२०८३ बैशाख १३

रास्वपा छोडेका सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग पाँच बुँदे सहमति

काठमाडौँ । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् ।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।

सहमति पत्रमा दुर्गा सोव-संयोजक, नेसपा(नयाँ शक्ति), सुदन किराँती-संयोजक , प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार- निवर्तमान प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर गरेका छन्  ।

सहमति पत्र
देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतिपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच निम्न सहमति सम्पन्न भएको छ ।

१- विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन–जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२- एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ ।

३- मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।

४- देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।

५- भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

Read More

चलचित्र परान ले दियो नेपाली सिनेमा पुनरुत्थानको संकेत, दर्शक र कर्पोरेट हाउस दुवैको भरोसा बढ्दै

काठमाडौँ । नेपाली चलचित्र उद्योग केही वर्षयता कथावस्तु, प्रदर्शन र दर्शक विश्वसनीयताका कारण लगातार संकटमा थियो। गम्भीर लेखनको अभाव, कमजोर निर्देशन र अनावश्यक ‘एक्सन-निर्भर’ शैलीले धेरै फिल्महरू बजारमा टिक्न नसक्ने अवस्था बनायो। यही पृष्ठभूमिमा प्रदर्शनमा आएको ‘परान’ ले पछिल्ला वर्षहरूमा दुर्लभ देखिएको दर्शकको निरन्तर आकर्षण हासिल गर्दै उद्योगलाई पुनः आशावादी बनाइदिएको छ।

दर्शकको निरन्तर रुचि-बजारमा सकारात्मक सूचक
रिलिज भएको दुई हप्ताभन्दा लामो समय भइसक्दा पनि ‘परान’ का हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य छ।
सामाजिक सञ्जालमा यसको चर्चाले फिल्मले भावनात्मक सम्पर्क स्थापना गर्न सफल भएको देखिन्छ। ग्रामीणदेखि शहरी संरचना, युवादेखि वृद्धसम्ममा प्रतिक्रिया आएका देखिन्छन्ज-सले फिल्मको वर्ग–वर्गीय पहुँच सुदृढ भएको संकेत गर्छ।

कर्पोरेट क्षेत्रको सहभागिता-विश्वासको नयाँ आयाम
पछिल्ला वर्षमा कर्पोरेट हाउसहरू नेपाली फिल्मलाई समर्थन गर्न हिच्किचाउने प्रवृत्ति थियो। तर ‘परान’ ले यो धारणा केही हदसम्म तोडेको छ।
टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि ले कर्पोरेट शो आयोजना गर्दै आफ्ना कर्मचारी र परिवारसहित फिल्म हेर्नु कर्पोरेट क्षेत्रका लागि ब्रान्ड–कल्चर र सामाजिक सहभागितामा आधारित नयाँ मोडेल को संकेत मानिन्छ।

जगतदम्बा मोटर्सका प्रतिनिधिहरूले फिल्मले नेपाली समाजकै यथार्थ बोकेको बताउनु, उद्योगले सामाजिक सन्देशयुक्त सामग्री तर्फ मोडिन थालेको मानिएको छ।

थीम र प्रस्तुति-स्थानीय जीवनअनुभूतिको पुनर्व्याख्या
फिल्म एक बाबुको भावनात्मक यात्रालाई केन्द्रमा राख्छ, जसले जीवनको उत्तरार्धमा सन्तानसँगको दूरी, माया र सम्बन्धको संवेदनशील आयाम प्रस्तुत गर्छ।

वरिष्ठ कलाकार नीर शाह को प्रमुख भूमिका र अभिनयले फिल्मको विश्वसनीयता र प्रभावकारिता बढाएको दर्शकहरूको प्रतिक्रिया छ।

Read More

एकदिनका लागि संसद पुनस्थापना गरेर संबिधान संशोधन गरेर निर्वाचनमा जानुपर्छ: दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपक राज गिरीले एक दिनका लागि संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने टिप्पणी गरेका छन्  ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले सर्बदलीय भेला गर्दै संबिधानमा के कस्ता सुधार गर्नु पर्छ भनेर छलफल गरेर सबैलाई मान्य हुने बिन्दूमा पुगेर एकदिनलाई संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने राय व्यक्त गरेका छन्  ।  

Read More

प्रधानमन्त्री कार्कीको मतदाता नामावली दर्ताको म्याद थप्न निर्वाचन आयोगलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएको उनको सचिवालयले जानकारी दिएको छ ।  

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए । 

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनमा एकै पटक धेरै जनाले प्रयास गर्दा निर्वाचन आयोगको वेभसाइट नखुल्ने समस्या देखिएको छ । फागुन २१ गतेको निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ ।

Read More

बलिवुडकी प्रख्यात अभिनेत्री कामिनी कौशलको निधन

काठमाडौँ । आफ्नो समयकी प्रख्यात बलिवुड अभिनेत्री कामिनी कौशलको मुम्बईस्थित आफ्नै घरमा निधन भएको छ ।

९८ वर्षकी कामिनी कौशल उमेरसँगै सम्बन्धित रोगबाट पीडित थिइन् । कामिनी कौशलको जन्म फेब्रुअरी २५, १९२७ मा लाहोर (अविभाजित भारत) मा भएको थियो । उनको वास्तविक नाम उमा कश्यप थियो । उनले धेरै बलिवुड फिल्ममा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । 

कामिनी कौशलले १९४० को दशकको मध्यदेखि १९६० को दशकको सुरुवातसम्म धेरै चलचित्रहरूमा मुख्य नायिकाको रूपमा काम गरेकी थिइन् । पछिल्ला वर्षहरूमा, उनले धेरै चलचित्रहरूमा आफूलाई एक बलियो चरित्र अभिनेत्रीको रूपमा स्थापित गरेकी थिइन् र कैयौं टिभी सिरियलहरूमा समेत काम गरिन् ।

कामिनी कौशलले निर्देशक चेतन आनन्दको अत्यधिक प्रशंसित चलचित्र ‘नीचा नगर’ बाट डेब्यू गरिन् । कामिनी कौशलले दो भाइ, शहीद, जिद्दी, शबनम, पारस, नमूना, आरजू, बिराज बहू, झांझर, आब्रू, बडे सरकार, जेलर, नाइट क्लब र गोदान जस्ता फिल्महरूमा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । आफ्नो समयमा, उनले अशोक कुमार, दिलीप कुमार, राज कपूर र देव आनन्द जस्ता कलाकारहरूसँग नायिकाको रूपमा काम गरेकी थिइन् । कामिनी कौशल अन्तिम पटक २०२२ मा रिलिज भएको आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएकी थिइन् ।

उनले ‘कबीर सिंह’ मा शाहिद कपूरकी हजुरआमा र ‘चेन्नई एक्सप्रेस’ मा शाहरुख खानकी हजुरआमाको भूमिका निर्वाह गरेकी थिइन् । कामिनी कौशलका तीन छोरा मध्ये, उनका छोरा राहुल सूद उनीसँगै बस्थे र उनको हेरचाह गर्थे, तर उनको कोभिड-१९ को समयमा मृत्यु भएको थियो ।

Read More

विदेशी पर्यटकलाई यात्रा सहजिकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । विदेशी पर्यटकलाई यात्रा सहजिकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

नेपालमा मेरो अल्टिट्युड राईडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले नेपालस्थित मोटरसाईकल राईडको व्यवस्था गरिदिने भन्दै म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना राईडर्सको लागि मोटरसाईकल राईड, खाना, बस्न, अन्य सपोर्ट समेतको सम्पूर्ण प्याकेज सहित सेवा दिने सर्तमा नेपाल भ्रमणको लागि सम्झौता भएको ७ दिन भित्र ३० प्रतिशत रकम माग गरी सर्त वमोजिमका सेवा प्रदान नगरी सम्पर्क विहिन ठगि गरेको साइबर ब्युरोले जानकारी दिएको छ ।

विद्युतीय माध्यम सम्बद्ध ठगी कार्य भएको भनि पीडित पोल्यान्डका नागरीकको निवेदन ब्यूरोमा प्राप्त भएपछि आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुर्खेतको वराहताल-३ का अल्टिट्यूड राईडर्स प्रालिका संस्थापक बर्ष ४० को विशु सिंजालीको संलग्नता देखिएपछि रोल्पाबाट कात्तिक २६ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको ब्युरोले जानकारी दिएको छ ।

Read More

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

काठमाडौँ । दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको हो । दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४-२४ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २-२ विकेट लिए । टेस्टको पहिलो दिन भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।      

Read More

रास्वपा नेता गणेश कार्कीको टिप्पणी- खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा त पर्छ, पर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।

रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।  

उनले समस्याहरू गल्छी भन्दा गहिरा भएको बताउदै जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर्न आग्रहसमेत गरेका छन् ।

उनले भनेका छन्: 
समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखे पछि दुर्घटनामा त पर्छ, पर्छ । भन्छन् नि, ‘ जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर ।’

Read More

२३२ बर्ष पुरानो अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ पेनीको सिक्का बन्द

काठमाडौँ । अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, पेनीको सिक्का आधिकारिक रूपमा बन्द गरिएको छ । यससँगै, यो २३२ वर्ष पुरानो मुद्रा अब इतिहास बनेको छ ।

यो मुद्रा १०० पेनीले एक डलर बन्ने गर्दछ । अमेरिकी ट्रेजरी विभागले पेनीको सिक्का  खारेजीको कारण यसको अप्रासंगिकता र उच्च लागत भएको बताएको छ । सिक्का अब केहि पनि किन्न प्रयोग गर्न सकिँदैन, यसबाहेक, अब एक पैसा उत्पादन गर्न ३ सेन्टभन्दा बढी खर्च लाग्थ्यो ।

मुद्रास्फीतिको प्रभाव पहिले, पेनीहरू क्यान्डी वा खाजा खरिद गर्न प्रयोग गर्न सकिन्थ्यो, तर अब त्यो पनि नआउने भएको अवस्था बनेको छ । त्यस्तै जस्ता र तामाबाट बनेको, तर महँगो, क्र्यास लेनदेनहरू उल्लेखनीय रूपमा घटेको छ, धेरैजसो भुक्तानी अनलाइन गरिएको छ । त्यस्तै धेरै पसलहरूले पेनीको अभावको सामना गरिरहेका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २०२५ मा यसलाई रोक्न आदेश दिए । एक पैसा उत्पादन गर्न लगभग ३.६९ सेन्ट लाग्छ, जबकि यसको मूल्य केवल १ सेन्ट रहेको छ । सरकारले २०२३ मा ४.५ अर्ब पैसा उत्पादन गरेर १७९ मिलियन गुमाएको बताइएको छ । अमेरिकी कोषाध्यक्ष ब्रान्डन बीचले भने कि यो वर्षौंदेखि अमेरिकी करदाताहरूको लागि घाटा थियो ।

अब, ५६ मिलियन डलर बचत गर्ने बताइएको छ । पेनी पहिलो पटक १७९३ मा फिलाडेल्फियामा पेश गरिएको थियो । अमेरिकाका पहिलो कोषाध्यक्ष अलेक्ज्याण्डर ह्यामिल्टनले यसलाई पेश गरेका थिए । पैसामा मूल रूपमा लेडी लिबर्टीको छवि थियो, तर १९०९ मा अब्राहम लिंकनको छवि प्रस्तुत गरेपछि, सिक्का लिंकन पैसाको रूपमा चिनिन थाल्यो । सिक्काको उल्टो भागमा समयसँगै धेरै डिजाइन परिवर्तनहरू भए, जसमा गहुँको कान, काठको केबिन, लिंकन मेमोरियल र युनियन शिल्ड समावेश छन् ।

बिस्तारै, यो सिक्का दैनिक कारोबारबाट गायब हुन थाल्यो । मानिसहरूले यसलाई घरमा जारमा राख्थे वा पसलहरूमा ‘टेक अ पेनी’ ट्रेहरूमा राख्थे । वर्षौंदेखि, यसको उन्मूलनको लागि आह्वान गरिएको थियो । अमेरिकामा लगभग २५० अर्ब पेनी अझै पनि प्रचलनमा छन् । यी बिस्तारै चरणबद्ध रूपमा बजारबाट बाहिरिने बताइएको छ ।

Read More

सन्तोष परियारले पनि छोडे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेका छन् ।

प्रवक्ता मनिष झाका अनुसार  सचिवालय सदस्य परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर पार्टी छोडेको जानकारी गराएका हुन् । 

परियारले राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजना बनाएको जानकारी गराएको प्रवक्ता झाले बताएका छन् । परियार विघटित प्रतिनिधि सभामा रास्वपाबाट  समानुपातिक सांसद बनेका थिए ।  पुर्व सांसद सुमना श्रेष्ठपछि पार्टी छोड्ने परियार दोस्रो उच्च तहका नेता हुन् । 

Read More