२०८३ बैशाख १३

घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जय किसान माध्यमिक विद्यालय, रौतहटका प्रधानाध्यापक संजय प्रसादसहित दुई जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश शाहलाई शिक्षकको जागिर दिने भन्दै लिएको साढे ४ लाख नगदसहित पक्राउ गरेको थियो ।

सो विषयमा अनुसन्धान गर्दा उनीहरुले घुस रकम लिएको पुष्टि भएको बताउदै अख्तियारले दुवैलाई जनही साढे ४ लाख बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

Read More

लगानी बोर्ड बैठक: ४३९ मेगावाटको कर्णाली जलविद्युत परियोजनाको ९३ अर्ब ४० करोड लगानी स्वीकृत

काठमाडौँ । सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक सम्माननीय प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्‍न भयो ।

आजको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) को अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजारको लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गर्यो ।

 बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो ।

यसैगरी, बैठकले अरुण -३ जलविद्युत परियोजना (९०० मेगावाट) को सिधै सम्झौताको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गर्यो। त्यसैगरी, बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आव्हान नगरिएको प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको-इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत रु. १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो।

लगानी बोर्डको कार्यालयको लागि चालु आर्थिक वर्ष २०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गर्यो ।

बैठकमा माननीय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैङ्‍कका गभर्नर डा. विश्‍वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका सचिव राजकुमार श्रेष्‍ठ लगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Read More

निर्माण व्यवसाय विकास परिषद्बाट भौतिक पुनर्निर्माण कोषमा एक करोड सहयोग

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्बाट जेन—जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ । 

परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको  हो । परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई चेक हस्तान्तरण गरेका छन् । कोषमा ७ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । 

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको थियो ।

Read More

मङ्सिर २ गतेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक

काठमाडौँ । मङ्सिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २५ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

Read More

नेपाल र अमेरिकी सेनाबीच तीन दिने ‘ल्याण्ड फोर्स टक’ शुभारम्भ

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको नेपाल- अमेरिका ल्याण्ड फोर्स टक, छैटौँ संस्करणको तीन दिने कार्यक्रम जङ्गी अड्डामा शुभारम्भ भएको छ ।

दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने उक्त कार्यक्रमका दौरान युनाइटेड स्टेट आर्मी पासिफिक टिमको नेतृत्व गरी नेपाल आएका लिएउटेन्ट जनरल स्कट ए विन्टर र प्रधानसेनापति महारथी अशोक राज सिग्देलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका विभिन्न मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ । यस प्रकारका कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाहरू बिच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Read More

नेप्सेमा गिरावट, ३ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।

आज उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारमखोला हाइड्रो र माबिलुंग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी, हिमस्टार उर्जा,    बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केवलकार  र झापा इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ६.०३ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी बरुण हाइड्रोको २७ करोड ४० लाखको कारोबार भएको छ भने साहास उर्जाको १९ करोड ६० लाख बराबर कारोबार भएको छ ।

Read More

महिला चेम्बरद्धारा एक सय नवप्रवर्धनलाई स्टार्टअप कर्जा अभिमूखीकरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लाभान्वित भएका थिए ।

सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई अभिमूखीकरण दिईएको थियो । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आव्हान गरेको स्टार्टअप कर्जाको प्रस्तावका लागि मंसिर ९ गते सम्मको समय तोकिएको छ । चेम्बर भवनमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले स्टार्टअप कर्जा प्रस्ताव, कर्जा पाउने प्रक्रीया, कर्जा उपलव्ध गराईने क्षेत्र लगायतका विषयमा नवप्रवद्र्धनहरुलाई जानकारी दिएका थिए । 

अभिमूखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप कर्जालाई सातै प्रदेशमा विस्तार गरेर उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा बृद्धि गरेर स्टार्टअप कर्जालाई देशव्यापी रुपमा विस्तार गर्नुपर्ने उनको भनाई छ । 

स्टार्टअप कर्जा लिएर उद्यमशिलता गरेका नवप्रर्वद्धनहरुको सफल कथाहरुलाई बाहिर ल्याउनुुपर्ने एवं उनिहरुको उत्पादन र बजारीकरणका लागि सहयोग हुनुपर्ने अध्यक्ष अग्रवालले बताए । स्टार्टअप कर्जा सम्वन्धी थप अध्ययन अनुसन्धानमा चेम्बरले सहयोग गर्ने अध्यक्ष अग्रवालले बताए । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले स्टार्टअप कर्जाको सदुपयोग गरी उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिए । महिला उद्यमशिलता सम्वन्धी अभिमूखीकरण कार्यक्रमलाई चेम्बरले निरन्तरता दिने उनको भनाई छ ।

Read More

भिमार्जुन आचार्यको प्रश्न- नेताहरूलाई आफ्ना सभामा जान रोकेर कसरी चुनाव हुन्छ ?

काठमाडौँ । संबिधानविद डा. भिमार्जुन आचार्य नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाएर कसरी चुनाव हुन्छ भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै आचार्यले आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ भनेर प्रश्न गरेका छन् ।

उनले जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्न आग्रह गर्दै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने बताएका छन् ।

उनले भनेका छन्:   

नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अबरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ? आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो । उत्तेजना बढाउने काम कसैको हितमा हुदैन ।

Read More

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौँ । सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ ।

सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल  फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।

कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए ।

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री शुशिला कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरेका छन् ।

न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने भोलीपल्टै परराष्ट्र मन्त्रालयको च।नं। ३४२५ मिति २०८२।०७।१७ को पत्राचार मार्फत एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्राचार गरेको थियो ।

आफ्नै आदेशको पालना गराउन माग गर्दै पेश भएको निवेदनमा समेत सर्वाेच्चले सयमै दर्ता नगर्दा आदेशको पालनामा सरकारी निकायहरु उदासिन भएकोप्रति न्यायिक क्षेत्र क्षुब्द बनेको छ ।

सरकारको असोज ३० गतेको निर्णयलाई चुनौति दिंदै सर्वाेच्चमा रिट परेपछि सरकारले खाली स्थानमा नयां नियुक्ति नगर्ने नीति लिएको छ भने आदेश विपरित एघार देशबाट राजदूतहरु फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराइरहेको छ ।  

चुनावमा ध्यान केन्द्रित गर्नुपर्ने सरकारले राजदूत फिर्ता र नयाँ नियुक्तिमा अल्मिलिनुले निर्वाचनमा प्रयाप्त ध्यान दिन नसकेको भन्दै आलोचना हुनेगरेको छ ।

Read More

सिमरा घटनामा जेन-जी माथी सरकारले दमन गर्यो, संयमित नभए अब यो सरकार ढल्छ: सुदन

काठमाडौ । हामी नेपालका संयोजक तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले बारामा जेनजी युवाहरुमाथि राज्यले दमन गरेको भन्दै भोलिबाट निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बाराको सिमरामा युवाहरुले प्रदर्शन गरेको बेलामा सरकारले दमन गरेको भन्दै उनले सरकार संयमित नभए भोलिबाट निर्णायक आन्दोलन गर्नेसम्मको तयारी गरेका छन् । एमाले नेताहरु शंकर पोखरेल र महेश बस्नेत सिमारा जाने भएपछि जिल्लाका जेनजी युवाहरुले विमानस्थलबाहिर प्रदर्शन गरेका थिए ।

उनीहरुको प्रदर्शन आक्रामक बनेपछि काठमाडौंबाट उडिसकेको विमान पूनः काठमाडौं फकाईएको थियो । जहाजमा सँगै रहेका मानवअधिकारकर्मी राजन कुँईंकेलले यसबारेमा भिडिओसमेत बनाएका छन् । बाराको आजको घट्नापछि सुदन गुरुङ सरकारप्रति आक्रामक बनेका छन् ।

उनले सरकारको कदम सही नभएको भन्दै अब विकल्प खोज्नुपर्नेसम्म हुनसक्ने भन्दै आक्रोश पोखेका छन् । उनले सार्वजनिक रुपमै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिसकेका छन् । हिजोमात्रै पनि उनले अहिलेका गृहमन्त्री अर्यालसँग युवाहरुको टाउकोमा ताकेर गोली हान्नेहरुलाई समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट नदेखिएको टिप्पणी गरेका छ्न ।

उनले लेखेका थिए,‘कलिला युवाहरुको रगत, पसिना र बलिदानीको बलमा खोक्रो भाषण दिने गृहमन्त्रीको कुर्सीमा बसेर उनीहरुलाई न्याय दिन्छु भन्ने र त्यही कुर्सीको बलमा ती युवाहरुलाई कारबाही गर्न छानबिन आयोगको प्रतिवेदन पर्खिन नपर्ने रहेछ ।

तर, शक्तिशाली व्यक्तिहरु खुलेआम लोप्पा खुवाउदै हिँडिरहेको छ । र, त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ गृहमन्त्रीज्यू ?’ उनले न्इाय खोजिरहेका मृत्तक र घाइतेको उचित सम्बोधन र सबैलाई समान न्यायको प्रत्याभूति भएमात्र चुनाव सम्भव रहेको बताए ।

Read More