२०८३ बैशाख १४

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

विहिबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्‍वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

आईजीपी चन्द्र कुवेर खापुङको ३० वर्षे सेवा अवधि  बुधबार सकिएसँगै उनी अनिवार्य अवकाशमा गएका छन् । त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  कार्कीलाई नेपाल प्रहरीको ३३औं आईजीपीमा बनाउने निर्णय गरेको थियो । 

२०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षक हुनेछन् ।