२०८३ बैशाख १४

निवर्तमान महानिरीक्षक खापुङलाई विदेश भ्रमण जान रोक

काठमाडौँ । निवर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगले खापुङलाई आजदेखि लागु हुने गरि कुनै पनि समय आयोगमा उपस्थित हुनुपर्ने भएकाले विदेश भ्रमण र आयोगको स्वीकृत बेगर काठमाडौँ उपत्यका छोड्न नपाउने निर्णय गरेको आयोगक सदस्य विज्ञान राज शर्माले जानकारी दिएका छन् ।

खापुङको ३० बर्षे सेवा अवधिक कारण गएरति १२ बजेदेखि कार्यकाल सकिएको थियो ।

Read More

पोर्चुगलले कामदार भिसा रोक्यो, ठगिबाट बच्न दुताबासको आग्रह

काठमाडौँ । पोर्चुगल सरकारले कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गरेको छ ।

पोर्चुगल सरकारबाट गत अक्टोबर २३ देखि लागू हुने गरी कामदार भिसा सम्बन्धी विद्यमान कानुनमा संशोधन गर्दै उच्च दक्ष बाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेपछु यसको असर नेपालीलाई पनि पर्ने देखिएको छ ।

लिस्बनस्थित नेपाली दुताबासले यस सम्बन्धमा औपचारिक जानकारी गराइएको परिप्रेक्षमा अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरुलाई पोर्चुगलमा काम लगाईदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भैरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Read More

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाई आज हुदै

बुटवल । सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको छ । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले उक्त मुद्दामा मूल मिसिल मगाउन आदेश दिएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रवि र छविको मुद्दाको एकैसाथ सुनुवाइ भइरहेको हो । 

लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको यस मुद्धामा लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजारको बैंक जमानत दाखिला गरेर दिएको निवेदनमा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । 

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

जोशीले पनि बिगोबापतको जमानत पेस गरेपनि उनलाई पनि जिल्ला अदालतले रिहा गर्न नमिल्ने आदेश दिएपछि उच्च अदालत गएका थिए ।

Read More

हसिनाविरुद्धको मानवताविरुद्ध अपराधको मुद्दाको सुनुवाइ आज

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर गरिएको मानवता विरुद्धको अपराधको मुद्दाको सुनुवाइ आज हुदैछ । ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले यो मुद्धाको सुनुवाइ गर्दैछ ।

सरकारी वकिलले हसिनाविरुद्ध पाँच गम्भीर आरोप लगाएका छन्, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराध रहेका छन् । सरकारी वकिलले उनलाई मृत्युदण्डको माग गरेका छन् । हसिनाको पार्टी, अवामी लिगले बिहीबार बिहानदेखि साँझसम्म राष्ट्रव्यापी बन्दको घोषणा गरेको छ ।

मुद्दा वरिपरि बढ्दो तनावका कारण बंगलादेश उच्च सतर्कतामा छ । देशभरका विमानस्थल र महत्त्वपूर्ण भवनहरूमा प्रहरी र सैन्य तैनाथी बढाइएको छ । परिस्थिति अनुसार, न्यायाधिकरणले आफ्नो फैसलाको मिति स्थगित गर्न सक्ने समेत बताइएको छ ।

Read More

राजनैतिक संक्रमणका बीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनले गरको छ । 

आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । 

विहिबार सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने उल्लेख गरिएको छ । यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको र राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित आर्थिक सुधारलाइ गति दिन सक्ने उल्लेख छ । नकारात्मक पक्षको रुपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने पनि अनुमान गरिएको छ ।  

पुनरुत्थानका लागि आवश्यक तत्काल गतिविधि बाहेक प्रतिवेदनले दिगो आर्थिक वृद्धिका लागि सार्वजनिक लगानी व्यवस्थापनलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिएको छ । आ.व २०२४ मा संघिय, प्रादेशिक र स्थानिय सरकारको कुल पुँजीगत खर्च कुल ग्राहस्थ उत्पादनको ७.९ प्रतिशत थियो । यो नेपालको पूर्वाधार आवश्यकताहरू पुरा गर्न आवश्यक लगानी भन्दा निकै कम हो । नेपालको पूर्वाधार आवश्यकताहरू पुरा गर्नका लागि कुल ग्राहस्थ उत्पादनको १० देखि १५ प्रतिशत लगानी आवश्यक पर्छ ।

माल्दिभ्स, नेपाल र श्रिलंकाका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले भने- ‘नेपालको आर्थिक वृद्धिदर सुधार, रोजगारी सिर्जना तथा सम्पुर्ण नेपालीहरूको समृद्धिका लागि सार्वजनिक लगानी बढाउनु निकै महत्त्वपूर्ण छ । यसका लागि केही मुख्य कामहरू कार्यान्वयन गर्नु आवश्यक छ । यसमा परियोजनाहरू निर्माण र बजेटिङको सुदृढीकरण गर्ने, जग्गा अधिग्रहण र रुख कटान जग्गा अधिग्रहण र रूख प्रक्रियालाई सुव्यवस्थित गर्ने, रकम व्यवस्थापनलाइ थप प्रभावकारी बनाउने, सार्वजनिक खरिद एेन तथा नियमावलीहरूमा संसोधन गर्ने लगायतका विषयहरूलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसले परियोजनाहरूलाई तिव्र रुपमा सम्पन्न गर्न मद्दत गर्नेछ ।’

नेपाल डेभलपमेन्ट अपडेट वर्षको दुई पटक सार्वजनिक हुने गर्छ । विगत लामो समयदेखि यस प्रतिवेदनले आर्थिक विकासको गहन अध्ययन तथा विश्लेषण दिदैँ आएको छ ।

Read More

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

विहिबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि  बुधबार सकिएसँगै उनी अनिवार्य अवकाशमा गएका छन् । त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा बनाउने निर्णय गरेको थियो । 

२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् ।

Read More

सोलु हाइड्रोलाई आइपीओ निस्कासन अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ ) प्रस्तावलाई स्वीकृत गरेको छ ।

स्वीकृत प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणलाई कुल २ करोड कित्ता शेयर जारी गर्नेछ । शेयरहरू प्रति इकाई रु १०० को बराबर मूल्यमा प्रस्ताव गरिनेछ ।

सार्वजनिक निष्कासनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालायन क्यापिटललाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल) ले आइआरएन बीबीको जारीकर्ता मूल्याङ्कन तोकेको छ । यो मूल्याङ्कन भएका जारीकर्ताहरूलाई वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा पूर्वनिर्धारित जोखिमको मध्यम जोखिम भएको मानिन्छ ।

Read More

पूर्वमन्त्री दिपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरले डोजर चलाएको छ।

नेपाल स्काउटले गत बिहीबार खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अल्टिमेटम दिएको थियो ।  जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्डले भोगचलन गरेपछि सात दिनको समय दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको थियो । नेपाल स्काउट र खड्काल्याण्ड डेभलपण्ट प्रालिबीच २०६५ सालमा ३ रोपनी जग्गा (हाल लैनचौर बैक्वट सञ्चालन भइरहेको स्थान) १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराइएको थियो । सम्झौता सकिएको लामो समयसम्म पनि उक्त कम्पनीले भाडा तिरेको थिएन ।  

स्काउटले राष्ट्रपति, प्रधानमन्त्री, संसददेखि काठमाडौँ महानगरपालिकासम्म पत्राचार गर्दै जग्गा खाली गराउन सहयोग मागेको थियो । स्काउटका अनुसार २०७५ सालसम्म नियमित भाडा तिरेका खड्काले त्यसपछि जग्गा र भवन उपयोग गरिरहे पनि भाडा तिर्न आनाकानी गरिरहेका थिए । 

Read More

दिल्लीमा विस्फोट गराइएको कार चालक पुलवामाका डा. उमर मोहम्मद भएको पुष्टि

काठमाडौँ । सोमबार साँझ भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार बम विस्फोटमा कारमा रहेको व्यक्ति डा. उमर मोहम्मद भएको पुष्टि  भएको छ ।

डिएनए परिक्षणबाट कारमा रहेका डा. उमर मोहम्मद भएको पुष्टि भएको हो । बुधबार राति अबेर, प्रहरी र फोरेन्सिक टोलीले विस्फोटक पदार्थले भरिएको आई २० कारमा सवार घटनास्थलमा कारमा टुक्राटुक्रा अवस्थामा फेला परेको शवबाट लिइएको डिएनए नमूना उमरकी आमाको डिएनएसँग मेल खाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

दिल्ली प्रहरीको विशेष सेलले पुलवामाको सम्बुरामा बस्ने डा. उमरका परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरेको छ । उमरकी आमा र भाइले परिक्षणकालागि डिएनएका नमूनाहरू प्रदान गरेका थिए, जुन विस्फोटमा प्रयोग गरिएको कारको भग्नावशेषमा भेटिएका अवशेषहरूसँग मेल खाएको छ ।

अनुसन्धान एजेन्सीहरूले उमरले गाडीमा जडान गरिएको विस्फोटक वा कार बम बनाउने प्रयास गरिरहेको र अनलाइन जानकारी सङ्कलन गरेको बताएका छन् । नोभेम्बर १० मा आफ्ना सहयोगीहरूको गिरफ्तारी डरले उमरले आतंकित हुँदै बम विस्फोट गराएको अनुसन्धानमा खुलेको छ ।

बिहीबार बिहान बम विस्फोटमा अर्का घाइते व्यक्तिको मृत्यु भएको छ । दिल्ली प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान दिल्ली बाहिर बस्ने गुलाम हसनका छोरा बिलालको रूपमा गरिएको छ । 

अहिले १६ भन्दा बढी घाइतेहरू हाल दिल्लीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । 

Read More

सुन तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ५९ सयले बढेर तोलाको २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३१७५ मा कारोबार भएको थियो ।

Read More