२०८३ बैशाख १४

समाजवादी मोर्चाबाट अलग भयो विप्लव नेतृत्वको नेकपा

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले समाजवादी मोर्चाबाट अलग भएको छ । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष रहेको भन्दै समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्:
२०८० सालमा नेपालका चार पार्टी सहभागि समाजवादी मोर्चा निर्माण गरेका थियौं । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजिविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरु पनि गर्यो । तर जुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभव बनेन ।

जेन – जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरुमै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दिमा सहभागि बन्दै छन् । व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् र बढि पनि सकेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकतागरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निस्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।

Read More

वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग निगमको हालसम्मको प्रगतिबारे जानकारी लिँदै सो निर्देशन दिएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, निगममा पारदर्शिता र कार्यकुशलता बढाउने उद्देश्यसहित खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। यसका लागि प्रधानमन्त्री कार्कीले यही कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेकी थिइन्। समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयको योजना तथा प्रशासन महाशाखाका प्रमुख सदस्य–सचिवका रूपमा रहेका छन्।

सचिव मैनालीका अनुसार, समितिले कार्यविधि तयार गरिसकेको छ र केही प्रक्रिया पूरा हुन बाँकी छ। उनले केही समय बाहिर जानुपरेको कारण काममा अलि ढिलाइ भएको बताए।

सरकारले निगममा सुशासन, दक्षता र प्रतिस्पर्धात्मक नेतृत्व सुनिश्चित गर्नका लागि नयाँ महाप्रबन्धक छनोटमा पारदर्शी प्रक्रिया अपनाउने तयारी गरेको छ।

Read More