२०८३ बैशाख १३

सिमरा घटना बारे विश्वप्रकाशले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका नेताहरुलाई बारा जानबाट रोकिएको घटनाप्रति टिप्पणी गर्दै भ्रमणको वातावरण नबनाएर चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।

उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्- 

एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं । मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ । जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं । तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।

त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् । अत सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौं ।

Read More

राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने आठ जना पक्राउ

काठमाडौं । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौं शंखरापुर नगरपालिका-६ बस्ने ३२ वर्षीय ख्याम बहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेम बहादुर लामा, काठमाडौं महानगरपालिका-२८ बस्ने १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका-२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेक बहादुर सुनार, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुल बहादुर श्रेष्ठ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जिवन लामा रहेका छन् । 

राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

Read More

बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौं

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् ।

बारामा हुने कार्यक्रमका लाग एमाले महासचिव शंकरपोखरेलसँगै सिमरा जान लागेका बस्नेतलाई रोक्न सिमरामा जेनजी युवाहरुले विरोध गरेका थिए । आफ्ना नेताहरुको विरोध भएपछि एमाले नेता कार्यकर्ताले सिमरामा प्रतिरोध गर्दा झडप भएपछि सिमरा तनावग्रस बनेको थियो ।

बस्नेतले  विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको बताउदै सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिएको बताएका छन् ।

उनले भनेका छन्: 

राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।

हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो?  नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।

हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ।

लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।

Read More

शंकर पोखरेल र महेश बस्नेतको विरोधमा बारामा तनाव, विमान काठमाडौंमै रोकियो

काठमाडौँ । बाराको सिमरामा युवाहरुले नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सवार जहाज अवतरण हुन नदिन भन्दै प्रदर्शन गरेपछि बुद्ध एयरको जहाज काठमाडौँमै रोकिएको छ ।

यात्रुहरु विमानमा चढिसकेका अवस्थामा सिमराबाट अवतरण रोकिएको सूचना आएपछि सबैलाई विमानबाट ओरालिएको छ । 

सिमरा विमानस्थल बाहिर नेकपा एमालेका कार्यरत र जिनजी युवाहरुबीच झडप भएको छ । भीड बढ्दै गएपछि बारा प्रशासनले विमानस्थल क्षेत्रमा कर्फ्यु लगाएको छ । सिमरा विमानस्थलमा अवतरण हुने सबै उडान रद्ध गरिएको छ ।

Read More

बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो । 

एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

Read More

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले बिहीबार सचिवालय बैठक बोलाएको छ ।

बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २८ सयले बढेर तोलाको २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ३१५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३०९० मा कारोबार भएको थियो ।

Read More

ट्रम्पले साउदी अरेबियालाई दिए गैर-नेटो सहयोगीको दर्जा

काठमाडौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट साउदी अरेबियालाई ‘प्रमुख गैर-नेटो सहयोगी’ को दर्जा दिने घोषणा गरेका छन् ।

यो घोषणा साउदी राजकुमार मोहम्मद बिन सलमानको  अमेरिकी भ्रमणमा रहेका बेला गरिएको हो ।

ट्रम्पले भनेका छन्- ‘म हाम्रो सैन्य सहयोगलाई नयाँ स्तरमा लैजाँदैछौं भनेर घोषणा गर्न पाउँदा खुसी छु । हामी औपचारिक रूपमा साउदी अरेबियालाई ‘प्रमुख गैर-नेटो सहयोगी’ तोक्दैछौं ।’

‘प्रमुख गैर-नेटो सहयोगी’ बनेपछि अमेरिकाले साउदी अरेबियासँग सैन्य सहयोग बढाउनेछ, गुप्तचर जानकारी साझा गर्नेछ, र रक्षा प्रविधि र हतियारहरूमा सजिलो पहुँच प्रदान गर्नेछ । विश्वका २० देशहरूले मात्र यो मान्यता प्राप्त गरेका छन् ।

‘प्रमुख गैर-नेटो सहयोगी’ को मान्यता पाउने देशमा अस्ट्रेलिया, इजिप्ट, इजरायल, जापान, न्यूजील्याण्ड, जोर्डन, अर्जेन्टिना, बहराइन, फिलिपिन्स, ताइवान, थाईल्याण्ड, कुवेत, मोरक्को, पाकिस्तान, ट्युनिसिया, ब्राजिल, कोलोम्बिया, कतार र केन्या रहेका छन् र अब सूचीमा साउदी अरेबिया थपिएको छ ।

Read More

प्रधानमन्त्री कार्कीले दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे ब्रिफिङ गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने भएकी छन् ।

आज दिउसो ४ बजे सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले दलहरुलाई सरकारको कामकारवाही र प्राथमिकता बारे ब्रिफिङ गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

Read More

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

प्रवक्ता मनिष झाका अनुसार आज दिउसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय,बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल, सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा, मिडिया अध्ययन कार्यदल, अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने, राजनीति अध्ययन कार्यदल । र उम्मेदवार छनौट सिफारिस समिति विस्तार गर्ने जस्ता एजेण्डामा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।

Read More