२०८३ बैशाख १३

काँग्रेसमा फेरी चर्किदै विशेष महाधिवेशनको माग

काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशनको माग फेरी उठेको छ । शुक्रबार विशेष महाधिवेशनका पक्षधरहरुले नियमित १५औं महाधिवेशनको कार्यतालिका अविश्वसनीय रहेको भन्दै कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पेश गर्दै विशेष महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन् ।

सो अवसरमा बोल्दै महामन्त्री थापाले विधान भन्दा माथि कोहि नभएको भन्दै अब विशेष महाधिवेशन बारे केन्द्रीय समितिको बैठकले निर्णय लिने बताएका छन् । उनले पुस मसान्तसम्मको कार्यतालिका आउदा विशेष महाधिवेशन पक्षधरले स्वीकार गरेको उल्लेख गर्दै अब १५औं महाधिवेशन नहुने अवस्था बनेकोमा पुस मसान्तसम्म विशेष महाधिवेश्ना सम्पन्न गर्नुपर्ने बाध्यकारी अवस्था रहेको बताएका छन् ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार नै विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताउदै आफुहरुले कार्यसम्पादन समितिमा यस विषयमा कुरा राख्ने र कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताएका छन् ।

कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेपनि त्यसको तयारीका लागि संस्थापन पक्षले आनाकानी गरेपछि सो समयमा महाधिवेशन नहुने संकेत देखिएको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक शुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

सिंहदरबारमा केहिसमय अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा नियमित एजेण्डानै रहेको बुझिएको छ ।

Read More

प्रभु बैंकका सिइओ अशोक शेरचन रिहा

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानतमा रिहा भएका छन् ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले इजलासले मागेअनुसारको प्रमाण तत्काल प्राप्त नभएको र स्वास्थ्यलाई समेत कारण देखिएकोले धरौटीमा छाड्ने निर्णय गरेको हो ।

अघिल्लो पटक म्याद थप गर्न लैजाँदा विशेष अदालतको इजलासले गरेको आदेश अनुसार थप प्रमाणहरू तत्काल प्राप्त नभएपछि शेरचनलाई छोडिएको बुझिएको छ ।

शेरचनसहित बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र बैंकको प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रहरीले मंसिर १४ गते  केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।

Read More

एमाले सांस्कृतिक विभागकी केन्द्रीय सदस्य गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ । नेकपा एमाले सांस्कृतिक विभागकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । 

सिन्धुली निवासी गुरुङलाई संयोजक प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडामा पार्टीमा स्वागत गरेका छन् ।

Read More

रेशम र रञ्जिताको पुनर्मिलन, शनिवार पार्टी एकता हुने

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच शनिबार पुनः एकता हुने भएको हो । 

गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

रञ्जिता नागरिक उन्मुक्ति पार्टी नेपालमा समाहित हुन तयार भएको र नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह रहने सहमति भएको बताइएको छ ।

Read More

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ लाइट इनफानट्री बटालियन अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकहरूको अन्तिम टोली मिसन इलाका प्रस्थान गरेका छन् ।

त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू विहिबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका ११८८ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

Read More

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले आजै शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिष १५ सदस्यीय बनेको छ । 

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

Read More

सर्वोच्चबाट जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध परेको रिट खारेज गरेको छ ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले अधिवक्ता विपिन ढकालले दायर गरेको सो रिट खारेज गरेको हो ।

सर्वोच्चले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

Read More

चोरी भएका ६० सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, टोखा, नयाँबसपार्क,बालकुमारी,भाटभटेनी भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट,सोह्रखुट्टे, कपन,सुडाल र जरङ्खु  लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ६० ओटा सहित १८१ ओटा सवारी साधन गत साउन यता ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । 

आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

 सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गरेका छन् । 

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Read More

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी चढेको जीप दुर्घटना, चालकको मृत्यु

बुटवल । अर्घाखाँचीजिल्लाको भूमिकास्थान  नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ । 

भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै  दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् । 

राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् । 

दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगरको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

Read More