२०८३ बैशाख १६

मन्त्री घिसिङबाट विपद् प्रभावित रोशी क्षेत्रको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरो क्षति पुर्याएको काभ्रेपलाञ्चोक रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् । 

बाढीका कारण त्यस क्षेत्रका सडक एवमु पुल, खानेपानी, स्वास्थ्य चौकीलगायतका क्षति पुगेको तर पुनर्निर्माण हुन नसकेको गुनासो आएपछि शुक्रबार मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागमा महानिर्देशक, सिँचाइ डिभिजनका प्रमुखलगायतको टोली सहित निरीक्षणमा गएका हुन् । 

मन्त्री घिसिङले रोशी नदीले क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने बताए । अहिलेको सरकारको प्राथमिकता चुनाव गराउने रहेको उल्लेख गर्दै उनले प्रभावकारी सेवा प्रवाह, विपद् प्रभावित क्षेत्रको पुनस्र्थापना एवम् पुनर्निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताए । 

गत वर्षको १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोले रोशी गाउँपालिका–१, २ र ३ र नमोबुद्ध गाउँपालिका–८ र ९ र महाभारत तथा खानीखोला गाउँपालिका जोड्ने फलामेसाँघुको पक्की पुलको दायाँबायाँको सडकमा क्षति पुर्याएको थियो । त्यस क्षेत्र नदी किनार संरक्षण नगरेमा पुल नै बगाउन सक्ने सम्भावना रहेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विपद्मा राखेर उक्त कार्य अगाडि बढाउन अर्थ मन्त्रालयमा बजेट सहमतिका लागि प्रस्ताव पठाइसकेको छ । बाढीले त्यहाँस्थित झोलुङ्गे पुल बगाएको थियो । पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ  । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो । 

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले विपद् प्रभावित संरचनाको पुनर्निर्माणमा बजेट अभाव हुन नदिने बताएको तर सोबमोजिम काम काम हुन नसकेको उल्लेख गरे ।

Read More

एनपीएल: चितवनमाथि काठमाडौँ ५३ रनले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछाएको चितवनले १७.२ ओभरमा अलआउट हुदै ८९ रन मात्र बनाएको थियो ।

चितवनका लागि देव खनाल र रवि भोपाराले २१-२१ रन बनाएका थिए भने सोहेल तनवीरले १८ रन बनाएको थियो । त्यस्तै काठमाडौँका बलर रशिद खानले ३ विकेट लिएका थिए भने करण केसी, मिलिन्द कुमार र शाहब आलमले २-२ विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको थियो ।

त्यस्तै काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्‍जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए ।

यो जितपछि काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने चितवनले ४ खेलमा २ खेल र २ हार बेहोरेको छ ।

Read More

जंगीअड्डामा प्रधानमन्त्री कार्की: निर्वाचनमा थोपा पनि रगत नबगोस, त्रुटिरहित ढंगले काम गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको बताइएको छ । साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न सेनालाई निर्देशन दिईन् ।

साथै, उनले आगामी निर्वाचनमा थोपा पनि रगत बग्न नहुने र एक जना पनि घाइते हुन नहुने बताउँदै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिईन् । ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु,’– उनले भनिन् ।

त्यस्तै, जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न पनि उनले नेपाली सेनालाई आग्रह गरिन् । कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।

Read More

धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरू

धनगढी । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरू भएको छ ।

नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्‍याली निकालिएको थियो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।

Read More

प्रधानमन्त्री कार्कीको सेनाको मुख्यालय जंगी अड्डामा, निर्वाचन सुरक्षा तयारीबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । 

सो क्रममा नेपाली सेनाले प्रधानमन्त्री कार्कीलाई हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो भने निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेकी छन् ।

निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन् ।

त्यस्तै प्रधानमन्त्री कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्नु नहुने र एक जना पनि घाइते हुन नहुने भन्दै यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिएकी थिइन् ।

त्यस्तै जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न समेत उनले निर्देशन दिएकी छन् ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो ।

Read More

बर्षा तथा बाढीबाट भएको भौतिक क्षतिमा ३ अर्ब ७७ करोड बीमा दाबी, एक करोड १४ लाख मात्र भुक्तानी

काठमाडौँ । गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्म एक करोड १४ लाख भुक्तानी भएको छ  । 

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परेका ७४४ प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको हो ।

जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव ४ करोड १४ लाखमध्ये करिव १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु नभएको प्राधिकरणले जनाएको छ ।

Read More

हङकङ आगलागी: मृत्यु हुनेको संख्या १२८ पुग्यो

काठमाडौँ । विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ र बेपत्ताको यकिन संख्या अझै स्पष्ट रहेको छैन । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ । बुधबार भएको आगलागीमा अहिले पनि कैयौं फ्ल्याटमा आगो बलिरहेको बताइएको छ ।

आगलागीमा ७९ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो । 

केही निर्माण कार्य भइरहेको थियो र भवन वरिपरि बाँसको मचान खडा गरिएको थियो । यसले गर्दा आगो द्रुत गतिमा फैलिएको बताइएको छ । प्रहरी अनुसन्धानले आवासीय भवनहरूमा प्रयोग हुने सुरक्षा जाली, वाटरप्रुफ क्यानभास र प्लास्टिकका पानाहरूले पनि ब्लकभरि आगो द्रुत गतिमा फैलिन योगदान पुर्‍याएको खुलासा गरेको छ । यसका साथै, झ्यालहरू बन्द गर्न प्रयोग गरिने अत्यधिक ज्वलनशील पोलियुरेथेन फोमले पनि आगो फैलिनमा योगदान पुर्‍याएको पाइएको छ । प्रहरीले आगलागीको सम्बन्धमा निर्माण कम्पनीका निर्देशक र परामर्शदाता सहित तीन जनालाई पक्राउ गरेको छ ।

अधिकारीहरूले ठूलो आगलागीबाट प्रभावित हङकङ परिसर वाङ फुक कोर्टको मर्मतसम्भारसँग सम्बन्धित “सम्भावित भ्रष्टाचार” को अनुसन्धान गरिरहेका छन् । हङकङको वैधानिक भ्रष्टाचार विरोधी निकाय, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोगले यस विषयमा उल्लेखनीय सार्वजनिक चासोलाई ध्यानमा राख्दै अनुसन्धान गर्न कार्यदल गठन गरेको जानकारी दिएको छ ।

हङकङका प्रमुख कार्यकारी जोन लीले आगलागीमा प्रभावित प्रत्येक घरपरिवारलाई प्रारम्भिक राहतस्वरूप १० हजार हङकङ डलर दिने घोषणा गरेका छन् ।

Read More

पेस्तोल तथा रिभल्भरसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थान सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

एनपीएल: काठमाडौँले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.४ ओभरमा अलआउट हुदै १४२ रन बनाएको हो ।

काठमाडौँका लागि जोन सिम्पसनले सर्बाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रन बनाए । त्यस्तै चितवनका बलर सोहेल तनवीरले सर्बाधिक ४ विकेट लिए भने रञ्‍जित कुमार र कमल सिंह ऐरील २-२ विकेट लिए ।

Read More

श्रीलंकामा भिषण बाढी, हालसम्म ५६ जनाको मृत्यु

काठमाडौँ । श्रीलंकामा भारी वर्षाका कारण ठूलो बाढी र पहिरो गएको छ, जसमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् ।

यो हालैका वर्षहरूमा देशको सबैभन्दा गम्भीर मौसम-सम्बन्धित प्रकोपहरू मध्ये एक हो । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार, चिया बगान जिल्ला बदुल्लामा राति पहिरोमा २१ जनाको मृत्यु भएको छ । बाढी प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयहरू स्थापना गरिएको केन्द्रले जानकारी दिएको छ ।

श्रीलंकामा शुक्रबार चक्रवात दिटवाहा यसको पूर्वी तटमा पुग्ने पूर्वानुमान रहेकाले यसको तयारी गरेको जानएको छ । दिटवाहा सुरुमा पूर्वी तट नजिकै गहिरो डिप्रेसनको रूपमा सुरु भयोर पछि यो द्रुत गतिमा चक्रवातमा परिणत भएको बताइएको छ ।

Read More