२०८३ बैशाख १३

चितवनले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको हो ।

चितवनका लागि डेभिड मलानले सर्बाधिक ८० रन बनाएका थिए भने अर्जुन साउदले ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले अविजित ३० रन बनाए भने सैफ जैबले ७ र रवि बोपाराले ३ रन बनाएका थिए ।

त्यस्तै जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक एक विकेट लिएका थिए ।    

Read More

करिब १०४ किलो गाँजासहित दुई जना पक्राउ

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ रङ्गपुर टाडी टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४ किलो ३ सय २५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका-८ धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भिम स्याङताङ र मकवानपुरगढी गाउँपालिका-१ आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रङ्गपुरटाडीतर्फ आउँदै गरको बिएबि २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भिम र गाडीमा सवार कुमारलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

प्रिमियरमा चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ को सकारात्मक प्रतिक्रिया

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । सोमबार साँझ ललितपुरस्थित लविम महलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर–१’लाई उत्कृष्ट भनेका छन् ।

चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन् । प्रिमियरमा बाक्लो संख्यामा पुगेका कलाकारले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्ने बताएका छन् । कौतुहलता सिर्जना गर्ने कथा सिनेमाको बलियो पक्ष भएको भन्दै त्यसमा कलाकारको कामले चलचित्रलाई थप बलियो बनाएको प्रतिक्रिया निर्देशक, कलाकार तथा निर्माताहरूले प्रतिक्रिया दिएका छन् ।

‘अभिमन्यु : च्याप्टर–१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गरेका छन् । प्रिमियर शोमा सहभागी भएर सिनेमा  हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘अभिमन्यु : च्याप्टर–१’को कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिए ।

कुराकानीमा दिव्यदेवले फिल्ममा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिए । उनले भने, “सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ । पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ ।”

फिल्मको मेकिङ पक्षको प्रशंसा गर्दै दिव्यदेवले निर्माता विनोद (विनोद पौडेल)को आँटको कदर गरे । उनले भने, “विनोद दाइले ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यसमा पनि ‘अन्डररेटेड’ (प्रतिभा भएर पनि ओझेलमा परेका) कलाकारहरूलाई विश्वास गर्नुभएको छ । बजारमा चलेका नाम चलेका स्टार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गर्नुभएको छ । यसको प्रतिफल ‘अभिमन्यु : च्याप्टर–१’मा देखिन्छ ।”

‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने भन्ने प्रश्नमा दिव्यदेवले दर्शकलाई ढुक्क भएर हलसम्म जान सुझाव दिए । उनले प्रिमियरमा सहभागी भएर औपचारिकताका लागि मात्र तारिफ नगरेको स्पष्ट पार्दै भने, “कलाकारले प्रिमियरमा राम्रो भनिहाल्छन् भन्ने सोच होला, तर म मनैदेखि भन्दैछु, यो फिल्मको कथाले बाँधेर राख्छ । यो फिल्म हेरेर तपाईँहरू पछुताउनुहुन्न ।”

निर्देशक सोभित बस्नेतले नेपाली सिनेमा क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भने, “अहिले जति पनि नेपाली चलचित्र बढी चलिराख्या छ, त्यसमा कलाकारको चलचित्र चलिराख्या छन् । योभन्दा पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थाल्या छन् ।” उनले दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताए ।

‘अभिमन्यु : च्याप्टर–१’को कथावस्तुबारे बोल्दै उनले भने, “मज्जाले लास्टसम्म बाँधेर राख्छ । हरेक क्षण अब के हुन्छ, अब के हुन्छ भन्ने कौतुहलता फिल्ममा देखिन्छ ।”

फिल्मका मुख्य पात्र कामेश्वर चौरसियाको प्रशंसा गर्दै उनले भने, “अभिमन्युमा पनि कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ ।” उनले कामेश्वरका विगतका फिल्म रिलिज हुँदा केही घटनाहरू घट्ने गरेको भए पनि यसपटक भने राम्रो हुने विश्वास व्यक्त गरे । साथै, उनले सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै यो फिल्म पनि राम्रो बनाएको बताए ।

मोडल तथा अभिनेत्री अलिाशा बास्तोलाले फिल्म हेर्दा आफूलाई भित्रैबाट ‘ब्लकबस्टर’ हुन्छ जस्तो महसुस भएको बताइन् । उनले भनिन्, “हामीले जसरी साउथ इन्डियन फिल्महरू एकदम कौतुहलताका साथ हेर्छौँ, यो फिल्ममा पनि अब के हुन्छ, अब के हुन्छ भन्दै अन्तिमसम्म त्यसरी नै हेरिन्छ ।”

उनले फिल्मको सबै पक्ष ‘अथेन्टिक’ र उत्कृष्ट रहेको बताइन् । सेभेन सिज ब्यानरबाटै आफूले डेब्यु गरेको बताउँदै उनले भनिन्, “मेरो आफ्नै ब्यानर हो, मलाई एकदम मन छ, यसले ‘पूर्णबहादुरको सारङ्गी’ को रेकर्ड तोडोस शुभकामना ।”

अर्की मोडल तथा अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ट्रेन्डभन्दा फरक फिल्म आएको बताउँदै यो  फिल्म हेरेर दर्शक पछुताउनु नपर्ने ग्यारेन्टी दिँदै हलसम्म आउन आग्रह गरिन् ।  उनको भनाइ थियो “नेपालमा फ्यामिली ड्रामा र सेन्टिमेन्टल फिल्म चलिरहेको बेला यो सस्पेन्स थ्रिलर र महिला केन्द्रित सिनेमा आएको छ। यसले निर्माताहरूलाई नयाँ जनरा एक्सप्लोर गर्न हौसला दिनेछ ।”

फिल्ममा अभिनेत्री लक्ष्मी बर्देवाले निर्वाह गरेको भूमिकाको तारिफ गर्दै उनले भनिन्,”उहाँले त न्याय गर्नुभएकै छ, तर बिइङ एन एक्टर (एक कलाकारको रूपमा) त्यो क्यारेक्टर देख्दा, यो रोल मैले गर्न पाएको भए हुन्थ्यो भन्ने फिल आइरहेको थियो ।”

कमेडीयन भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही बिहीबारबाट रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए । लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, “कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ । अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ । जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।”

किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर–१’मा अनुभवी र दिग्गज कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । “तपाईंले त सोचेभन्दा राम्रो काम गर्नुभएछ नि ?” भनेर सोध्दा उनले मुस्कुराउँदै स्वीकार गरे र आफ्नो भूमिकाप्रति सन्तुष्टि जनाए । उनले आफूले गरेको मिहिनेत पर्दामा राम्रो देखिएकोमा खुसी व्यक्त गरे ।

अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो फिल्मको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन् । उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि फिल्मको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन् । उनले भनिन्, “सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा फिल्म हेर्दा अझ राम्रो बनेको पाएँ ।”

अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन् । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

Read More

सडक विस्तारले तातेको हेटौँडा बजार: जोखिममा ५३१ घर, स्थानीयको आक्रोशमा यस्तो छ नेताहरुको भनाई

काठमाडौँ । हेटौँडाको मुख्य राजमार्गलाइ (२५÷२५ गज) विस्तार गर्ने विषय फेरि तनावपूर्ण मोडतिर अघि बढेको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन निर्देशन दिएपछि स्थानीयमा दबाब र अनिश्चितता थपिएको छ ।

सूचना अनुसार करिब ९.५ किलोमिटर सडक खण्डभित्र पर्ने ५३१ संरचना राज्यको स्वामित्व क्षेत्रभित्र परेका छन् । दायाँ २३४ र बायाँ २९७ संरचनालाई ‘अतिक्रमण’को सूचीमा राखिएको छ ।

डिभिजनले सर्वोच्च अदालतको २०८० कार्तिक १७ को आदेश र राजमार्ग व्यवस्था ऐन, २०२१ लाई आधार मानेर सूचना जारी गरेको हो । अदालतले राजमार्गको केन्द्ररेखाबाट दायाँ–बायाँ २५÷२५ गज क्षेत्रमा व्यक्तिले संरचना निर्माण गर्न नसक्ने र बनेका संरचनाले कुनै हक दाबी गर्न नपाउने स्पष्ट पारेको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले जानीजानी अतिक्रमण गरी निर्माण गरेको संरचनाले कुनै हक सिर्जना गर्दैन । हटाउँदा आवास वा सम्पत्तिको हक उल्लंघन हुँदैन ।” यसले क्षतिपूर्तिको मागलाई पनि स्वतः अस्वीकार गरिदिएको देखिन्छ ।’

यही विवादबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमबार सर्वदलीय छलफल भयो, जहाँ सबै राजनीतिक दलका प्रतिनिधिले सडक विस्तार ‘अपरिहार्य’ भएको स्वीकार गरे तर कार्यान्वयनका जोखिम र व्यवस्थापन चुनौती अझै ठूलो रहेको उल्लेख गरे । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा, प्रगतिशील लोकतान्त्रिकलगायत दलका नेता उपस्थित रहे ।

एमालेका प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले आफू पनि संरचना प्रभावितमध्ये पर्ने बताए। उनले भने, “२५ मिटर सडक विस्तार आवश्यक छ । विकासका लागि विकल्प छैन, तर स्थानीयमा जानकारी र समन्वय केही कमी भएको महसुस हुन्छ।” नेपाली कम्युनिष्ट पार्टीका तिर्थ थापा मगरले १५ दिने समयसीमा अत्यन्तै छोटो भएको भन्दै व्यवस्थापन–मनोविज्ञान दुवै पक्ष समाउनुपर्ने टिप्पणी गरे। रास्वपाका विष्णु दाहालले विस्तार आवश्यक भए पनि मानवीय क्षति न्यून पार्ने मोडेल प्राथमिकता हुनुपर्ने बताए ।

राप्रपाका अर्जुन गौतम र प्रगतिशील लोकतान्त्रिक पार्टीका हरिहर खतिवडाले ऐतिहासिक निर्णय, पुरानो मापदण्ड र राज्यको तयारीबारे विश्लेषण गर्दै विस्थापन व्यवस्थापन नै मुख्य चुनौती रहेको निष्कर्ष निकालेका छन् । खतिवडाका अनुसार “स्थानीय बासिन्दा घर भत्काउन चाहँदैनन्, तर सहरको विकासका लागि विस्तार अपरिहार्य” छ ।

यता, मुख्य जिल्ला अधिकारी बसन्त अधिकारीले ‘सुकुम्बासी’ शब्द दुरुपयोग भएको बताए । उनले भने, “३० वर्षदेखि भाडा उठाउँदै आएका संरचना मालिक सुकुम्बासी होइनन् । सुरक्षा चुनौती हाम्रो जिम्मा हो, तर राजनीतिक नेतृत्व आन्दोलनमा उत्रिए प्रशासन काम गर्न सक्दैन ।”

सडक डिभिजनका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार सूचना जारी भएपछि १०–११ दिनमा एकजनामात्र औपचारिक निवेदन लिएर आएका छन् । उनले समन्वयका ढोका खुला रहेको बताउँदै “व्यक्तिगत स्वार्थ होइन, पदीय जिम्मेवारी पूरा गर्दैछु” भने ।

उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटले व्यवसायीमा अनिश्चितता र संकट बढ्दै गएको बताए । “विकास रोक्ने चाहना छैन, तर समाधानबिना बजार अस्तव्यस्त बन्दै छ,” उनले भने ।

सामान्य सहमतिका बीच संरचना विस्थापन, स्थानीय आक्रोश, सुरक्षा तयारी र प्रशासन–राजनीति–जनता बीचको समन्वय अभाव हेटौँडाको सडक विस्तारको मुख्य चुनौती बनेका छन् ।

अबको केही दिनको संवाद, तयारी र व्यवस्थापनले नै विस्तार कार्यान्वयनको गति र सफलताको दिशा निर्धारण गर्नेछ ।

Read More

सुरक्षा र सपनाको साथ: सहिद परिवारका बालबालिकालाई दीर्घकालीन संरक्षण दिने गोल्याण ग्रुपको प्रतिज्ञा

काठमाडौँ । गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेन-जी आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन रूपमा साथ दिने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सञ्जाल लिंकदिन मार्फत एक भावनात्मक भिडियो साझा गर्दै, “यी बालबालिकाले जीवनबाट सुरक्षा र आत्मविश्वास गुमाएका छन्, हामी उनीहरूको भविष्य सुरक्षित गर्न अगाडि आएका छौ,” भन्दै आफ्नो प्रतिज्ञा जनाएका छन् ।

गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ बालबालिकालाई मासिक ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिसकेको छ। १२ कक्षासम्मको शिक्षा खर्च समेट्ने गरी प्रति विद्यार्थी वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्मको छात्रवृत्ति उपलब्ध गराउन ग्रुप, सम्बन्धित विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता भइरहेको ग्रुपले जनाएको छ।

बालदिवसमा ‘किड्स-प्ले डेट’, भावनात्मक सन्देशसहित
विश्व बाल दिवसको अवसरमा ग्रुपले सहिद परिवारका बालबालिकालाई ‘किड्स-प्ले डेट’ मा निम्त्याएको थियो। उनीहरू एक-आपसमा रमाइरहेको दृश्यसमेत समेटिएको भिडियो साझा गर्दै गोल्याणले लेखेका थिए, “यो कार्यक्रम केवल रमाइलोका लागि मात्र होइन, प्रत्येक बालबालिकाले सुरक्षाको भावनासहित खुसी र आशावादी भएर बाँच्न पाउनुपर्छ भन्ने सन्देशका लागि पनि हो।”

कठिन परिस्थितिमा परेका बालबालिकालाई एक्लो पार्नु सबैभन्दा ठूलो अन्याय हो। उनले भने, “हाम्रो प्रतिबद्धता एक दिन वा एक वर्षको होइन। हामी भोलि पनि यी बालबालिकासँगै हुनेछौँ। हरेक बालबालिकाले सपना देख्ने हक राख्छन्, उनीहरूको सपना पुरा हुने सुनिश्चितता गर्न हामी तयार छौँ।”

बालबालिकाको मुस्कानले दिएको सन्देश
गोल्याणले पोष्ट गरेको भिडियोमा बालबालिकाको उत्साहपूर्ण हाँसो, खेल र सिर्जनशीलताले आफूलाई गहिरो भावनात्मक प्रभाव पारेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “कहिलेकाहीँ सामान्य क्षणहरूले पनि ठूलो पाठ सिकाउँछ। यी बालबालिकामा देखिएको ऊर्जा, सिर्जनशीलता र मुस्कानले उज्यालो भविष्यको संकेत स्पष्ट देखाएको छ।”

गोल्याण ग्रुपले जेन–जी आन्दोलनका सहिद परिवारका बालबालिकाको शिक्षा, संरक्षण र मनोवैज्ञानिक पुनर्स्थापनामा निरन्तर सहयोग गर्ने प्रतिज्ञा दोहोर्‍याउँदै सामाजिक उत्तरदायित्वलाई अझ मजबुत रूपमा अघि बढाउने जनाइएको छ।

Read More

ट्रम्पसँग मादुरोले सत्ता त्याग्ने प्रस्ताव गरेको खुलासा

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफू सत्ता त्याग्न तयार रहेको बताएका छन् । मिडिया रिपोर्टका अनुसार, मादुरोले नोभेम्बर २१ मा ट्रम्पसँग फोनमा कुरा गरेको र उनले ट्रम्पलाई सुरक्षित बाटोको लागि अनुरोध गरेको बताइएको छ ।

उनले अमेरिकाले उनलाई र उनको सम्पूर्ण परिवारलाई पूर्ण कानुनी उन्मुक्ति दिएमा आफू सत्ता त्याग्न तयार रहेको बताएको उल्लेख गरिएको छ ।

उनले सबै प्रतिबन्धहरू हटाउन, आफूविरुद्धको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मुद्दा बन्द गर्न र भ्रष्टाचार, लागूपदार्थको तस्करी र मानवअधिकार उल्लङ्घनका लागि उनका १०० भन्दा बढी अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् ।

ट्रम्पले सबै सर्तहरू सिधै अस्वीकार गरेको र मादुरोलाई आफ्नो परिवारसँग जहाँ चाहियो त्यहाँ जानको लागि केवल एक हप्ताको समय दिएको रिपोर्टमा उल्लेख छ । त्यो एक हप्ताको समयसीमा गत शुक्रबार समाप्त भएको बताइएको छ ।

समयसीमा सकिएपछि, ट्रम्पले अचानक भेनेजुएलाको सम्पूर्ण हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले नोभेम्बर २३ मा मादुरोसँग कुरा गरेको बताए, तर थप विवरण दिन अस्वीकार गरेका छन् । 

ह्वाइट हाउसले पनि यस विषयमा अहिलेसम्म कुनै जानकारी प्रदान गरेको छैन । यो कुराकानी अमेरिकी नौसेनाले क्यारिबियन र प्रशान्त महासागरमा २१ वटा सैन्य कारबाही गरेपछि भएको थियो । 

अमेरिकाले यी डुङ्गाहरू भेनेजुएलाको लागूपदार्थ तस्करी गर्ने गिरोहसँग सम्बन्धित रहेको दाबी गरेको छ, जसलाई अमेरिकाले आतंकवादी संगठनको रूपमा तोकेको छ । यी आक्रमणहरूमा अहिलेसम्म कम्तिमा ८३ जनाको मृत्यु भइसकेको छ ।

ट्रम्पले आवश्यक परेमा अमेरिकी सेना भेनेजुएलालाई आक्रमण गर्ने चेतावनी दिदै आएका छन् । 

Read More

५ अर्बको सेटिङ खेल चल्दैछ: मन्त्रीद्वय कुलमान-रामेश्वरमाथि बस्नेतको आरोप

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले ऊर्जा क्षेत्रमा ठूलो नीतिगत भ्रष्टाचारको तयारी भइरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक आरोपमा उनले उर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालबीच ५ अर्ब रुपैयाँसम्मको आर्थिक चलखेल हुन लागेको दाबी गर्दै आगामी निर्वाचन खर्च व्यवस्थापनका नाममा ठूलो योजनाबद्ध ‘सेटिङ’ अघि बढेको आरोप लगाएका छन् ।

बस्नेतका अनुसार सरकारले अहिले ५ हजार मेगावाट विद्युत् खरिद (PPA) सम्झौता ‘टेक अर पे’ मोडेलमै गराउने दबाब बनाइरहेको छ, जसमा उपभोक्ताले विद्युत् लिए-नलिए पनि सरकारले भुक्तानी गर्नुपर्ने बाध्यता रहन्छ। उनले भने, “अघिल्लो सरकारले बजेटमार्फत यस्तो PPA नगर्ने स्पष्ट नीति लिएको थियो, तर अहिले यो नीति उल्ट्याएर पुनः कार्यान्वयनको तयारी भइरहेको छ।”

बस्नेतले आन्तरिक विद्युत् खपत नबढेको, निर्यातका लागि भारतीय बजार पूर्णरूपमा सुनिश्चित नभएको र ‘रन अफ दि रिभर’ प्रकारका परियोजना धेरै भएकाले सुक्खायाम र वर्षायाममा विद्युत् सन्तुलन कायम गर्न कठिनाइ हुने बताए। उनले यस्तो अवस्थामै ‘टेक अर पे’ मोडेल लागू गरिए नेपाल विद्युत प्राधिकरण आर्थिक रूपमा थप जोखिममा पर्न सक्ने बताएका छन् ।

बस्नेतले आफ्नो आरोपमा थप्दै भनेका छन्, “५ हजार मेगावाटका लागि ‘टेक अर पे’ मोडेल अपनाउने निर्णय अर्थ मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषदमा लैजाने तयारी छ। प्रवर्द्धकहरूसँग प्रतिमेगावाट १० लाख उठाएर ५ अर्ब संकलन गरी आगामी निर्वाचन खर्च व्यवस्थापन गर्ने खेल छ।” उनले यो योजनालाई राजनीतिक वित्तीय दुरुपयोगको नयाँ शैली भन्दै कडा चेतावनी समेत दिएका छन् ।

बस्नेतले आफ्नो अभिव्यक्तिमा उर्जामन्त्री कुलमान घिसिङले यस प्रक्रिया पारित भएपछि राजीनामाको तयारी गरेका संकेतसमेत दिएको दाबी गरेका छन्। उनका अनुसार यस्तो निर्णय लागू भएमा NEA दीर्घकालीन रूपमा भारी आर्थिक संकटतर्फ धकेलिनेछ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले ५ हजार मेगावाटका लागि ‘टेक अर पे’ मोडेलमा PPA गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा अध्ययन तथा छलफलका क्रममा रहेको तथ्य पुष्टि गरेको छ। तर आर्थिक चलखेल वा राजनीतिक उद्देश्यका आरोपबारे प्राधिकरणले कुनै औपचारिक टिप्पणी गरेको छैन।

Read More

नेता कार्यकर्तालाई रास्वपाले भन्यो- आफूखुशी उम्मेदवारको घोषणा नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न थालेपछि रास्वपाको उम्मेदवार छनौट समितिले सचेत गराएको हो ।

समितिले रुपन्देही-३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा उम्मेदवार तय भएकोले अन्य क्षेत्रमा टुंगो लाग्न बाँकी रहेको उम्मेदवार छनोट समितिले स्पष्ट गरको छ ।

समितिले भनेको छ: 

राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ । पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।’ 

पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं । 

Read More

सुनको मुल्य सामान्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३५३५ मा कारोबार भएको थियो ।

Read More

रुससँगको युद्ध बारे जेलेन्स्कीले के भने ?

काठमाडौँ । युक्रेनमा युद्ध अन्त्य गर्न रुससँगको शान्ति वार्ताको बारेमा बोल्दै, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको प्राथमिकता युक्रेनको सार्वभौमसत्ता कायम राख्नु र बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नु भएको बताएका छन् ।

जेलेन्स्कीले क्षेत्रीय सीमाको मुद्दा सबैभन्दा कठिन रहेको बताउदै रूसले युक्रेनले अझै पनि नियन्त्रण गरेको पूर्वी डोनबासका क्षेत्रहरू त्याग्न माग गरिरहेको बताएका छन् ।

युक्रेनले यी क्षेत्रहरू कहिल्यै त्याग्ने छैन भन्छ । जेलेन्स्कीले पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेट गरेपछि यो बयान दिएका हुन्, जहाँ उनले बेलायत, जर्मनी, पोल्याण्ड र इटाली लगायत धेरै युरोपेली नेताहरूसँगको वार्तामा भाग लिएका थिए ।

यसैबीच, युक्रेन र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिहरूले फ्लोरिडामा दुई दिनको बैठकहरू सम्पन्न गरेका छन्, जसले शान्ति योजनाको संशोधनमा काम गरिरहेका छन् जुन धेरैले रूसको पक्षमा पक्षपाती ठान्छन् ।

Read More