२०८३ बैशाख १३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ३१५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१३५ मा कारोबार भएको थियो ।

Read More

चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन

काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै कार्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजश्व संकलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा कार्तिक महिनामा ७६ अर्ब राजश्व संकलन भएको थियो ।

आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड संकलन भएको छ ।

यस अघि २०८१-८२ आर्थिक बर्षको चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजश्व संकलन भएको थियो । 

Read More

टिकट नहुने टियु क्रिकेट मैदान वरपर नजान प्रहरीको आग्रह

काठमाडौं । प्रहरीले आजदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलमा टिकट नलिएका खेलप्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगरिदिन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको दोस्रो संस्करणका उद्घाटन खेलको सबै टिक बिक्री भएको जानकारी आएकोले टिकट नभएका खेलप्रेमीहरुलाई मैदान वरपर भिड नगर्न अनुरोध गरेको हो ।

परिसरले भनेको छ- ‘नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रिकेट खेलहरू आज मिति २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुर स्थित टियु खेल मैदानमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’

आजदेखि मङ्सिर २७ गतेसम्म हुने एनपीएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज दिउसो ४ बजेदेखि खेल्दैछन् ।

Read More

सडकका २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ ।  ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७-६८ देखि २०७९-८० मा सम्झौता भएका छन् ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए । 

सडक डिभिजन कार्यालय काठमाडौंबाट गत ११ कात्तिकमा ठेक्का तोड्न  भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिए । 

कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले बताए । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन दिइएको छ । 

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन,ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नगरेकाले सम्झौता रद्द गरिएको उल्लेख छ । 

विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ ।

Read More

अफगानिस्तानले पूर्ण रूपमा बन्द गर्यो पाकिस्तानबाट गहुँ आयात

काठमाडौँ । अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयात पूर्ण रूपमा बन्द गरेको छ ।

दश वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३०० मिलियन डलरभन्दा बढीको पीठो आयात गरेको थियो । त्यसबेलादेखि, अफगानिस्तानले पाकिस्तानबाट बिस्तारै गहुँ आयात घटाएको छ र अहिले आयात पूर्ण रूपमा बन्द गरेको छ । हालै, दुई देशहरू बीचको तनावका कारण, अफगान तालिबानले पाकिस्तानसँगको व्यापार विच्छेदको लागि आह्वान गरेको थियो । अफगानिस्तानले आफ्ना व्यापारीहरूलाई पाकिस्तान बाहेक अन्य व्यापार मार्गहरू खोज्न निर्देशन जारी गरेको छ।

विगत केही दशकदेखि, अफगानिस्तानले पाकिस्तान मार्फत सबैभन्दा ठूलो व्यापार सञ्चालन गर्दै आएको छ, जुन यसको कुल व्यापारको लगभग आधा हो । अन्तर्राष्ट्रिय र एसियाली बजार अनुगमन एजेन्सीहरूको तथ्याङ्कले २०१५ मा पाकिस्तानले अफगानिस्तानमा ३२० मिलियन डलरको पीठो निर्यात गरेको देखाउँछ, तर यो अब शून्यमा पुगेको छ । यी तथ्याङ्कहरूले अफगानिस्तान अब पीठोको लागि पाकिस्तानमा निर्भर नरहेको संकेत गरेको छ ।

अफगानिस्तानले २०२४ मा उज्बेकिस्तान, काजाकिस्तान र रूसबाट ६८९ मिलियन डलरको गहुँ र पीठो खरिद गरेको थियो । यो संख्या २०२५ मा ७५० मिलियन डलर पुग्ने अनुमान गरिएको छ ।

Read More

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनको कार्यक्रम सार्बजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचन माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

यी हुन् राष्ट्रिय सभाको कार्यकाल अकिने १९ सदस्य:
फागुन २० मा पदावधि सकिने सांसदमा सबैभन्दा बढी नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना रहेका छन् । त्यस्तै एक जना मनोनीत सांसद छन्  ।

पदावधि सकिने एमालेका सांसदमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका छन् । त्यस्तै माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन् ।

एकीकृत समाजवादीका डा. बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदैछ । गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन तर हाल उनी एकिकृत समाजवादीमा रहेका छन् । त्यस्तै जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिदैछ ।

राष्ट्रिय सभाको सांसदको निर्वाचनमा प्रदेशका सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने गर्दछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८-८ जना र ३ जना राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था रहेको छ । प्रदेशबाट निर्वाचित हुने ८ जनामा तीन जना महिला, एक जना दलित, एक जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक सदस्य हुने व्यवस्था गरिएको छ भने अन्य तीन जना खुला उम्मेदवार हुने गर्दछन् । 

Read More

धेरै दल खुलेकोप्रति महावीर पुनको असन्तुष्टि, जाली फटाहाको शासन फेरि फर्किने भो

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले धेरै नयाँ दल खुलेको भन्दै बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री पुनले १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रहेको उल्लेख गर्दै आफुलाई पुर्ने खाल्डो आफै खन्दै गरेको टिप्पणी गरेका छन् ।

धेरै दल खुलेकोमा असन्तुष्टि व्यक्त गर्दै पुनले जेनजी आन्दोलनको लक्ष्य तुहिएर जाने र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउने बताएका छन्  ।

उनले भनेका छन्: 
हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे ! यिनीहरूले आफुलाई पुर्ने खाल्डो आफै खन्दैछन !!  नेपालीहरु फुट्ने र सानोतिनो कुराहरुमा नमिलेर निर्वाचन आयोगमा धेरै भन्दा धेरै पार्टी दर्ता गर्ने होडबाजी चलिरहेको छ। यस्तै ताल हो भने नेपालमा बृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ। जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन ।

Read More

हसिनाविरुद्धको मुद्धाको फैसला आज हुदै, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्धको ‘मानवता विरुद्धको अपराध’ मुद्दामा अदालतले आज आफ्नो फैसला सुनाउनेछ ।

न्यायाधिकरणको रजिस्ट्री कार्यालयले स्थानीय समय अनुसार बिहान ११ बजे आफ्नो फैसला सुनाउने जानकारी दिएको छ । अभियोजन पक्षले शेख हसिना र असदुज्जमान खान कमल विरुद्ध अधिकतम सजाय अर्थात् मृत्युदण्डको माग गरेको छ ।

यसैबीच, सर्वोच्च अदालतले फैसला हुनुअघि न्यायाधिकरणमा सुरक्षा कडा पार्न सेना तैनाथ गर्न सेना परिचालन गर्न सेनालाई अनुरोध गर्दै सेना मुख्यालयलाई पत्र लेखेको छ ।

शेख हसिना र अन्य तीन अभियुक्तको मुद्दामा भएको फैसलाको बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

गत वर्ष सरकार विरोधी प्रदर्शनका क्रममा बंगलादेशमा धेरै हिंसात्मक घटनाहरू भएका थिए । तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको यी अपराधहरूमा संलग्न भएको आरोप लगाइएको थियो ।

यो आन्दोलनले शेख हसिनाको शक्ति गुमायो र उनलाई देश छोडेर भाग्न बाध्य बनायो र त्यसबेलादेखि उनी भारतमा बस्दै आएकी छिन् ।

Read More

दोस्रो संस्करण खेल्ने एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ ।

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् । किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ ।  

आठ फ्रेन्चाइजीका खेलाडीको सूची यस्तो छ:  

चितवन राइनोज
कुशल मल्ल (कप्तान), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद विपिन रावल, विपिन आचार्य, रन्जीत कुमार, सौगात ढकाल, रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी ।

लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (कप्तान/मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, समीर अली, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, सुमित महर्जन, दुर्गेस गुप्ता, आदील खान, थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।  

सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंह ऐरी (कप्तान/मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा, मिलन बोहोरा, हिम्मत महरा, जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह ।

विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शंकर राना, जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट र आयुस न्यौपाने ।

काठमाडौँ गोर्खाज
करण केसी (कप्तान), भीम सार्की, शाहब अलाम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, मोहमद आदील आलम, सोनु देवकोटा, रिकार्डो भासकोनसलोज, मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल र बेन चार्लेजवोर्थ ।

जनकपुर बोल्ट्स 
अनिलकुमार शाह (कप्तान), आसिफ शेख (मार्की), ललित राजवंशी, किशोर महतो, रुपेश कुमार सिंह, शुभ कंशाकर, तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री, पप्पु यादव, लाहिरु मिलन्था, जान निकोल लोफ्टी एटोन, वाने प्रनिल, संजय कृष्णामुर्थी, संगीथ कूरे र इमार ताहिर ।

कर्णाली याक्स
सोमपाल कामी (कप्तान), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे, युवराज खत्री, जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान ।

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द,  किरण कुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री, डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय ।

Read More

मधेशको सरकार गठनविरुद्धको रिटको सुनुवाई आज हुदै

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाई आज हुदैछ।

आइतबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले मधेश प्रदेश प्रमुखको हकमा महान्यायाधीवक्ता कार्यालयबाट लिखित जवाफ पेश गर्नुका साथै सुनुवाइमा पनि उनीहरूको प्रतिनिधित्व हुनुपर्नेमा त्यो नभई फरक परेको भन्दै महान्यायाधिवक्ता कार्यालयको प्रतिनिधित्वको आदेश दिदै र सोमबार सुनुवाइको मिति तोक्न आदेश दिएको थियो ।

यसअघि बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको थियो । मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए ।

यसअघि मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो । गत मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

Read More