२०८३ बैशाख १३

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् । 

बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ । उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको जानकारी दिए । 

त्यस्तै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय भएको पनि बताए । त्यसैगरी बैठकले विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिएका छन् ।

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक नियन्त्रणमा

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाईल्याण्डको बैंककहुँदै एयर एसियाको उडानबाट काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो करीव २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौले उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ३८ वर्षिया शाजिया, ४८ वर्षिय रइश अहमद, ७२ वर्षिया फातमा र ११ वर्षिय हादी अहमद छन् । उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सो बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 

Read More

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालनन्द शर्माले पदभार ग्रहण गरेका छन् ।

मन्त्री शर्मालाई कार्यवाहक परराष्ट्र सचिव कृष्णप्रसाद ढकाल र वरिष्ठ अधिकारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए ।

यस अवसरमा मन्त्री शर्माले राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न प्रभावकारी रूपमा काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा पूर्वरथी रहेका शर्मालाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए भने उनले आजै पद तथा गोपनियताको शपथ समेत लिएका थिए ।

Read More

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा करिब ३३ गुणा बढी आवेदन

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा करिब ३३ गुणा आवेदन परेको छ ।

आवेदन दिने आज अन्तिम दिनसम्म ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८ सयकित्ताका लागि आवेदन परेको हो । 

कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० का दरले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । 

अब आवेदन दिएका ५ लाख ८३ हजार ८९६ जना मध्ये १८ हजार ४९५ जनाले मात्र शेयर पाउने भएका छन् । जस अनुसार ५ लाख ६४ हजार ९५१ जनाको हात खालि हुने भएको छ ।  पुस ७ गतेदेखि खुला भएको आईपीओ भर्ने शुक्रबार अन्तिम दिन रहेको थियो । पर्याप्त आवेदन नपरेमा पौष २१ सम्म बढाइने भनिएपनि मागभन्दा करिब ३३ गुणा बढी आवेदन परेपछि आवेदन दिने समय आजै सकिएको छ ।

यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा रहेको छ  ।

सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।

Read More

खेल्दै सिकाइ, सिक्दै दौड: क्युकेएस एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको अनौठो प्रयोग

काठमाडौं । क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) ले आयोजना गरेको पाँचौं वार्षिक एथलेटिक्स प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

राजधानीका विभिन्न विद्यालयबाट आएका सयौं विद्यार्थीहरूको सक्रिय सहभागिताले प्रतियोगिता जीवन्त बनेको थियो।

कार्यक्रमलाई इम्बार्क अनम्याथले मुख्य प्रायोजकका रूपमा सहयोग गरेको थियो। यस वर्षको एथलेटिक्स प्रतियोगितालाई अन्य वर्षभन्दा फरक बनाउने मुख्य विशेषता खेलकुदमा गणितको व्यावहारिक प्रयोग गरिएको क्युकेएसले जनाएको छ ।

विद्यार्थीहरूले दौड, हामफाल तथा अन्य प्रतिस्पर्धामा सहभागी हुँदै समय, दूरी, चक्र र औसत गतिजस्ता गणितीय अवधारणाहरू प्रत्यक्ष रूपमा प्रयोग गर्ने अवसर पाएका थिए । यसले खेल र अध्ययनबीचको सम्बन्धलाई व्यवहारिक रूपमा बुझ्न मद्दत पुर्‍याएको आयोजकहरूको भनाइ छ।

इम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले खेल र शिक्षाको समन्वयले विद्यार्थीमा गहिरो सिकाइ सम्भव हुने बताए। उनका अनुसार कक्षाकोठामा सिकिएका गणितीय सूत्रहरू खेल मैदानमै प्रयोग गर्न पाउनु विद्यार्थीका लागि स्मरणीय अनुभव बन्यो।

रिले दौडतर्फ झन् रोचक दृश्य देखियो। विद्यार्थीहरूले टोलीको रणनीति बनाउँदा गणितीय तर्क प्रयोग गरे। प्रत्येक खेलाडीको क्षमता र समयलाई आधार मानेर क्रम निर्धारण गरिँदा प्रतिस्पर्धाको दबाबबीच छिटो गणना र निर्णय लिनुपर्ने अवस्था सिर्जना भयो, जसले उनीहरूको विश्लेषणात्मक क्षमतालाई थप मजबुत बनायो।

मुख्य प्रायोजक इम्बार्क अनम्याथले शारीरिक तन्दुरुस्तीका साथै तार्किक सोच विकास गर्ने उद्देश्यले कार्यक्रमलाई समर्थन गरेको जनाएको छ।

प्रतियोगिताभर विद्यार्थीहरूको उत्साह, टोली भावना र आत्मविश्वास झल्किन्थ्यो। स्वस्थ प्रतिस्पर्धासँगै आपसी सहयोग र सहकार्यको भावना देखिनु कार्यक्रमको अर्को सकारात्मक पक्ष बन्यो। आयोजकका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूमा दृढता, नेतृत्व र जीवनोपयोगी सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

प्रत्येक समूहका विजेताहरूलाई पुरस्कृत गरिएको कार्यक्रममा आयोजकहरूले सहभागी विद्यार्थी, शिक्षक, अभिभावक र प्रायोजक सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

क्वालिटी काठमाडौं स्कुल्स (क्युकेएस) काठमाडौं उपत्यकाका प्रतिष्ठित शैक्षिक संस्थाहरूको सञ्जाल हो। विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै क्यु के एसले नियमित रूपमा खेलकुद, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

Read More

बंगलादेश प्रिमियर लिगमा सन्दीपको टिम राजशाहीको विजयी शुरुवात

काठमाडौँ । बंगलादेश प्रिमियर लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने खेलिरहेको टिम राजशाही वारियर्सले विजयी शुरुवात गरेको छ ।

सिलहेट टाइटन्सलाई ८ विकेटले पराजित गर्दै राजशाहीले विजयी शुरुवात गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य पछाएको राजशाहीले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजशाहीको जितमा नाजमूल होसैन शान्तोले अविजित १०१ रनको शतकीय पारी खेलेका थिए भने मुशफिकुर रहिमले अविजित ५१ रन बनाएका थिए ।

यस खेलमा सन्दीपले भने ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका थिए ।

अब राजशाहीले अर्को खेल भोलि नै ढाका क्यापिटल्ससँग खेल्ने तालिका रहेको छ ।

Read More

राखेपको सदस्यमा टमाटासहित पाँच जना नियुक्त

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जनालाई  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नियुक्त गरेका छन् ।

मन्त्री गुप्ताले टमटासहित शान्तकुमार महता, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, राजेश खड्का र प्रयास कार्कीलाई राखेप सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यहरुलाई मन्त्री गुप्ताले शुक्रबार पद तथा गोपनियताको शपथ समेत गराएका छन् । 

राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गत महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए ।

Read More

जापानको कारखानाका कामदारमाथि चक्कु प्रहार, १४ जना घाइते

काठमाडौँ । जापानको शिजुओका प्रिफेक्चरको एक कारखानामा कामदारहरूमाथि चक्कु आक्रमण भएको छ ।  शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १४ जना घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटना मिशिमा शहरको योकोहामा रबर मिशिमा प्लान्टमा भएको हो । कम्पनीका एक अधिकारीले आक्रमणकारीले पाँचदेखि छ जनालाई धारिलो हतियारले आक्रमण गरेको र कारखाना परिसर वरिपरि तरल पदार्थ छर्केको बताएका छन् ।

प्रहरीले संदिग्ध आक्रमणकारीलाई हिरासतमा लिइएको र मुद्दाको अनुसन्धान भइरहेको बताएको छ ।

जापानको सार्वजनिक प्रसारक एनएचकेले प्रहरी र अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै कुल १४ जनालाई उपचारको लागि अस्पताल लगिएको बताएको छ । घाइतेहरूको अवस्थाको बारेमा कुनै स्पष्ट जानकारी दिइएको छैन ।

Read More

शीर्ष नेतासँगको भेटपछि सञ्चारमन्त्री खरेल भन्छन्- फागुन २१ मै निर्वाचन हुन्छ

काठमाडौँ । निर्वाचनको वातावरण बनाउनका निम्त सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार प्रमुख तीन दलका शीर्ष नेताहरुलाई भेटगरी निर्वाचनको माहोल बनाउन छलफल गरेका छन् । 

सञ्चारमन्त्री घरेलले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरुकै निवास गरेर निर्वाचनबारे कुराकानी गरेका हुन् ।

तीन दलका शीर्ष तेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारे ।

निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको जानकारी दिदैँ उहाँले निर्वाचनको माहोल बनाउन, सर्वदलीय, सर्वपक्षीय र व्यक्तिगत रुपमा पनि सरकारले दलका कार्यालय नेताका घरदैलोमा गएर निर्वाचनको सुनिश्चितताका लागि पहलकदमी गरिएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने- ‘निर्वाचनको वातावरण बनाउन सरकारले पहल गरिरहेको छ । तीन ठूला दलका शीर्ष नेताले भेटकाक्रममा निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट धारणा छ । त्यसैले फागुन २१ ग्ते निर्वाचन हुन्छ र सबै दल सहभागी हुन्छन् । काँग्रेसकोतर्फबाट सभापतिले निर्वाचन प्राथमिकता हो पुनःस्थापना प्राथमिकता हैन भन्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका संयोजकले निर्वाचनको विकल्पै छैनन भन्नुभएको छ र एमाले अध्यक्षले पनि निर्वाचनका लागि वातावरण बनाउनुपर्छ भनेर चासो देखाउनुभएको छ ।’

सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाइरहेको स्पष्ट पारे । उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे । 

यसैगरी, निर्वाचनको अन्तिम तयारी र दलहरूबीचको थप समन्वयका लागि प्रधानमन्त्री सुशीला कार्कीले भोलि शनिबार बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।

Read More

गोदावरीका मेयरसहित १४ जनाले सफाइ पाएको मुद्धामा अख्तियारको सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द्र महर्जनसमेत १४ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको फरक फरक ५ वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ ।

अख्तियारले गोदावरी नगरपालिकाका तत्कालिन मेयर महर्जन, उपमेयर मुना अधिकारीलगायतले नगरपालिकामा बिभिन्न आर्थिक बर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी एक अर्ब ४ करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरेको मुद्धामा विशेष अदालतले २०८१ को साउन ३० गते सफाई दिएको भन्दै  फैसला चित्त नबुझेर सर्वोच्चमा गएको जनाएको छ ।

Read More