२०८२ चैत्र १

एनपीएल: कर्णालीमाथि विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

रोमाञ्चक खेलमा विराटनगरले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो । विराटनगरको जितमा बसिर अहमदले अविजित ६२ रनको शानदार पारी खेलेका थिए । त्यस्तै नारायण जोशीले २५, साहिल पटेलले १९ र साम हीजलेटले १६ रन बनाएका थिए ।

त्यस्तै कर्णालीका सोमपाल कामी र गुलशन झाले २-२ विकेट लिएका थिए भने पवन सराफ, नन्दन यादव, विलियम बोसिस्टोले एक एक विकेट लिएका थिए ।    

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए । त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

यो जितपछि विराटनगरको ५ खेलमा ८ अंक भएको छ भने कर्णालीले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

Read More

बंगलादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य गम्भीर

काठमाडौँ । बंगलादेशी राजनीतिमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक, बीएनपी प्रमुख खालिदा जियाको स्वास्थ्यमा अचानक बिग्रेको छ । पार्टीका नेताहरूले ८० वर्षीया पूर्व प्रधानमन्त्री जियाको अवस्था गम्भीर रहेको र डाक्टरहरूले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले खालिदा जियालाई छातीमा संक्रमण भएपछि आइतबार राति अस्पतालमा भर्ना गरिएको थियो जसले उनको मुटु र फोक्सोमा गम्भीर असर पारेको छ । डाक्टरहरूले शुक्रबार राति उनको अवस्था गम्भीर घोषणा गरेका छन् ।

खालिदा जिया विगत धेरै वर्षदेखि धेरै गम्भीर रोगहरूसँग लड्दै आएकी छिन् । उनी लामो समयदेखि कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखाको समस्याबाट पीडित छिन् । उनको उमेर र दीर्घकालीन रोगहरूले यो संक्रमणलाई अझ खतरनाक बनाएको छ ।

उनका जेठा छोरा तथा बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमान २००८ देखि लन्डनमा बस्दै आएका छन् । उनका कान्छा छोरा अराफत रहमानको २०२५ मा हृदयघातका कारण मृत्यु भएको थियो । परिवारका अधिकांश सदस्यहरू देश बाहिर भएकाले हेरचाहको जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वले गरिरहेको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनपछि अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतन पछि, बीएनपी राजनीतिक रूपमा अग्रणीको रूपमा देखा परेको छ । यस वर्षको मे महिनामा, खालिदा जिया लन्डनमा चार महिनाको उपचारपछि देश फर्किइन् ।

Read More

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सम्पन्न, ४० करोड ४७ बजेट स्वीकृत

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४९औं प्राज्ञ सभा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षता सम्पन्न भएको छ ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिष्ठानका सहकुलपति महावीर पुनको उपस्थिति रहेको थियो । सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको छ । यस्तै सभाले आ. व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ।

सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजारको वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ।

आ. व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याइएका विषयहरुमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गरेकी थिइन् । 

प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरेका थिए । प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा. डा. विजया पन्तले गरेका थिए ।

Read More

पूर्व एआईजी पोखरेल रास्वपामा, अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई मनोनयन गर्ने निर्णय गरेको छ । पोखरेल आजै रास्वपा प्रवेश गरेका थिए ।

प्रवक्ता मनिष झाका अनुसार बैठकले आयोगको सदस्यमा अधिवक्ता सुशीला सिंखडालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा संवाद समितिको तर्फबाट हालसम्म भएका प्रगतिहरू ब्रिफिङ भएको छ भने परिवर्तनका पक्षधर र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने राजनीतिक शक्तिहरूको ध्रुवीकरणको नेतृत्व गर्नेतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाई गरिरहेको र यसबाट छिट्टै आशा लाग्दा उपलब्धिहरू हुने छलफल गरेको प्रवक्ता झाले बताएका छन् । साथै विवेकशील साझा पार्टीको तर्फबाट पार्टी एकताका लागि भएको निर्णयको स्वागत गर्दै सो सम्बन्धमा पार्टी एकता घोषणा कार्यक्रम सहितको छलफल गर्न आजै बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने निर्णय गरेको छ ।

त्यस्तै रास्वपाले कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा सदस्यहरु प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सम्मिलित उम्मेदवार छनोट अडिट समिति गठन गरेको छ ।

त्यस्तै रास्वपाले डा. जनक राज पन्त र कुमार आनन्द मिश्रलाई केन्द्रीय अभियान प्रचार प्रसार विभागको सदस्यमा, मुक्ति पाण्डे, रामकुमारी पुरीलाई केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्यमा, प्रदीप तिमल्सेना (साजन) र मिन्तिरा सुवेदीलाई केन्द्रीय संगठन विभागको सदस्यमा, पेशल सुवेदी र सुनिल खतिवडालाई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभागको सदस्यमा, टक्कर स्वांरलाई केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागको सदस्यमा, प्रवेश राईलाई केन्द्रीय अनुसन्धान अभिलेखीकरण विभागको सदस्यमा, हरि श्रेष्ठलाई केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको सदस्यमा, जानीका जोशीलाई केन्द्रीय जनसम्पर्क विभागको सदस्यमा र रामकृष्ण श्रेष्ठलाई केन्द्रीय र्याट समन्वय विभागको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।

Read More

देश नेपाली कम्युनिष्ट पार्टीले कोरेको गोरेटोतर्फ हिडिरहेको प्रचण्डको दाबी

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश नेपाली कम्युनिष्ट पार्टीले कोरेको गोरेटोतर्फ हिडिरहेको दाबि गरेका छन् ।

धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले देशमा चुनावको वातावारण बनिसकेको बताउदै प्रचण्डले कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेको र एमाले पनि चुनावमा आउने दाबि गर्दै देश आफुहरुले कोरेको गोरेटोमा हिडिरहेको दाबी गरे । प्रचण्डले एमालेले बाहिर जे भने पनि दल दर्ता गरेर चुनावको बाटोमा आएको बताए । 

प्रचण्डले आफुहरु जेनजीको असली अभिभावक रहेको बताउदै जेनजी भन्दा बढी सक्रिय रहेको र जेनजीको भावना आफुहरुले नै बुझ्ने बताए । प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे ।

उनले नेपाली कम्युनिष्ट पार्टीलाई चुनावमा देशको सबैभन्दा ठुलो दल हुन बाट कसैले रोक्न नसक्ने बताए ।

Read More

राखेपका सदस्य सचिव घिसिङको बिदाई

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई बिदाइ गरेको छ ।

शुक्रबार राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले सदस्य–सचिव टंकलाल घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका हुन् । सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।

घिसिङको चार बर्षेकार्यकाल आजदेखि सकिदैछ । घिसिङलाई तत्कालिन मन्त्रिपरिषदले २०७८ मङ्सिर १३ गते नियुक्त गरेको थियो ।

Read More

हाम्रो ध्यान एमाले तिर छ- प्रचण्ड

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका छन् ।

धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले  आफुहरुको ध्यान एमालेतर्फ पनि भएको भन्दै एमाले भित्रका देशभक्त बामपन्थी क्रान्तिकारीलाई आफ्नो पार्टीमा ल्याउने बताएका हुन् । 

आफुहरुले पार्टीको नाम राख्दा पनि धेरै बिचार गरेर बनाएको भन्दै अब यसमा पुच्छर झुण्डाउन आवश्यक नरहेको बताए । प्रचण्डले भने-  हाम्रो ध्यान एमाले तिर पनि त्यतिकै छ । एमालेभित्रका सबै देशभक्त सबै बामपन्थी क्रान्तिकारीहरु यहि नेपाली कम्युनिष्ट पार्टी भित्र एकताबद्ध हुनुपर्छ भन्ने ठानेका छौं ।’

प्रचण्डले एमाले भित्र रहेका सबै क्रान्त्रिकारीहरुलाई गम्भीर रुपमा विचार गरेर एकैठाउमा ध्रुविकृत हुन आव्हान गरेका छन् ।

प्रचण्डले जेनजी आन्दोलनमा युवाहरुले उठाएका मुद्धाहरु आफुहरुले उठाउदै आएका मुद्धा भएको दाबी गर्दै आफुहरुले तत्काल जेनजीको आन्दोलनको समर्थन गरेको बताए । प्रचण्डले जेनजी युवाहरुले नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो अभिभावक ठानेको दाबि गरे । 

Read More

पुटिनले दुई दिने भारत भ्रमण गर्ने

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । भारतको विदेश मन्त्रालयले डिसेम्बर ४ र ५ मा पुटिनले भारतको भ्रमण गर्ने जानकारी दिएको छ ।

मन्त्रालयले भनेको छ- ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिन २३औं वार्षिक भारत-रूस शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।’

यस भ्रमणको क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने भएका छन् र उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने तालिका रहेको छ ।

यो भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जानकरी दिएको छ । दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा पनि छलफल गरिने बताइएको छ । पुटिनको भारतको अन्तिम भ्रमण डिसेम्बर २०२१ मा भएको थियो । यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका छन् ।

Read More

एनपीएल: कर्णालीले यस जित्यो, विराटनगरले पहिला बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै विराटनगरले पहिला बलिङ गर्ने भएको छ ।

जारी एनपीएलमा कर्णाली याक्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने २ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै विराटनगर किंग्सले ४ खेलमा ३ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Read More

अकुत सम्पत्ति आर्जनसम्बन्धि मुद्धामा इन्जिनियर रानाभाटलाई विशेषले दिएको सफाईविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ । इन्जिनियर राम बहादुर रानाभाटले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।

अख्तियारले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाको विरुद्धमा सर्वोच्च मा पुनरावेदनको निवेदन दर्ता गरेको जानकारी दिएको छ ।

रानाभाटले गैरकानुनी रुपमा ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ कमाई गरेको अख्तियारको आरोप रहेको छ । विशेष अदालत, काठमाडौँले रानाभाटलाई गत भदौ ६ गते सफाई दिएको थियो ।  

Read More