२०८३ बैशाख १३

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ ।  सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । 

कर्णालीका लागि पवन सराफले सर्बाधिक २७ रन बनाएका थिए भने मार्क वाटले १७ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने हरमीत सिंह र अविनाश बोहोराले २-२ विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन बनाए ।  त्यस्तै हरमित सिंहले १९ र क्रिस लीनले १८ रन बनाएका थिए ।  त्यसैगरी कर्णालीका बलर कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

यो जितपछि सुदूरपश्चिम रोयल्सले लगातार ३ खेल जितेको छ । सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै कर्णाली याक्सले भने ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

Read More

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।

साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ । 

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिएका हुन् ।

हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अनिवार्य अवकासमा जाँदैछन् ।  त्यस्तै मन्त्रिपरिषद्को बैठकले  अतिरिक्त नायब महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । 

मन्त्री पुनका अनुसार सरकारले युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर २० रहेकोमा त्यसलाई घटाएर ५ कायम गर्ने निर्णय गरेको मन्त्री पुनले जानकारी दिएका छन् । 

त्यसैगरी सरकारले जेनजी आन्दोलनमा घाइतेहरूका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा लगाउने निर्णय गरेको मन्त्री पुनले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले भूमिसम्बन्धी नवौं संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Read More

रास्वपाका काठमाडौँ जिल्ला सभापति बिष्टले फिर्ता लिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रास्वपा प्रवक्ता मनिष झाले विष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएको जानकारी दिएका छन् ।

विष्टले मंसिर ५ गते पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए ।

Read More

दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टिम प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् ।

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उहाँले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरेकी थिइन् ।

‘यो तपाईँहरुको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरु हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ। र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस्।’

उनले अगाडि भनिन्, ‘एकदमै राम्रो कुरा हो। आफ्नै पहलमा यहाँहरुले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ। त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ। सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरुसँग छलफल गर्छु।’

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो ।

उनीहरुले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताएक थिए ।

Read More

सुदूरपश्चिमले कर्णाली याक्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको हो । 

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन बनाए ।  त्यस्तै हरमित सिंहले १९ र क्रिस लीनले १८ रन बनाएका थिए । 

त्यसैगरी कर्णालीका बलर कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए । 

Read More

पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न होटल र रेष्टुरेन्टहरुलाई आग्रह

काठमाडौँ । होटल तथा रेष्टुरेन्टहरुले उत्पादकले तोकेको मूल्यभन्दा बढी मुल्यमा पानी बिक्रि नगर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले आग्रह गरेको छ ।

बिभागले एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरुप जरिवाना र क्षतिपूर्ति समेत दिनुपर्ने भन्दै एमआरपी भन्दा बढी रकम असुल नगर्न भनेको छ ।

बिभागले भनेको छ:    
खानेपानी बोतल बिक्री वितरण र मूल्यका सम्बन्धमा उपभोक्ताको व्यापक गुनासो प्राप्त भएको सन्दर्भमा अनुरोध गरिएको छ, उत्पादकहरुले तोकेको अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिई होटल, रेस्टुरेन्ट आदिमा बिक्री गरिरहेको पाइएको एवं उपभोक्ताले मेनुमा उल्लेख भएका वस्तु वा सेवा प्राप्त गरेपछि टेबलमा लगेर राखिएको सिलबन्दी बोतललाई उपभोक्तासँग थप मूल्य लिनु उपयुक्त नदेखिएको हुँदा एमआरपीभन्दा बढी मूल्य लिँदा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार उपभोक्ताले माग दाबी गरेमा कारबाही स्वरुप जरिवाना र क्षतिपूर्ति समेत हुने हुँदा सिलबन्दी खानेपानी बोतल ग्राहकलाई उपलब्ध गराउँदा अधिकतम खुद्रा विक्री मूल्य (एमआरपी) भन्दा बढी रकम असुल नगर्नु हुन सूचित गरिएको छ । अन्यथा उजुरी वा स-प्रमाण दाबी हुन आएमा उपभोक्ता संरक्षण ऐन, नियम अनुसार कारबाही हुने बेहोरा सबैमा जानकारीका लागि यो सूचना गरिएको छ ।

Read More

महानगरको राजश्व संकलनको लक्ष्य हासिल गर्ने बारे छलफल

काठमाडौँ । नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ ।

सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत बर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो । 

चालु आर्थिक वर्षको अहिलेसम्म प्राप्त राजस्वका विषयमा जानकारी दिँदै समितिका सदस्य सचिव एवं राजस्व विभागका प्रमुख दीपक अधिकारीले अहिलेसम्म कुल राजस्वमा २२ प्रतिशत र आन्तरिक राजस्वमा २० प्रतिशत लक्ष्य हासिल भएको जानकारी दिए । उनका अनुसार यस वर्षका लागि लक्ष्य राखिएको १५ अरब ११ करोड ४३ लाख रुपियाँमा मंसिर ७ गतेसम्ममा ३ अरब ३७ करोड २३ लाख रुपियाँ संकलन भइसकेको छ । गएको यही यसै दिनसम्ममा ३ अरब २६ करोड २२ लाख ६० हजार रुपियाँ राजस्व संकलन भएको थियो । यसरी गएको वर्षको तुलनामा यस वर्ष मंसिर ७ गतेसम्ममा ११ करोड १ लाख २६ हजार रुपियाँ वढी राजस्व संकलन भएको छ ।   

आन्तरिक आयतर्फ १० अरब १२ करोड ६४ लाख रुपियाँ लक्ष्य राखिएकोमा अहिलेसम्ममा २ अरब ९ करोड ८३ लाख रुपियाँ राजस्व संकलन भएको छ । यसबाहेक यस वर्ष अनुदानबाट २ अरब ४७ करोड ६९ लाख १६ हजार रुपियाँ आय हुने लक्ष्य राखिएको छ । 

बैठकमा राजस्व संकलनका विद्यमान चुनौती, चुनौतीको सामना गर्न अपनाइएका विधि र यस पछि गर्नु पर्ने कामका विषयमा छलफल भएको थियो । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको क्षतिले व्यवसाय तथा व्यवसायिक प्रतिष्ठानमा परेको असर, असर न्यूनीकरणका लागि भएका प्रयत्न छलफलमा उठेको थियो ।  

यस क्रममा विभागले गरेका कामका विषयमा जानकारी दिँदै अधिकारीले, महालेखा परीक्षकले विभिन्न आर्थिक वर्षमा औल्याएका वेरुजुमध्ये राजस्व विभागले व्यक्ति र संस्था गरी ८ वटाबाट ३३ लाख २ हजार रुपियाँ वेरुजु असुल गरेको जानकारी दिए । उनका अनुसार घरबहाल सरोकार केन्द्र, होटल एशोसिएसन नेपाल, नेपाल नाइ संघलगायत २१ वटा वस्तुगत संघलाई व्यवसाय कर असुलीका लागि पत्राचार गरेको छ । लामो समयदेखि बिज्ञापन कर नतिरेका डिजिटल बोर्डहरुका विषयमा अनुगमन प्रतिवेदनले विज्ञापन राख्न उपयुक्त हुने राय दिएका बोर्डबाट विज्ञापन कर असुल गरेको छ । विभागले १८ वटा गुनासाको समाधान गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा १० अरब ७६ करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ संकलन भयो । आ. व. २०७८/०७९ का लागि लक्ष्य ९ अरब ८ करोड रुपियाँ थियो । यसमा १० अरब ६० करोड रुपियाँ संकलन गर्‍यो । आर्थिक वर्ष २०७९/०८० मा १० अरब ४१ करोड रुपियाँ लक्ष्य राखेकोमा १० अरब २५ करोड रुपियाँ संकलन भएको थियो । आर्थिक बर्ष २०८०/०८१ मा १० अरब ८० करोड रुपियाँ लक्ष्य राखिएकोमा १० अरब ६४ करोड रुपियाँ राजस्व संकलन भयो । 

आर्थिक वर्ष २०८१/०८२ मा १२ अरब ९० करोड लक्ष्य राखिएकोमा १० अरब ७४ करोड रुपियाँ राजस्व संकलन भएको थियो । 

काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क (पर्यटक प्रवेश शुल्क), विज्ञापन कर,  व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर र मालपोत कर संकलन गर्छ । 

Read More

‘परान’ ले छोयो निम्बस ग्रुपको मन: प्रबन्ध निर्देशक बगरिया भन्छन “फिल्मले समाजलाई दिएको सन्देश अद्भुत छ”

काठमाडौं । दर्शकहरूले नेपालीपन, यथार्थ जीवनका कथा र समसामयिक संवेदनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको भन्दै चलचित्र ‘परान’ लाई निरन्तर माया र साथ दिइरहेका छन् ।

चौथो सातामा प्रवेश गर्दा पनि दर्शकको संख्या घटेको छैन, जसले ‘परान’लाई वर्षको सफल चलचित्रमध्ये एक बनाउँदै लगेको छ ।

यसरी दर्शकको राम्रै साथ र समर्थन पाइरहेका बेला ‘परान’ ले निम्बस ग्रुपको पनि ध्यान खिचेको छ । चिलचित्रको सदाबहार प्रदर्शनको मौकामा निम्बस ग्रुपले आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।

शनिबार पुल्चोकस्थित लाबिम मलमा कर्मचारीसहित चलचित्र हेरेको निम्बस ग्रुपले जनाएको छ ।

चलचित्र हेरेपछि निम्बस ग्रुपका प्रबन्ध निर्देशक अनन्द बगरियाले ‘परान’ बोरे संक्षिप्त प्रतिकृया दिँदै भने: “परान सामाजिक परिवेशमा केन्द्रित रहेर बनेको उत्कृष्ट फिल्म लाग्योे, कलाकारको अभिनय र कथाले पनि हामी सबैको मन जित्यो, यस फिल्मले समाजलाई सकारात्मक सन्देश दिन सफल भयो भन्ने लागेको छ । साथै ‘परान’ हरेक कोणबाट ऐतिहासिक बन्न सकोस् ‘परान’ चलचित्र र सम्पूर्ण टिमलाई हार्दिक शुभकामना”

Read More

व्हाट्सएपका सबै डेटा सुरक्षित छन्- मेटा

काठमाडौँ । मूल कम्पनि मेटाले व्हाट्सएपका डाटा सुरक्षित रहेको दाबि गरेको छ ।

ह्वाट्सएप्पका करोडौ डाटा असुरक्षित रहेको एक अध्ययनको रिपोर्ट सार्बजनिक भएपछि मेटाले सबै डाटा सुरक्षित रहेको दाबि गरेको हो ।

अस्ट्रियाको भियना विश्वविद्यालयको एक अनुसन्धान टोलीले ५७ प्रतिशत व्हाट्सएप प्रयोगकर्ताहरूको प्रोफाइल फोटोहरू र २९ प्रतिशत प्रयोगकर्ताहरूको बारेमा च्याट पहुँच गरेको दाबी गरेको छ । यो खोज कम्पनीको बग बाउन्टी कार्यक्रमको भागको रूपमा गरिएको थियो, जसले यसको सफ्टवेयरमा त्रुटिहरू समाधान गर्ने अवसर प्रदान गर्दछ । रिपोर्टहरूका अनुसार, मेटालाई २०१७ मा यो व्हाट्सएप सुरक्षा त्रुटिको बारेमा जानकारी गराइएको थियो । यसको बावजुद, व्हाट्सएप र मेटाले समयमै कारबाही गर्न असफल भए, जसले गर्दा खतरा वर्षौंसम्म रह्यो ।

अनुसन्धानकर्ताहरूका अनुसार, यदि ह्याकरले यो डेटा प्राप्त गरेको भए, यो इतिहासको सबैभन्दा ठूलो डेटा चुहावट हुने थियो भनेका छन् । अनुसन्धान टोलीले यस स्केलको डेटा एक्सपोजर पहिले कहिल्यै रेकर्ड गरिएको नभएको बताएको छ ।

अनुसन्धानकर्ताहरूले अप्रिल २०२५ मा फेरि व्हाट्सएपलाई यस बगको बारेमा जानकारी गराए। सुरुमा, कम्पनीले यस मुद्दामा धेरै चासो देखाएन । यद्यपि, बारम्बार सम्पर्क र विस्तृत रिपोर्टहरू प्राप्त गरेपछि, यसले समाधान लागू गर्न अनुसन्धानकर्ताहरूसँग काम गर्न थाल्यो । अन्ततः, अक्टोबर २०२५ मा, व्हाट्सएपले सम्पर्क खोजमा कडा दर सीमा लागू गर्‍यो, जसले गर्दा ठूलो मात्रामा डेटा स्क्र्यापिङ असम्भव भयो ।

व्हाट्सएपको मूल कम्पनी, मेटाले पनि यस विषयमा स्पष्टीकरण जारी गरेको छ । कम्पनीले कुनै पनि डेटा चुहावट वा सुरक्षा त्रुटिहरू फेला नपरेको बताएको छ । मेटाले जोखिम पहिचान गर्न र समाधान गर्न बग बाउन्टी कार्यक्रम अन्तर्गत शैक्षिक सहयोग प्रदान गरिएको बताएको छ । मेटाले भनेको छ- ‘अनुसन्धानकर्ताहरूले कुनै पनि निजी जानकारी प्रयोग गरेनन् र अध्ययनमा सङ्कलन गरिएको डेटा सुरक्षित रूपमा मेटाइदिए । ह्याकरद्वारा जोखिमको शोषण भएको कुनै प्रमाण थिएन । व्यक्तिगत सन्देशहरू एन्ड-टु-एन्ड इन्क्रिप्शनद्वारा सुरक्षित छन् । हामी सधैं बग बाउन्टी कार्यक्रम अन्तर्गत अनुसन्धानकर्ताहरूलाई स्वागत गर्दछौं ।’

Read More