२०८३ बैशाख १३

एमालेको समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित

काठमाडौँ । नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची सचिवालय बैठकबाट पारित गरेको छ ।

उपमहासचिव लेखराज भट्टले आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको समानुपातिक उम्मेदवारको सूची सुझावसहित पारित गरिएको जानकारी दिएका छन् ।

सोमबार पेश गर्नुपर्ने समानुपातिक सूची तयार अध्यक्ष ओलीले बैठकमा पेश गरेको र त्यसमा सचिवालय सदस्यहरुबाट आएका सुझावलाई समेटदै पारित गरिएको उनले बताए । भट्टले सोमबार समानुपातिक सुची दर्ता गर्ने निर्णय भएको उनले बताए ।

आयोगले सोमबार दिउसो ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ ।   

भट्टले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै उनीहरुको सहमति आपसी लेनदेनमा भएकोले कति समय टिक्छ त्यो हेर्नुपर्ने बताए ।

Read More

भेरोनाविरुद्ध एसी मिलानको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले भेरोनाविरुद्ध शानदार जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा एसी मिलानले भेरोनाविरुद्ध ३-० गोल अन्तरले जित हासिल गरेको हो । एसी मिलानको जितमा क्रिस्टोफर एनकुनकुले २ गोल गरेका थिए भने क्रिस्टियन पुलासिकले एक गोल गरेका थिए ।

यो जितपछि एसी मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । मिलानको १६ खेलमा ३५ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको इन्टर मिलानको १५ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी भेरोनाको १६ खेलमा १२ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।

Read More

जाँचबुझ आयोगले लियो सुदन गुरुङको बयान

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी अभियन्ता सुदन गुरुङसँग बयान लिएको छ । आयोगले आइतबार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सन्दर्भमा गुरुङसँग बयान लिएको हो ।

सुदनले हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको जानकारी दिएका छन् । उनले आफुहरुमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको जानकारी दिदै भनेका छन्- ‘सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु ।’

आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले सोमबार तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान लिदैछ । त्यसपछि आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको छ ।

Read More

निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभाका उम्मेदवारको खर्च सीमा, कुन शीर्षक कति तोकियो ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ ।

आयोगले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेकोआयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले अन्तर्क्रियामा सबैभन्दा बढी १ लाख र कार्यालय सञ्चालन र सवारी साधनमा ७०-७० हजार खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने मापदण्ड तोकेको छ ।

आयोगले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्रीमा १४ हजार ५००, ढुवानीमा १० हजार, गोष्ठी-अन्तरक्रियामा एक लाख, अन्य प्रचार- प्रसार, छापा एंव विद्युतीय माध्यममा १४ हजार ५००, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविधमा ३० हजार गरेर कुल ३ लाख ५० हजार खर्चको सीमा तोकेको जानकारी दिएको छ ।

Read More

प्रसिद्ध फ्रान्सेली अभिनेत्री तथा गायिका बार्डोटको निधन

काठमाडौँ । प्रसिद्ध फ्रान्सेली सिनेमा अभिनेत्री तथा गायिका ब्रिजिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ ।

ब्रिजिट बार्डोट फाउन्डेसनले बार्डोटको निधन भएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । ब्रिजिट एनी-मारी बार्डोटको जन्म सेप्टेम्बर २८, १९३४ मा पेरिसमा भएको थियो । उनले १९५६ को ‘एन्ड गॉड क्रिएटेड वुमन’ सहित धेरै फ्रान्सेली सुपरहिट सिनेमामा काम गरेकी थिइन् ।

‘बिबी’ को नामले प्रसिद्ध, बार्डोट १९५० को दशकमा यौन मुक्तिको प्रतीक बनेकी थिइन् । उनले करिब ५० चलचित्रहरूमा काम गरेकी छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रिजिट बार्डोटको मृत्युमा शोक व्यक्त गरेका छन् । उनले भनेका छन्- ‘उनका चलचित्रहरू, उनको आवाज, उनको प्रसिद्धि, उनको पीडा र जनावरहरूप्रतिको उनको लगाव… ब्रिजिट बार्डोटले स्वतन्त्रताको जीवन बिताइन् ।’

Read More

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इनसाइड ट्रेडिङको आरोपमा पुस ४ गते पक्राउ परेका अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान गरिरहन नपर्ने भन्दै आइतबार काठमाण्डौ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो । 

अग्रवाललाई काठमाडौँको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको इनसाइड ट्रेडिङको आरोपमा पक्राउ गरेको थियो ।

Read More

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही पुस २३ गते पोखराको न्युरोडस्थित पोखरा सभागृहमा आयोजना हुने भएको छ । यसअघि जेनजी आन्दोलनका कारण स्थगित भएको अवार्ड कार्यक्रम पोखरामा हुने भएको हो  

  आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्ट्स अवार्डका लागि आइतबारदेखि खेलाडीको भोटिङ पनि पुन: सुरू गरिएको जानकारी दिएको छ । अवार्ड कार्यक्रमको पिपल्स च्वाइस विधाको रोकिएको भोटिङ आइतबारदेखि नै सुरू भएको हो । 

सबै विधाको मनोनयन यसअघि नै भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली, पूजा महतो, हिमाल सुनारी, रेखा पौडेल र इभाना थापा रहेका छन् ।  

अवार्ड समारोहमा १० विधामा खेलाडी, प्रशिक्षक र उत्कृष्ट एसियाली पत्रकारले अवार्ड प्राप्त गर्नेछन् । 

जसमा परुष, महिला र युवातर्फ वर्षको उत्कृष्ट, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेका छन् । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले मोटरसाइकल प्रदान गरिदैछ । त्यस्तै अन्य विधाका विजेताले एक लाख पुरस्कार पाउनेछन ।

Read More

रास्वपाको सोमबार बिहानसम्म बढायो समानुपातिकका लागि मतदानको समय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आन्तरिक मतदानको समय बढाएको छ ।

शनिबारदेखि शुरु भएको मतदान आज साँझ ७ बजेसम्म हुने बताइएकोमा रास्वपाले सोमबार बिहान १० बजेसम्म मतदान गर्न सकिने गरि बढाइएको रास्वपाका केद्रिय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ्गले जानकारी दिएका छन् ।  

रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो ।  समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान भइरहेको छ । 

रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जस अनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।

आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।    

रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।

साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाहसँग सहमति भएकाले यस निर्वाचनबाट करिब ७० जना छनौट हुनसक्ने बताइएको छ । सहमति अनुसार समानुपातिकको सुचीमा करिब ४० जना बालेन पक्षका हुने बताइएको छ ।

Read More

कार्यालयबाट बिदा भइन् उपसभामुख इन्दिरा राना

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना आफ्नो कार्यालयबाट बिदा भएकी छन् ।

आइतबार उपसभामुख रानाले आफुले प्रयोग गर्दै आएका सवारी साधन संसद सचिवालयलाई बुझाएर कार्यालयबाट बिदा भएकी हुन् । राना सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएकी थिइन् । 

विगतको अभ्यास अनुसार सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

नेपालको संविधानको धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था गरेको छ । धारा ९१ को उपदफा ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने उल्लेख छ ।

यस व्यवस्था अनुसार निर्वाचनको उम्मेदवारी दाखिला समानुपातिक या प्रत्यक्ष भन्ने उल्लेख नहुदा विवाद रहेको छ ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहेता पनि आइतबारदेखि नै कार्यालय छोडेकी छन् । 

रानाल निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरे अनुसार नै आज आफ्नो कार्यकालको अन्तिम दिन मानेर बिदा भएको बुझिएको छ । 

सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको बुझिएको छ ।

Read More

बालेन र रवि मिल्दैमा आत्तिनुपर्ने कारण छैन- प्रवक्ता महत्त

काठमाडौँ । बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति नेपाली काँग्रेसको प्रतिक्रिया आएको छ ।

काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बालेन र रविको एकताले आफुहरु नआत्तिएको प्रतिक्रिया दिएका हुन् । आइतबार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै खासै प्रभाव पर्ने आफुले नदेखेको बताउदै दुवै जना प्रश्न उठेकै व्यक्तिहरु भएको र जनताले प्रश्न सोधिरहेको बताएका छन् । उनीहरु मिलेको भनेर आत्तिनुपर्ने कारण नभएको उनले बताए ।

काँग्रेसको बैठकले समानुपातिक सूची बनाइरहेको जानकारी दिदै प्रवक्ता महत्तले सोमबार काँग्रेसले समानुपातिक सुची बुझाउने जानकारी दिए ।

Read More