२०८३ बैशाख १३

डोटी एमालेमा दुई कित्ता: ओली र पोखरेल समूहको छुट्टाछुट्टै महाधिवेशन प्रतिनिधि

काठमाडौँ । नेकपा (एमाले) डोटीको संस्थापन समूह र इतर समूहले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको समानान्तर सूची सार्वजनिक गरेको छ ।

जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अगल प्रतिनिधिको सूची सार्वजनिक गरेका हुन् । अध्यक्ष मलासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गरेको इत्तर समूहमा उभिएका छन् ।

त्यसैगरी सचिव भट्ट भने पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीनिकट मानिन्छन् । अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुलातर्फ प्रतिनिधि छन् । महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल, दलिततर्फ सिता बिक र धनबहादुर नेपाली र ४० वर्ष मुनिका युवातर्फ बमबहादुर बम चयन भएका छन् ।

ओलीनिकट मानिने जिल्ला सचिव भट्टले सार्वजनिक गरेको समानान्तर सूचीमा सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट खुलातर्फ रहेका छन् । त्यसैगरी महिलातर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवातर्फ खेमबहादुर घर्ती चयन भएका छन् ।

Read More

मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले २४ घण्टा भित्र विश्वासको मत लिन र विश्वासको मन पाउन नसकेमा प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत पाए भने मुख्यमन्त्रीमा निरन्तर रहने भएका छन् ।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै प्रदेशका ७३ सांसदहरूले रिट पेश गरेका थिए ।

Read More

भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

त्यस्तै सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष कुमार शर्मा आचार्यलाई मनोनित गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहयोग स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

Read More

नोभेम्बरमा नेपाल आए एक लाख १६ हजार ५५३ विदेशी पर्यटक

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन १.८ प्रतिशतले बढेको छ । गत बर्षको नोभेम्बर महिनामा भन्दा यस बर्षको नोभेम्बरमा नेपाल आउने विदेशी पर्यटकको संख्या १.८ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको नोभेम्बरमा कुल एक लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको नोभेम्बरमा एक लाख १४ हजार ४९६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को नोभेम्बरमा यो संख्या एक लाख ३० हजार ३०२ रहेको थियो । 

नोभेम्बर महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट नोभेम्बर महिनामा १८ हजार ९९५ जना अर्थात १६.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै नोभेम्बरमा अमेरिकाबाट ११ हजार २५४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९ जना, बंगलादेशबाट ५ हजार ६५३, अस्ट्रेलियाबाट ५ हजार ३९३ जना, श्रीलंकाबाट ४ हजार ८३१ जना, म्यानमारबाट ४ हजार ४८४ जना फ्रान्सबाट ४ हजार २११ जना र जर्मनीबाट ४ हजार १३४ पर्यटक नोभेम्बर महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार जनवरी देखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल आएका छन् । अघिल्लो बर्ष २०२४ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५२० पर्यटक नेपाल आएका थिए । जबकी कोरोना अघि २०१९ को जनवरीदेखि नोभेम्बरसम्म १० लाख ९६ हजार २९८ पर्यटक नेपाल आएका थिए ।

Read More

कालिकोटको नरहरिनाथमा सिंचाई कुलो निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ८ जनाविरुद्ध गाउँपालिकाको वडा नम्बर ७ मा ओखेनी ओडीखोला सिंचाई कुलो निर्माणको क्रममा १९ लाख ४८ हजार ४८८ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले उपाध्यक्ष बुढा र वडा अध्यक्ष विश्वकर्मालाई कानुन अनुसार कैद र जरिवानाको माग गरेको छ भने निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, तत्कालीन सव-इन्जिनियरहरु अमर शाही र अनिल कुमार बिष्ट, उपभोक्ता समितका अध्यक्ष नरेश बहादुर शाही, सचिव कासी बिश्वकर्मा र कोषाध्यक्ष मधु बिश्वकर्माविरुद्ध जनही  १९ लाख ४८ हजार ४८८ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेको छ ।

Read More

बजाजको ‘डोमिनार डे’ धमाका: राइड अपग्रेड गर्ने सबैभन्दा ठूलो मौका

काठमाडौँ । बजाजले ‘डोमिनार डे’ सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।

नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाईकर्श क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

‘Dominar Day is on; and your upgrade starts now’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले Alpha CS ! Armored Riding Jacket /MT Helmet जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, “नागरिकताको भरमा EMI सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाईकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि NPL टिकट जस्ता बोनस अवसरहरू समेत प्रदान गरिनेछ ।

साथै, सहभागीहरूले Sponsored Weekender Ride जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा Dominar Merchandise पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास कम्पनीले गरेको छ ।

सहभागीहरूले डोमिनार४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् । सहभागीहरूले बाइकर्श क्याफे, नक्सालमा पुगेर डोमिनार४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्श क्याफे मा दैनिक रूपमा सञ्चालन हुनेछ ।

डोमिनार डे (Dominar Day) एक हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।

Read More

यस्तो छ काँग्रेसको १५औ महाधिवेशनको कार्यतालिका

काठमाडौँ । लामो समयको विवादपछि नेपाली काँग्रेसले पुसमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकले पार्टीको १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महत्तले जानकारी दिएका छन् ।

महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक पटक पटक बैठक सरिरहेको थियो ।  कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय समितिको बैठकमा पेश गरेर सर्वसम्मत पारित भएको 

महाधिवेशनको कार्यतालिका अनुसार केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण मंसिर २० गतेभित्र गर्ने, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने समय मंसिर २४ गतेसम्म तोकिएको छ ।

त्यस्तै एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य पुस ८ गतेभित्र सम्पन्न गर्ने समय तोकिएको छ भने एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने समय पुस १० गतेसम्म तोकिएको छ ।

त्यसैगरी दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि पुस ११ सम्म तोकिएको छ ।

त्यस्तै नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर पुस १२ गते भित्र केन्द्रमा पठाउने, क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई पुस १४ गतेसम्म बुझाउने, केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित  क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई पुस १४ गते भित्र बुझाउनुपर्ने समय सीमा तोकिएको छ ।

त्यस्तै काँग्रेसले सार्बजनिक गरेको महाधिवेशनको कार्यतालिका अनुसार पुराना क्रियाशील सदस्यता नवीकरण मङ्सिर मसान्त भित्र गरिसक्नुपर्ने समय तोकेको छ भने जिल्लाले पुस ३ गते भित्र क्रियाशील सदस्यको नवीकरणको सुची केन्द्रमा पठाउनुपर्ने समय तोकिएको छ ।

त्यसैगरी जनसम्पर्क समितिको क्रियाशील नवीकरण मङ्सिर मसान्त भित्र, नयाँ क्रियाशील सदस्य र नवीकरणको सूची पुस ३ गते भित्र केन्द्रमा पठाउनु पर्ने र केन्द्रबाट पुस ५ गतेसम्म सो नामावली स्वीकृत गर्नुपर्ने र अधिवेशन पुष १५ गते भित्र हुनुपर्ने समय तोकिएको छ ।

 त्यसैगरी काँग्रेसको गाउँ/नगर वडा अधिवेशन पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते,  प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते , दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते र प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका पारित गरिएको छ । त्यस्तै केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका रहेको छ ।

त्यस्तै काँग्रेसले महाधिवेशनका लागि आवश्यक पर्ने विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने विषय आवश्यक परामर्श गरेर सभापति/ कार्यवाहक सभापतिले गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

Read More

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट बदर

काठमाडौं । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गरिदिएको छ । 

सोमबार न्यायाधीश शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय बदर गरिदिएको हो ।

गत असोज २३ गते  बसेको मन्त्रिपरिषद बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो । बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले गत कार्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि उक्त रिटमा सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । आजको सर्वोच्चको आदेशसँगै भूमि समस्या समाधान आयोग ब्युतिएको छ ।

Read More

एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डुप्लेसीस

काठमाडौँ । दक्षिण अफ्रिकाका पुर्व कप्तान फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका छन् । फाफ सोमबार अपराहन्न काठमाडौँ आइपुगेका हुन् ।

उनले सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सबाट एनपीएलका अबका खेलहरु खेल्ने छन् । फाफ विश्व क्रिकेटमा हाइप्रोफाइल क्रिकेटर हुन् । उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानी समेत गरेका थिए भने दिल्ली र चेन्नई सुपरकिंग्स जस्ता टिमबाट समेत खेलेका थिए ।

Read More

आइटिएफ जे३० टेनिस टुर पोखराः मेन ड्रका खेल सुरू, नेपाली खेलाडीहरुको मिश्रित परिणाम

पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशाला सुरू भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै नेपाली खेलाडीहरुले मिश्रीत परिणाम निकालेका छन् । 

ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को सहज जित हात पारेका छन् । त्यस्तै शीर्ष नं१ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडा लाई ६–०, ६–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका छन्  । 

नेपालका आयुष्मान हजुर घलेले दक्षिण कोरियाका ह्यो जिन हा विरुद्ध ६–३, ६–० को सहज जित निकाल्दै घरेलु समर्थकलाई उत्साहित पार्दा तेस्रो वरीयताका कोरियाली खेलाडी युल हो जुङले नेपालका शाश्वत बज्राचार्यविरुद्ध बलियो प्रदर्शन गर्दै ६–०, ६–० को सोझो सेटमा जित दर्ता गरे । 

नेपालका करण थापाले चौथो वरीयताका शौनाक चटर्जी (भारत) लाई ६–१, ६–२ ले सहज जित हात पार्दा पाँचौं वरीयता प्राप्त प्रणव मानन्धर (नेपाल)ले चीनका जियालियाङ गुओलाई ६–२, ७–५ ले हराउँदै अर्को चरणमा प्रवेश गरेका छन् । 

त्यस्तै ब्वाइज तर्फनै अन्य विजेतामा रेहान गुणवर्धन (श्रीलंका), फजल अली मीर (भारत), गनुका फर्नान्डा श्रीलंका), यांशुओ पान(चीन) तथा रोबर्ट डोल्या (सिंगापुर) रहेका छन् । 

यसै गरी गल्र्स सिंगल्सतर्फ नेपाली खेलाडी द्वय शाल्बी शेरचन र स्वस्तिका विष्ट मेन ड्रको पहिलो खेलबाट बाहिरिएका छन् । शाल्बी भारतीय खेलाडी इशा शर्मा सँग ६–२, ६–२ ले तथा स्वस्तिका तेजस्वी मानेनीसंग टाइ–ब्रेकमा ७–६(६), ६–४ ले पराजित भए । 

गल्र्स सिंगल्सतर्फ भारतका खेलाडीहरूले प्रभाव जमाउँदै इशा शर्मा, शताक्शिखा सहायाक, नोराह चौधरी, रञ्जना संग्राम र मेहा पाटिल सबैले आफ्नो खेल जित्दै अर्को चरणमा स्थान सुरक्षित गरे भने ताइपेइकी के–चियाह हसु र चीनकी युनर ची ले आ–आफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरे । आजको सबैभन्दा रोचक खेलमा नाला जोसेफिन मास्की (अमेरिका) र आयेशा बगला (भारत) बीच थियो । मास्कीले ६–२, ६–७(७), ६–२ ले जित हाँसिल गरिन् । 

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरुको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना रहेका छन् । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीहरुको सहभागिता रहेको छ  ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमिफाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ब्वाइज सिङ्गल्स तथा डबल्स÷गल्र्स सिङ्गल्स तथा डबल्स गरी जम्मा ४ ईभेन्टमा प्रतियोगिता संचालन हुनेछन् । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशलगायतको सहकार्य रहेको छ । 

Read More