२०८३ बैशाख १३

कुनै पनि अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् । 

महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए । 

सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उहाँले निर्देशन दिए । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

Read More

नेपाल वायुसेवा निगमले डाइभर्ट भएका विमान अबदेखि भैरहवामा अवतरण गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको विमानस्थलको रूपमा प्रयोग गर्ने भएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेले हालसम्म डाइभर्सनका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा सोमबारको निर्णयअनुसार अब भैरहवा विमानस्थल उपयोग गर्न सकिने व्यवस्था लागू भएको जानकारी दिएका छन् ।

यसले डाइभर्सनमा लाग्ने खर्च तथा समय दुवै बचत हुने नेपाल वायुसेवा निगमले जनाएको छ ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक विमानस्थलका रूपमा उपयोग गर्न अध्ययन प्रक्रिया अघि बढाउने निर्णयसमेत निगमले गरेको घिमिरेले बताए ।

Read More

राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार निर्देशन

काठमाडौँ । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमबार केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गर्दै जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएकी छन् ।  छलफलपछि उनले केन्द्रलाई चारबुँदे निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले पहिलो सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्छ र भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् ।

त्यस्तै दोस्रोमा सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

त्यसैगरी विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान पुगेन। यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्न प्रधानमन्त्री कार्कीले केन्द्रलाई तेस्रो निर्देशन दिएकी छन् ।

त्यस्तै आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन उनले निर्देशन दिएकी छन् ।

Read More

एनपीएलको उद्घाटन खेलमा काठमाडौँ विजयी, जनकपुर ५ विकेटले पराजित

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो ।

जनकपुरले दिएको १३१ रनको लक्ष्य पछाएको काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

काठमाडौँको जितमा बेन चार्लेजवर्थले सर्बाधिक ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन बनाएका थिए । त्यस्तै मिलिन्द कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका ब लर किशोर महतो, अनिल शाह, ललित राजबंशी र जान निकोल लोफ्टीले एक एक विकेट लिएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको थियो । त्यस्तै जनकपुरका लागि आसिफ शेखले सर्बाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए ।

अब एनपीएलको दोस्रो दिन दुई खेल हुने छन् । मंगलबार पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स र दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

Read More

संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी घरमा पुनःस्थापना गरिने

काठमाडौँ । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो शुक्रबार मंसिर ५ गते पुनःस्थापना गर्ने निर्णय भएको छ ।

वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । यसरी राखिएको तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारु अर्थात् नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनःस्थापना गर्ने निर्णय गरेको हो । 

कुमारी घरका संरक्षक गौत्तम शाक्यका अनुसार यी २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् । ३ महिनाभित्र ३ वटै तोरण हराएको उनले बताए । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् । ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो । 

बैठकमा सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठले, अहिले असल नतिजाका लागि योगदान गर्ने समय भएकोले उल्लेख गर्दै तोरण पुनःस्थापना गर्ने विषयमा सबैको साथ र सहभागिता अपरिहार्य रहेको धारणा राखे । तोरण पुनःस्थापनापछि कुमारी घरको प्राचीनतामा टेवा पुग्ने उनको भनाइ थियो । सम्पदा संरक्षण अभियन्ता सञ्जय अधिकारीले, कुटनीतिक पहलबाट तोरण फिर्ता गरिएको अनुभव सुनाए । मूर्ति हराउनु, मन्दिर भत्किनुले समुदायमा सम्पदा संरक्षणको प्रणालीमा समस्या छ भन्ने बुझेर स्थानीइ सरकारले संरक्षणका कार्यक्रम तर्जुमा गर्नु पर्ने अधिकारीको भनाइ थियो । 

कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालको दूताबासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो । 

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ । यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन् । 

प्राचीन स्मारक ऐन २०१३ अनुसार १ सय वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो । 

Read More

हसिना र कमललाई सुपुर्दगी गर्न बंगलादेशको भारतसँग माग

काठमाडौँ । बंगलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहराएको उल्लेख गर्दै दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन भारतसँग माग गरेको छ ।

साथै बंगलादेशले मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गर्ने कार्य हुने समेत बताएको छ ।

बंगलादेशको विदेश मन्त्रालयले भनेको छ- ‘हामी भारत सरकारले दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौं । यो दुई देशहरू बीचको सुपुर्दगी सन्धि अन्तर्गत भारतको दायित्व हो ।’

यसअघि पनि बंगलादेशले आधिकारिक रूपमा शेख हसिनाको फिर्ताको लागि अनुरोध गर्ने धेरै पत्रहरू पठाएको छ । यद्यपि, भारतले यी अनुरोधहरूको जवाफ दिएको छैन ।

Read More

प्रधानमन्त्री कार्कीबाट एनपीएलको दोस्रो संस्करणको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उद्घाटन गरेकी छन् ।

सोमबार त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टसबीचको खेल शुरु भएको थियो । प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन् ।

उद्घाटन खेलमा जनकपुरले टस हारेर पहिला ब्याटिंग गर्दै काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्दैछ ।

Read More

प्रधानमन्त्री कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषका निर्देशक श्रीनिवासनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् ।

आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग श्रीनिवासनले शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका थिए ।

Read More

कांग्रेस नेता डा.सुनिल शर्माको नोबेल हस्पिटल उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा.सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा पर्न सफल नोवेल हस्पिटल सम्मानित भएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा सवै भन्दा बढी कर तिरेर राज्यको राजस्व प्रणालीलाई मजबुत बनाउन योगदान दिएको भन्दै नोबेललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यगर्दै आएको नोबेल यस वर्ष पनि उत्कृष्ट करदाताको सूचीमा अग्रस्थानमा रहेको विभागले जनाएको छ। नोबेल मेडिकल कलेज डा।सुनिल शर्माकी छोरी सोइना शर्माले सम्हालिरहेकी छिन्।

विभागले अन्य श्रेणीका उत्कृष्ट करदाताहरूलाई पनि सार्वजनिक गरेको छ। संस्थागत करदातामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण पहिलो स्थानमा रह्यो भने व्यक्तिगत करदातातर्फ राजबहादुर शाह उत्कृष्ट ठहरिए।

एकलौटी फर्म श्रेणीमा थर्ड आइ इन्टरनेशनल, वस्तु निर्माणमा डाबर नेपाल, सूचना प्रविधि सेवा निर्यातमा ओरिक्स नेपाल प्रालि, कृषि तथा पशुपन्छीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक तथा वित्तीय सेवामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, पर्यटनतर्फ सोल्टी होटल लिमिटेड, र वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि उत्कृष्ट करदाता घोषित भए।

यस्तै, ५० देखि १०० करोड वार्षिक कारोबार समूहमा ब्रिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भयो। डमीमूलक उद्योग श्रेणीमा भोटेकोशी पावर कम्पनी प्रालिले सबैभन्दा बढी कर तिर्‍यो। रेमिट्यान्स तथा मनी ट्रान्सफरमा आईएमई लिमिटेड उत्कृष्ट करदाता रह्यो भने निर्यातमुखी उद्योग श्रेणीमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गर्‍यो।

नोबेल मेडिकल कलेजको निरन्तर कर योगदानलाई यस वर्ष पनि सरकारी निकायले उच्च प्रशंसा गरेको छ, जसले निजी स्वास्थ्य क्षेत्रले राष्ट्रको कर संरचनामा कति महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने पुष्टि गरेको छ।

Read More

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति मलेसियाबाट पक्राउ

काठमाडौं  । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रौतहट कटहरिया नगरपालिका-१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा पक्राउ परेका छन् ।

एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ । 

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० मंसिर २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Read More