२०८३ बैशाख १३

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर N160 मोटरसाइकल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ।

‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) पुरस्कार स्वरुप प्रदान गरेको हो।

एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे। उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन्। विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो। लामिछानेले १७ विकेट हात पारेका हुन्।

यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल (N160) प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ। यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने: ‘कम्पनीले खेललाई सधैं प्राथमिकतामा राख्दै आएको छ, सम्झौताअनुसार उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल दिन पाउनु खुसीको कुरा हो, ब्रान्डलाई खेलसँगै जोडेर अघि बढाउन हामी सधैं प्रतिबद्ध छौं।’

यसअघि कार्त्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ (क्यान) बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो।

कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ।

Read More

पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

काठमाडौँ । भारतको आसामको तेजपुरमा एक अवकाशप्राप्त भारतीय वायुसेना अधिकारीलाई पक्राउ गरिएको छ ।

पूर्व अधिकारीमाथि पाकिस्तानी गुप्तचर अधिकारीहरूसँग सम्पर्कमा रहेको र उनीहरूसँग रक्षा सम्बन्धी कागजातहरू साझा गरेको आरोप छ । प्रहरीले पक्राउ परेका व्यक्तिलाई कुलेन्द्र शर्माको रूपमा पहिचान गरेको छ । 

सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाशप्राप्त यी व्यक्ति लगभग दुई हप्तादेखि निगरानीमा रहेको र उनी र उनको सामाजिक सञ्जाल खाताहरूबाट धेरै कागजातहरू जफत गरिएको बताइएको छ ।

प्रहरीको जानकारी अनुसार, २००२ मा भारतीय वायुसेनाबाट अधिकारीको रूपमा अवकाश लिएपछि, अभियुक्त तीन वर्षअघि तेजपुर विश्वविद्यालयमा इलेक्ट्रोनिक्स र सञ्चार इन्जिनियरिङ विभागमा प्राविधिक सहायकको रूपमा कार्यरत थिए ।

एक प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट अभियुक्तले राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारी अज्ञात व्यक्तिहरूसँग साझा गरेको खुलासा भएको बताए ।

Read More

एमालेको बन्दसत्रको समय फेरी सर्यो

काठमाडौं । नेकपा एमालेको बन्दसत्रको समय फेरी सरेको छ । यसअघि दिउसो १ बजेदेखि शुरु हुने भनिएकोमा अब ३ बजेदेखि शुरु हुने भएको हो । 

यसअघि आजै बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै पदाधिकारीको संख्या १९ पुर्याएको छ भने ३०१ सदस्यीय केन्द्रीय कमिटी, एकतिहाई सदस्य रहने स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको थियो ।

अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

Read More

ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

काठमाडौँ । नेकपा एमालेका दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब पदाधिकारी नबन्ने घोषणा गरेका छन् ।

भृकुटीमण्डपमा आइतबार बिहान बसेको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले अब पार्टीको पदाधिकारीमा आफ्नो इच्छा नरहेको धारणा राखेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले अब नेतृत्व छोड्नुपर्छ भन्ने बताउदै आएका ज्ञवाली र शाक्यले पदाधिकारीमा नबस्ने तर पार्टीमा सक्रिय रहने बताए । दुवैले बढ्दो उमेरका कारण दिएका थिए ।

एमालेको जारी ११औं महाधिवेशनले नयाँ नेतृत्वको चयनको प्रक्रियामा रहेका बेला दुई वरिष्ठ नेताहरुले पार्टीको उच्च पदमा नबस्ने बताएका हुन् । आजैदेखि शुरु हुने बन्दसत्रबाट एमालेको नयाँ नेतृत्वको चयन हुदैछ ।

Read More

एमालेको विधान संशोधन, पदाधिकारीको संख्या बढाइयो

काठमाडौं । नेकपा एमालेले विधान संशोधन गर्दै केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाएको छ । 

केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले पदाधिकारीको संख्या १९ बनाएको छ ।  जस अनुसार एक अध्यक्ष, पाँच उपाध्याक्ष, एक महासचिव, तीन उपमहासचिव र नौ जना सचिव हुने भएका छन् । त्यस्तै केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ ।    

गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र केन्द्रीय कमिटीको संख्या २५१ तय गरेको थियो । तर अहिले आकांक्षी धेरै देखिएपछि नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाइएको हो । अब बन्दसत्रले यो निर्णयलाई अनुमोदन गरेपछि नयाँ नेतृत्वको चयन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

Read More

रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा आक्रामक, नौ दिनमा तीन सय करोड क्लबमा

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ को घरेलु बक्स अफिसमा शानदार कमाई जारी रहेको छ । फिल्मले घरेलु बक्स अफिसमा रिलिजको नवौं दिनमा ३०० करोडभन्दा बढी कमाएको छ ।

पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको फिल्मले दोस्रो शुक्रबार र शनिबार शानदार कमाई गरेको हो । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दोस्रो शुक्रबार ३४ करोड ७० लाख कमाएको थियो भने दोस्रो शनिबार ५३ करोड ७० लाख कमाएको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा ३०६.४० करोड कमाएको छ ।

त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ । फिल्मले पहिलो साता विदेशी बक्स अफिसमा ७०.६० करोड भारु कमाएको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

इसेवाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको उक्त सभा २०८२ मङ्सिर २४ गते बुधबार काठमाडौँस्थित मेरियट होटलमा सम्पन्न भएको हो।

साधारण सभा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत शेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।

त्यसैगरी, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँ मूल्यको बोनस शेयर जारी गर्ने निर्णय समेत साधारण सभाले पारित गरेको छ। सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक सुबास शर्मा र सौगात केसीलाई पुनःनिर्वाचन गरेको छ भने आर्थिक वर्ष २०८२/८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था, सञ्चालन सूचक तथा बजार उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट गर्दै प्रयोगकर्ता, मर्चेन्ट, नियामक निकाय र कर्मचारीप्रति धन्यवाद ज्ञापन गरे ।

यसैगरी, प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ता, सञ्चालक समिति र व्यवस्थापन टोलीको संयुक्त प्रयासले कम्पनीलाई सुदृढ अवस्थामा पुर्‍याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्यापमार्फत जोखिम न्यूनीकरणमा केन्द्रित रहेको जानकारी दिए ।

Read More

एमालेको केन्द्रीय कमिटीको बैठक भृकुटीमण्डपमा शुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको छ । महाधिवेशनको बन्दसत्र अघि वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको हो । 

बैठकमा विधान संशोधन र बन्दसत्रमा पेश गरिने राजनीतिक प्रस्तावको बारेमा छलफल हुने बताइएको छ । बैठकले गत भदौमा भएको विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्न लागिएको बुझिएको छ । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटीमा आकांक्षीको संख्या ठुलो भएकाले नेताहरुको व्यवस्थापन गर्न संख्या बढाउन लागेको बताइएको छ । 

केन्द्रीय कमिटीको बैठकपछि बन्दसत्र पनि भृकुटीमण्डपमै हुने छ । यस महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तयारी रहेको छ ।

महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ । ११औं महाधिवेशन अन्तर्गत शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

Read More

सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि गत असोज ३१ गते सुनको २ लाख ५८ हजार प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३९०५ मा कारोबार भएको थियो ।

Read More

कांग्रेस नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पुर्व शिक्षामन्त्री आमोद प्रसाद उपाध्यायको निधन भएको छ । ९२ बर्षिय उपाध्यायको गएराती काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय प्रतिनिधि सभा, राष्ट्रिय सभाको सांसद हुनुका साथै संबिधान सभाको समेत सदस्य रहेका थिए । उनी २०५८ सालमा शेरबहादुर देउवाको मन्त्रिपरिषदमा शिक्षामन्त्री बनेका थिए । २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले शाही कदम उठाएपछि उनी पदमुक्त भएका थिए । 

उपाध्यायको अन्तिम दाहासंस्कार धार्मिक परम्परा सोमबार पशुपती आर्यघाटमा हुने परिवार निकटले जानकारी दिएका छन् ।

Read More