२०८३ बैशाख १३

नियम विपरित शिक्षिका नियुक्ति गरेको भन्दै तत्कालीन प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा

काठमाडौँ । मनोहर माध्यमिक बिद्यालय, काठमाडौंका तत्कालीन प्रधानाध्यापक प्राचार्य बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षिका पनेरुको नियुक्ति गर्दा प्रचलित कानुन विपरित गरेको, राज्य कोषको रकम हिनामिना हुदा कारवाही नगरेको, अस्थायी शिक्षकलाई प्रचलन र कानुन विपरित काज सरुवा गरेको लगायतको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी गरेको छ ।     

Read More

केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय कार्यान्वयनका लागि पार्टीका सबै तहलाई निर्देशन दिएको छ ।

आइतबार पार्टीका प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा कार्यसमितिका सभापतिहरुलाई सर्कुलर पठाउदै शनिबारको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

काँग्रेसको शनिबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस अघि अनुशासनको कारवाही गरेका नेता कार्यकर्ताको कारवाही फिर्ता गरेको थियो । बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि मिनाहा गर्ने निर्णय गरेको थियो । काँग्रेसले कार्वाही मिनाहा भएका व्यक्तिहरुको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका आह्वान गर्दै फर्किने नेता कार्यकर्तालाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । 

बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रहि राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिहरुलाई नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको थियो ।

Read More

सोमालील्याण्डलाई मान्यता दिएपछि विरोधको सामना गर्दै इजरायल

काठमाडौँ । इजरायलले सोमालील्याण्डलाई आधिकारिक रूपमा स्वतन्त्र देशको रूपमा मान्यता दिएपछि कडा विरोधको सामना गर्नुपरेको छ ।

इजरायलको निर्णय पछि मुस्लिम देशहरूमा आक्रोश बढ्दै गएको छ । विश्वभरका २१ देशहरूले संयुक्त विज्ञप्ति जारी गरेर इजरायलको निर्णयको विरोध गरेका छन् । सोमालील्याण्ड अफ्रिकाको हर्नमा अवस्थित छ । यो देशले १९९१ मा सोमालियाबाट स्वतन्त्रताको घोषणा गरेको थियो र त्यसबेलादेखि नै अन्तर्राष्ट्रिय मान्यता खोजिरहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमालील्याण्डका राष्ट्रपति अब्दिरहमान मोहम्मद अब्दुल्लाहीसँग संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सोमालील्याण्डलाई मान्यता दिने इजरायल पहिलो देश पनि बनेको छ ।  सोमालील्याण्डका राष्ट्रपतिले यसलाई ऐतिहासिक क्षण भने र यो निर्णयले मध्य पूर्व र अफ्रिकामा शान्ति र समृद्धिलाई प्रवर्द्धन गर्ने बताएका थिए ।

सोमालील्याण्ड र सोमालिया बीचको मुख्य विवाद सोमालील्याण्डको स्वतन्त्रता र अलगावको बारेमा हो । सोमालील्याण्ड (उत्तरपश्चिमी क्षेत्र) ले १९९१ मा आफूलाई स्वतन्त्र गणतन्त्र घोषणा गरेपनि सोमालियाले यसलाई देशको अभिन्न अंग मान्दछ र कुनै पनि अलगावलाई अस्वीकार गर्दछ ।

सोमाली सरकारले इजरायलको निर्णयलाई आफ्नो सार्वभौमिकतामाथि जानाजानी आक्रमण र क्षेत्रीय शान्तिको लागि खतरा भनेको छ । सोमालियाले इजरायललाई तुरुन्तै आफ्नो मान्यता फिर्ता लिन माग गरेको छ । साथै युरोपेली संघले सोमालियाको क्षेत्रीय अखण्डताको सम्मान गर्न अपील गरेको छ ।

अर्कोतर्फ, सोमालील्याण्डमा यो निर्णयलाई ठूलो उत्साहका साथ स्वागत गरिएको थियो, मानिसहरूले उत्सव मनाउन सडकमा उत्रिएका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा टिप्पणी गर्दै उनले अहिले अमेरिका त्यसो गर्ने योजनामा ​​नभएको बताए । 

धेरै अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इजरायलको कदमको कडा विरोध गरेका छन् । अरब लिग, खाडी सहयोग परिषद्, अफ्रिकी संघ र इस्लामिक सहयोग संगठनले इजरायलको कदमलाई सोमालियाको सार्वभौमसत्तामाथिको आक्रमण र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको रूपमा निन्दा गरेका छन् ।

त्यस्तै जोर्डन, इजिप्ट, अल्जेरिया, कोमोरोस, जिबूती, गाम्बिया, इरान, इराक, कुवेत, लिबिया, माल्दिभ्स, नाइजेरिया, ओमान, पाकिस्तान, प्यालेस्टाइन, कतार, साउदी अरेबिया, सोमालिया, सुडान, टर्की र यमनले इजरायलको विरोध गरेका छन्।

Read More

लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा

दाङ । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेशको औंपचारिक घोषणा गरेका हुन् ।

प्रदेशका १२ वटै जिल्लालाई घोषणा गरिसकेपछि लुम्बिनी प्रदेश परिषरमा  विशेष समारोहको आयोजना गरि  साक्षर प्रदेश घोषणा गरिएको हो ।

साक्षर नेपाल घोषणा अभियान अन्तरगत १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएसंगै सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको हो । संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले माध्यमिक शिक्षा,अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । नेपाल सरकारले यूनेसको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ । पढ्न लेख्न सक्ने,सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको छ । 

प्रदेशका पाल्पा,अर्घाखाँची, गुल्मी, दाङ, रुपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ ।

Read More

काँग्रेस महामन्त्री शर्माले लेखेको बिगुल फिल्मको गीत सार्बजनिक

काठमाडौं  । फिल्म ‘बिगुल’ चलचित्रमा समाबेश ‘आउ यस्तो देश बनाऔं’ आइतबार सार्वजनिक गरिएको छ । नेपाली काग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेश पायल राईले गाएका हुन् । गीतमा चलचित्रका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन अनि दिनेश कोइरालाको कथा र निर्माण रहेको ‘बिगुल’ माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । ओएसआर डिजिटलबाट सार्वजनीक गीतमा देशप्रेम,राष्ट्रभक्ति, समाबेशीता,शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुसाशन,बिकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणात्मक अभियानमा लागेको देखाइएको छ । देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ । कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको फस्र्टलुक पोस्टर,टिजर र युगल गीतले समेत दर्शक,स्रोताको मन जितिरहेको छ । गीतमा आमजनताको आवाज मुखरित भएको दावी निर्माण पक्षको छ ।

फिल्म ‘बिगुल’ भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको चलचित्र हो,’ निर्देशक कोइराला भन्छन्, ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं ।’

जेन्जी आन्दोलनप्रति समर्पित चलचित्रमा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ । म्याग्नोलिया ग्रुपको ब्यानर महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको चलचित्रको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रकोे सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् । चलचित्र राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

Read More

राष्ट्र बैंकबाट चाँदी आयातमा भुक्तानीको सीमा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन गरेको छ । 

राष्ट्र बैंकले विद्यमान प्रावधानलाई संशोधन गर्दै महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपर्युक्त सीमा क्रमश: अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

यसअघि औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चादी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो । त्यस्तै अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै राष्ट्र बैंकले चाँदीको गरगहना / कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश  भएमा चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने यस अघिकै प्रावधानलाई कायमै राखेको छ ।

Read More

नेप्से ४७.५५ अंकले बढ्यो, ५ अर्ब ५३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकले बढेको छ । आइतबार नेप्से ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका एक करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ । 

Read More

एमालेको सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा केहीबेर अघि एमालेको सचिवालय बैठक शुरु भएको छ ।  ११औं महाधिवेशनपछि एमालेको यो पहिलो सचिवालय बैठक हो ।

बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाउनुपर्ने तालिका रहेकाले उम्मेदवारको टुंगो लगाउने र ११औं महाधिवेशनपछि नेताहरूको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने एजेण्डा रहेको छ ।

Read More

नेकपा नेतृ पम्फा भुसालको चुनाव नलड्ने घोषणा

काठमाडौँ  । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेकी छन्  ।

आइतबार नेतृ भुसालले आफु तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार भएको बताउदै  आफुले पटक पटक मन्त्री बनेर समेत अवसर पाएको भन्दै आफु यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने बताएकी छन् ।

उनले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने आफ्नो मत रहेको बताएकी छन् ।

उनले भनेकी छन्: 
फागुन २१ मा हुने  निर्बाचनमा मलाई  प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिन । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !

 तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जितेको म एक्ली महिला उम्मेदवार हुँ । त्यसमाथि पनि काठमाडौं उपत्यका जस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चीउरा चपाउनु जस्तै हो ।  आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन ।

यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु । म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो  राजनीतिक  अनुभव र  सिकाइ पार्टीभित्र संस्थागत  रूपमा  उपयोग  गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ ।

यसपटक पार्टीले उठाएका उम्मेदवारहरूलाई जिताउन म सक्रिय भूमिका निर्वाह गर्नेछु । साथै, अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।

Read More

बलिवुडका चर्चित निर्देशक विक्रम भट्ट दम्पतिको जमानत याचिका दोस्रो पटक अस्वीकार

काठमाडौँ । बलिवुडका लोकप्रिय फिल्म निर्माता विक्रम भट्ट र उनकी श्रीमती श्वेताम्बरीको जमानत निवेदन दोस्रो पटक अस्वीकार भएको छ । उनीहरुले दोस्रो पटक दायर गरेको जमानत याचिका खारेज गरिएको हो । 

विक्रम भट्ट र उनकी श्रीमतीलाई ३० करोडको ठगीको आरोपमा डिसेम्बर ७ मा पक्राउ गरिएको थियो । यसपछि, दम्पतीलाई पक्राउ गरी १४ दिनको रिमान्डमा पठाइएको थियो । डिसेम्बर २४ मा उनीहरूको रिमान्ड सकिएपछि, दम्पतीले जमानत निवेदन दायर गरे, तर संवेदनशील चरणलाई उद्धृत गर्दै यसलाई अस्वीकार गरियो र उनीहरूको रिमान्ड बढाइयो ।

अदालतले मुद्दामा गिरफ्तारी र सोधपुछ आवश्यक रहेको बताएको छ । नोभेम्बर १७ मा, राजस्थानको इन्दिरा ग्रुप अफ कम्पनीजका मालिक डा. अजय मुर्डियाले उदयपुरमा विक्रम भट्ट र अन्य आठ जना विरुद्ध ३० करोडको ठगीको आरोपमा एफआईआर दायर गरेका थिए ।

Read More