२०८३ बैशाख १३

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउन लक्ष्य

काठमाडौं । ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन वहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ ।

आगामी चैतभित्र कमला पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकाकासाथ निर्माण व्यवसायीबाट काम भइरहेको छ । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी  निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले निर्माणको आफूले नियमित अनुमगन गर्ने र काम सन्तोषजनक नभएमा ठेक्का तोड्ने चेतावनी दिएका थिए । साथै, उनले हाल नदी रहेको स्थानमा ह्युम पाइप राखेर अस्थायी रुपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही बमोजिम ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि भइरहेको छ ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत कमला पुल निर्माण हुन सकेको छैन । पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न वाध्य भएको र कमला नदी वारपार गर्न जोखिमपूर्ण एवम् कष्ठकर यात्रा गर्नु बाध्यता छ ।  

१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहा(पूर्व)तर्फको २ वटा स्लाव हटाइएको छ भने धनुषा (पश्चिम) पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।

सोही बमोजिम भासिएको जगलाई दह्रो बनाएर स्लाव लिफ्टिङको काम अब सुरु हुने छ । लिफ्टिङका लागि सम्बन्धित विज्ञ प्राविधिकहरुले भ्रमण तथा निरीक्षण गरी अध्ययन गरी कार्ययोजना बनाइरहेका छन् ।

पुलको पूर्वतर्फ (सिराहा)को सबस्टक्चर काम सकिएको छ । सिराहातर्फका २ वटा स्लाव हटाई एउटा जग भासिएकोमा उक्त स्थानमा दुइवटा जग राखी जगसहित सब स्ट्रक्चरको का सकिएको छ । अब प्लेट गडर राख्न बाँकी रहेको छ । उक्त  प्लेट गडर बनाउने काम चितवनमा भइरहेको छ । गडर तयार भएपछि पुलमा लगेर जडान गरिनेछ ।  

ठेक्काअन्तर्गत रहेका नदी नियन्त्रण तथा पहुँच सडकको  निर्माण भने सुरु हुन सकेको छैन । गत असोजमा कमला नदीमा आएको बाढीपछि नदीको धार परिवर्तन परिवर्तन भएको हुँदा डिजाइनको  बिषयमा छलफल भइरहेको र डिजाइनको टुंगो लागेपछि निर्माण सुरु हुनेछ ।

तराई-मधेशको लाइफ लाइनका रूपमा रहेको  हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो । निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।

Read More

एप्पलले गर्यो आफ्ना यी उत्पादन बन्द

काठमाडौँ । अमेरिकी टेक दिग्गज एप्पलले २०२५ को लागि आफ्नो उत्पादन पोर्टफोलियोको ठूलो हेरफेरको घोषणा गरेको छ । कम्पनीले आईफोन, आईप्याड, एप्पल वाच, म्याकबुक र सामानहरू सहित २० भन्दा बढी उपकरणहरूको उत्पादन बन्द गरेको जानकारी दिएको छ । यी मध्ये धेरैजसो उत्पादनहरू एप्पलको नवीनतम प्रविधि र सुधारिएको प्रदर्शन सहितको नयाँ र अद्यावधिक मोडेलहरूले प्रतिस्थापन गरिने एप्पलले बताएको छ ।

बन्द गरिएका उत्पादनहरु:

आइफोन: 
आईफोन १६ प्रो म्याक्स (अब आईफोन १७ प्रो म्याक्स उपलब्ध)
आईफोन १६ प्रो (अब आईफोन १७ प्रो)
आईफोन १५ प्लस
आईफोन १५
आईफोन १४ प्लस
आईफोन १४
आइफोन एसई (अहिले आइफोन १६ ई)

आइप्याडहरु:
आइप्याड प्रो (एम४ चिप)
आइप्याड एयर (एम २ चिप)
आइप्याद १० 

एप्पल वाच
एप्पल वाच अल्ट्रा २ 
एप्पल वाच सिरिज १० 
एप्पल वाच एसइ २ 

म्याकबुक 
म्याक स्टुडियो (एम २ म्याक्स र एम २ अल्ट्रा) 
म्याकबुक प्रो १४-इन्च (एम ४)
म्याकबुक एयर १३- इन्च र १५ इन्च (एम ३)
म्याकबुक एयर १३ इन्च (एम २)

अन्य बन्द गरिएका एप्पलका उत्पादनहरू
एयर पड्स प्रो-२ 
एप्पल भर्सन प्रो (एम२)
क्यूआइ २ मागसेफ चार्जर
३० डब्लु युएसबी-सी पावर एडाप्टर
लाइटनिङ देखि ३.५ एमएम अडियो केबल
मागसेफदेखि मागसेफ २ कन्भर्टर

Read More

म्यानमारदेखि भेनेजुएलासम्म विश्वभर अमेरिकाको हस्तक्षेप

काठमाडौँ । हालैका वर्षहरूमा, अमेरिकाले धेरै देशहरूको चुनाव र शक्तिमा प्रत्यक्ष हस्तक्षेप गरेको देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा, अमेरिकाले आफ्ना मनपर्ने नेताहरूको विजय सुनिश्चित गर्ने प्रयास गरिरहेको छ, जबकि अन्य समयमा, यसले सरकारहरूलाई उल्टाउन सैन्य र आर्थिक शक्ति प्रयोग गरिरहेको छ । यो प्राप्त गर्न, यसले विभिन्न रणनीतिहरू प्रयोग गरिरहेको छ । ट्रम्प प्रशासनले अन्य देशहरूलाई दबाब दिन केही ठाउँहरूमा युद्धपोतहरू तैनाथ गरेको छ, र अरू ठाउँमा भारी शुल्क लगाएको छ ।

भेनेजुएला – शासन परिवर्तन गर्न युद्धपोत तैनाथ:
ट्रम्पले लामो समयदेखि भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई हटाउन प्रयास गरिरहेका छन् । २०१९ मा, उनले विपक्षी नेता जुआन ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिए । अब, फेरि राष्ट्रपति बनेपछि, ट्रम्पले मादुरोलाई अमेरिकामा लागूपदार्थ तस्करी गरेको आरोप लगाउँदै भेनेजुएला नजिकै अमेरिकी युद्धपोतहरू तैनाथ गरेका छन् । मादुरोलाई सत्ताबाट हटाउन कारबाही गर्न सीआईएलाई अधिकार दिइएको थियो र अमेरिकी सेनाले भेनेजुएलाका तेल ट्याङ्करहरू कब्जा गरिरहेको छ ।

ब्राजिल – ५० प्रतिशत करसहित प्रत्यक्ष आक्रमण
ब्राजिलमा, ट्रम्पले आफ्नो सहयोगी मानिने पूर्व राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा वर्तमान राष्ट्रपति लुला दा सिल्भाको सरकारमाथि ५० प्रतिशत कर लगाए । यो कुनै पनि देशमा लगाइएको सबैभन्दा ठूलो अमेरिकी कर थियो । बोल्सोनारोविरुद्ध फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरैसमाथि पनि अमेरिकाले भिसा र आर्थिक प्रतिबन्ध लगाएको थियो । स्पष्ट सन्देश यो थियो कि यदि बोल्सोनारो विरुद्ध कारबाही गरियो भने, अमेरिकाले दबाब दिनेछ ।

होन्डुरस- आफुपक्षका उम्मेदवारलाई समर्थन 
नोभेम्बर ३०, २०२५ मा मध्य अमेरिकी देश होन्डुरसमा राष्ट्रपति चुनाव सम्पन्न भयो । ट्रम्पले नासरी असफुरालाई खुलेआम समर्थन गरे र चेतावनी दिए कि यदि उनको उम्मेदवारले जितेन भने, अमेरिकी आर्थिक सहायता प्रभावित हुनेछ । चुनाव अत्यन्तै नजिक थियो। मतगणना ढिलाइ, प्राविधिक त्रुटिहरू र धोखाधडीको आरोपको बीचमा असफुरालाई विजेता घोषित गरियो। विपक्षीहरूले नतिजा स्वीकार गर्न अस्वीकार गरे, तर अमेरिकी दबाबलाई यो विजयसँग जोडिएको छ । चुनावको क्रममा नै ट्रम्पले पूर्व होन्डुरन राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई माफी दिए । उनी अमेरिकामा गम्भीर लागूऔषध तस्करीको आरोपको सामना गरिरहेका थिए र असफुराको पार्टीसँग पनि सम्बन्धित थिए। यसलाई ट्रम्पले राजनीतिक चाल मानेका थिए ।

अर्जेन्टिना – वातावरण सिर्जना गर्ने धम्की
अक्टोबर २६, २०२५ मा अर्जेन्टिनामा संसदीय चुनाव अघि, ट्रम्पले राष्ट्रपति जेभियर मिल्लीलाई यदि उनी हारे भने, अमेरिकाले अर्जेन्टिनाविरुद्ध कडा अडान लिने बताएका थिए । यो कथनले बजारमा आतंक निम्त्यायो र राजनीतिक परिदृश्यलाई थप विभाजित गर्यो । अन्ततः, मिल्लीको पार्टी चुनावमा सबैभन्दा ठूलो दलको रूपमा देखा पर्यो । यो ट्रम्पको दबाबको परिणामस्वरूप पनि देखियो ।

म्यानमार – अमेरिकालाई चीनको चुनौती
२०२० मा, अमेरिका समर्थित नोबेल विजेता मानव अधिकार कार्यकर्ता आङ सान सुकी सत्तामा आइन्, त्यसपछि २०२१ मा विद्रोह भयो । डिसेम्बर २८ मा म्यानमारमा चुनाव हुने तालिका छ, तर वास्तविकता यो छ कि देशको आधा भन्दा बढी भागमा मतदान हुने छैन । त्यहाँ सैन्य शासन कायम छ, र विपक्षी नेताहरूलाई पहिले नै हटाइसकिएको छ । संयुक्त राष्ट्र संघले यी चुनावहरूलाई केवल नक्कली घोषणा गरेको छ । अमेरिकाले चीनबाट चुनौतीको सामना गरिरहेको छ । चीनले यी चुनावहरूको लागि मतदाता सूची, प्रविधि र पर्यवेक्षकहरू पठाएर सैन्य तानाशाह जनरल मिन आङ ह्लाइङको सरकारलाई वैध बनाउने प्रयास गरिरहेको छ । चीनले म्यानमारलाई हिन्द महासागरको प्रवेशद्वार मान्दछ र बन्दरगाह, तेल र ग्यास पाइपलाइन र सडक जस्ता ठूला परियोजनाहरू सञ्चालन गरिरहेको छ । गृहयुद्धका कारण यी परियोजनाहरू रोकिएका छन्, त्यसैले चीनले आफ्नो हितको रक्षा गर्न सेनालाई सहयोग गरिरहेको छ ।

विश्वलाई अमेरिकाको सन्देश
यी कदमहरू मार्फत, अमेरिकाले आफ्नो हितको विरोध गर्ने सरकारहरूलाई छोड्ने छैन भनेर प्रदर्शन गर्न चाहन्छ । चाहे त्यो आर्थिक दबाब होस्, कूटनीतिक धम्की होस् वा सैन्य शक्तिको प्रदर्शन होस्, ट्रम्प प्रशासन सबै माध्यमहरू अपनाउन इच्छुक देखिन्छ । आज अवस्था यस्तो छ कि धेरै देशहरूमा चुनाव र सरकारहरू त्यहाँका जनताले मात्र नभई वाशिंगटनको अडानले पनि निर्णय गर्ने देखिन्छ ।

Read More

चीनमा स्वचालित कार बेच्न अस्थायी रोक

काठमाडौँ । चीनले स्वचालित कार बेच्ने योजनालाई अस्थायी रूपमा रोकेको छ । यस वर्षको मार्च २९ मा, स्वचालित प्रविधिले सुसज्जित स्वचालित कार दुर्घटनामा तीन विद्यार्थीहरूको मृत्यु भएपछि चीनले यी कारको विक्रीमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

हाल, चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले केवल दुई कम्पनीहरू, बेइजिङ अटोमोटिभ ग्रुप र चाङ्गन अटोमोबाइललाई लेभल-३ स्वचालित सवारी साधनहरूको परीक्षण गर्न अनुमति दिएको छ । यी कारहरू बेइजिङ र चोङकिङमा तोकिएका राजमार्गहरूमा मात्र सञ्चालन गर्न सक्षम हुनेछन् । यसको अर्थ स्वचालित कारहरूलाई हाल परीक्षणको लागि मात्र अनुमति दिइएको छ ।

वास्तवमा, चीनमा हाल लेभल-२ प्रणालीहरू मात्र प्रयोगमा छन्, जसको लागि चालकले सधैं बढ्दो सतर्कता अपनाउन आवश्यक छ । मार्च दुर्घटनामा संलग्न कार लेभल-२ प्रणालीले सुसज्जित थियो । दुर्घटना पछि, सरकारले कार कम्पनीहरूलाई ‘स्मार्ट ड्राइभिङ’ वा ‘स्वायत्त ड्राइभिङ’ जस्ता शब्दहरू प्रयोग गर्नबाट पनि निषेध गरेको छ ।

Read More

अफगानिस्तानको काबुलस्थित ऐतिहासिक एरियाना सिने हल भत्काइयो

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको ऐतिहासिक एरियाना सिनेमा पूर्ण रूपमा भत्काइएको छ । १९६३ मा निर्मित, डिसेम्बर १६ मा भत्काउन सुरु गरिएको थियो । यो एक हप्ता भित्र भत्काइएको थियो । अब यसको ठाउँमा एक किनमेल केन्द्र निर्माण गरिनेछ ।

एरियाना सिनेमाले दशकौंसम्म काबुलका जनताको मनोरञ्जनको केन्द्रको रूपमा काम गरेको थियो । यसले बलिउडदेखि हलिउडका एक्सन फिल्महरू र पछि अफगान फिल्महरू प्रदर्शन गरेको थियो ।

२०२१ मा तालिबान सत्तामा आएपछि, फिल्म र संगीत सहित अधिकांश मनोरञ्जन गतिविधिहरू प्रतिबन्धित गरियो । सबै सिनेमाघरहरू बन्द गर्न आदेश दिइयो । त्यस वर्षको मे महिनामा, अफगान फिल्म प्रशासन पनि विघटन गरियो, त्यसपछि एरियाना सिनेमा लामो समयसम्म बन्द रह्यो ।

काबुल शहर प्रशासनले सिनेमा निर्माण गरिएको जग्गा व्यावसायिक क्षेत्र भित्र पर्ने बताएको छ । प्रशासनका अनुसार, त्यहाँ किनमेल कम्प्लेक्स निर्माण गर्नाले नगरपालिकाको राजस्व बढ्ने र शहरको विकासमा योगदान पुग्नेछ ।

सोभियत आक्रमण र गृहयुद्धको समयमा एरियाना सिनेमाले ठूलो क्षति बेहोरेको थियो । सन् १९९६ मा तालिबानले काबुलको नियन्त्रण लिएपछि यो बन्द भएको थियो । सन् २००१ मा तालिबानलाई सत्ताच्युत गरेपछि, सन् २००४ मा फ्रान्सेली सहयोगमा यसको पुनर्निर्माण गरिएको थियो ।

भारत-पाकिस्तान युद्ध पछि पाकिस्तानमा भारतीय चलचित्रहरूमा प्रतिबन्ध लगाइएको कारण, धेरै पाकिस्तानी दर्शकहरू एरियाना सिनेमामा चलचित्र हेर्न काबुल पुग्ने गरेको बताइन्थ्यो ।

Read More

प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गर्दै

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्दैछिन्  । 

प्रधानमन्त्री कार्कीले आज ४ बजे तीन दलका शीर्षनेताहरु काँग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्ता आसन्न निर्वाचनमा केन्द्रीत हुने बताइएको छ ।

यसअघि गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शितल निवासमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतलनिवासमा भएको थियो ।

Read More

रेशम र रञ्जिताको पुनर्मिलन, आज पार्टी एकता हुदै

काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुदै छ ।

सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने कार्यक्रम तय गरिएको छ । 

एकतामा पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने र झण्डा तथा चुनाव चिह्न पनि रेशमले दर्ता गरेको नयाँ पार्टी  नागरिक उन्मुक्ति पार्टी नेपालकै कायम हुने बताइएको छ ।

गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।

Read More

रास्वपाको समानुपातिकका लागि उम्मेदवारको मतदान आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ । 

रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो ।  समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ । 

रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।

आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।    

रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।

साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ र जेनजी समुहहरुसँग सहकार्य गर्ने प्रयास जारी रहेकाले यस प्रक्रियामा रहेका कति जना उम्मेदवार बन्न पाउछन् भन्ने अनिश्चित नै रहेको बताइएको छ ।

Read More

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

शुक्रबार विशेष महाधिवेशन पक्षधरले अब नियमित महाधिवेशन हुन नसक्ने भन्दै पुस मसान्त भित्र विशेष महाधिवेशनमा जान भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई ज्ञापन पत्र बुझाएपछि अब बैठक विशेष महाधिवेशनको विषयमा समेत केन्द्रित हुने भएको छ ।

Read More