२०८३ बैशाख १३

टोटनह्याममाथि आर्सनलको फराकिलो जित

काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्याममाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एबरेची एजले ह्याट्रिक गरेका थिए भने लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रिचार्लिशनले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको १२ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

Read More

अर्घाखाँची सिमेन्ट र तिरूपति फुडलाई दुई लाख जरिवाना

काठमाडौँ । अर्घाखाँची सिमेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।

विभागले आइतबार गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जानकारी दिएको छ ।  त्यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

त्यस्तै आइतबारको अनुगमनमा विभागले पञ्चकन्या स्टीलआकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेर सामान्य निर्देशन दिएको जानकारी दिएको छ ।

Read More

एल्चेसँग बराबरीमा रोकियो रियल म्याड्रिड

काठमाडौँ । रियल म्याड्रिड स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड एल्चे सीएफसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा रियल म्याड्रिडका लागि डिन हुइजसेन र जुड बेलिङघमले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि एलेक्स फेबास र अल्भारो रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयपछि एल्चेका भिक्टर चस्टले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ र दोस्रो स्थानमा रहेको बार्सिलोनाको एक अंक कम भएको छ । त्यसैगरी एल्चेको १३ खेलमा १६ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।   

Read More

जसपाका तीन नेताले छोडे पार्टी, नेपाली कम्युनिष्ट पार्टीमा जादै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ नेताले पार्टी छोडेका छन् । 

उनीहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकता र ध्रुविकरणका लागि भन्दै आइतबार जसपा छाडेका हुन् । पार्टी छाड्नेहरुमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु रहेका छन्।

उनीहरुले मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीसँगको एकता घोषणा कार्यक्रम रहेको छ ।

यसैबीच जसपाको अशोक राई समुहले पनि आइतबार राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति गरेको छ ।  तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति गरेका छन् ।  

Read More

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरको अपराजित यात्रा कायम रहेको छ । अल नासरले गएराती सम्पन्न खेलमा अल खालीजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स, वेस्ली, साडियो माने र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । यस खेलमा रोनाल्डोले गरेको बाइस्कल गोल सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । त्यस्तै अल खालीजका लागि मुराद अल हवसावीले गरेका थिए ।

यो जितसँगै अल नासर साउदी लिगको यस सिजनमा अपराजित रहेको छ । अल नासरको ९ खेलमा २७ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै अल खालीजको ९ खेलमा १४ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

Read More

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जान सहमत

काठमाडौँ । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ । 

आइतबार जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो । 

तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गर्दै फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति भएको छ । साथै तीन दलले विचार मिल्ने दललाई पनि एकल चुनाव चिन्हमा सहमत हुन आह्वान गरेका छन् । 

सहमतिपत्रमा उल्लेख छ :
आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा हामी तीन पार्टी जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिन्हमा भाग लिन सहमत भयौं । एकल चुनाव चिन्हको रूपमा हाल नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको जाँतो (चकिया) चुनाव चिन्ह प्रयोग गर्न सहमत भयौं । साथै हामीसंग विचार मिल्ने अन्य पार्टीहरुलाई पनि एकल चुनाव चिन्हमा आउन आह्वान गर्दछौं ।

Read More

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।

त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ र कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

Read More

२०८२ मंसिर ८ गते सोमबार: आजको राशिफल

आज मंसिर ८ गते सोमबार ईस २०२५  नोभेम्बर २४ नेपाल सम्बत ११४६ कछलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले साथ दिन समय हो, कुनै प्रदर्शन वा प्रतिस्पद्र्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । कार्यक्षेत्रमा सफलता पाउनुका साथै सीप र प्रविधिको प्रयोग गरेमा वर्चस्व कायम हुने तथा प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुने राम्रो दिन छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती र सङ्घर्षका माझमा आफूलाई प्रतिष्ठित तुल्याउने परिस्थिति छ, तर शारीरिक कमजोरी र मानसिक खिन्नता बढ्नाले लक्ष्यप्रति भ्रमित बन्न सक्नुहुन्छ । कलात्मक कार्य अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ्ग जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचाररविमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देशपरदेशबाट शुभ समाचार सुन्न पाइने समय हो । कुनैकुनै काम सँगीसाथी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दैनिक जीवन सहजताका साथमा बिते पनि कुनै कारणवश पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि समर्पण भाव र मायाप्रीति कायम नै रहने देखिन्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।

Read More