२०८३ बैशाख १३

बालेन र रविको सहमतिप्रति शंकर पोखरेलको कटाक्ष: षड्यन्त्रको दोस्रो चरणको तयारी

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र २४ गतेको षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु भएको टिप्पणी गरेका छन् ।

बालेन र रवि लामिछानेबीचको सहमतिप्रति उनीहरुको नाम उल्लेख नगरी त्यसतर्फ इंगित गर्दै महासचिव पोखरेलले भदौ २३ र २४ का विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गरेको बताएका हुन् ।

उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्:
भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ ।

भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो । अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ ।

Read More

आजपनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७०  रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।

Read More

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २२ बाट: आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकालाई प्राथमिकता

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २२ गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरिएको छ।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिनेछ, जसको मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ।

स्थानिय बासिन्दाको लागि बाँडफाँड यसरी हुनेछ:

४० प्रतिशत (६ लाख २० हजार कित्ता)- मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दा

६० प्रतिशत (९ लाख ३० हजार कित्ता)- मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दा

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता शेयर छुट्याइएको छ। उनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई, आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन प्रक्रिया माघ ६ देखि माघ २१ सम्म सञ्चालन हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पुस २५ देखि माघ ६ सम्म खुला हुनेछ।

शेयर निष्काशन र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। रेटिङको क्रममा, केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्दछ।

Read More

मेची भन्सारमा अनलाइन भ्यालुएसन प्रणाली सुरु, पारदर्शिता र छरितोपना बढाउने उद्देश्य

काठमाडौं । पूर्वी नेपालको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणको रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू गरिएको छ। नयाँ प्रणालीमा सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई आधार मान्दै व्यापारिक वस्तुको यथार्थ मूल्याङ्कन गरिनेछ।

मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेका अनुसार यसले भन्सार प्रक्रिया पारदर्शी, छरितो र छिटो बनाउनेछ। परीक्षणको रूपमा मेचीसहित देशका आठवटा भन्सार कार्यालयमा यो प्रणाली सुरु गरिएको छ। विशेषगरी झापाको मेची र भद्रपुर भन्सारमा पुसको दोस्रो सातादेखि प्रयोग सुरु भइसकेको छ।

न्यौपानेले भने, “वैध व्यापारलाई प्रोत्साहन दिँदै राजस्व चुहावट घटाउने हाम्रो प्रयास हो। यस प्रणालीले अनियमित कारोबारलाई न्यूनतम बनाउनेछ।”

प्रणालीको शुभारम्भमा उपस्थित अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले भने, “भन्सारमा हुने अनियमितता र अनौपचारिक कारोबार घटाउने उद्देश्यले यो प्रणाली लागू गरिएको हो। सरकारले सुशासन र करदातामैत्री व्यवस्थालाई प्रोत्साहन गर्दैछ र निजी क्षेत्रको सहकार्य आवश्यक छ।”

विश्व व्यापार संगठन (WTO)ले पनि आफ्ना सदस्य देशहरूमा अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न सुझाव दिँदै आएको थियो।

Read More

म्यान्मारमा पहिलो चरणको मतदान आज

काठमाडौँ । म्यानमारमा कडा प्रतिबन्धहरू बीच आज निर्वाचन हुदैछ । सत्तारुढ सैन्य जुन्टाले पाँच वर्षसम्म सत्ता कब्जा गरेपछि यसलाई लोकतन्त्रमा फर्कने चुनाव भनेको छ ।

म्यानमारका प्रमुख राजनीतिक दलहरू विघटन भएका छन्, उनीहरूका धेरै नेताहरू जेलमा छन् र जारी गृहयुद्धका कारण देशको लगभग आधा भागमा मतदान हुने सम्भावना नदेखिएको बताइएको छ ।

मानव अधिकारकर्मीहरू, पश्चिमी कूटनीतिज्ञहरू र संयुक्त राष्ट्र मानव अधिकार प्रमुखले एक महिना लामो चुनावको कडा आलोचना गरेका छन् । उनीहरूले सैन्य समर्थकहरूलाई समर्थन गर्न चुनाव धाँधली गरिएको र असहमतिमाथि कडा कारबाही भइरहेको बताएका छन् ।

रिपोर्टका अनुसार, सैन्य समर्थक युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी सबैभन्दा ठूलो दलको रूपमा उभिने अपेक्षा गरिएको छ । आलोचकहरूले यो सैन्य शासनलाई नयाँ नाममा प्रस्तुत गर्ने प्रयास भएको बताउदै आएका छन् । लगभग ५ करोड जनसंख्या भएको यो दक्षिणपूर्वी एसियाली देश लामो समयदेखि चलिरहेको गृहयुद्धसँग जुधिरहेको छ, विद्रोही नियन्त्रित क्षेत्रहरूमा मतदान भइरहेको छैन ।

तीन चरणको मतदानको पहिलो चरण सैन्य शासन नियन्त्रित क्षेत्रहरूमा स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको छ । म्यानमारमा आम चुनावको लागि दोस्रो चरणको मतदान जनवरी ११ मा र तेस्रो जनवरी २५ मा हुनेछ । मतगणना र चुनावी नतिजा घोषणा गर्ने मिति अझै घोषणा गरिएको छैन ।

Read More

रास्वपा-बालेन एकतापछि नयाँ मोड: रविका दाइ हरिशरणले गरे काठमाडाैंको मेयरमा दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच एकता सहमति सार्वजनिक भएसँगै राजधानीको राजनीतिमा नयाँ हलचल देखिएको छ।

यही घटनाक्रमबीच पूर्व रेडियोकर्मी हरिशरण लामिछानेले काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

हरिशरण लामिछाने रास्वपा सभापति रवि लामिछानेका दाइ हुन्। उनले रवि लामिछाने र बालेन शाहबीच भएको राजनीतिक सहकार्यलाई सकारात्मक रूपमा लिँदै, त्यसप्रति आफ्नो खुसीसमेत व्यक्त गरेका छन्। यही परिवेशमा उनले आगामी निर्वाचनमा काठमाडाैंको नेतृत्व गर्ने आकांक्षा सार्वजनिक गरेका हुन्।

उनका अनुसार राजधानीलाई नयाँ सोच, पारदर्शी नेतृत्व र जनमुखी कार्यशैली आवश्यक छ। बालेन–रवि सहमतिले वैकल्पिक राजनीतिप्रति नागरिकको चासो बढाएको भन्दै आफूले पनि त्यो यात्रामा सहभागी हुने निर्णय गरेको उनले बताएका छन्।

यसअघि पार्टीभित्र परिवारवादको आरोप नलागोस् भन्ने उद्देश्यले रवि लामिछानेले आफन्तलाई राजनीतिक रूपमा अघि नबढाउने नीति लिएको चर्चा हुँदै आएको थियो। यही कारणले आफ्नो राजनीतिक सम्भावना सीमित भएको अनुभूति गर्दै आएका हरिशरण लामिछाने यस विषयमा लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए।

बालेन र रास्वपाबीचको एकतापछि काठमाडाैंको मेयर पदको प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ। हरिशरण लामिछानेको उम्मेदवारी घोषणाले राजधानीको स्थानीय राजनीति आगामी दिनमा अझै बहसको केन्द्रमा रहने देखिन्छ।

Read More

अमेरिकामा हिमपातका कारण हजारौं उडान रद्द

काठमाडौँ । उत्तरपूर्वी अमेरिकामा आएको हिम आँधी डेभिनका कारण अमेरिकामा ९ हजारभन्दा बढी घरेलु उडानहरू रद्द वा ढिलाइ भएका छन् । रिपोर्टका अनुसार, आँधीले क्रिसमस बिदापछिको यात्रालाई पूर्ण रूपमा अवरुद्ध पारेको छ । 

आँधीले न्यूयोर्क र न्यू जर्सीलाई राज्य आपतकाल घोषणा गर्न बाध्य पारेको छ । फ्लाइटअवेयरका अनुसार, शुक्रबारदेखि शनिबारसम्म अमेरिकामा २७ सयभन्दा बढी उडानहरू रद्द गरिएका छन् र हजारौं ढिलाइ भएका छन् । शुक्रबार १८०२ उडानहरू रद्द गरिएका थिए ।

जेटब्लू, डेल्टा, अमेरिकन र युनाइटेड जस्ता प्रमुख एयरलाइन्सहरूले सयौं उडानहरू रद्द गरेका छन् र यात्रुहरूलाई निःशुल्क टिकट परिवर्तनको प्रस्ताव गरेका छन् । राष्ट्रिय मौसम एजेन्सीका अनुसार, आँधीले न्यूयोर्क शहरलाई हिउँको कम्बलले ढाके जस्तै ढाकेको छ ।

शनिबार बिहानसम्म न्यूयोर्कबाट लङ आइल्याण्ड र कनेक्टिकटमा लगभग ६ देखि १० इन्च (१५ देखि २५ सेन्टिमिटर) हिउँ परेको थियो । यसैबीच, शनिबार राति २ देखि ४ इन्च हिउँ परेको थियो, सेन्ट्रल पार्कमा ४.३ इन्च हिउँ परेको थियो, जुन २०२२ पछिको सबैभन्दा धेरै हो ।

हिउँ र चिसो वर्षाले केही क्षेत्रहरूमा अवस्था बिग्रिएको छ । राष्ट्रिय मौसम सेवाले हिउँदको आँधीबेहरीको चेतावनी जारी गरेको छ, चिप्लो सडक, कम दृश्यता र बिजुली अवरुद्ध हुने चेतावनी दिइएको छ ।

न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यको आधा भन्दा बढी भागमा आपतकालीन अवस्था घोषणा गर्दै भनेकी छन्- ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस् ।’

व्यावसायिक सवारी साधनहरूलाई सडकबाट प्रतिबन्ध लगाइएको छ । धेरै राजमार्गहरू बन्द गरिएका छन् र पेन्सिलभेनिया र म्यासाचुसेट्समा चेतावनी जारी गरिएको छ । टाइम्स स्क्वायरबाट सेन्ट्रल पार्कसम्म हिउँ हटाउन हिउँको हलो र बेलचा प्रयोग गरिएको थियो । 

डिसेम्बर २५-२६ मा आँधी द्रुत गतिमा अघि बढ्यो र शनिबार बिहानसम्म कमजोर भएको थियो । यो आँधी २०२५ को अन्तिम प्रमुख मौसमी झट्काहरू मध्ये एक भएको मौसमविदले बताएका छन् ।

Read More

बीमा बजारमा गति फर्कियो, मंसिरमा २ लाख ५९ हजारभन्दा बढी पोलिसी बिक्री

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा निर्जीवन बीमा व्यवसायले उल्लेखनीय गति लिएको देखिएको छ। सो महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

बीमा कम्पनीहरूले मंसिरमा कुल २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गर्दै ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन्। यसले निर्जीवन बीमा बजारमा माग र गतिविधि दुवै बढ्दै गएको संकेत गरेको छ।

बीमाशुल्क संकलनको हिसाबले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ। कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ।

सगरमाथा लुम्बिनीपछि शिखर इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ४१ करोड १८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि करिब समान स्तरमा कारोबार गर्दै क्रमशः ३१ करोड ७६ लाख र ३१ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्।

यस्तै, नेको इन्स्योरेन्सले २८ करोड ५९ लाख रुपैयाँ संकलन गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

बीमा व्यवसायीहरूका अनुसार मंसिर महिनामा सवारी, सम्पत्ति तथा अन्य विविध बीमा माग बढेकाले निर्जीवन बीमा कारोबारमा सुधार देखिएको हो। पछिल्ला महिनामा देखिएको यो वृद्धि आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।

Read More

आईपीओ मार्फत विस्तारको तयारीमा पार्क ल्यान्ड र नगरकोट रिसोर्ट

काठमाडौं । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरको नगरकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएका छन् ।

होटेल पार्क ल्यान्ड लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा होटेल पार्क ल्यान्डका अध्यक्ष शरदकुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटलले होटेल पार्क ल्यान्डको साधारण सेयर सार्वजनिक निष्कासन र बिक्री व्यवस्थापनको सम्पूर्ण प्रक्रिया अघि बढाउनेछ।

यता, भक्तपुरको लोकप्रिय पर्यटकीय गन्तव्य नगरकोटमा अवस्थित नगरकोट रिसोर्ट लिमिटेडले पनि सेयर बजारमा प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि एनएमबी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

नगरकोट रिसोर्टको कर्पोरेट परामर्शसम्बन्धी कार्य भने ज्योति क्यापिटल लिमिटेडले गर्दै आएको जानकारी दिइएको छ।

पर्यटन व्यवसायमा सक्रिय यी दुई कम्पनीको आईपीओ तयारीले सेयर बजारमा नयाँ लगानी अवसर थपिने अपेक्षा गरिएको छ। साथै, पर्यटन क्षेत्रका कम्पनीहरू पूँजी बजारमार्फत विस्तारतर्फ उन्मुख हुँदै जानुले यस क्षेत्रको संस्थागत विकासमा समेत सकारात्मक सन्देश जाने विश्लेषण गरिएको छ।

Read More

बालेन र रविबीचको सहमतिपछि सञ्चारमन्त्री खरेलको टिप्पणी- गन्तव्य तय हुदैछ…

काठमाडौँ । सञ्चारमन्त्री जगदिश खरेलले काठमाडौँ महानगरका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको सहमतिलाई नयाँ सुरुवात भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री खरेलले नयाँ दिन र नयाँ शुरुवात भएको भन्दै सुन्दर र समृद्ध नेपालको सपनाको गन्तव्य तय हुदै गरेको बताएका हुन् । उनले भनेका छन्- ‘नयाँ दिन, नयाँ शुरूवात ! सुन्दर र समृद्व नेपालको सपना !! गन्तव्य तय हुदैछ…’

आइतबार बिहान लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ, जस अनुसार पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ । शाहले रास्वपाको नाम, चुनाव चिह्न र नेतृत्व स्वीकार गरेका छन् भने फागुन २१ मा हुने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने उल्लेख छ । त्यस्तै सहमतिमा रास्वपालाई आसन्न आमनिर्वाचन लगत्तै सम्झौता बमोजिम पुनर्गठन गरेर दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सहमति भएको छ ।  

Read More