२०८३ बैशाख १४

एयरबसको सफ्टवेयर अपडेटले हजारौ विमान प्रभावित हुने आशंका

काठमाडौँ । विमान निर्माता एयरबसले आफ्ना हजारौं विमानहरूको लागि सफ्टवेयर अपडेटको घोषणा गरेको छ । यसको कारण तीव्र सौर्य विकिरण भएको बताइएको छ, जसले उडान नियन्त्रणको लागि आवश्यक डेटालाई असर पार्न सक्ने बताइएको छ । यसले विश्वभरका लगभग ६ हजार विमानहरूलाई असर गर्ने विश्वास गरिन्छ ।

अमेरिकन एयरलाइन्स, डेल्टा, एयर इन्डिया र विज लगायत विश्वभरका धेरै एयरलाइन्सहरूले यस सफ्टवेयर अपडेटबाट आफ्ना सेवाहरू प्रभावित भएको रिपोर्ट गरेका छन् ।

एयर इन्डियाले एयरबस निर्देशनका कारण तालिकाबद्ध सञ्चालनमा ढिलाइ सम्बन्धी यात्रा सल्लाहकार जारी गरेको छ । एयर इन्डियाले भनेको छ- ‘हामी हाल एयरलाइन अपरेटरहरूसँग सेवामा रहेको यसको ए३२० परिवार विमानसँग सम्बन्धित एयरबस निर्देशनको बारेमा सचेत छौं। यसले हाम्रो फ्लीटको एक भागको लागि सफ्टवेयर/हार्डवेयर पुन: संरेखणमा परिणाम दिनेछ, जसको परिणामस्वरूप टर्नअराउन्ड समय लामो हुनेछ र हाम्रो निर्धारित सञ्चालनमा ढिलाइ हुनेछ ।’

त्यस्तै यसबाट लन्डनको हिथ्रो विमानस्थलले आफ्नो उडान सञ्चालनमा असर नपर्ने बताएको छ, जबकि ग्याटविकले केही समस्याहरूको अनुमान गरेको छ ।

बेलायती यातायात मन्त्री हेइडी अलेक्ज्याण्डरले बेलायती एयरलाइन्सहरूमा पर्ने प्रभाव सीमित देखिएको बताए । उनले थप जानकारीको लागि यात्रुहरूलाई आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिए ।

Read More

क्यान र एमसीसीले एनपीएलमा फ्रेन्चाइजीलाई स्पिरिट अफ क्रिकेट अवार्ड दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्न एकसाथ आएका छन् ।

यो सम्मान निष्पक्षता, सम्मान र खेलको वास्तविक सारलाई उत्कृष्ट उदाहरण दिने फ्रान्चाइजीलाई प्रदान गरिनेछ ।

मङ्सिर १ गतेदेखि शुरु भएको एनपीएलको फाइनल मङ्सिर २७ गते हुने तालिका छ भने अहिलेसम्म आधा प्रतियोगिता सकिएको छ ।

Read More

दार्चुला पावरको आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौँ । दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।

कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । करिब ५६६ करोडको लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए ।

त्यस्तै, उक्त आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ। कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो । कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

दार्चुला पावर लिमिटेडले आफ्ना साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी आइपिओ निष्काशन प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका हुन् ।

आइपिओ अघि कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ। सभामा बोल्दै कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए । उनका अनुसार, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनका कारण आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य कम्पनीले सेयरधनीहरूलाई विश्वस्त गराएको छ ।

Read More

पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गरौँ- गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीलाई पुनर्गठन गर्नेगरी प्रतिनिधि चयन गर्न आह्वान गरेका छन् । 

शनिबार सामाजिक सञ्जालमा लेख्दै विष्टले आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरी प्रतिनिधि चयन गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्: 
‘आदरणीय कमरेडहरु, तपाईंहरु आज हाम्रो पार्टीको ११औं  महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई  थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ  । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।’

एमालेले आज मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने ११औं राष्ट्रिय महाधिवेशनका लागि देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ ।

Read More

विदेशी नागरिकलाई शरण दिने सम्बन्धि सबै निर्णयमा अमेरिकाको रोक

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकहरूको लागि सबै शरण दिने सम्बन्धि निर्णयहरूमा रोक लगाउने घोषणा गरेको छ ।

अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशी नागरिकले सबैभन्दा गहन जाँच शुरु गरेको र सुनिश्चित नभएसम्म यो रोक कायम रहने बताएका छन् ।

बुधबार, वाशिंगटन, डीसीमा ह्वाइट हाउसबाट केही ब्लक टाढा दुई राष्ट्रिय गार्ड सदस्यहरूलाई गोली हानी मारिएको थियो, गम्भीर घाइते भएका दुई गार्डमध्ये एकको मृत्यु भएको छ ।

यस मुद्दामा एक अफगानी नागरिकलाई संदिग्धको रूपमा पक्राउ गरिएको छ र उनी हिरासतमा छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व देशहरूबाट मानिसहरूलाई अमेरिका प्रवेश गर्न रोक्ने बताएको केही घण्टापछि जोसेफ एडलोले यो शरण घोषणा गरेका हुन् ।

Read More

एमालेका महाधिवेशन प्रतिनिधि देशभर एकसाथ आज चयन गरिदै

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ । मंसिर २७-२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि आज प्रतिनिधिहरू छनोट गर्न लागिएको हो ।

कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन् । आज सर्वसम्मत नभएको स्थानमा निर्वाचन गरेर प्रतिनिधि चयन गर्ने तयारी गरिएको छ । एमालेले मंसिर १५ गतेभित्र महाधिवेशन प्रतिनिधिको सबै विवरण पठाउन निर्देशन दिइएको बताए ।
एमालेको संगठन विभागले प्रतिनिधिको उम्मेदवारी शुल्क एक हजारभन्दा बढी नलिन निर्देशन दिएको छ । 

एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् । एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन् । एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन् । त्यसगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन् । एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ ।

एमालको प्रतिनिधि छनोट विधि:
संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् ।  यस्तै प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुनेछन् ।  एमालेको कात्तिक १५ गते बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रति १२ सयबाट सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ । त्यस्तै प्रति ८ सय सदस्यबाट एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको छ । 

त्यसैगरी दलितका लागि प्रति पाँच सय सदस्यबाट एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ भने ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । त्यसैगरी जनसंगठनबाट प्रतिजनसंगठन ५ जनाको प्रतिनिधित्व रहनेछ भने महासङ्घीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जनाको प्रतिनिधित्व रहनेछ । त्यस्तै विभाग र कार्यालयबाट एक-एक जनाको प्रतिनिधित्व रहनेछ । प्रवासबाट महादेश अनुसार पाँच जनाको प्रतिनिधित्व रहनेछ ।

त्यसैगरी केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्य मध्ये प्रदेशबाट ४५, प्रतिनिधि सभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै  प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहनेछन् । पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २१ सय भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ ।

Read More

देउवा अग्रसर भएपछि सहमति उन्मुख काँग्रेसको महाधिवेशन विवाद

काठमाडौँ । नेपाली काँग्रेसमा देखिएको महाधिवेशनको विवाद मिलाउन सभापति शेरबहादुर देउवा अघि सरेका छन्  ।

शुक्रबार पदाधिकारी र पुर्व पदाधिकारीको अनौपचारिक छलफल गरेका देउवाले नियमित महाधिवेशन नै गर्नुपर्ने स्पष्ट सन्देश नेताहरुलाई दिएका छन् । सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्त भित्र नियमित महाधिवेशन गर्ने प्रस्ताव अगाडी बढाएका छन्  ।

शुक्रबारको बैठकपछि काँग्रेस उपसभापति धनराज गुरुङले नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्ने भन्दै सबै नेताहरुले आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले भने- ‘सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ । नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं ।’

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने नियमित महाधिवेशन गर्न समय कम भएकाले विशेष महाधिवेशनमै जोड दिएका थिए । तर सभापति देउवाले विशेष महाधिवेशन नगर्ने स्पष्ट गर्दै पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने बताएका छन् । साथै बैठकमा देउवाले चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका नेताहरुलाई हप्काएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । देउवाले महाधिवेशन बारे विवाद गरेर यति धेरै समय खेर फालेको भन्दै हप्काएका थिए । उनले आफु पार्टीको नेतृत्व छोड्न तयार भएको भन्दै अब महाधिवेशन बारे बखेडा नगर्न भनेका थिए । सभापति देउवाले शनिबार बैठक गरेर पुस मसान्त भित्र महाधिवेशन गर्ने सहमति गर्ने बैठकमा बताएका थिए । 

कांग्रेसमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरु फागुन २१ को निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका छन् । उनीहरुकै अडानका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिले सम्म अनिर्णित रहेको छ । 

सम्भवत काँग्रेसले महाधिवेशन बारे आज अनौपचारिक सहमति गरेर आइतबारको केन्द्रीय समितिको बैठकबाट औपचारिक रुपमा महाधिवेशनको मिति तोक्ने निर्णय गर्ने अपेक्षा गरिएको छ ।

Read More

भ्रष्टाचारले घेरिए जेलेन्स्की, प्रमुख सहयोगीले दिए राजीनामा

काठमाडौँ । युक्रेनी भ्रष्टाचार विरोधी एजेन्सीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माकको घरमा छापा मारेपछि राजीनामा दिएका छन् । 

येर्माक जेलेन्स्कीका सबैभन्दा नजिकका सल्लाहकार हुन् र त्यसैले उनलाई देशको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । उनी अमेरिका र रूस बीचको शान्ति सम्झौतामा युक्रेनको तर्फबाट वार्तामा संलग्न व्यक्ति समेत हुन् ।

भ्रष्टाचार काण्ड पछि, येर्माकमाथि राजीनामा दिन दबाब बढ्दै गएको थियो । अनुसन्धान एजेन्सीहरूले राज्य-स्वामित्वमा रहेका कम्पनीहरूलाई दिइएको टेन्डरको लागि घुसखोरी र सरकारी कोषको दुरुपयोगको सञ्जालको पर्दाफास गरेका छन् । राज्य-स्वामित्वमा रहेको आणविक ऊर्जा फर्म, एनरगोएटमलाई विशेष रूपमा संलग्न गरिएको छ ।

युद्धको समयमा युक्रेनको रणनीति बनाउन येर्माकले प्रमुख भूमिका खेलेका थिए । जेलेन्स्कीले उनलाई रूस-युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले बनाएको २८ बुँदे अमेरिकी शान्ति योजनाको पुन: मस्यौदा तयार गर्न अमेरिकासँग वार्ता गर्ने जिम्मा दिए । यद्यपि, हालैको भ्रष्टाचार काण्ड पछि, विपक्षीहरूले येर्माकको राजीनामा माग गरिरहेका छन् । पहिले, येर्माकका सहयोगीहरू पनि विवादमा परेका छन् ।

२०२४ को चुनावमा आर्थिक अनियमितताको अनुसन्धान पछि येर्माकका दुई पूर्व डेपुटीहरू, ओलेह तातारोभ र रोस्टिस्लाभ शुर्मालाई सरकारबाट हटाइएको थियो । दुवैलाई भ्रष्टाचार र कोषको दुरुपयोगको आरोप लगाइएको थियो। उनका तेस्रो डेपुटी, एन्ड्रे स्मिरनोभलाई पनि घूस लिएको आरोप लगाइएको थियो । उनकोविरुद्ध पनि अनुसन्धान सुरु गरिएको थियो, तर यसको बाबजुद पनि, उनी येर्माकसँग काम गर्न जारी राखेका थिए ।

येर्माकले करिब १५ वर्षअघि जेलेन्स्कीलाई भेटेका थिए। त्यतिबेला येरमाक एक वकिल थिए र टिभी निर्माणको क्षेत्रमा प्रवेश गरिरहेका थिए । अर्कोतर्फ, जेलेन्स्की युक्रेनका एक प्रसिद्ध हास्य कलाकार र अभिनेता थिए । २०१९ मा जेलेन्स्की राष्ट्रपति बनेपछि, येर्माक उनको टोलीमा सामेल भए र विदेश मामिलाको जिम्मेवारी सम्हाले । फेब्रुअरी २०२० मा, जेलेन्स्कीले उनलाई राष्ट्रपति कार्यालयको प्रमुख, चीफ अफ स्टाफमा पदोन्नति गरे । त्यसबेलादेखि, उनी युक्रेनी राजनीतिमा सबैभन्दा प्रभावशाली व्यक्तित्वहरू मध्ये एक बनेका छन् ।

२०२५ को सुरुमा, युक्रेनी अनुसन्धान एजेन्सीहरूले लगभग १.८ अर्ब डलर बराबरको भ्रष्टाचार पत्ता लगाएका थिए, जसमा जेलेन्स्कीका धेरै नजिकका सहयोगीहरू संलग्न थिए । जेलेन्स्कीले पहिले नै दुई मन्त्रीहरूलाई बर्खास्त गरिसकेका छन् । धेरै संदिग्धहरूलाई पक्राउ गरिएको छ । राष्ट्रपतिका पूर्व व्यापारिक साझेदार तैमुर मिन्डिच देश छोडेर भागेका छन् । 

भ्रष्टाचार विरोधी एजेन्सीले मिन्डिचलाई यस घोटालाको मास्टरमाइन्डको रूपमा पहिचान गरेको छ । जुन २०२४ मा, धेरै कम्पनीहरूले सरकारी परियोजनाहरूको लागि ठेक्का स्वीकृतिको बदलामा ठूलो घूसको मागको बारेमा गुनासो गरे । तिमुर मिन्डिचको नाम उजुरीहरूमा बारम्बार देखा पर्‍यो । मिन्डिचले राष्ट्रपतिको कार्यालयमा सल्लाहकारको भूमिका निभाएका थिए र उनलाई चीफ अफ स्टाफ येर्माकको विश्वासपात्र मानिन्थ्यो । कम्पनीहरूले आरोप लगाए कि तिमुरको स्वीकृति बिना प्रमुख ठेक्काहरू स्वीकृत गरिएको थिएन र आयोगहरूमा सहमति भएको थियो।

उजुरी प्राप्त हुने बित्तिकै, नाबू र सापुले अगस्ट २०२४ मा गोप्य अनुसन्धान सुरु गरेका थिए । नोभेम्बर २०२४ मा, एजेन्सीहरूले बैंकिङ रेकर्डहरू प्राप्त गरे, जसले यो घूसखोरी नेटवर्क लाखौं डलरमा फैलिएको खुलासा गरेको थियो 

अनुसन्धानले ठेक्का दिएपछि परामर्श शुल्कको नाममा ठूलो रकम व्यक्तिगत खातामा स्थानान्तरण भइरहेको खुलासा गरेको थियो । धेरै ठेक्काहरूको लागत जानाजानी बढाइएको थियो ।

एजेन्सीले नोभेम्बर १० मा धेरै मन्त्रीहरू र इनरगोटोमको कार्यालयहरूमा छापा मार्ने योजना बनाएको थियो । तर त्यही दिन, छापा मार्ने केही घण्टा अघि तैमुरले आफ्नो अपार्टमेन्टबाट युरोपको लागि विलासी ट्याक्सीमा निस्किएका थिए ।

Read More

भारतको त्रैमासिक आर्थिक वृद्धिदर ८.२ प्रतिशत

काठमाडौँ । भारतीय अर्थतन्त्रले आर्थिक वर्ष २०२५-२६ को दोस्रो त्रैमासिकमा ८.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकमा वृद्धिदर ५.६ प्रतिशत थियो ।

यस आर्थिक वर्षको अघिल्लो त्रैमासिकमा भारतको वृद्धिदर ७.८ प्रतिशत थियो ।

भारत सरकारको तथ्याङ्क तथा योजना कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार यस त्रैमासिकमा न्युनतम जीडीपी ८.७ प्रतिशत थियो ।

प्रतिवेदनमा यस जीडीपी वृद्धिमा उत्पादन र सेवा क्षेत्रले प्रमुख भूमिका खेलेको छ । यस त्रैमासिकमा, माध्यमिक क्षेत्र भित्रको उत्पादनले ९.१ प्रतिशत वृद्धि रेकर्ड गरेको छ, जबकि सेवा क्षेत्रमा ९.२ प्रतिशत वृद्धि देखिएको छ ।

Read More

दक्षिण कोरियाका वृद्धवृद्धाको डिप्रेसन र एक्लोपन हटाउन ‘रोबो डल्स’ प्रभावकारी

काठमाडौँ । दक्षिण कोरियाको तीव्र गतिमा बढ्दो वृद्ध जनसंख्या र एक्लै बस्ने ज्येष्ठ नागरिकहरूमा आत्महत्याको बढ्दो घटनाले सरकारलाई गहिरो चिन्ता बढाएको छ । कोरियाली मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित रिपोर्टका अनुसार, देशमा हरेक दिन लगभग १० जना वृद्धवृद्धाले आत्महत्या गरेका थिए, त्यसपछि यो समस्या अझ गम्भीर बनेको छ ।

विकसित देशहरूमा पनि, दक्षिण कोरियामा वृद्धवृद्धाको आत्महत्याको दर सबैभन्दा बढी छ ।

यी चुनौतीहरूको प्रकाशमा, दक्षिण कोरियाली सरकार र प्रविधि कम्पनीहरूले एआई मार्फत वृद्धवृद्धाको हेरचाहको लागि समाधानहरू खोजिरहेका छन् । ह्योडोल नामक कम्पनीले यो पहलको अग्रगामी गरेको छ, वृद्धवृद्धाको लागि रोबोटिक पुतली विकास गर्दै, जसलाई मानिसहरूले मायाले रोबो-हजुरआमा वा एआई साथी भन्छन् । यो कपडा र नरम सामग्रीबाट बनेको १५-२० इन्चको पुतली जस्तो देखिन्छ, तर यसमा सम्मिलित एआईले यसलाई बोल्ने र हँसिलो साथी बनाउँछ ।

ह्योडोल पुतलीले वृद्धवृद्धाहरूलाई उनीहरूको औषधिको बारेमा सम्झाउँछ, आपतकालीन अलर्टहरू पठाउँछ, र उनीहरूको दैनिक गतिविधिहरूको निगरानी गर्छ । यो एप र वेब प्लेटफर्ममा जडान गरिएको छ, जसले परिवार र सामाजिक कार्यकर्ताहरूलाई टाढाबाट आफ्नो अवस्थाको निगरानी गर्न अनुमति दिन्छ । तर यसको सबैभन्दा प्रभावकारी पक्ष यसको भावनात्मक संगत हो । पुतलीले हात थाप्दा वा समातेर प्रतिक्रिया दिन्छ र बच्चा जस्तो आवाजमा कुराकानी गर्छ । घर फर्केपछि, यसले वृद्धहरूलाई हजुरआमा म तपाईंको प्रतीक्षामा छु’ भनेर अभिवादन पनि गर्ने गर्दछ ।

कम्पनीका सीईओ जिही किमले यसको प्यारो र सम्बन्धित डिजाइनले वृद्धहरूलाई भावनात्मक सम्बन्ध विकास गर्न मद्दत गरेको छ । हाल, सरकार र कल्याणकारी कार्यक्रमहरू मार्फत १२ हजार भन्दा बढी ह्योडोल रोबोटहरू वितरण गरिएको छ, जबकि एक हजार परिवारहरूले आफैंले किनेका छन् ।

धेरै केस स्टडीहरूले यो रोबोटले वृद्धहरूमा डिप्रेसन र एक्लोपनलाई उल्लेखनीय रूपमा कम गर्छ । एक सामाजिक कार्यकर्ताले गम्भीर रूपमा निराश बृद्ध, बाल्कनीबाट हाम फाल्ने विचार गरेकी थिइन्, तर ह्योडोल प्राप्त गरेपछि, उनको मानसिक अवस्थामा उल्लेखनीय सुधार भएको बताएकी छन् ।

यद्यपि, यसको बढ्दो प्रयोगले केही चिन्ताहरू पनि खडा गरेको छ । धेरै विज्ञहरू विश्वास गर्छन् कि पुतली जस्तो रूपले वृद्धहरूलाई शिशु बनाउन सक्छ, तिनीहरूलाई बच्चाहरू जस्तै महसुस गराएर उनीहरूको मर्यादालाई असर गर्छ । कतिपय अवस्थामा, वृद्धवृद्धाहरू रोबोटमा यति निर्भर भएका छन् कि उनीहरूले सामाजिक सम्पर्क घटाएका छन् । कम्पनीले यो उपकरण मानव हेरचाहको विकल्प नभएर साथी भएको बताउँछ र त्यसैले हरेक वृद्धवृद्धाको लागि उपयुक्त नभएको बताउछ ।

अर्कोतर्फ, जापानमा, पारो नामक थेरापी रोबोट पहिले नै वृद्धवृद्धा र पिटीएडी बिरामीहरूको लागि सफल साबित भइसकेको छ । यो सफ्टटोय रोबोट, कुनै आवाज बिना, भावनात्मक समर्थन प्रदान गर्दछ । यो ३० देशहरूमा प्रयोगमा छ । अब, ह्योडोलले २०२६ मा अन्तर्राष्ट्रिय सुरुवात गर्ने योजना बनाउँदै विश्वव्यापी बजारमा प्रवेश गर्ने तयारी पनि गरिरहेको छ ।
विज्ञहरूको विश्वव्यापी एल्डरकेयर रोबोट बजार २०३० सम्ममा ७.७ बिलियन डलर पुग्ने बताइएको छ । एआई-आधारित साथीहरू वृद्धवृद्धा हेरचाहको महत्त्वपूर्ण भाग बन्न सक्ने बताइएको छ ।

Read More