, तर केही गल्तीहरू भएका छन् र महानिर्देशकको रूपमा आफुले अन्तिम जिम्मेवारी लिनुपर्ने बताए ।

ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा- ‘हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।’ यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो – ‘हामी क्यापिटलमा जानेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।’

Read More

मधेशमा सत्ताको नयाँ ड्रामा: एमाले नेता यादवले लिए सिन्धुली होटलमा मुख्यमन्त्रीको शपथ

काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।

विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन्- मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश  प्रदेशकी  प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।’

सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए । 

Read More