२०८३ बैशाख १३

नेतन्याहूले भ्रष्टाचारको आरोपमा आममाफी माग्दै राष्ट्रपतिलाई लेखे पत्र

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति आइज्याक हर्जोगसँग औपचारिक रूपमा माफीको लागि अनुरोध गर्दै पत्र लेखेका छन् ।

राष्ट्रपतिको कार्यालयले राष्ट्रपति आइज्याक हर्जोगले यो ‘असाधारण अनुरोध’ लाई विचार गर्नु अघि न्याय अधिकारीहरूको राय लिने जानकारी दिदै यो कदमले महत्वपूर्ण परिणामहरू निम्त्याउन सक्ने बताएको छ ।

विगत पाँच वर्षदेखि, नेतन्याहू तीन अलग-अलग मुद्दाहरूमा मुद्दाको सामना गरिरहेका छन् । उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास उल्लंघनको आरोप छ । उनले आरोपहरू अस्वीकार गर्छन् । एक भिडियो सन्देशमा, नेतन्याहूले हमाससँगको युद्धलाई उल्लेख गर्दै उनी कानुनी प्रक्रिया निष्कर्षमा पुग्न चाहेको तर राष्ट्रिय हितले अन्यथा माग गरेको बताएका छन् ।

यस महिनाको सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली राष्ट्रपति हर्जोगलाई नेतान्याहूलाई ‘पूर्ण माफी’ दिन अपील गरेका थिए । इजरायल पुगेर संसदमा सम्बोधन गर्दै सो आग्रह गरेका थिए । त्यतिबेला, हर्जोगले माफीको लागि औपचारिक अनुरोध आवश्यक रहेको बताएका थिए ।

आइतबार, राष्ट्रपति कार्यालयले नेतान्याहूको अनुरोधको घोषणा गर्‍यो र उनको पत्र जारी गर्‍यो, जसमा घटनाको ‘गम्भीरता र प्रभाव’ का कारण यो निर्णय गरिएको हो ।

राष्ट्रपति कार्यालयले राष्ट्रपतिले कहिले निर्णय लिनेछन् भन्ने कुरा अहिलेसम्म बताएको छैन ।

Read More

चक्रवात दिट्वाबाट श्रीलंकामा ३३० भन्दा बढीको मृत्यु, आपतकालीन अवस्था घोषणा

काठमाडौँ । श्रीलंकामा चक्रवात दिट्वाले देशमा विनाश मच्चाएपछि विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् । एक लाखभन्दा बढी मानिसहरू आश्रय लिन बाध्य भएका छन् । अहिले श्रीलंकाको लगभग एक तिहाइ भाग बिजुली वा पानी आपूर्तिबाट वञ्चित रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

चक्रवात दिट्वाको विनाशकारी प्रभावका कारण देशमा आपतकालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको र विनाशको हदले पुनर्निर्माणको अनुमान गर्न गाह्रो बनाएको बताएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ र विदेशमा बस्ने श्रीलंकालीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न आग्रह गरेको छ । चक्रवात दिट्वा शुक्रबार श्रीलंकाको पूर्वी तटमा पुगेको थियो तर त्यसपछि यो अगाडि बढेको छ ।

Read More

कस्तो भयो एनपीएलको अंकतालिका, को को पुग्दैछन् प्लेअफमा ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरण अब अन्त्य तिर पुग्नेक्रममा रहेको छ । अहिलेसम्म सुदूरपश्चिम रोयल्स ५ खेलमा अपराजित रहदै १० अंकसहित शिर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।

त्यस्तै काठमाडौँ गोर्खाजले ६ खेल खेल्दै ८ अंक हासिल गरेको छ र हाल दोस्रो स्थानमा रहेको छ । अब एक खेल खेल्न बाँकी रहदा काठमाडौँ प्लेअफको नजिक रहेको छ । त्यस्तै विराटनगर किंग्स ५ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ र विराटनगर पनि प्लेअफमा छनौटको सम्भावना बढी रहेको छ ।

त्यसैगरी चितवन राइनोजको ४ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा छ भने लुम्बिनी लायन्सको ५ खेलमा ४ अंकसहित पाँचौं स्थानमा छ ।

त्यस्तै कर्णाली याक्सको ५ खेलमा २ अंक छ र छैटौं स्थानमा छ भने पोखरा एभेन्जर्सको ४ खेलमा २ अंक रहेको छ र सातौं स्थानमा छ । त्यस्तै डिफेन्डिङ च्याम्पियन्स रहेको जनकपुर बोल्ट्सको ४ खेलमा चारै खेलमा हार बेहोरेको छ ।

लिग चरणमा ७-७ खेल खेलिने हुनाले अब अन्तिम चरणका खेलले प्लेअफको समीकरण तय गर्ने छ । अहिलेसम्म सुदूरपश्चिम प्लेअफमा पुगेको छ भने अन्य सातै टिमको प्राविधिक रुपमा सम्भावना कायम रहेको छ ।

Read More

रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएसँगै बार्सिलोना फाइदामा

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा जिरोनाका लागि अजेडाइन ओउनाहीले शुरुवात गोल गरेका थिए भने रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले बराबरी गोल गरेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडलाई अंक तालिकामा धक्का लागेको छ । रियलको १४ खेलमा ३३ अंक भएको छ र दोस्रो स्थानमै सिमित भएको छ । बार्सिलोना १४ खेलमा ३४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी जिरोनाको १४ खेलमा १२ अंकसहित १८औं स्थानमा रहेको छ ।

Read More

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई भिड्दै

काठमाडौँ । नेपाल र युइएबीच आज एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल हुदैछ ।  यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।   

उस अघि सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।

त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुदैछ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।

यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

आज दिउसो २ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित रहेको छ र पटक पटक बैठक सरिरहेको थियो । 

हाल सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि कांग्रेसको पुस मसान्तमा नियमित महाधिवेशन गर्ने सहमति भएको र आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुनसक्ने बताइएको छ ।

Read More

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७ रनले पराजित गरेको हो ।

भारतले दिएको ३५० रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४९.२ ओभरमा अल आउट हुदै ३३२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि माथ्यु ब्रीटकेले सर्बाधिक ७२, मार्को जानसेनले ७०, कोर्बिन बोचले ६७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर कुलदीप यादवले सर्बाधिक ४ विकेट लिए भने हर्षित रानाले ४, अर्शदीप सिंहले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३४९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्बाधिक १३५ रन बनाएका थिए । कोहलीले ५२औं एकदिवसीय शतक बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ६० रन बनाएका थिए भने रोहित शर्माले ५७ रन र रविन्द्र जडेजाले ३२ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका मार्को जानसेन, नान्द्रे बर्गर, कोर्बिन बोस्च र ओटेनेइल बार्टम्यानले २-२ विकेट लिएका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेलमा डिसेम्बर ३ मा हुदैछ ।

Read More

आज विश्व एड्स दिवस मनाइदै

काठमाडौँ । आज विश्व एड्स दिवस मनाइदैछ । आज ३८औं विश्व एड्स दिवस अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाइदै छ । यो दिवस हरेक बर्ष डिसेम्बर १ मा मनाइने गरिन्छ ।  

यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स-मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ ।

सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ ।

त्यस्तै १५ वर्षभन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेका छन् । अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको सरकारी आँकडा रहेको छ ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य सरकारको रहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जानकारी दिदै हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ । 

त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ मंसिर १५ गते सोमवार: आजको राशिफल

आज मंसिर १५ गते सोमवार ईसं २०२५ डिसेम्वार ०१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर शुक्ल एकादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३६ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । आज परदेशमा रहेका आफन्तजन वा बिछोडिएका पुराना सँगीसाथीसँग पुनर्मिलन हुने समय हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । भइपरि आउने काममा खर्च बढ्ने दिन हो । स्वार्थ पूरा गर्न जोखिम मोल्ने काम नगर्नु होला, नत्र झञ्झटमा पर्न सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । आज तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाको उदय हुने महत्त्वपूर्ण दिन हो । ज्ञान, आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूर्ण उपलब्धिको बाटोसमेत खुल्नेछ । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । साथीभाइको क्रियाकलाप र व्यवहार देखेर चिन्ता बढ्न सक्छ । पारिवारिक दायित्वको बोध हुनेछ, घरायसी समस्याका बारेमा जानकारी लिएको जाती हुन्छ । होटलरमोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो ।

Read More