२०८३ बैशाख १३

सहकार्य गर्ने चाहना: राष्ट्रिय संकट टार्न कांग्रेस-कम्युनिस्ट सहकार्य अनिवार्य: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र संकटमा रहेको बताएका छन् । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश कम्युनिष्टहरुले मात्रै बचाउन सक्छन् भन्ने अवस्था नरहेको बताए । त्यसका लागि प्रचण्डले नेपाली कांग्रेसलगायत लोकतान्त्रिक पार्टीहरुसँग पनि सहकार्यको आवश्यकता औंल्याए ।

‘लोकतन्त्रवादी, शान्ति र संविधानको पक्षमा उभिएका अन्य राजनीतिक शक्ति मुख्यतः नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्नेछ,’– संयोजक प्रचण्डले भने ।

कांग्रेसलगायत लोकतान्त्रिक शक्तिलाई पनि मोर्चामा सामेल गर्ने ढंगले ठूलो छातीका साथ अघि बढेर मात्रै राष्ट्र जोगाउन सकिने उनले बताए । उनले आफूहरु एउटा नयाँ समाजवादको आधार तयार गर्नेतर्फ लागेको पनि प्रचण्डले बताए ।

गत २०७९ को प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिसभा निर्वाचनमा पनि कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल र गठबन्धन हुन सक्ने धेरैको आँकलन रहेको छ । यद्यपि कांग्रेसका बहुसंख्यक नेताहरुले एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

Read More

लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए ।

उनले भने, ‘होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ । द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबुभित्र राखेका छौँ ।’

उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी दिए ।

साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ । उनले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे ।

मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिए ।

‘सुरक्षा निकायबाट परिचालन हुने कर्मचारीलाई आवश्यक बन्दोबस्तका सामान खरिद व्यवस्थापन भइरहेको छ,’– उनले भने ।

उनले जेनजी आन्दोलनपश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उछृङ्खल गतिविधि भएमा वा समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको बताए । उनले हेल्प डेस्क नम्बर ९८५१३६०६०३ मा फोन गर्न सकिने बताए ।

मन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी हालसम्म चार पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसी निर्वाचन सुरक्षा रणनीति निर्माणलगायतका जम्मा २० वटा निर्णय गरिएको बताए । उनका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्ना गर्ने योजना अघि बढाइएको छ ।

त्यसैगरी मन्त्री अर्यालकाअनुसार भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५९५ जनालाई पक्राउ गरिएको तथा २८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ । अहिलेसम्म ७२३ थान हतियार फिर्ता ल्याइएको उनले जानकारी दिए । कारागार तथा बन्दी गृहबाट फरार भएका १४ हजार ५५४ कैदीबन्दीमध्ये ९ हजार ६९७ लाई फिर्ता ल्याइसकिएको छ । उनले बाकी ४ हजार ८५७ कैदीबन्दी फिर्ता ल्याउन विशेष ‘अपरेसन’ सञ्चालन गरिएको उल्लेख गरे ।

निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणका लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १५६ वटा र थप बजेटबाट १०६ वटा गरी कुल २६२ थान सवारी, सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ वटा र थप बजेटबाट ५० वटा गरी कूल १०९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप छ वटा सवारी खरिदका लागि स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी गराए ।

Read More

राप्रपाका सबै तहका समितिको म्याद ६ महिना थप, यस्ता छन् कार्यसम्पादन समितिको बैठकका निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । 

बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो । 

बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरि समिति गठन गरेको छ भने निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारबाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

त्यस्तै समान विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरूलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेका वार्ता समिति गठन गर्ने निर्णय भएको उनले बताए। बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र प्रदेश सभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिइएको छ ।

बैठकका निर्णयहरु:

१- पार्टीको केन्द्रदेखि सबै तहका समितिहरुको विधानको दफा ५९(२) बमोजिम, म्याद सकिएको मितिले ६ महिनाको लागि थप गर्ने निर्णय गरिएको छ।

२- मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने निर्णय भएको छ।

३- राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यले राप्रपाले मंसिर २३ गते काठमाण्डौंमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने निर्णय गरिएको  छ। 

४- वर्तमान सन्दर्भमा आम जनसमुदायमा राप्रपाको धारणा पुर्‍याउन देशव्यापी सभा र प्रदर्शनहरुको आयोजना गर्न एवं सभा र प्रदर्शन व्यवस्थापन गर्न प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रविन्द्रप्रताप शाह र सहमहामन्त्री धन बहादुर बुढा रहेको समिति गठन गरिएको छ।

५- समान विचारधारा भएका दल, अभियान, समुह र व्यक्तिहरूसँग एकता, मोर्चा र सहकार्यका लागि वरिष्ठ नेता उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुब बहादुर प्रधान रहेको वार्ता समिति गठन गरिएको छ।

६- केन्द्रीय अनुशासन समितिको सिफारिश अनुसार पार्टीका मधेश प्रदेशका प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ । पार्टीको निर्देशन अवज्ञा गर्ने कार्यमा संलग्न बिच्छालाई मधेश प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरिएको छ।

७- सक्रिय सदस्यबाट महाधिवेशनको लागि प्रतिनिधि छनौटको लागि एकीकृत निर्वाचन निर्देशिका, २०७७ ले निर्धारण गरेको सक्रिय सदस्यको संख्याको व्यवस्थालाई नै निरन्तरता दिने निर्णय गरिएको छ।

८- पार्टीको विधानमा आवश्यक संशोधन गर्न कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाको संयोजकत्वमा महामन्त्री भुवन पाठक र महामन्त्री कुन्ती शाही रहेको विधान मस्यौदा समिति गठन गरिएको छ।

९- महाधिवेशनको निर्वाचन प्रयोजनको लागि सांगठनिक निर्वाचन निर्देशिका जारी गर्न सक्ने व्यवस्था विधानको दफा ५१(३) ले केन्द्रीय निर्वाचन समितिलाई अधिकार दिएको हुँदा सोही बमोजिम गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देश गरिएको छ।

१०- सक्रिय सदस्यता वितरणका लागि सक्रिय सदस्यता वितरण निर्देशिका तयार गर्न वरिष्ठ नेता उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री राजेन्द्र गुरुङ रहेको समिति गठन गरिएको छ।  

११- राप्रपाबाट बागमती प्रदेशको सभामुखको जिम्मेवारीमा प्रतिनिधित्व गर्नुभएका र उक्त पदबाट राजीनामा दिनुभएका भुवन पाठकलाई पार्टीको साविकको जिम्मेवारी महामन्त्री पदमा स्वागत गरिएको छ ।

१२- पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा केन्द्रीय सदस्य भरत पाठक र केन्द्रीय सदस्य धनसुर शाहीलाई थप गरिएको छ।

१३- पार्टीको जिल्ला अधिवेशनलाई अझ प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउन पर्यवेक्षकहरु थप गर्ने निर्णय गरिएको छ।

१४- प्रतिनिधिसभाको निर्वाचन र पार्टीको महाधिवेशनको कार्य अघि बढिसकेको सन्दर्भमा हाल प्रक्रियामा रहेको अनुशासन कारबाहीका विषयलाई स्थगन गर्ने तर अनुशासनको उल्लङ्घन हुने नयाँ विषयलाई भने स्थगन गरेको नमानिने भएको छ।

१५- महाधिवेशनको कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल सम्मिलित समिति गठन गरिएको छ।

१६- जेनजी प्रदर्शनमा सहभागी भएकै कारणले मात्र विभिन्न ठाऊँमा धरपकड गर्ने, थुनामा राख्ने कार्य भएको छ । राप्रपा यस्ता कार्यको भर्त्सना गर्दै तत्काल त्यस्तो कारवाही रोक्न र गैरकानुनी थुनामा रहेका कार्यकर्तालाई विना शर्त रिहा गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

Read More

महानगरद्वारा निःशुल्क स्वास्थ्योपचार गर्न सम्झौता

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसामा परेका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्न काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ । 

विहिबार उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुलाई पनि उपचार सेवा उपलब्ध हुनेछ । महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइनेछ । 

लैङ्गिक हिंसामा परेका व्यक्ति, वेवारिसे व्यक्ति, एकल महिला, अपाङ्गता भएका व्यक्ति र सिटी स्क्यान गर्नु पर्ने कर्मचारीहरुका लागि सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । यसरी गरिएको उपचार खर्च महानगरपालिकाले व्यहार्नेछ । उपचार सहकार्यका लागि महानगरपालिकाले १ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । यसमा अस्पतालले ३० प्रतिशत थप गरेर १ करोड ८० लाख रुपियाँ बराबरको उपचार सेवा उपलब्ध हुनेछ । 

चालु आर्थिक वर्षका लागि सम्झौता भएको हो । सेवा लिन कर्मचारी र जनप्रतिनिधिहरुलाई परिचय पत्र, ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र, नागरिकता चाहिन्छ । 

Read More

एनपीएलमा पोखराको पहिलो जित, फेरी हार्यो जनकपुर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न दोस्रो खेलमा पोखराले जनकपुरलाई २५ रनले पराजित गरेको हो ।

पोखराले दिएको १५६ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनाएको थियो । जनकपुरका लागि वाने प्रनिलले सर्बाधिक ५० रन बनाए भने संजय कृष्णमुर्थीले २५ र माज सदाकतले २० रन बनाएका थिए ।त्यस्तै पोखराका बलर विपिन खत्रीले सर्बाधिक ४ विकेट लिए भने सुमीत बर्माले २ तथा कुशल भुर्तेल र जिम्मी निशामले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । पोखराका लागि सुमित बर्माले सर्बाधिक ५० रन बनाए भने दिनेश खरेलले ३८, तृत राज दासले २९ र एडम रोसिंगटनले २४ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलर संजय कृष्णमुर्थीले ३ विकेट लिए भने ललित राजबंशी र अनिल शाहले एक एक विकेट लिए ।

यो यस सिजनमा पोखराको पहिलो जित हो । पोखराको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन जनकपुरले लगातार तेस्रो हार बेहोरेको छ ।

Read More

अमेरिकाले स्थगित गर्यो अफगानी नागरिकहरूको आप्रवासन अनुरोध

काठमाडौँ । अमेरिकाले अफगानी नागरिकहरूको लागि सबै आप्रवासन अनुरोध स्थगित गरेको छ । वाशिंगटन डिसीस्थित ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा दुई राष्ट्रिय गार्ड सदस्य गम्भीर घाइते भएपछि अमेरिकाले यस्तो कदम चालेको हो । घटनामा संलग्न संदिग्धलाई अफगान नागरिकको रूपमा पहिचान गरिएको थियो ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाले ‘सुरक्षा र जाँच प्रोटोकल’ को समीक्षा नभएसम्म यो निर्णय गरिएको बताएको छ । यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणलाई ‘आतंकवादी कार्य’ बताएका थिए ।

होमल्याण्ड सेक्युरिटीद्वारा जारी विज्ञप्तिमा संदिग्धलाई रहमानउल्लाह लकनवालको रूपमा पहिचान गरिएको छ र उनलाई अफगानिस्तानबाट आएको एक आपराधिक आप्रवासी भनेर वर्णन गरिएको छ । विज्ञप्ति अनुसार, अमेरिकाले २०२१ मा अफगानिस्तानबाट सैन्य फिर्ता पछि अपरेशन एलाइज वेलकम अन्तर्गत हजारौं अफगानीहरूलाई अमेरिका लागेको थियो ।

यो कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा लागू गरिएको थियो । २९ वर्षीय रहमानउल्लाह सेप्टेम्बर २०२१ मा यस कार्यक्रम अन्तर्गत अफगानिस्तानबाट अमेरिका आएका थिए ।

गोलीबारी पछि, ट्रम्पले अमेरिकाले जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट आउने प्रत्येक आप्रवासीको पुन: जाँच गर्नुपर्ने बताएका छन् ।

Read More

काठमाडौंका सडक मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा

काठमाडौं । काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन् । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ । 

त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ । 
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रुपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी  तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए । सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे । 

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिनेछ ।

Read More

बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत

काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।

नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।

नेपालबाट सन्दीप लामिछाने क्याटोगरी बी मा सुचिकृत भएका छन् भने क्याटोगरी डी मा दिपेन्द्र सिंह ऐरी, क्याटोगरी ई मा आसिफ सेख, गुलशन झा र सोमपाल कामी सुचिकृत भएका छन् ।

बंगलादेश प्रिमियर लिगमा १२ बर्षपछि अक्सन हुदैछ । यस बर्षको बंगलादेश प्रिमियर लिग डिसेम्बर १९ देखि शुरु हुदैछ । यस सिजनमा ६ फ्रेन्चाइजीले लिगमा खेल्ने बताइएको छ । जसमा रंगपुर राइडर्स, ढाका क्यापिटल्स, सिल्हेट टाइटन्स, चट्टोग्राम रोयल्स, राजशाही वारियर्स र नोआखली एक्सप्रेसले खेल्ने बताइएको छ ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । नेपालले समुह ए अन्तर्गतको खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपालले दिएको २७१ रनको लक्ष्य पछाएको हङकङले ४०.५ ओभरमा अल आउट हुदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै २७० रन बनाएको थियो ।

यो जितपछि नेपालले समुह ए मा दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले अब सेमिफाइनलमा मलेसियाको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

प्रतियोगिताका शिर्ष तीन देशले डिसेम्बरमा युएईमा हुने यू-१९ एशिया कपमा छनौट हुने छन् । यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् ।

Read More

प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले ठाकुरसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गरेकी थिइन् । 

ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल गरिरहेको जानकारी पनि दिए । उनले भने- ‘हामी स्पष्ट छौँ। चुनावमा भाग लिनुपर्छ, लिन्छौँ नै। चुनाव नै अबको एक मात्र निकास हो ।’

सो अवसरमा ठाकुरले तराई–मधेसको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने महत्त्वपूर्ण परियोजनाहरूलाई गति दिन सरकारसँग आग्रह पनि गरेका थिए ।

Read More