२०८३ बैशाख १३

काँग्रेसले राष्ट्रियसभाको अधिवेशनको माग गर्दै अध्यक्षलाई बुझायो पत्र

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ ।

नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आज राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कांग्रेस संसदीय दलको निर्णबारे जानकारी गराउँदैं यस्तो माग गरेका हुन् ।

गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले ‘देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

भेटमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, बिष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए । 

Read More

करिब ३३० किलो गाँजासहित दुई भारतीय पक्राउ

मोरङ । मोरङको जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

मितेरी पुल बनेसँगै रसुवा नाकामा आजदेखि आवतजावत खुला

रसुवा । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त भएको रसुवागढीस्थित मितेरी पुल निर्माण भएसँगै आजदेखि नाका सञ्चालनमा आएको छ ।

मितेरी बेलिब्रिज पुलको निर्माण पुरा भएको र निरीक्षण समेत पास भएकाले आजदेखि सीमापार ढुवानीमा संलग्न चालक र यात्रुहरूलाई प्रवेश गर्न अनुमति दिइएको हो । यसअघि चीनियाँ पक्षले सूचना प्रकाशित गर्दै सबै  सम्बन्धित पक्षलाई आवश्यक तयारी पूरा गरी सवारी साधन लोड लगायतका अग्रिम तयारी गर्न आग्रह गर्दै आजदेखि आवतजावत शुरु हुने जानकारी गराएको थियो ।

नाकाबाट आयात निर्यातको गतिबिधि भने जनवरी १ देखि शुरु हुने भएको छ ।  

जी२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम भइरहेकाले जनवरी १ देखि अर्को बर्षको  जनवरी ८ सम्म आधा दिन मात्र सीमापार आवागमनका लागि प्रयोग हुने र यस अवधिमा चिनियाँ समय अनुसार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आवागमन खुला रहनेछ भने बाँकी समय दुवै तर्फबाट आवागमन नियन्त्रण गरिने चिनियाँ पक्षले जानकारी दिएको छ ।

२०७६ जेठदेखि सञ्चालनमा आएको उक्त पुल बाढीले बगाएसँगै दुई देश बीचको सडकसम्पर्क बिच्छेद भएको छ । उक्त पुल चिनियाँ लगानीमा निर्माण भएको हो । 

Read More

कलाकारको नाम र तस्बीर प्रयोग गरेर सामाजिक सञ्जालमा ठगि बढ्यो, बोर्डले गर्यो यस्तो आग्रह

काठमाडौँ । चलचित्र विकास बोर्डले  कलाकारहरुको नामबाट पछिल्लो समय सामाजिक सञ्जालमा ठगीका घटना बढेको भन्दै सचेत रहन सबै कलाकारहरुलाई आग्रह गरेको छ ।

शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए । अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गरेका थिए । त्यस्तै केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मा, धिरज मगरसहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा फ्यान र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए ।

यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ ।

बोर्डले भनेको छ: 
चलचित्र विकास बोर्डको जानकारीमा आए अनुसार पछिल्लो समय फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कलाकार तथा चलचित्रकर्मीको तस्बिर प्रयोग गरी नक्कली आईडी बनाउने, वास्तविक आईडी ह्याक गर्ने र साथीभाई एवं शुभचिन्तकहरुसंग पैसा माग्ने ठगीका घटनाहरू बढिरहेका छन्।

चलचित्रकर्मीहरूले आफ्ना सबै सामाजिक सञ्जाल खातामा बलियो पासवर्ड र टू फ्याक्टर अथेन्टिकेसन अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिन्छ । कसैले कलाकार वा चलचित्रकर्मीको नाममा पैसा मागेमा, वास्तविक व्यक्ति हो भनी पुष्टि नगरी कुनै पनि रकम नपठाउनुहोस् । सचेत रहौँ, ठगीबाट जोगिऔँ । 

Read More

सात सय करोड क्लबमा बलिवुड फिल्म धुरन्धर

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर’ भारतीय बक्स अफिसमा सात सय करोड क्लबमा प्रवेश गरेको छ ।

चौथो साताको दोस्रो दिन शनिबार २०.९० करोड कमाई गरेसँगै धुरन्धरले भारतमा ७०६.४० करोड कमाई गरेको हो ।

फिल्म धुरन्धरले तेस्रो सातामा मात्र १८९.३० करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्सअफिसमा तीन सातामा ६६८.८० करोड भारु कमाई गरेको छ । धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । फिल्मले बलिवुड बक्स अफिसका कैयौं किर्तिमान तोडेको छ । 

धुरन्धर भारतीय बक्स अफिसमा अहिलेसम्म धेरै कमाई गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा रहेको छ । यसअघि २०२४ मा रिलिज भएको फिल्म पुष्पा-२ ले ८३० करोड कमाएको थियो ।

चौथो सातामा फिल्मले क्रिसमस र नयाँ बर्षको छुट्टीको फाइदा उठाउदै दर्शकको पहिलो रोजाइमा नै रहने विश्लेषण गरिएको छ ।

फिल्मको सामाजिक सञ्जाल र मिडियामा सकारात्मक प्रचार भएको फाइदा बक्स अफिसमा देखिएको छ । त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरिरहेको छ ।

रणवीर सिंहको ‘धुरन्धर’ लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ ।

त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

Read More

मुलुक निर्वाचनतर्फ अघि बढ्यो- सञ्चारमन्त्री खरेल

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनतर्फ अघि बढेको बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्केा आयेाजवा र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकेा समन्वयमा आइतबार कास्कीको पोखरामा आयोजित ‘आमसंचारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै उनले शनिबार प्रधानमन्त्रीसँग भएको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा निर्वाचनमा जाने सहमति भएको बताए । 

उनले भने- ‘पछिल्लो हप्ता सरकारले राजनीतिक दल, जेनजी प्रतिनिधि र सरोकार भएका पक्षहरूसँग सघन छलफल गरेको छ, मुख्य राजनीतिक दलका कार्यालय र शीर्ष नेताका निवासमै पुगेर सरकारले वार्ता गरेको छ । सबै राजनीतिक दलहरू निर्वाचनको तयारीमा होमिएका छन्, समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउँदैछन्, मुलुक निर्वाचनमा अगाडि बढीसकेको छ ।’ 

उनले नयाँ दलहरूबीच भएको एकता र सहकार्यले पनि निर्वाचनको माहोल सिर्जना गरेको बताए । मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढ्ने बताए । 

मन्त्री खरेलले निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले भने- ‘राजनीतिक दललगायत सबै सरोकार भएका पक्षहरूलाई निर्वाचनको वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्न चाहान्छु ।’ फरक प्रसङ्गमा मन्त्री खरेलले नेपाली मिडियाको डिजिटल रूपान्तरण आवश्यक रहेको बताए ।

मन्त्री खरेलले मिडियाकेा विषयवस्तु बलियेा हुनुपर्वे , प्रस्तुतिमा सिर्जनात्मक, प्रविधिमैत्रीका साथै समाचारकेा सहज पहुच हुनुपर्ने आवश्यकतामा जेाड दिए । 

Read More

आफ्नो सम्मान र स्वाभिमानलाई नमेटाई सहकार्य गर्न तयार छौं- कुलमान घिसिङ

पोखरा । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सहकार्य गर्न तयार रहेको बताएका छन् । 

आइतबार बिहान पोखरास्थित उज्यालो नेपाल पार्टीको कास्की जिल्लाको भेलामा सम्बोधन गर्दै मन्त्री घिसिङ जनताले सबै वैकल्पिक शक्ति एक ठाउँमा हेर्न चाहेको बताउदै उज्यालो नेपाल पार्टीले आफ्नो सम्मान र स्वाभिमान त्यसलाई नमेटाई सबै वैकल्पिक शक्तिसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले धेरै समुह र दलसँग कुरा भइरहेको र त्यसको नतिजा पनि छिट्टै आउने बताएका छन् ।

आइतबार बिहान बालेन शाह र रवि लामिछानेबीच भएको सहमति पछि कुलमानको यस्तो अभिव्यक्ति आएको हो । कुलमानले रवि लामिछानेसँग बालेनको सहमति प्रति असहमति राखेका छन् ।

Read More

मन्त्री घिसिङले गरे निर्माणाधिन सेती पुल निरिक्षण

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पोखरा–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने निर्माणाधिन सेती पुलको निरिक्षण गरेका छन् ।

आईतबार विहान पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रुपमा रहेको उक्त स्थानमा निर्माणाधिन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ । निरिक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

Read More

बालेन-रवि एकता बारे महेश बस्नेतको टिप्पणी: नगरपालिका फेर्न नसक्नेले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन्छ

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति टिप्पणी गर्दै तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिने बताएका छन् ।

सचिव बस्नेतले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको र रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने दाबि गरेका छन् ।

उनले भनेका छन्: 
रवि बालेनको एकता बारे।

नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ। “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने  र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता संगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने  निश्चितै छ।

भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन्। यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका  देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो।

अबको चुनावको  मुख्य प्रश्न , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई  साथ  दिने?  जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।

समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन।

यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ ।

Read More

फिल्म ‘मिरमिरे’ मा त्रिकोणात्मक संयोग

काठमाडौं । माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी चलचित्र ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् ।

संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले चलचित्र ‘कार्साङ्’ निर्देशन गरेका थिए । अथवा ‘कार्साङ्’कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन् ।

यमले नै तीनजना अथवा निर्देशक र मुख्य कलाकार (नायक/नायिका) फेरि एक ठाउँ भएर काम गर्ने मेसो मिलाएका हुन् । किन निर्देशक यमले आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै लिए ?

‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,’ जवाफमा निर्देशक यम भन्छन्, ‘दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो ।’

चलचित्रको कथाले पनि दयाहाङ र सिर्जना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीचर त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशम यम प्रष्ट पार्छन् ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’मा शाइसा गौचन अर्को मुख्य पात्र हुन् । उनले दयाहाङको छोरीको भूमिका निभाएकी छन् ।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ । जसमा आमाले घर छोडेपछि छोरी र बाउ मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन् । त्यसैले उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Read More