२०८३ बैशाख १६

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्चर नगरपालिका-६ बौद्ध बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ घर भएका ३० वर्षीय मिङमार शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  गोकर्णेश्चर नगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

Read More

ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु

काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले आक्रमणमा घाइते भएका अर्का राष्ट्रिय गार्ड सदस्य २४ वर्षीय एन्ड्रयु वुल्फ आफ्नो जीवनको लागि लडिरहेको बताएका छन् ।

बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्ड सदस्यमाथि एम्बुस प्रहार गरिएको थियो । प्रहरीले घटनाको सम्बन्धमा अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।

Read More

पोखरामा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका-१२ गुम्बा फेदीस्थित ४८ वर्षीय दिपक गुरूङले संचालन गरेको दिक्षा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार १ सय ६५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ४ अर्ब २ करोड बीमा दाबी भुक्तानी

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख दाबी रकममध्ये करिव ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख दाबी रकममध्ये करिव ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ ।

Read More

चिनियाँ कम्पनिले पायो हजारको नोट छाप्ने ठेक्का

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

नोट छपाईका लागि चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पोरेसन, बेजिङले एक करोड ६९ लाख ८५ हजार डलरको करार सम्झौता भएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक खरिद (चौधौं संशोधन, २०८२) नियमावली, २०६४ को दफा १३७ तथा नोट छपाई तथा सिक्का टकमरी सम्बन्धी निर्देशिका, २०६५ (दोस्रो संशोधन २०८१ मिलाइएको रुपमा) को दफा ५४ को व्यवस्था बमोजिम सो ठेक्का सम्झौताको जानकारी दिएको जनाएको छ ।

Read More

वैदेशिक रोजगारमा जानेले नि:शुल्क स्वास्थ्य परामर्श लिन सकिने

काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । 

श्रमिकको स्वास्थ्य आफ्नो उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले  ००९७७९७६३४९०९००  फोन नम्वरमा भाइबर वा ह्वाट्सएप वा  इमो मार्फत फोन गरी चौविसै घण्टा मृगौला रोग र मृगौला स्वास्थ्य सम्वन्धी सेवा  तथा  परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको छ । 

साथै अन्य स्वास्थ्य सेवाको लागि  ००९७७९८५१३४५७०१  र ००९७७९८५१३४५७०२ सम्पर्क गरी सेवा लिन प्रभावकारी रुपमा काम गर्न सुरु गरिसेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Read More

ग्यास बुलेटका कारण अवरुद्ध दाउन्ने सडक सुचारु

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । सो ग्यास बुलेटलाई साइड लगाएर सडक दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा शुक्रबार बिहान करिब ६ बजे उकालो चढ्न नसकी ब्याक भई सडकमै तर्सो परेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

Read More

सुन तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३३४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।

Read More

कब्जा गरिएका क्षेत्रबाट युक्रेनी सेना नहटेसम्म युद्ध रोकिदैन- पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी युद्ध अन्त्य गर्ने प्रमुख सर्तहरू दोहोर्‍याएका छन् । पुटिनले आफुहरुले दाबी गरेको क्षेत्रहरूबाट युक्रेनले आफ्नो सेना फिर्ता गरेपछि मात्र रूसले युद्ध रोक्ने स्पष्ट गरेका छन् ।

पुटिनले लामो समयदेखि आफुले कब्जा गरेका युक्रेनी क्षेत्रहरूको कानुनी मान्यताको माग गर्दै आएका छन् । यसमा २०१४ मा कब्जा गरिएको क्रिमिया र पूर्वी डोनबास क्षेत्र समावेश छन्, जसमध्ये धेरैजसो अहिले रूसी नियन्त्रणमा छन् । युक्रेनले डोनबास छोड्न निरन्तर अस्वीकार गरेको छ ।

पुटिनको भाषणपछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युद्धलाई साँच्चै अन्त्य गर्ने प्रयासहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

किर्गिस्तानको भ्रमणको क्रममा पत्रकारहरूसँग कुरा गर्दै, पुटिनले युक्रेनलाई ‘अन्तिम युक्रेनीसम्म लड्न’ चाहेको आरोप लगाए । 

यसअघि, जेलेन्स्कीले रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न अमेरिकी शान्ति सम्झौतामा सहमत भएको बताइएका थियो । गत हप्ता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८-बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए, जुन गत सप्ताहन्तमा जेनेभामा छलफल र अपडेट गरिएको थियो ।

यसैबीच पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफ सहितको एक अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ताको सुरुमा रूस आइपुग्ने बताएका छन् ।

Read More

निशर्त एकता नगरे सहर्ष बिदाई नै ईश्वर पोखरेलको निमित्त सही बिकल्प हो – महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लाइ उम्मेदवार र पार्टी एकताको बहस चर्किएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि एमालेमा एक किसिमको तरंग आएको छ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनका लागि एमाले अहिले देशभर प्रतिनिधि छनौटको चरणमा रहेको छ ।

यसैबीच एमाले नेता महेश बस्नेतले पोखरेलको उम्मेदवारी घोषणाले पार्टी भित्र अनावश्यक तरंग सिर्जना गरेको र द्वन्दको वातावरण बनेको टिप्पणी गरेका छन् ।

बस्नेतले आजको प्रश्न कसले नेतृत्व दाबि गर्छ भन्ने भन्दा पनि कसले पार्टी बचाउन सक्छ भन्ने रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा ओलीले नै पार्टीको दृढ नेतृत्व गर्न सक्ने दाबी गरेका छन् ।

नेता बस्नेतले ईश्वर पोखरेल जस्ता नेता एमालेको सम्पत्ति भएको तर संबेदनशील घडीमा नेतृत्व बदल्ने बाटोमा लागेको आरोप लगाएका छन् । उनले पार्टीमा योगदान गर्न सकिन्छ भने निसर्त एकता गर्नुपर्ने भन्दै सकिँदैन भने सहर्ष विदाई नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प भएको कडा टिप्पणी गरेका छन् ।

उनले भनेका छन्:  

एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ। पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो?  अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस ?

आजको प्रश्न “कसले नेतृत्व दाबि गर्छ?” होइन—“कसले पार्टी बचाउन सक्छ?” हो। वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमाले माथिको योजनाबद्ध प्रहारले स्पष्ट देखाइदिएको छ। पार्टीलाई अहिले मजबुत संगठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पंक्ति चाहिन्छ, जुन  के पी ओलीकै दृढ नेतृत्वमा सम्भव छ।

एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढता बाट मात्र संभब हुन्छ। पोखरेलजस्ता नेता  एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ—स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले।

यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता । यदि सकिँदैन भने सहर्ष विदाई। नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प हो । किनकि व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन, र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन । राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले हो । पार्टी बलियोहोस्, देश बलियोहोस् — यही कार्यकर्ताको चाहना, यही समयको माग हो । अध्यक्ष के पी शर्मा ओलीमा समाहित हुँदै उहाँकै पहल र ब्यबस्थापनमा देश कम्युनिष्ट आन्दोलन र नेकपा एमाले बलियो बनाउन सकिन्छ्।

Read More