२०८३ बैशाख १३

उज्यालो नेपाल पार्टीले अस्वीकार गर्यो रास्वपाको प्रस्ताव

काठमाडौँ । उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव गरेको एकताको मोडालिटी अस्वीकार गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार हुने गरि अगाडी सारेको प्रस्ताव अस्वीकार गरेको हो ।

बैठकमा पार्टीका संरक्षक रहेका कुलमान घिसिङले शनिबारनै बालेन शाहसँग भएको छलफल बारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी केन्द्रीय सदस्यका अनुसार कुलमानले रास्वपाले बालेनलगायत आफुहरुलाई प्रयोग गर्न खोजेको आशय व्यक्त गरेका थिए । उज्यालो पार्टीले रास्वपाकै नाम र  चुनाव चिन्ह राखेर एकता गर्न नसकिने अडान राखेको बताइएको छ ।

त्यस्तै बालेन र रास्वपाबीच हुने भनिएको आजको निर्णायक वार्ता समेत अहिलेसम्म हुन नसकेको बुझिएको छ । कार्यदलस्तरमा सहमति नभएकाले बालेन र रविबीचको भेट निश्चित नभएको बताइएको छ ।

Read More

डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क । डोलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभा संस्थाका अध्यक्ष मोतीराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  हो।

साधारण सभामा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाका सेयर सदस्यहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने जानकारी दिए । उनले हाल संस्थामा एक हजारभन्दा बढी सेयर सदस्य आबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा संस्थाको पूँजी अझै वृद्धि गर्ने लक्ष्य रहेको बताए ।

अध्यक्ष आचार्यका अनुसार संस्थाले होटल तथा कृषि क्षेत्रमा लगानी गर्दै आएको छ, जसका कारण स्थानीय स्तरमा उल्लेख्य रोजगारी सिर्जना हुन पुगेको छ। यसले आर्थिक गतिविधि बढाउनुका साथै समुदायको समग्र विकासमा टेवा पुर्‍याएको उनको भनाइ थियो ।

कार्यक्रममा सहकारीको लेखा प्रतिबेदन देवका बेल्वासेले प्रस्तुत गरेकी थिइन्  ।

कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष दीपक केसीले गरेका थिए । केसीले सेयर सदस्यहरूलाई छिटै काठमान्डौका बिभिन्न अस्पतालमा अपचार गर्नको लागि पनि केही रकम छुटको ब्यवस्था गर्न लागेको जानकारी दिए । साधारण सभामा करिब पाँच सय सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सभामा उत्कृष्ट कर्मचारी सम्पान गर्नुका साथै उत्कृष्ट बचत , मोबाईल बैकिं , जेष्ठ नागरिक सम्मान, बाल बचत सम्मान पनि  गरिएको थियो । उक्त कार्यक्रममा लेखा सदस्य रामकुमार नेपालीले स्वागत मन्तव्य राखेका थिए ।

Read More

आयोगले सार्बजनिक गर्यो अन्तिम मतदाता नामावली, गत निर्वाचनभन्दा ९ लाख १५ हजारले बढे

काठमाडौँ ।  निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ । 

आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।

शनिबार सार्बजनिक गरिएको अन्तिम नामावली अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन् । 

प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा एक करोड ८९ लाख  ३ हजार ६८९ मतदाता रहेका छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइट  www.election.gov.np मा प्रकाशनसमेत गरिएको आयोगले जनाएको छ । 

वि. सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ गरी कुल मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ भने पुरुष मतादाताको संख्या ५ लाख २२ हजार ५५२, महिला मतदाताको संख्या ३ लाख ९२ हजार ५५२ र अन्य मतदाताको संख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ । यो निर्वाचनमा विसं २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या ८८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।

Read More

कम्बोडिया र थाइल्याण्डबीच युद्धविरामको सहमति

काठमाडौँ । विगत केही दिनदेखि कम्बोडिया र थाइल्याण्डबीच चलिरहेको द्वन्द्वको बीचमा केही खुसीको आएको छ ।

दुवै देशले शनिबार दिउँसो १२ बजेदेखि तुरुन्तै लागू हुने गरी युद्धविराम लागू गर्ने निर्णय गरेका छन् । कम्बोडिया र थाइल्याण्डबीचको साझा सिमानामा हालै भएका हिंसात्मक झडपहरूलाई कम गर्न र शान्ति पुनर्स्थापित गर्न यो कदम चालिएको हो । एसियाको बिर्सिएको द्वन्द्व मानिने यो द्वन्द्वले १०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ र लगभग आधा लाख विस्थापित भएका छन् ।

प्रुम-बान पाक कार्ड अन्तर्राष्ट्रिय सीमा जाँच चौकीमा भएको तेस्रो विशेष सीमा समितिको  बैठकपछि दुवै देशले यो निर्णय गरेका हुन् । बैठकमा दुवै पक्षले शान्ति र सहयोगको आवश्यकतामा जोड दिए र विवादहरू विश्वासयोग्यता, इमानदारी, निष्पक्षता र पारस्परिक सम्मानको वातावरणमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिए । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र, आसियान बडापत्र र दक्षिणपूर्वी एसियामा मैत्री र सहयोग सन्धिका सिद्धान्तहरूको पालनामा पनि जोड दिए ।

बैठकले डिसेम्बर २२ मा क्वालालम्पुरमा भएको विशेष आसियान विदेशमन्त्रीहरूको बैठकले शान्ति र बल प्रयोग नगर्न आग्रह गरेको कुरा पनि सम्झायो । युद्धविराम अन्तर्गत, दुवै देशले सबै हतियारको प्रयोग बन्द गर्न सहमत भएका थिए, र नागरिक भवन वा सैन्य प्रतिष्ठानहरूमा कुनै आक्रमण हुनेछैन । दुवै पक्षले यो पनि भने कि कुनै पनि अनावश्यक गोलीबारी, सैन्य गोलीबारी वा आक्रमण हुनु हुँदैन ।

यसबाहेक, दुवै देशहरूले ओटीए कन्भेन्सन अन्तर्गत खानी निषेध कानूनहरूको पालना गर्नेछन् र मानवीय उद्देश्यका लागि सीमा क्षेत्रमा खानीहरू हटाउन सँगै काम गर्नेछन् । साइबर अपराध र मानव बेचबिखन जस्ता अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध पनि सहयोग बढाइनेछ । युद्धविरामको लागि विश्वास निर्माण उपायको रूपमा, १८ कम्बोडियन सैनिकहरूलाई ७२ घण्टाको शान्ति पछि फिर्ता पठाइनेछ ।

Read More

बालुवाटार बैठक: निर्वाचनमा जान प्रमुख दल तयार, वातावरण बनाउन आग्रह

काठमाडौँ । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने- ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’  

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरेकी थिइन् । उनले सबै दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्दै सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । 

Read More

सन्दीपको टिम राजशाही दोस्रो खेलमा पराजित

काठमाडौँ । जारी बंगलादेश प्रिमियर लिग अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टिम राजशाही वारियर्सले आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।

शनिबार सम्पन्न खेलमा राजशाही वारियर्स ढाका क्यापिटल्ससँग ५ विकेटले पराजित भएको हो । राजशाहीले दिएको १३३ रनको लक्ष्य पछाएको ढाकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको राजशाहीले २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो । यस खेलमा सन्दीप लामिछानेले ४ ओभरमा ३५ रन दिएर एक विकेट लिएका थिए ।

यो ढाकाको पहिलो खेल हो भने राजशाहीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Read More

प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डलाई बालुवाटार बोलाएर के भनिन् ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटरमा छलफल भएको छ । प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनको वातावरण बनाउने क्रममा शिर्ष नेताहरुसँग छलफल गरेकी हुन् ।

बालुवाटार बैठकमा तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री सुशीला कार्कीको आग्रह: 

मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ । यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।

प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु । 

मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ। 

हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ । सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ।

अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।

Read More

एमालेको सचिवालय बैठक आइतबार बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको बताइएको छ ।

साथै बैठकले ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।

Read More

प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डको छलफल शुरु

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटरमा छलफल शुरु भएको छ । 

प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनको वातावरण बनाउने क्रममा शिर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको मध्यस्थतामा शीतल निवासमा प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गरेका थिए । निर्वाचनको वातावरण बनाउन सरकारका प्रवक्ता खरेलले शुक्रबार देउवा, ओली र दाहालसँग उनीहरुकै निवासमा पुगेर छलफल गरेका थिए ।

Read More

आइतबार र सोमबार प्रतिनिधि सभाको समानुपातिकको सूची बुझाउन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको सूची बुझाउन दलहरुलाई आग्रह गरेको छ । निर्वाचन तालिका अनुसार समानुपातिकको सूची बुझाउन आयोगले पुस १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्मको समय तोकेको हो ।

आयोगले कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जानकारी गराएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्न अनुरोध गरेको छ । 

साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने समेत उल्लेख गरेको छ ।

Read More